×

NEPAL TIMES UPDATES

Playing
जनताले बनाए बालेन, अब बालेनले देश बनाउने अपेक्षा|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई झापामै हराइदिए बालेनले, अब प्रधानमन्त्री बन्ने || Nepal Times
Mar 07, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 07, 2026
Playing
रास्वपाको नीति लगानीकर्ताको सुरक्षा र स्वदेशमा लगानी सुनिश्चित बनाउनेमा केन्द्रित : रवि लामिछाने
Mar 07, 2026
Playing
भोली सरकारको हातमा पुग्छ जाँचबुझ प्रतिवेदन, ओली–लेखक जिम्मेवार ठहरिएलान् ?|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई भारी मतान्तरले पछि पार्दै प्रमाणपत्र ग्रहण।
Mar 07, 2026
Playing
नेपालको निर्वाचन निष्पक्ष र पारदर्शी भएको विदेशीको ठहर || Nepal Times
Mar 07, 2026
Playing
मोसादसंग मिलेर खामेनीलाई धो खा दिने जनरललाई Iranले दियो मृ त्युदण्ड || Nepal Times
Mar 07, 2026
Playing
सागरको ऐतिहासिक जित, सोवितालाई अहिलेसम्मकै धेरै मत || Nepal Times
Mar 07, 2026
Playing
यसरी सम्भव भयो फागुन २१ को निर्वाचन || Nepal Times
Mar 07, 2026

सरकारविरुद्ध उत्रिए विश्वप्रकाश, कांग्रेसको ह्विप के होला ?

१७ माघ २०८१

१७ माघ,काठमाण्डौ

संसदमा रहेका सबै विपक्षी दलहरूले सरकारले ल्याएका अध्यादेश अस्वीकार गर्ने निर्णय गरेका छन् । आज बिहान माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकले अध्यादेश अस्वीकार गर्ने निर्णय गरेको हो ।

भोलिदेखि सुरू हुने संसदको हिउँदे अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न विपक्षी दलहरूको बैठक बोलाइएको हो । ‘सरकारले सदन बोलाउने बेलामा नै जसरी अध्यादेश ल्याएको छ, प्रक्रियाका हिसाबले पनि गलत छ र संसदको अर्थ समितिमै छलफल भएको विधेयकलाई पनि मिनिमाइज गरेर अध्यादेश ल्याएको छ,’ माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले भने,‘यसमा सबै विपक्षी दलहरूले गलत भयो भन्ने निष्कर्ष निकालियो। र अस्वीकार गर्ने निर्णय भयो।’

बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड‘, राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डिपी अर्याल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राप्रपा नेता ध्रुवबहादुर प्रधान, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र यादव, जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी लगायत नेताहरूको सहभागिता थियो ।

साथै विपक्षी दलहरुले राष्ट्रियता, जनजीविका र महंगी नियन्त्रणलगायतका विषयमा आगामी संसदमा सशक्त आवाज उठाउने भएका छन् । ‘खासखास विषय जहाँ जनताका सवाल जोडिन्छन् । राष्ट्रियता, जनजीविका र बढ्दो महँगी नियन्त्रणमा सरकारको बेवास्ता लगायतका विषयहरूमा विपक्षीहरू एक भएर संसदमा कुरा उठाउनुपर्छ भन्ने निर्णय गरेको छ’,प्रमुख सचेतक पाण्डेको भनाइ छ ।

विपक्षी दलहरूले सरकारले जनतालाई छिटो सेवा दिन अध्यादेश ल्याएको भन्ने दाबी गरे पनि त्यो कुरा खण्डित भएको ठहर गरेका छन् । ‘छिटो होइन झन् ढिलो हुन्छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन संसद्को समितिमा थियो, त्यहाँबाट झन् छिटो जान्थ्यो’, पाण्डेले भने, ‘सरकारको नियत नै बेठिक छ भन्ने सबैको बुझाई रह्यो ।’

उनले अध्यादेशका कन्टेन्टका बारेमा प्रतिस्थापन विधेयक आएपछि छलफल गर्ने भन्दै जनतालाई भ्रम छर्ने सरकारको क्रियाकलाप अस्वीकार गर्ने बताए । विपक्षी दलहरुले मात्रै होइन सत्तारुढ दल नेपाली काँग्रेसकै महामन्त्रीले पनि सरकारको कदमप्रति विरोध जनाएका छन् ।

कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले ल्याएको सामाजिक सञ्जालसम्बन्धी विधेयकमा असन्तुष्टि जनाएका हुन् । उनले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने सामाजिक सञ्जालसम्बन्धी विधेयक अस्वीकार्य हुने बताएका छन् ।

सरकारले हालै राष्ट्रिय सभामा सामाजिक सञ्जाल सञ्चालन, प्रयोग र नियमनसम्बन्धी विधेयक दर्ता गरेको छ । विधेयकमा रहेका कतिपय प्रावधानप्रति विरोध भइरहेको छ । सत्तारूढ कांग्रेसका प्रतिनिधि सभा सांसदसमेत रहेका महामन्त्री शर्माले सामाजिक सञ्जाल एक्समा बुधबार पोस्ट गरेका छन्, ‘अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने हदसम्म विधेयक ठाडै अस्वीकार्य छ’

उनले आफू पार्टी प्रवक्ता हुँदा बोकेको दृष्टि महामन्त्री हुँदा नबदलिने पनि उल्लेख गरेका छन् । ‘देश ढुक्क रहोस– दृष्टि बदलिन्न, विधेयक बदलिन्छ,’ शर्माको भनाइ छ, ‘सामाजिक सञ्जाल मर्यादित बनाउन सत्ता–प्रतिपक्ष, अन्य दल, सरोकारवाला र नागरिकपंक्तिबीच गहन संवाद जरूरी छ ।

शर्माले सरकारले ल्याएको विधेयक ठाडै अस्वीकार्य भनिरहँदा यता उनको दल कांग्रेसले भने यो लगायत सरकारले ल्याएको सबै अध्यादेश तथा विधेयकहरु विरुद्ध फरक मत भएपनि संसदमा बोल्न रोक लगाएको छ । सरकारले ल्याएको अध्यादेशको प्रतिरक्षाका विषयमा एमाले, कांग्रेसले नै सांसदहरुलाई प्रशिक्षण नै दिएका छन् ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top