×

NEPAL TIMES UPDATES

Playing
आन्दोलन, जनअपेक्षा र इतिहास दोहोरिने डर उतिकै || Nepal Times
Mar 07, 2026
Playing
रास्वपा बहुमत नजिक , कांग्रेस ५ मा सीमित , अन्य दल कहाँ ? || Nepal Times
Mar 07, 2026
Playing
Nepal Election Update: रास्वपाको लहर, १७ जित र १०० क्षेत्रमा अग्रता – काठमाडौं क्लिन स्विप
Mar 07, 2026
Playing
झापामा रास्वपाले सोत्तर पार्याे, पाँचै क्षेत्रमा अग्रता,२ अध्यक्ष नै पछि || Nepal Times
Mar 06, 2026
Playing
समानुपातिकमा पनि रास्वपाको छलाङ, कांग्रेस पछ्याउदै, एमाले चौथो || Nepal Times
Mar 06, 2026
Playing
कसरी ढले पुराना दलका गढ र लालकिल्लाहरु ? || Nepal Times
Mar 06, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-22-2082 || Nepal Times
Mar 06, 2026
Playing
इरानमा नयाँ नेतृत्व चयन ट्रम्प बेचेन, तेहरानको भविष्य के होला ? || Nepal Times
Mar 06, 2026
Playing
लामो यु*द्धकालागि Iran तयारः IRGCले दियो नयाँ ह*तिया*रको चेतावनी || Nepal Times
Mar 06, 2026
Playing
BALENको क्रेजले बदल्यो नेपालको राजनीति, देशभर आँधीबेहरी || Nepal Times
Mar 06, 2026

पोखरामा रविको कुरा काट्ने माननीयहरु को–को हुन् ?सीसीटिभीमा हेरिने

१३ माघ २०८१

१३ माघ ,काठमाण्डौ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद विनिता कठायतले २९ पुसमा कृषि समितिका सदस्यहरू बसेको होटलको सीसीटीभी फुटेज झिकाउन भन्दै उजुरी दिएकी छन् । प्रतिनिधिसभा अन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा सांसद कठायतले पोखरास्थित होटल ओपन हाउसबाट राति ८ देखि १० बजेसम्मको सीसीटीभी फुटेज झिकाउन माग गरेकी हुन्।

गएको बुधबारको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा डढेलो प्रकोपको क्षति न्युनीकरणमा भइरहेका सरकारी प्रयासबारे छलफल गर्ने एजेण्डा थियो । तर बैठक सुरु हुनासाथ समय लिएर धारणा राख्ने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विनिता कठायतले समितिमा एजेण्डामा होइन् ,आफूले भोग्नु परेको पीडा भन्दै बैठकमा आक्रोशपूर्ण अभिव्यक्ति दिइन्।

उनको अभिब्यक्तिले अनुगमनमा गएका माननीयको दिनचर्चा र बहसको विषयलाई उदांगो त पारेकै छ यसले संसदीय समितिहरुको औचित्य र सिंगो संसदको ओजमाथि प्रश्न उठाएको छ ।बैठकमा धारणा राख्नेक्रममा उनले गुठी जग्गाको स्थलगत अनुगमन गर्न समितिका सदस्यहरू साताव्यापी अनुगमनका लागि पोखरा गएका बेला आफ्नो मुख्य काम गर्नभन्दा रक्सी सेवन गरी रास्वपाका नेताका व्यक्तिगत विषयमा चर्चा गर्न व्यस्त रहेको भन्दै उनले आक्रोश पोखिन् ।

उनले होटलमा आफ्नो पार्टीका नेताहरूको व्यक्तिगत विषयमा अनावश्यक चासो राखेर आफूलाई होच्याउने कार्य गरेको समेत बताएकी थिएन् । उनले पोखरामा आफ्नो पार्टीका सभापति रवि लामिछाने, सांसदद्वय सुमना श्रेष्ठ र सोबिता गौतमको के कस्ता कुरा काटिए भनेर सुनाएकी थिइन ।

यस विषयमा प्रमाण लिएर आउनू भनेपछि आइतबार सांसद कठायतले समितिमा सीसीटीभी फुटेज झिकाएर छानबिन गर्न माग गरेकी हुन् । कठायतले २९ पुसमा कृषि समितिका सदस्यहरू बसेको होटलको सीसीटीभी फुटेज झिकाउन भन्दै उजुरी दिएकी छन् ।

