NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
रविलाई बयान दिन जाँचबुझ आयोग पुर्याइयो,निकिता र डीपीसंग बयान बुधबार कार्तिक १९ , २०८२
सलमान खानले गरेको विज्ञापन भ्रामक ? अदालतमा मुद्दा बुधबार कार्तिक १९ , २०८२
 किसान श्रेष्ठ, झाक्रीहरुलाई एमाले नेताहरुले हाँसिदिए मात्रै पुग्ने बुधबार कार्तिक १९ , २०८२
न्युयोर्कको मेयरमा निर्वाचित ममदानी को हुन् ? पहिलो मुस्लिम मेयर बुधबार कार्तिक १९ , २०८२
९ पार्टीबिच आज एकता, ओलीपछि प्रचण्डसंग झलनाथको वार्ता, जान्छन् कता ? बुधबार कार्तिक १९ , २०८२
Next
Prev

समाचार

शेरबहादुरको शरणमा गगन,अबको सभापति को ?

बुधबार माघ २३ , २०८१
Reading Time: 1 min read
A A
परमादेशको सरकार भन्नेलाई गगनको जवाफ: बोसो लागेको बेला प्रतिपक्षमा बस्न गाह्रो हुन्छ
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२३ माघ ,काठमाण्डौ।

नेपाल कांग्रेसको आन्तरिक राजनीति फेरि तरंगित भएको छ। १३औं महाधिवेशनमा कृष्णप्रसाद सिटौला समूहबाट महामन्त्री पदमा उठेका गगन थापा १४औं महाधिवेशनमा शेखर कोइराला समूहबाट अत्यधिक मतसहित विजयी भए। तर, शेखर भने सभापति पदमा शेरबहादुर देउवासँग पराजित भए।

गगनको लक्ष्य १५ औँ महाधिवेशनमा सभापति पदको उम्मेदवार बन्ने छ । शेखर समूहबाट सभापति पदमा उम्मेदवार बन्न नपाउने पक्का भए सँगै गगन शेरबहादुर देउवाको शरणमा गएका हुन् त ?उनले शेरबहादुर समूहबाट सभापतिको उम्मेदवार बन्ने मौका पाउने छन् ? कि उनी छुट्टै समूह बनाएर चुनावी मैदानमा आउँछन् ? आज हामी नेपाल टाइम्स अनलाइन टेलिभिजनमा यही विषयलाई केलाउने छौं ।

आफ्नो स्वार्थ पूरा गर्न समूह परिवर्तन गर्दै आएपछि कांग्रेस महामन्त्री गगन थापा र संस्थापन इतर समूहका शेखर कोइराला बीचको सहयात्रा दुई वर्ष बित्न नपाउदै संकटमा परेको छ । त्यसो त गएको प्रतिनिधि सभाको निर्वाचनजिते सँगै शेखर कोइराला शेरबहादुर सँग कांग्रेस संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्न चाहन्थे ।

तर गगनको वाल हटका कारण समूह विभाजन गर्नु भन्दा आफूले त्याग गर्नु उचित हुने निचोडमा पुगेका शेखर गगनलाई उम्मेदवार बनाउन बाध्य भए । तर जे उद्देश्यका साथ शेखरले गगनलाई छोडेका थिए त्यो पुरा हुन नपाउँदै शेखरको हातबाट गगन फुत्किएका छन् ।

पार्टीको आसन्न १५औँ महाधिवेशनको चर्चा सुरु हुन नपाउँदै देउवाले इतर समूहमा रहेका डाक्टर शेखर र महामन्त्री बिचको सम्बन्धमा दरार उत्पन्न गराउन सफल भएका छन् । उनी यसको फाइदा १५ औँ महाधिवेशनमा उठाउने दाउमा छन् ।

