NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी बुधबार अशोज १ , २०८२
जेनजी आन्दोलनसंग जोडिएका क–कसले पाउँछन् राहत ? के छ प्रक्रिया ? बुधबार अशोज १ , २०८२
जेनजी विद्रोहमा प्रतिक बनेको ‘वान पिस जोली रोजर’ बुधबार अशोज १ , २०८२
जेनजीसँग आशिकाःबनिन् आमा, छोरी, दिदी र अभिभावक बुधबार अशोज १ , २०८२
मेयरबाट प्रधानमन्त्रीको दाबेदारसम्म बालेन कसरी उदाए ? बुधबार अशोज १ , २०८२
Next
Prev

समाचार

पाथीभराको केबलकारले बबण्डर, घाइतेलाई एयर एम्बुलेन्स, सिडिओ नै असुरक्षित!

आइतवार माघ १३ , २०८१
Reading Time: 1 min read
A A
ताप्लेजुङमा पहिरोले दर्जनौँ परिवार विस्थापित, ४१ वडा उच्च जोखिममा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१३ माघ , काठमाण्डौ।

ताप्लेजुङको पवित्र धार्मिक स्थल पाथीभरा माताको क्षेत्रमा शनिबार देखिएको झडपले स्थिति तनावपूर्ण बनाएको छ। पाथीभरा केबलकार निर्माणको विरोधमा उत्रिएका प्रदर्शनकारी र सुरक्षाकर्मीबीचको झडपले धार्मिक स्थलमै रक्तपातको अवस्था निम्त्यायो।

झडपका क्रममा प्रहरीको गोली लागेर नो केबलकार समूहका ४ जना घाइते भएका छन् भने झन्डै दुई दर्जन प्रहरी र सुरक्षाकर्मी पनि घाइते भएका छन् । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी (सिडिओ) नेत्रप्रसाद शर्माका अनुसार, प्रहरी इन्स्पेक्टर रोहित शर्मासहित १२ जना नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ)का ९ जना झडपका क्रममा घाइते भएका छन्।

LS Auto

आन्दोलनकारी समूहका ३ जनालाई थप उपचारका लागि नोबेल अस्पताल विराटनगर हुँदै काठमाडौँ पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी सन्दिपा खड्काले जानकारी दिइन् । केबलकार निर्माणको विरोध गर्दै आएको “नो केबलकार समूह“का प्रदर्शनकारीहरूले सरकारी निर्णयप्रति असन्तोष व्यक्त गर्दै झडपलाई थप उग्र बनाएका थिए।

प्रमुख जिल्ला अधिकारीविरुद्ध प्रदर्शनकारी मध्येका एक प्रदीप मादेनले तल्लो स्तरका अपशब्द प्रयोग गर्दै उनलाई जिल्ला छोड्न चेतावनी दिएका छन्। त विरुद्ध युद्ध सुरु भयो,तँ असुरक्षित छ भन्दै अश्लील शब्दमा फोनमार्फत गाली गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सन्दिपा खड्काले बताएकी छन् ।

खड्काका अनुसार स्थिति नियन्त्रणबाहिर जान सक्ने अवस्था सिर्जना भएपछि प्रहरीले बल प्रयोग गर्नुपरेको थियो। सहायक प्रमुख जिल्ला अधिकारी खड्काले अहिले त्याहाको सुरक्षा व्यवस्था कडा पारिएको भन्दै जिल्लाको शान्ति सुरक्षा सामान्य र प्रहरीको नियन्त्रणमा रहेको जानकारी दिएकी छन् ।

आन्दोलनकारीले छुरी, दाउरा, ढुङ्गा र गुलेलीहरूसहित आइसकेपछि र कमान्डरलाई नै हानेपछि त्यो अवस्था सिर्जना भएको प्रशासनले जनाएको छ । प्रहरीको गोली लागेर यामबहादुर लिम्बू, सगुन लावती, धर्मेन पालुङ्वा र मंगल लावती घाइते भएका थिए ।

घाइतेमध्ये तेह्रथुमका यामबहादुर, पाँचथर मिक्लाजुङ गाउँपालिका सगुन र धर्मेनलाई काठमाडौं लगिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । एकजना भने विराटनगरबाट उपचारपछि डिस्चार्ज भएका छन् ।

आन्दोलनको क्रममा पक्राउ परेका लक्ष्मण लिम्बू र चन्द्रसागर लिम्बू ताप्लेजुङ प्रहरीको हिरासतमा छन् । मंगलबारदेखि पाथिभरामा केबलकार निर्माण सुरू गरिएको थियो । केबलकारका कारण पहिचान मेटिने आन्दोलन सुरू गरेको ‘नो केबलकार समूह’ आजदेखि थप आन्दोलन गर्ने तयारी गरेको थियो ।