उनले सो दिन भएको खर्चको विवरणसहितको बिल भरपाइ झिकाउन समेत माग गरेकी छन् । २४ पुसदेखि कृषि समितिले नेपालगञ्जबाट अनुगमन सुरु गरेको थियो । ६ दिने अनुगमनको क्रममा कृषि समितिका सदस्यहरू २९ पुसमा पोखराको उक्त होटलमा बसेका थिए ।

सांसद कठायतले कृषि समितिको अनुगमनका दौरान समिति सदस्यहरूको आचरण ठिक नभएको र सांसदहरूले अर्काको व्यक्तिगत जीवनबारे अनावश्यक टिकाटिप्पणी गरेको कुरा समिति बैठकमा उठाएकी थिइन् ।

‘सुमनाले कतिजनासँग बिहे ग¥यो भन्ने तपाईंहरूको सरोकारको विषय हो त्यहाँ ?’ कठायतले प्रश्न गरिन्, ‘सोबिताको कल्ले के बोल्यो भन्ने कुरा तपाईंहरूको सरोकारको कुरा हो त्यहाँ ?’ कठायतले प्रश्नमाथि प्रश्न गरिन, ‘राष्ट्रिय स्वतन्त्र पार्टीले के गर्छ भन्ने तपाईंहरूको सरोकारको विषय हो ? तपाईंले मलाई पेल्न खोज्ने ? त्यहाँनेर ड्रिङ्क्स गरेर, रक्सी खाएर तपाईंहरूले जे पायो त्यही बोल्न मिल्छ ?’ कठायतले दोहो¥याइन्, ‘सुमना श्रेष्ठले कतिजनासँग बिहे ग¥यो तपाईंहरूको सरोकारको विषय थियो ?’ उनले आफ्नो पार्टीका नेताहरूलाई देश निकाला गर्ने भनेर कुरा भएको पनि सुनाइन् ।

‘तपाईंहरूले निर्णय गर्नुहुन्छ उहाँहरूलाई देश निकाला गर्ने भनेर ! के गरेको छ त्यस्तो देश निकाला गर्नलाई ?’ जे विषयमा अनुगमन गर्न गएको हो त्योभन्दा बाहिर गएर आफ्नो पार्टीका नेताहरूको कुरा काटिएको र आफूलाई पेल्न खोजिएको भन्दै उनले त्यस्ता प्रत्येक विषयको आफूसँग रहेको बताइन् ।

‘तपाईंहरूले बोलेको एक÷एक कुरा छ यहाँनेर सभापति ज्यू,’ उनले भनिन्, ‘यो समितिको अनुगमनको कुरा हो । मैले राम्रोसँग मर्यादित भएर तपाईंलाई भन्न खोजेको थिएँ त्यो भएन भनेर । तपाईं मलाई पेल्न खोज्दै हुनुहुन्छ सभापतिज्यू ।’त्यसबेला समिति सभापति पनि उपस्थित रहेको भन्दै उनले आक्रोश पोखिन्, ‘समितिको अनुगमनमा भएको कुरा समितिमै भन्न पाउनुपर्छ, तपाईंले सुन्नु पनि पर्छ । तपाईं स्वयं त्यहाँ हुनुहुन्थ्यो सभापतिज्यू । तपाईंको मुखबाट समेत दुई तीनवटा कुरा निस्केका छन् ।’

आफूहरूले कांग्रेस र एमालेको पार्टीको कुरा खोज्दै नहिंडेको, कुन नेताको के भन्ने नखोजेको भन्दै उनले आफ्नो पार्टीको विषयमा पनि चासो राख्न आवश्यक नरहेको बताइन् । ‘रवि लामिछानेले कोसँग विवाह ग¥यो, के विवाह ग¥यो ? ह्यारेसमेन्ट गर्ने त्यहाँनेर ?’

सांसद कठायतलाई रोक्न खोजेकी सभापति थापाले कठायतको क्षमतामाथि प्रश्न उठाउँदै प्रतिप्रश्न गरिन् । ‘तपाईं त नेपाल सरकारको मन्त्रिपरिषद्ले गरेको निर्णयलाई पनि समितिले उल्ट्याउनुपर्छ भन्ने मान्छे हो । तपाईंको आफ्नो कार्यक्षेत्र त कति हो भन्ने स्पष्ट पार्न सक्नुहुन्न अनि जे पायो त्यही बोल्नुहुन्छ यहाँ ?’ यसविषयमा उनले बोल्दै गर्दा पटक पटक समिति सभापति कुसुम थापासँग सवाल जवाफ समेत भएको थियो ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top