×

NEPAL TIMES UPDATES

Playing
इजरेलले मानवता विर्सियो, शहरभर विषाक्त धुवाँ || Nepal Times
Mar 09, 2026
Playing
इरानी जहाजको सुरक्षा गर्दै भारत, भारतीय बन्दरगाहको इरानी जहाज || Nepal Times
Mar 09, 2026
Playing
देशको ढिकुटीको चाबी बोकेकाहरुलाई पनि रास्वपाले बढार्याे || Nepal Times
Mar 09, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-25-2082 || Nepal Times
Mar 09, 2026
Playing
ट्रम्पले कोरियामा अचानक किन उतारे फौ ज? मादुरो–खामेनी पछि कि मको पालो ?|| Nepal Times
Mar 09, 2026
Playing
मध्यपूर्व यु द्ध को असर विश्व बजारमाः तेल १२० डलर नजिक || Nepal Times
Mar 09, 2026
Playing
नयाँ नेपालको अध्याय सुरु, बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 09, 2026
Playing
इरानको ४५० किलो यूरेनियम खोस्न जाँदैछन् अमेरिकी कमांडो? || Nepal Times
Mar 09, 2026
Playing
World News: अमेरिकी दूतावासमा आत*ङ्क*वादी हम*ला, Americaदेखि Europeसम्म यु*द्धको विरोध
Mar 09, 2026
Playing
रविको अभियोग पत्र संशोधन गर्ने निर्णयविरुद्धको रिट हेर्न नभ्याइनेमा|| Nepal Times
Mar 09, 2026

अमेरिकी कर्मचारीमा मक्स आतंकः २० लाखलाई जागिर छाड्न पत्र

२४ माघ २०८१

२४ माघ , एजेन्सी।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनमा विश्व धनाढ्य, खर्बपति–व्यापारी एलन मस्क यसरी हावी भएका छन् कि विश्वको अर्थ व्यवस्था, निकट राष्ट्रहरुदेखि अमेरिकी सरकारी कर्मचारीसम्म आतंकित भएका छन् ।

मस्ककै सल्लाहमा ट्रम्पले वैदेशिक सहायता बन्द गर्नेदेखि सरकारी कर्मचारीहरु त्यो पनि लाखौंको संख्यालाई एकैसाथ विदा गर्न लागेका छन् । यसले अमेरिकी कर्मचारीहरुमा आतंक नै फैलिएको छ । सरकारी दक्षता विभागको नेतृत्व सम्हालिरहेका एलन मस्कले २० लाख सरकारी कर्मचारीलाई जागिर छाड्न दबाब दिएको अमेरिकी सञ्चार माध्यमहरुले जनाएका छन् ।

यसअघि मस्कले पूर्व ट्वीटर खरिद गर्नासाथ पनि इमेल पठाउँदै जागिरबाट बिदा हुन् भनेका थिए । उनले कर्मचारीहरुलाई गोप्य इमेल पठाउँदै जागिरबाट बिदा हुन भनेको ती सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

समाचार संस्था फच्र्युनका अनुसार सरकारी कर्मचारी हटाएर आफ्ना कम्पनीका कर्मचारी नियुक्त गर्न खोजेको आशंका छ । एलन मस्क टेस्ला, स्पेस एक्स, एक्सलगायत कम्पनीका मालिक हुन् । उनलाई ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएलगत्तै सरकारी दक्षता विभागको जिम्मेवारी दिइएको थियो ।

यो विभागले सरकारी कामकारबाहीलाई प्रभावकारी बनाउन ट्रम्पलाई सघाउने छ । सोही योजनाअनुसार मस्कले कमजोर कार्यसम्पादन भएको बहानामा कर्मचारीलाई हटाउन खोजेको बताइन्छ । ह्वाइट हाउस रिपोर्टर जोनाथन स्वानले न्यूयोर्क टाइम्सको पोडकास्ट द डेलीमा पनि मस्कको कार्यशैलीबारे विवेचना गरेका छन् ।

उनले उक्त पोडकास्टमा कार्यस्थलमा व्यापक परिवर्तन दानवीय शैलीमा घुसपैठ गर्ने व्यक्तित्व मस्कमा रहेको आरोप लगाएका थिए । उनले अरबपति नेतृत्वशैलीमा काम गर्न खोजेको पनि बताएका छन् । कर्मचारी कटौतीसँगै निश्चित समय दिएर उनले रातरातभर जाग्राम बस्दै चिसो भूइँमा बसेर आफ्नो कम्पनी टेस्ला, स्पेश एक्स र अहिले सरकारी दक्षता विभागलाई काम लगाइरहेको स्वानले बताएका छन्।

मस्कले पठाएको यो पत्र उनले पत्र सन् २०२२ मा ट्विटरको कर्मचारीलाई पठाइएको जस्तै रहेको दाबी गरिएको छ । यसले वासिङ्टनका कार्यालयमा अराजकता र सरकारी कर्मचारीमा यसले डर पैदा गराएको छ ।