त्यसको लागि आन्दोलनकारीलाई तितरवितर पार्न शनिबार नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएको थियो । शनिबार बेलुका करिब ६ बजे पाथीभरा क्षेत्रको बलुडाडाँमा प्रहरी पुगेपछि आन्दोलनकारीले माथिबाट ढुंगामुडा गरेका थिए ।

त्यसपछि प्रहरीले गोली चलाएको थियो । आन्दोलनमा दमन गरेको भन्दै पहिचानवादीले मंगलबार मेची राजमार्ग बन्दको आव्हान गरेका छन् । सशस्त्र प्रहरीले पाथीभरा (मुक्कुमलुङ ) संरक्षणका पक्षधरमाथि कुटपिट गरेको भन्दै बन्दको आव्हान गरिएको उनीहरूको भनाइ छ ।

पाथीभरा माताको पावन मन्दिर क्षेत्र धार्मिक तथा पर्यटकीय दृष्टिले अति संवेदनशील मानिन्छ। तर, यही स्थललाई केन्द्र बनाएर हिंसा भड्किनुले स्थानियवासीमाझ रोष पैदा गरेको छ। स्थानीयवासी र नो केबलकार समूहले पाथीभरा माताको धार्मिक पवित्रतामाथि आँच पु¥याउने कुनै पनि परियोजनाको सशक्त विरोध गर्ने अडान लिएका छन्।

यता समाजवादी पार्टी, नेपालले ताप्लेजुङ, पाथीभरा क्षेत्रमा जारी ‘नो केबलकार आन्दोलन’का क्रममा आन्दोलनकारीमाथि गोली प्रहार भएको घटनामा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ‘‘शान्तिपूर्ण आन्दोलनको तयारी गर्दा राज्यले मान्छे ताकेरै गोली प्रहार गरिएको यो घटना अत्यन्त निन्दनीय तथा भत्र्सनायोग्य छ,’’ प्रवक्ता मनीष सुमनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘‘जसपा, नेपाल आन्दोलनकारीको मागअनुरूप उक्त क्षेत्रमा केबलकार निर्माण कार्य अविलम्ब बन्द गरी आन्दोलनकारीमाथिको प्रहरी दमन तत्काल रोक्न माग गर्दछ।’’

स्थानीयवासीको भाषा, धर्म, अधिकार तथा पहिचान मेटिने भन्दै पहिचान पक्षधरद्वारा जारी आन्दोलनमा प्रहरीद्वारा अन्धाधुन्द गोली चलाउँदा यमबहादुर लिम्बू, सगुन लावती, धर्मान पालुङ्वा लगायत दर्जनौँ प्रदर्शनकारी गम्भीर घाइते भएको जनता समाजवादी पार्टी, नेपालले जनाएको छ ।

यो विषय कोशी प्रदेश सभामा पनि उठेको छ । प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले ताप्लेजुङमा केबुलकार निर्माण पक्ष र सङ्घर्षरत पक्षलाई समस्या समाधानको लागि वार्तामा आउन आग्रह गरेका छन्।

पाथीभरा क्षेत्रमा घटेको घटनालाई लिएर सबै पक्षलाई शान्तिपूर्ण रूपमा वार्ताको माध्यमबाट समस्याको समाधान निकाल्न उनले आग्रह गरे। कोशी प्रदेश सभामा सांसदहरूले ताप्लेजुङको पाथीभरामा भएको घटनाको बारेमा सरकारको जवाफ माग गरेपछि उनले फुङलिङ नगरपालिकामा हिजो साँझ ५ बजेर ५० मिनेटमा प्रहरीमाथि साङ्घातिक आक्रमण भएपछि प्रहरीले आफ्नो प्रतिरक्षा गर्दा हवाई फायर गर्नु परेको सदनलाई जानकारी दिएका छन् ।

‘कोशी प्रदेश सरकार यस विषयमा गम्भीर भएको छ’, उनले भने, ‘घटनाको विषयमा प्रदेश सरकार वार्ताको लागि तयार छ। आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर राना संयोजक, भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राई र आन्तरिक मामिला तथा कानुन मन्त्री सदस्य रहेको वार्ता समिति बनाइएको छ ।’

साँझ प्रहरीले खाना खाइरहेको अवस्थामा प्रहरीमाथि माथिबाट ढुङ्गा बर्साइएपछि आत्मसुरक्षाकोलागि प्रहरीतर्फ ठूलो क्षति हुने अवस्था आएपछि अश्रुग्यास, हवाई फायर गर्नु परेको उनले बताएका छन् ।

त्यहाँ सशस्त्र र नेपाल प्रहरीका गरी ९० जना काफ्लेपाटीमा थिए। गएको कात्तिक २४ गते शिलान्यास गरिएको केबलकार निर्माण गएको मंगलबारबाट सुरु भएको थियो । आईएमई ग्रुपको लगानीमा हिमालय कन्स्ट्रक्सनले १५ महिनाभित्र केबलकार निर्माण सम्पन्न गर्ने सम्झौता भएको छ।

Tags: #पाथीभरा माताको पाउमा रक्तपात#पाथीभराको केबलकारले बबण्डर#सिडिओ नै असुरक्षित!