उनी गगनलाई आफ्नो समूहमा ल्याउने, त्यसो गर्न नसके पनि कोइराला समूहबाट फुटाउने रणनीतिमा देखिन्छन् । गगनलाई आफ्नो समूहमा ल्याउँदा त्यहाँ रहेका धेरै नेता बाहिरिने खतरा पनि उतिकै रहेकाले देउवा अहिले गगनको विषयमा पर्ख र अघि बढ भन्ने रणनीतिमा रहेको देखिन्छ ।

केही नेताहरूले भने महामन्त्री थापाले अहिले नै देउवा क्याम्पबाटै आगामी नेतृत्वको आश्वासन पाएको अनुमान गर्दै सशङ्कित बनेका छन् । तर राजनीतिमा मौन र कुटिल शेरबहादुरले शेखर र गगनबीचमा खेलेर बिपीपुत्र समेत रहेका पूर्व महामन्त्री शशांक कोइरालालाई नेतृत्वमा अघि सार्ने सम्भावना पनि उतिकै छ ।

१४औँ महाधिवेशनमा देउवासँग पराजित नेता शेखर पनि सभापति बन्ने लाइनमा देश दौडाहामा छन् । शेरबहादुर अहिले महामन्त्री गगन र नेता शेखर बीच ग्याप गराउन महामन्त्रीलाई नजिक्याउने र केही जिम्मेवारीहरू पनि दिन थालेका छन् ।

कांग्रेसलाई बिपीकै छत्रछायामा जिम्मा लगाएको भन्ने सन्देश दिन र पत्नी आरजु राणालाई पार्टीको उपसभापति वा महामन्त्रीमा व्यवस्थापन गर्न देउवाले यो रणनीति वनाएका हुन सक्ने अनुमान छ । पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पनि देउवाको आर्शीवादमा सभापतिको उम्मेदवार बन्नका लागि दौडमा छन् ।

गगनलाई देउवाले नजिक्याए सँगै संस्थापन पक्षको कोर समूहमा रहेका मोहन बस्नेत, बालकृष्ण खाँण, एनपी साउद, डिना उपाध्यायलगायत नेताहरू अहिले शेखर कोइरालासँग नजिकिँदै गएको चर्चा बाहिर आउन थालेको छ ।

यदि गगन खुलेरै देउवा समूहमा गए भने त्यहाँबाट कोइराला समूहमा आउनेको सङ्ख्या अरू बढ्ने छ त्यस बेला कोइरालालाई आएका नेताहरूको व्यवस्थापन समस्या हुने पक्का छ । सही समय सही यवस्थापन भएन भने आउने नेताहरु पनि रोकिने र उनीहरूलाई बढी प्राथमिकता दिएमा पुराना आफ्नापक्षका नेताहरू बाहिरिने खतरा उत्तिकै हुनेछ ।

यता महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेल गगन सँग नजिक त छन् तर गगन देउवा समूहमा गए भने उनीहरूले गगनलाई छोड्ने सम्भावना बढी छ । शर्मा र पौडेललाई कोइराला समूहमा ल्याइहाल्न उपसभापति धनराज गुरुङ, नेता मिनेन्द्र रिजाल, चन्द्र भण्डारी लगायत सकारात्मक देखिएका छैनन् ।

उता, पूर्व महामन्त्री शशाङ्कले समेत देउवाको सहयोग भए आफू सभापतिहुन सक्छु भन्ने सोचका साथ अघि बढी रहेका छन् । काँग्रेसका संस्थापक नेताहरू बिपी कोइराला, गणेशमान सिंह र महेन्द्र नारायण निधि पुत्र त्रय शशाङ्क, प्रकाशमान र विमलेन्द्र निधिले भेटवार्ता गरेका थिए ।

प्रकाशमानसिंह निवास चाक्सीबारीमा खाना खाएर राजनीतिक कुराकानी गरेका तीन नेताहरू आपसमा मिलेको सन्देश दिने उद्देश्यका साथ तस्बिर सार्वजनिक गरिएको थियो । यसले पनि डा. शशाङ्क सभापतिको दौडमा छन् भन्ने पुष्टि हुन्छ ।

