NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
कुवेतमा ३ दिनमा ९ नेपालीको मृत्यु, कारण मदिरा शुक्रबार साउन ३० , २०८२
सञ्चालनमा आयो पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज शुक्रबार साउन ३० , २०८२
जम्मू–कश्मीरमा ‘क्लाउड ब्रस्ट’, एक दर्जनको मृत्यु बिहिबार साउन २९ , २०८२
६ वार्तामा पुटिन भारीः अलास्कामा जम्ला ’मिस्टर सिजफायर’को सेटिंग ? बिहिबार साउन २९ , २०८२
नेपाली चलचित्र ‘मोहर’ कस्तो  छ? बिहिबार साउन २९ , २०८२
Next
Prev

समाचार

तहल्का मच्चाउदै ट्रम्प,JFK देखिMLK सम्मका हत्या फाइल खुल्ने

आइतवार माघ १३ , २०८१
Reading Time: 1 min read
A A
अमेरिकाका पूर्व राष्ट्रपति ट्रम्प फेसबुक, ट्विटर र गुगलविरुद्ध अदालत जाने
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

१३ माघ , एजेन्सी ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी इतिहासका तीन चर्चित हत्या प्रकरणहरू — पूर्वराष्ट्रपति जोन एफ. केनेडी (जेएफके), उनका भाइ रोबर्ट एफ. केनेडी (आरएफके), र नागरिक अधिकार नेता मार्टिन लुथर किंग जूनियर (एमएलके) — का बाँकी गोप्य फाइलहरू सार्वजनिक गर्न आदेश दिएका छन्।

ट्रम्पले कार्यकारी आदेशमा हस्ताक्षर गर्दै यी हत्याका विषयमा अहिलेसम्म गोप्य राखिएका संघीय दस्तावेजहरूलाई सार्वजनिक गर्न निर्देश गरेका हुन्। उनले भने, “यी ऐतिहासिक घटनाहरूको सत्यतथ्य उजागर गर्नु सार्वजनिक हितका लागि महत्त्वपूर्ण छ।“

कार्यकारी आदेशमा ट्रम्पले राष्ट्रिय गुप्तचर निर्देशक र महान्यायाधिवक्तालाई १५ दिन भित्र हत्यासँग सम्बन्धित रेकर्डहरूको पूर्ण प्रकाशनको लागि योजना प्रश्तुत गर्न निर्देशन दिएका छन् । संयुक्त राज्य अमेरिकाका ३५ औं राष्ट्रपति जेएफकेको नोभेम्बर २२, १९६३ मा टेक्सासको डलासमा मोटरकाडमा सवार हुँदा हत्या गरिएको थियो ।

ली हार्वे ओस्वाल्डलाई हत्यामा पक्राउ गरिएको थियो । तर हत्याको दुई दिन पछि ओस्वाल्डको अचानक मृत्यु भएको थियो । १९९२ मा कंग्रेसले हत्यासँग सम्बन्धित सबै कागजातहरू २५ वर्षभित्र अक्टोबर २६, २०१७ सम्ममा जनतालाई उपलब्ध गराउनुपर्ने आवश्यकता राखेको थियो ।

जनवरी २०१७ मा शुरु भएको आफ्नो पहिलो कार्यकालमा ट्रम्पले कार्यकारी विभाग र एजेन्सीहरूबाट प्रश्तावित सम्पादनहरू स्वीकार गरे । तर बाँकी सम्पादनहरूको निरन्तर पुनर्मूल्याङ्कन गर्ने आदेश दिए ।

ट्रम्पको उत्तराधिकारी जो बाइडेनले २०२१, २०२२ र २०२३ मा यी रेकर्डहरू सम्बन्धी पछिल्ला प्रमाणपत्रहरू जारी गरे । जसले एजेन्सीहरूलाई कागजातहरूको समीक्षा गर्न र सार्वजनिक खुलासाबाट जानकारी रोक्न थप समय दिएको थियो ।

केनेडी परिवारका अर्का प्रमुख व्यक्तित्व, आरएफके अमेरिकी सिनेटर र महान्यायाधिवक्ताको रूपमा आफ्नो भूमिकाका लागि प्रसिद्ध थिए । सन् १९६८ मा डेमोक्रेटिक राष्ट्रपति पदको उम्मेदवारीको अभियानको क्रममा उनको हत्या भएको थियो ।

स्वास्थ्य तथा मानव सेवा सचिवका लागि ट्रम्पका मनोनित रोबर्ट एफ. केनेडी जूनियर आरएफके वरिष्ठका छोरा हुन् । एमएलके अमेरिकी नागरिक अधिकार आन्दोलनमा सबैभन्दा प्रमुख व्यक्तित्वहरू मध्ये एक हुन् ।

जातीय पृथकीकरण र असमानता विरुद्धको अहिंसात्मक अभियानप्रतिको उनको प्रतिवद्धता, साथै उनको प्रसिद्ध आई ह्याभ अ ड्रीम भाषणको लागि उनी प्रख्यात छन् ।राष्ट्रपति जोन एफ. केनेडीको हत्या प्रकरणका रेकर्डहरू लामो समयदेखि सम्पादन र गोप्यता कायम राखिएको थियो।