लोकप्रीय

आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी

आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी

बुधबार अशोज १ , २०८२
प्रचण्डलाई बालेनको व्यंग्यःएकादेशमा टिकटक पनि बन्द भएको थियो

जेनजी आन्दोलनसंग जोडिएका क–कसले पाउँछन् राहत ? के छ प्रक्रिया ?

बुधबार अशोज १ , २०८२
जेनजी विद्रोहमा प्रतिक बनेको ‘वान पिस जोली रोजर’

जेनजी विद्रोहमा प्रतिक बनेको ‘वान पिस जोली रोजर’

बुधबार अशोज १ , २०८२

विचार

आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी

आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी

बुधबार अशोज १ , २०८२
प्रचण्डलाई बालेनको व्यंग्यःएकादेशमा टिकटक पनि बन्द भएको थियो

जेनजी आन्दोलनसंग जोडिएका क–कसले पाउँछन् राहत ? के छ प्रक्रिया ?

बुधबार अशोज १ , २०८२
जेनजी विद्रोहमा प्रतिक बनेको ‘वान पिस जोली रोजर’

जेनजी विद्रोहमा प्रतिक बनेको ‘वान पिस जोली रोजर’

बुधबार अशोज १ , २०८२

थप समाचार

आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी
ताजा समाचार

आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी

बुधबार अशोज १ , २०८२
प्रचण्डलाई बालेनको व्यंग्यःएकादेशमा टिकटक पनि बन्द भएको थियो
अन्तर्राष्ट्रिय

जेनजी आन्दोलनसंग जोडिएका क–कसले पाउँछन् राहत ? के छ प्रक्रिया ?

बुधबार अशोज १ , २०८२
जेनजी विद्रोहमा प्रतिक बनेको ‘वान पिस जोली रोजर’
अन्तर्राष्ट्रिय

जेनजी विद्रोहमा प्रतिक बनेको ‘वान पिस जोली रोजर’

बुधबार अशोज १ , २०८२
जेनजीसँग आशिकाःबनिन् आमा, छोरी, दिदी र अभिभावक
ताजा समाचार

जेनजीसँग आशिकाःबनिन् आमा, छोरी, दिदी र अभिभावक

बुधबार अशोज १ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:जेलेन्स्कीलाई पत्र लेखेपछि मृ*त्युद*ण्ड,प्या*लेस्टि*नीहरू गाजा*बाट भागे|| Nepal Times

World News:जेलेन्स्कीलाई पत्र लेखेपछि मृ*त्युद*ण्ड,प्या*लेस्टि*नीहरू गाजा*बाट भागे|| Nepal Times

00:22:52

World News: अमेरिकाबाट निष्कासितमध्ये ३३% अपराधि, पाकिस्तानमा ३१ विद्रोही मा*रि*ए || Nepal Times

00:18:05

World News: रुबियोको भ्रमणअघि गाजामा भीषण ब*म*बारी, कतारको चेतावनी || Nepal Times

00:17:00

World News: लण्डनदेखि टोरोन्टोसम्म लाखौं आप्रवासी सडकमा,चीन–फिलिपिन्सबीच विवाद बढ्यो || Nepal Times

00:20:16

World News: इजरेली आमाले गाजामा छोरा नपठाउने, मोदीको एआई भिडियोले बबाल || Nepal Times

00:18:42

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

छानबिन गर्न ३ दलले मानेनन्, सर्त नमाने सुशीला प्रधानमन्त्री नबन्ने

शुक्रबार भदौ २७ , २०८२
जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

सुशीला प्रधानमन्त्री ? उनका सारथि को–को हुनुपर्छ ?

शुक्रबार भदौ २७ , २०८२
हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?

रवि कारागार फर्किने, कसले भगाएका थिए ? पत्र नक्कली ?

शनिबार भदौ २८ , २०८२

हालका पोस्टहरू

आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी

आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी

बुधबार अशोज १ , २०८२
प्रचण्डलाई बालेनको व्यंग्यःएकादेशमा टिकटक पनि बन्द भएको थियो

जेनजी आन्दोलनसंग जोडिएका क–कसले पाउँछन् राहत ? के छ प्रक्रिया ?

बुधबार अशोज १ , २०८२
जेनजी विद्रोहमा प्रतिक बनेको ‘वान पिस जोली रोजर’

जेनजी विद्रोहमा प्रतिक बनेको ‘वान पिस जोली रोजर’

बुधबार अशोज १ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.