तर देउवा निकटका केही नेताहरूले भने वर्तमान उपसभापति पूर्णबहादुर खड्कालाई टिमको सभापतिबनाएर जानुपर्ने जोडमा लागि रहेका छन् । यदित् यसो भयो भने गगन छुट्टै समूह बनाएर चुनावी मैदानमा आउने तयारीमा छन् ।

अर्काेतर्फ कांग्रेसको १५ औँ महाधिवेशनको मिति त्यति सजिलै शेरबहादुरले तोक्लान् भन्ने कसैले पनि विश्वास गरी हाल्दैन । देउवा २०७८ मङ्सिरमा १४ औँ महाधिवेशनबाट सभापति पदमा दोस्रो कार्यकालकालागि निर्वाचित भए ।

कांग्रेसको विधानलाई हेर्ने हो भने २०८२ साल मंसिरभित्र १५ औँ महाधिवेशन हुनुपर्नेछ । तर विधानमा एक वर्ष बढाउन मिल्ने प्रबन्ध राखिएको छ । यस हिसाबले २०८३ मङ्सिर सम्म आफ्नो आयु बढाउन देउवा पछि पर्दैन भन्नेहरूको जमात ठूलो छ ।

पार्टीको विधानअनुसार अबको १५ औँ महाधिवेशनमा उनी सभापति पदमा उठ्न पाउँदैनन् । त्यसो भयो भने कांग्रेसको १५ महाधिवेशन २०८३ मा धकेलिने छ । तर यति बेला आएर संस्थापनपक्षका नेताहरू २०८४ सालमा आमनिर्वाचन रहेकाले त्यो निर्वाचन पछि मात्र १५ औँ महाधिवेशन गर्नु पर्ने तर्क राख्छन् ।

महाधिवेशनको जित–हारका कारण पार्टी भित्रहुने घात–अन्तर घातले ठूलो क्षति पु¥याउने उनीहरूको दाबी छ । तर संस्थापन इतरको कोइराला समूह यो कुरा मान्न तयार छैन । संविधानले साढे पाँचवर्ष भित्र महाधिवेशन गराउनुपर्ने बाध्यात्मक व्यवस्था गरेको छ ।

यो हिसाबले २०८४ को जेठभित्र १५ औँ महाधिवेशन गर्न नसके कांग्रेस दलमाथि नै संवैधानिक संकटको प्रश्न उठ्ने छ ।

Tags: #गगन देउवाको जाल#शेरबहादुरको शरणमा गगन

लोकप्रीय

ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन

रविलाई बयान दिन जाँचबुझ आयोग पुर्याइयो,निकिता र डीपीसंग बयान

बुधबार कार्तिक १९ , २०८२
सलमान खानलाई घरमै ज्यान लिने धम्की कसले दियो ?

सलमान खानले गरेको विज्ञापन भ्रामक ? अदालतमा मुद्दा

बुधबार कार्तिक १९ , २०८२
 किसान श्रेष्ठ, झाक्रीहरुलाई एमाले नेताहरुले हाँसिदिए मात्रै पुग्ने

 किसान श्रेष्ठ, झाक्रीहरुलाई एमाले नेताहरुले हाँसिदिए मात्रै पुग्ने

बुधबार कार्तिक १९ , २०८२

विचार

ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन

रविलाई बयान दिन जाँचबुझ आयोग पुर्याइयो,निकिता र डीपीसंग बयान

बुधबार कार्तिक १९ , २०८२
सलमान खानलाई घरमै ज्यान लिने धम्की कसले दियो ?

