×

NEPAL TIMES UPDATES

Playing
इजरेलले मानवता विर्सियो, शहरभर विषाक्त धुवाँ || Nepal Times
Mar 09, 2026
Playing
इरानी जहाजको सुरक्षा गर्दै भारत, भारतीय बन्दरगाहको इरानी जहाज || Nepal Times
Mar 09, 2026
Playing
देशको ढिकुटीको चाबी बोकेकाहरुलाई पनि रास्वपाले बढार्याे || Nepal Times
Mar 09, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-25-2082 || Nepal Times
Mar 09, 2026
Playing
ट्रम्पले कोरियामा अचानक किन उतारे फौ ज? मादुरो–खामेनी पछि कि मको पालो ?|| Nepal Times
Mar 09, 2026
Playing
मध्यपूर्व यु द्ध को असर विश्व बजारमाः तेल १२० डलर नजिक || Nepal Times
Mar 09, 2026
Playing
नयाँ नेपालको अध्याय सुरु, बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 09, 2026
Playing
इरानको ४५० किलो यूरेनियम खोस्न जाँदैछन् अमेरिकी कमांडो? || Nepal Times
Mar 09, 2026
Playing
World News: अमेरिकी दूतावासमा आत*ङ्क*वादी हम*ला, Americaदेखि Europeसम्म यु*द्धको विरोध
Mar 09, 2026
Playing
रविको अभियोग पत्र संशोधन गर्ने निर्णयविरुद्धको रिट हेर्न नभ्याइनेमा|| Nepal Times
Mar 09, 2026

साथीलाई एआइजी बनाउन रविन्द्र केसीको राजीनामा !

२८ माघ २०८१

२८ माघ, काठमाण्डौ।

नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) रवीन्द्र केसीले राजीनामा दिएका छन् । पुस २६ गते प्रहरी नायब महानिरीक्षक (डिआइजी)बाट बढुवा भएर एआइजी भएका केसीले प्रधान कार्यालयमा शुक्रबार नै राजीनामा बुझाएको खुलेको छ ।

उनको पदावधि भने अझै चैत ५ गतेसम्म बाँकी थियो । त्यसअघि नै उनले राजीनामा दिएका हुन् । राजीनामाको कारण खुलेको छैन । उनी प्रदेश समन्वय विभागमा कार्यरत थिए । उनको राजीनामाबारे आज बस्ने मन्त्रिपरिषदको बैठकले निर्णय गर्नेछ ।

मन्त्रिपरिषद्ले उनको राजीनामा स्वीकृत गरेसँगै उनको ब्याचका एकमात्र डिआइजी जनक भट्टराई पनि अब एआइजी बन्ने भएका छन् । उनी अहिले कर्णाली प्रदेश कार्यालयमा कार्यरत छन् । केसी र भट्टराई दुवै आइजिपी वसन्तबहादुर कुँवरकै ब्याची हुन् ।

शुक्रबार प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई आफ्नो राजीनामा पत्र बुझाएका एआइजी केसीले ‘बिरामी र घरायसी कारणले राजीनामा पत्र बुझाएको बताइएको छ । तर केसीले राजीनामा बुझाए पनि यसको अन्तरवस्तु भने ’विशिष्ट’ छ ।

यसअघि नै केसीलाई प्रहरी नायब महानिरीक्षक (डिआइजी) जनक भट्टराईका लागि स्थान पक्का गर्ने गरी एआइजी बनाइएको चर्चा थियो । कुँवरले आफ्ना सबै ब्याचमेटलाई एआइजी बनाइसकेका थिए ।

बाँकी रहेका भट्टराई मात्रै एआइजी हुन बाँकी थिए । गत पुस १७ गते कुबेर कडायत र केसी एआइजी बढुवा हुँदा भट्टराई छुटेका थिए । त्यो बेला केसीलाई बीचमै पदबाट राजीनामा गर्ने ’सर्त’ राखेर एआइजी बनाइएको थियो ।

आफू एआइजी बनेर प्रदेश समन्वय विभागमा पोस्टिङ भएको केही समयमै केसी बिरामी तथा घरायसी कारण भन्दै बिदामा बसेका थिए । यसअघि कुँवरले आफ्ना ब्याचमेट भीम ढकाल, केदार ढकाल, किरण राणा, भरतबहादुर बोहरालाई एआइजी बनाइसकेका थिए ।

आफ्ना ब्याचमेट सबैलाई परिस्थिति मिलाएर विशिष्ट श्रेणीको पद (एआइजी) बनाउन कुँवर लागिपरेका थिए । त्यसका लागि उनले गृहमन्त्री रमेश लेखकसँग सहमति लिइसकेका पनि बताइन्छ। महानिरीक्षक कुँवरले सरुवा तथा बढुवामा राजनीतिक शक्तिकेन्द्रसँग साँठगाँठ गर्ने गरेको आरोप लाग्ने गरेको छ ।

भर्खरको समाचार

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

ट्रम्पको धम्कीका बाबजुद इरानले खामेनीका छोरालाई बनायो सर्वोच्च नेता

262c84f0-1878-11f1-8f1d-d7bdb1ea156f

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

सम्बन्धित खबरहरु

Scroll to Top