ट्रम्पले यसलाई सार्वजनिक हितसँग मेल नखाने भन्दै बाँकी रेकर्डहरू तत्काल सार्वजनिक गर्न निर्देशन दिएका हुन्। उनका अनुसार यो निर्णय अमेरिकी नागरिकले इतिहासका यी गम्भीर घटनाहरूको वास्तविकता जान्न पाउनुपर्ने अधिकारलाई सम्बोधन गर्नका लागि हो।

जेएफके हत्याको सम्बन्धमा कंग्रेसले १९९२ मा “जोन एफ. केनेडी असासिनेसन रेकड्र्स कलेक्शन एक्ट“ पारित गरेको थियो, जसले यो घटनासँग सम्बन्धित सबै सरकारी रेकर्डहरूको सार्वजनिक उपलब्धता सुनिश्चित गर्ने उद्देश्य राख्थ्यो।

तर, रोबर्ट एफ. केनेडी र मार्टिन लुथर किंग जूनियरको हत्या सम्बन्धमा भने कंग्रेसले कुनै विशेष ऐन पारित गरेको थिएन। ट्रम्पले जेएफके हत्यासँग सम्बन्धित बाँकी रेकर्ड मात्र नभई आरएफके र एमएलकेको हत्यासँग सम्बन्धित संघीय सरकारको स्वामित्वमा रहेका सबै दस्तावेज सार्वजनिक गर्नु पनि सार्वजनिक हितमा रहेको बताएका छन्।

उनका अनुसार, “अमेरिकी जनताले यी घटनाहरूको वास्तविकता जान्न पाउनुपर्छ। इतिहासलाई अस्पष्ट राख्नु न्यायपूर्ण हुँदैन।“ पूर्वराष्ट्रपति जोन एफ. केनेडी , उनका भाइ रोबर्ट एफ. केनेडी र मार्टिन लुथर किंग जूनियरको हत्या अमेरिकी इतिहासका सबैभन्दा विवादित र चर्चित घटनाहरूमा गनिन्छन्।

यी हत्याहरूले अमेरिकी राजनीतिक प्रणाली, सामाजिक न्याय, र नागरिक अधिकार आन्दोलनमा गहिरो प्रभाव पारेका थिए। यस आदेशले इतिहासका यी गम्भीर घटनाहरूको सत्यतथ्य बाहिर ल्याउने र अमेरिकी जनतालाई स्पष्ट तस्वीर प्रदान गर्ने आशा गरिएको छ।

ट्रम्पको यो निर्णयले कतिपय महत्त्वपूर्ण तथ्यहरूको पर्दाफास गर्ने विश्वास गरिएको छ, जसले इतिहासका अनुत्तरित प्रश्नहरूको उत्तर दिन सक्ने सम्भावना छ। यस्तै ट्रम्प प्रशासनले कम्तिमा पनि एक दर्जन बढी संघीय निगरानीकर्ता एवं जाँचकर्तालाई बर्खास्त गरिदिएको छ ।

यसलाई अवैध कदम भनिएको छ भने यसैलाई लिएर अदालती चुनौतिको सामना गर्नु पर्ने सम्भावना रहने बताइएको छ । शनिबार सिनेटमा सिनेट अल्पसंख्यक नेता चक शूमरले यो कदमलाई वाचडग फायरिंगलाई ‘चिस्याउने सफाया’को संज्ञा दिए ।

डेमोक्र्याट शूमरले ‘यो बर्खास्तीले उनी दवाफदेहीताबाट भयभित छन् भन्ने तथ्यको उजागर हो । यो पारदर्शीताप्रतिको शत्रुता हो’ भने । बीबीसीको अमेरिकी साझेदार सीबीएसका अनुसार बर्खास्त निगरानीकर्ताको सूचीमा स्वास्थ्य एवं मानव सेवा विभागका महानिरीक्षक तथा लघु व्यवसाय प्रशासनका महानिरीक्षक समेत छन् ।

कृषि, वाणिज्य, रक्षा, शिक्षा, आवास तथा शहरी विकास, आन्तरिक, श्रम परिवहन र विज्ञ मामिला विभागकासाथै पर्यावरण संरक्षण एजेन्सीका निगरानीकर्तामाथि विचार गरिएको थियो । स्वतन्त्र निगरानीकर्ताहरु जो संघीय एजेन्सीभित्र काम गर्छन्, यद्यपि, एजेन्सी प्रमुखद्वारा नियन्त्रित हुँदैनन् ।

उनीहरु अव्यवस्था तथा सत्ताको दुरुपयोगविरुद्ध एक गार्डका रुपमा काम गर्ने जनशक्तिको रुपमा लिइन्छ । यी व्यक्तिहरू विभिन्न संघीय निकायहरूमा सरकारी दस्तावेजहरूको सम्पादन र गोप्यताको जिम्मेवारीमा खटिएका थिए।

ट्रम्पले उनीहरूको भूमिकालाई पारदर्शिताविरोधी भन्दै तत्काल प्रभावले हटाएका हुन्।

Tags: #JFK#अमेरिकी ३ सनसनीपूर्ण हत्याका रहस्य खुल्ने#तहल्का मच्चाउदै ट्रम्पMLK हत्या फाइल