‘ट्रम्पले मस्कको प्रयासलाई पुरस्कृत गरेको जस्तो देखिन्छ’, स्वानले उक्त पोडकास्टमा भनेका छन् । यता मस्ककै सल्लाहमा ट्रम्पले प्रमुख वैदेशिक सहायता संस्था युनाइटेड स्टेट्स एजेन्सी फर इन्टरनेशनल डेभलपमेन्ट (यूएसएड) बन्द गर्ने घोषणा गरेका छन् ।

बन्द गरिएपछि यसलाई अमेरिकी विदेश मन्त्रालयमा गाभ्ने निर्णय ट्रम्पले गरेका छन् । सोमबार यूएसएडका कर्मचारीहरूलाई वासिङ्टन मुख्यालयबाट टाढा रहन र घरमै बस्न निर्देशन दिइएको थियो । अमेरिकी विदेशमन्त्री मार्को रूबियोले पत्रकारहरूसँग भने, ‘अबदेखि म यूएसएडको कार्यकारी प्रमुख हुनेछु ।’

यूएसएड विश्वभर स्वास्थ्य, पोषण, शिक्षा, वातावरण, स्वच्छ ऊर्जा, पानी, र सरसफाइ जस्ता क्षेत्रमा अर्बौं डलर सहायता उपलब्ध गराउँदै आएको संस्था हो । यो निर्णयले यी क्षेत्रमा चलिरहेका कार्यक्रमहरूमा प्रत्यक्ष प्रभाव पार्ने देखिएको छ ।

एलन मस्कले सोमबार आफ्नो सामाजिक सञ्जाल ‘एक्स’ द्वारा आयोजित एक प्रत्यक्ष सत्रमा यूएसएआईडी बन्द गर्ने विषयमा राष्ट्रपतिसँग विस्तृत कुराकानी भएको बताए । ‘हामीले यसलाई बन्द गर्नुपर्छ भन्ने विषयमा राष्ट्रपति सहमत छन्,’ मस्कले भनेका छन् ।

यूएसएआईडीको वेबसाइट पनि अनलाइनबाट हटाइएको छ । रोयटर्सका अनुसार सयौं कर्मचारीलाई बिदामा पठाइएको छ । विदेशी सहायता रोक्ने ट्रम्पको कार्यकारी आदेशलाई बेवास्ता गर्ने प्रयास गरेको भन्दै गत साता यूएसएआईडीका ६० जना वरिष्ठ अधिकारीहरूलाई बिदामा राखिएको थियो ।

राष्ट्रपति ट्रम्पले जनवरी २० मा कार्यभार सम्हालेसँगै अमेरिकाले दिँदै आएको वैदेशिक अनुदान रोक्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । ‘विदेशी सहयोगको पुनरावलोकन र पुनर्संयोजन’ शीर्षकको कार्यकारी आदेशअनुसार अमेरिकाले विदेशी विकास सहायता कार्यक्रमहरूमा ९० दिनका लागि रोक लगाइसकेको छ ।

यूएसएडको स्थापना १९६१ मा तत्कालीन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले गरेका थिए । हाल यस संस्थामा झन्डै १० हजार कर्मचारी छन् । यसको वार्षिक बजेट करिब ४० अर्ब डलर रहेको बीबीसीले जनाएको छ ।

यो संस्थाले युक्रेन, इथियोपिया, जोर्डन, कंगो, सोमालिया, यमन, अफगानिस्तान, बंगलादेश, म्यानमार, नाइजेरिया, दक्षिण सुडान, र सिरिया जस्ता देशहरूलाई ठूलो मात्रामा सहयोग प्रदान गर्दै आएको छ । यूएसएडमार्फत अमेरिकाले नेपालमा पनि आर्थिक सहयोग प्रदान गर्दै आएको छ ।

अनुदानका आधारमा नेपाल १६ औं स्थानमा छ । राष्ट्रपति ट्रम्प र उनका शीर्ष सल्लाहकार एलन मस्क लामो समयदेखि यूएसएडका कट्टर आलोचक रहेका छन् । सोमबार ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, ‘यूएसएडलाई कट्टर वामपन्थीहरूले चलाइरहेका छन् ।

जसले ठूलो मात्रामा भ्रष्टाचार गरिरहेका छन्।’एलन मस्कले यूएसएडलाई ‘अपराधी संस्था’ र ‘राजनीतिक प्रचार गर्ने संगठन’ को रूपमा चित्रण गरेका छन् । उनले आफ्ना समर्थकहरूलाई यूएसएडको विरुद्ध उभिन आह्वान गर्दै यसलाई बन्द गर्ने पक्षमा वकालत गरेका थिए । यसैबीच, अमेरिकी सरकारको डिपार्टमेन्ट अफ गभर्मे्ट इफिसेन्सीको नेतृत्व एलन मस्कलाई दिइएको छ ।

भर्खरको समाचार

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

ट्रम्पको धम्कीका बाबजुद इरानले खामेनीका छोरालाई बनायो सर्वोच्च नेता

262c84f0-1878-11f1-8f1d-d7bdb1ea156f

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

सम्बन्धित खबरहरु

Scroll to Top