सलमान खानले गरेको विज्ञापन भ्रामक ? अदालतमा मुद्दा

बुधबार कार्तिक १९ , २०८२
 किसान श्रेष्ठ, झाक्रीहरुलाई एमाले नेताहरुले हाँसिदिए मात्रै पुग्ने

 किसान श्रेष्ठ, झाक्रीहरुलाई एमाले नेताहरुले हाँसिदिए मात्रै पुग्ने

बुधबार कार्तिक १९ , २०८२

थप समाचार

ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन
ताजा समाचार

रविलाई बयान दिन जाँचबुझ आयोग पुर्याइयो,निकिता र डीपीसंग बयान

बुधबार कार्तिक १९ , २०८२
सलमान खानलाई घरमै ज्यान लिने धम्की कसले दियो ?
ताजा समाचार

सलमान खानले गरेको विज्ञापन भ्रामक ? अदालतमा मुद्दा

बुधबार कार्तिक १९ , २०८२
 किसान श्रेष्ठ, झाक्रीहरुलाई एमाले नेताहरुले हाँसिदिए मात्रै पुग्ने
ताजा समाचार

 किसान श्रेष्ठ, झाक्रीहरुलाई एमाले नेताहरुले हाँसिदिए मात्रै पुग्ने

बुधबार कार्तिक १९ , २०८२
न्युयोर्कको मेयरमा निर्वाचित ममदानी को हुन् ? पहिलो मुस्लिम मेयर
अन्तर्राष्ट्रिय

न्युयोर्कको मेयरमा निर्वाचित ममदानी को हुन् ? पहिलो मुस्लिम मेयर

बुधबार कार्तिक १९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: मेयरसंग ट्रम्पको टसल, भारतीय अदालतमा नेपालको जेनजी प्रदर्शनको चर्चा || Nepal Times

World News: मेयरसंग ट्रम्पको टसल, भारतीय अदालतमा नेपालको जेनजी प्रदर्शनको चर्चा || Nepal Times

00:16:38

World News: अफगानिस्तान भूकम्पमा क्षति बढ्दै, तेहरानमा खानेपानी अभाव|| Nepal Times

00:13:42

World News: सुपरमार्केट वि*ष्फो*टमा २३ को मृ*त्यु, नाइजेरियामा सैन्य का*र*बाही गर्ने Trumpको चेतावनी

00:13:33

World News:भार तीयलाई पाकि स्तानको भिसा, आग लागीमा ११ जनालाई जन्म*कैद || Nepal Times

00:21:11

World News: अमेरिकाले साढे ७ हजार मात्रै शरणार्थी राख्ने,हरिकेनमा ३० मा*रिए || Nepal Times

00:19:43

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

बालेनको स्टाटसलाई अंग्रेजीमा होइन नेपालीमा बुझौं !

आइतवार कार्तिक १६ , २०८२
ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन

रवि फेरि चक्रब्युमा,फर्जी पत्र थमाएर जेलबाट कसले निकाल्यो ?

मङ्लबार कार्तिक १८ , २०८२
सुडान टुक्रिने कमाण्डरको चेतावनी, वेस्ट बैंकमा बुलडोजर

सुडानमा भयानक नरसंहारः अन्तरिक्षबाटै देखियो रगतको आहाल

मङ्लबार कार्तिक १८ , २०८२

हालका पोस्टहरू

ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन

रविलाई बयान दिन जाँचबुझ आयोग पुर्याइयो,निकिता र डीपीसंग बयान

बुधबार कार्तिक १९ , २०८२
सलमान खानलाई घरमै ज्यान लिने धम्की कसले दियो ?

सलमान खानले गरेको विज्ञापन भ्रामक ? अदालतमा मुद्दा

बुधबार कार्तिक १९ , २०८२
 किसान श्रेष्ठ, झाक्रीहरुलाई एमाले नेताहरुले हाँसिदिए मात्रै पुग्ने

 किसान श्रेष्ठ, झाक्रीहरुलाई एमाले नेताहरुले हाँसिदिए मात्रै पुग्ने

बुधबार कार्तिक १९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.