लोकप्रीय

राष्ट्रिय सभा सदस्य चयनका लागि कुवेतमा मतदान शुरु

कुवेतमा ३ दिनमा ९ नेपालीको मृत्यु, कारण मदिरा

शुक्रबार साउन ३० , २०८२
सञ्चालनमा आयो पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज

सञ्चालनमा आयो पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज

शुक्रबार साउन ३० , २०८२
जम्मू–कश्मीरमा ‘क्लाउड ब्रस्ट’, एक दर्जनको मृत्यु

जम्मू–कश्मीरमा ‘क्लाउड ब्रस्ट’, एक दर्जनको मृत्यु

बिहिबार साउन २९ , २०८२

विचार

राष्ट्रिय सभा सदस्य चयनका लागि कुवेतमा मतदान शुरु

कुवेतमा ३ दिनमा ९ नेपालीको मृत्यु, कारण मदिरा

शुक्रबार साउन ३० , २०८२
सञ्चालनमा आयो पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज

सञ्चालनमा आयो पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज

शुक्रबार साउन ३० , २०८२
जम्मू–कश्मीरमा ‘क्लाउड ब्रस्ट’, एक दर्जनको मृत्यु

जम्मू–कश्मीरमा ‘क्लाउड ब्रस्ट’, एक दर्जनको मृत्यु

बिहिबार साउन २९ , २०८२

थप समाचार

राष्ट्रिय सभा सदस्य चयनका लागि कुवेतमा मतदान शुरु
अन्तर्राष्ट्रिय

कुवेतमा ३ दिनमा ९ नेपालीको मृत्यु, कारण मदिरा

शुक्रबार साउन ३० , २०८२
सञ्चालनमा आयो पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज
ताजा समाचार

सञ्चालनमा आयो पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज

शुक्रबार साउन ३० , २०८२
जम्मू–कश्मीरमा ‘क्लाउड ब्रस्ट’, एक दर्जनको मृत्यु
अन्तर्राष्ट्रिय

जम्मू–कश्मीरमा ‘क्लाउड ब्रस्ट’, एक दर्जनको मृत्यु

बिहिबार साउन २९ , २०८२
रूसी राष्ट्रपति भ्लादिमिर पुटिन अर्को साता इरान जाने तय
अन्तर्राष्ट्रिय

६ वार्तामा पुटिन भारीः अलास्कामा जम्ला ’मिस्टर सिजफायर’को सेटिंग ?

बिहिबार साउन २९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Gremanyमा नाच्दा पनि जरिवाना, Sudanमा हैजाको प्रकोप || Nepal Times

World News: Gremanyमा नाच्दा पनि जरिवाना, Sudanमा हैजाको प्रकोप || Nepal Times

00:16:26

World News: भेटअघि पुटिनलाई ट्रम्पको ध*म्की, भारतलक्षित पाकिस्तानी ‘आर्मी रकेट फोर्स कमान्ड’

00:21:29

World News: Trump कुख्यात अपराधी, मोदीको हात पुर्पुरोमा पुर्याइदिने सरिफको ध*म्की || Nepal Times

00:17:58

World News:चिनियाँ यु*द्धपोत आफ्नै जहाजसँग ठोक्कियो,वाशिंगटनमा आपत्तकाल || Nepal Times

00:24:20

World News: Chinaमा उथलपुथल, सी निकट नेता प*क्राउ, भारतमाथि आणविक आ*क्र*मणको ध*म्की || Nepal Times

00:24:15

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

गृहमन्त्री र प्रधानन्यायाधीलाई रवि पत्नी निकिताको खुलापत्र

गृहमन्त्री र प्रधानन्यायाधीलाई रवि पत्नी निकिताको खुलापत्र

बुधबार साउन २८ , २०८२
डा. रामेशको राजीनामा पछाडि आरजुको हात? राजनीतिले खायो अर्को प्रतिभा।

डा. रामेशको राजीनामा पछाडि आरजुको हात? राजनीतिले खायो अर्को प्रतिभा।

बिहिबार साउन २९ , २०८२
सौर्य एयर दुर्घटनाको प्रतिवेदनमाथि उठ्यो प्रश्न

सौर्य एयर दुर्घटनाको प्रतिवेदनमाथि उठ्यो प्रश्न

बिहिबार साउन २९ , २०८२

हालका पोस्टहरू

राष्ट्रिय सभा सदस्य चयनका लागि कुवेतमा मतदान शुरु

कुवेतमा ३ दिनमा ९ नेपालीको मृत्यु, कारण मदिरा

शुक्रबार साउन ३० , २०८२
सञ्चालनमा आयो पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज

सञ्चालनमा आयो पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज

शुक्रबार साउन ३० , २०८२
जम्मू–कश्मीरमा ‘क्लाउड ब्रस्ट’, एक दर्जनको मृत्यु

जम्मू–कश्मीरमा ‘क्लाउड ब्रस्ट’, एक दर्जनको मृत्यु

बिहिबार साउन २९ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.