२२ माघ, एजेन्सी ।
अनौपचारिक भ्रमणका सिलसिलामा श्रीमती सोफियासहित बेलायती राजकुमार एडवर्ड नेपाल आएका हुन् । बेलायती राजकुमार एडवर्ड विहान साढे १० बजे र उनकी श्रीमती सोफिया दिउँसो करिब २ बजे भारत हुँदै नेपाल आउने उच्च सुरक्षा अधिकारीले बताएका छन् ।
नेपाल आएपश्चात दुवैजना लैनचौरस्थित बेलायती राजदुतास जानेछन् । उनीहरुले आजै अपराह्न ४ बजे उनले राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्ने कार्यक्रम तय छ । उनी भोलि (माघ २३) ललितपुर, भक्तपुर र कीर्तिपुरका विभिन्न स्थानमा पुग्नेछन् ।
नेपालमा रहँदा उनी पोखरा पनि जानेछन् । नेपाल भ्रमण सकाएर उनी यही माघ २७ (आइतबार) गते फिर्ता हुनेछन् । उनी नेपाल मात्र नभएर दक्षिण एसियाका विभिन्न मुलुकको भ्रमणमा निस्किएका बताइएको छ ।
राजकुमार परिवार ६ दिने दक्षिणी यसियाली मुलुक भ्रमणमा निस्किएका हुन् । बेलायती राजपरिवारका सदस्य एडवर्ड रानी एलिजाबेथ द्वितीयाका कान्छा सन्तान हुन् । अर्थात्, उनी वर्तमान राजा चाल्र्स तृतीयाका कान्छा भाइ हुन् ।
बेलायतको राजगद्दीको उत्तराधिकारीमध्ये हाल उनी १५औँ नम्बरमा छन् । उनको निजी भ्रमणमा नेपाल प्रहरी र नेपाली सेनाले सुरक्षा दिनेछन् । उनलाई ‘ख श्रेणी’को सुरक्षा व्यवस्था मिलाइएको छ ।
भ्रमणका क्रममा उनीहरुले पोखराको ब्रिटिश गोर्खा क्याम्पमा पनि जाने बताइएको छ । बेलायती सञ्चार माध्यमका अनुसार उनीहरुले त्यहाँ हालै बेलायती सेनामा छनोट भएकाहरुको ब्याज वितरण परेडमा पनि सहभागी हुनेछन् ।
यो दिन बेलायती सेनामा नवनियुक्त नेपाली जवानहरुलाई औपचारिक रूपमा बेलायती सेनामा भर्ना भएको चिन्ह लगाइन्छ । भ्रमणकै क्रममा उनीहरु नेपाली सेनाको हेलिकप्टरबाट अन्नपूर्ण हिमश्रृंखला नियाल्न जानेसमेत तालिका रहेको जानकारी प्राप्त भएको छ ।
नेपाल बसाइको क्रममा, उनीहरूले स्वास्थ्य सेवा र बेचबिखन र लैगिक हिंसाबाट बचेकाहरूलाई सहयोग प्रदान गर्ने संस्थाहरूलाई पनि भेट्नेछन् । सोफी संयुक्त राष्ट्रको महिला, शान्ति र सुरक्षा एजेन्डाकी च्याम्पियन हुन् र अक्टोबरमा, माल्टाको यात्राको क्रममा, माल्टाको पुलिस बल र मानव अधिकार निर्देशनालयका सदस्यहरूसँग मानव बेचबिखनका पीडितहरूलाई सहयोग गर्ने बारे छलफलमा भाग लिएकी थिइन् ।
‘यो भ्रमणले बेलायत र नेपालबीचको घनिष्ठ सम्बन्धलाई मनाउनेछ, र युवा अवसर, स्वास्थ्य सेवा, महिला र केटीहरूको लागि समानता, र संरक्षण र जैविक विविधता लगायतका साझा चासोहरूलाई सुदृढ गर्नेछ’, नेपाललगायत भ्रमणबारे बेलायती राजसंस्था ‘बकिङ्घम प्यालेस’को भनाइ उद्धृत गर्दै त्यहाँका सञ्चार माध्यमले लेखेका छन् ।
उनीहरूको पहिलो पटक नेपाल भ्रमणमा आउन लागेका हुन्।