×

NEPAL TIMES UPDATES

Playing
Israelमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना || Nepal Times
Apr 08, 2026
Playing
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक प्रधानमन्त्री कार्यालयमा|| Nepal Times
Apr 08, 2026
Playing
आज विदेशी राजदूतहरूसँग प्रधानमन्त्रीको सामूहिक भेट#BALEN #NEPAL #PM || Nepal Times
Apr 08, 2026
Playing
राजनीतिक नियुक्ति खारेज गर्ने बालेनको अभियान, यस्ता छन् चुनौती|| Nepal Times
Apr 08, 2026
Playing
आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा|| Nepal Times
Apr 08, 2026
Playing
विश्व यु द्ध टर्याे, पाकि स्तानले गरायो यु द्धविराम, इरा न मा विजयोत्सव|| Nepal Times
Apr 08, 2026
Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026

विश्वभर शक्ति देखाउँदै हिड्ने अमेरिकालाई आतंकबादी डर

२९ माघ २०८१

२९ माघ , विराटनगर।

कतै सहयोग कटौती गर्ने, कतै ट्यारिफ बढाउने त कतै आयात रोकिदिने धम्की दिदै विश्वलाई हैरान पारिरहेको डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिका स्वयं भने आतंकबादी गतिविधिहरु बढ्न थालेको भन्दै चिन्तित बनेकोे छ । यो चिन्ता उसले संयुक्त राष्ट्र सुरक्षा परिषदमै राखेको छ ।

Advertisement

अमेरिकाले सुरक्षा परिषदमा भनेको छ कि आतंकवादी संगठन आईएसआईएस– के (खुरासान) को हमला गर्ने र नयाँ भर्ती गर्ने क्षमतालाई लिएर उ गंभीर रूपले चिंतित छ, खासगरी अफगानिस्तान र पाकिस्तानमा जुन प्रकारले आतंकवादी समूहहरुले हमलाको षडयन्त्र रच्ने र त्यसलाई अंजाम पनि दिइरहेका छन् ।

संयुक्त राष्ट्र संघमा अमेरिकी मिशनकी कार्यवाहक राजदूत डोरोथी शियाले ’आतंकवादी कामहरुले अंतर्राष्ट्रिय शांति र सुरक्षालाई खतरा’ विषयमा आफ्नो प्रस्तुतिका क्रममा यो कुरा राखेकी हुन्। उनले अगाडी भनिन्, आतंकवादको मुकाबिला गर्नु अमेरिकाको शीर्ष प्राथमिकताहरु मध्येको एक हो ।

र इस्लामिक स्टेट (आईएसआईएस)सहित अन्य आतंकवादी संगठनहरुको अन्त्य गर्नका लागि अमेरिका पूर्णरुपमा प्रतिबद्ध छ । बैठकमा अमेरिकी राजदूत शियाले भनिन्, आईएसआईएस–सोमालिया, आईएसआईएस–साहेल र आईएसआईएस–पश्चिम अफ्रीका अब अफ्रीकामा अस्थिरताको ठूलो कारण बनेको छ ।

उनले भनिन्, आतंकवादी संगठनहरुको बढ्दो शक्तिलाई रोक्नका लाग वैश्विक सहयोग र कडा प्रतिबंध आवस्यक छ । अमेरिकाले संयुक्त राष्ट्रका सबै सदस्य देशहरुसंग आईएसआईएस र अल–कायदासंग जोडिएका आतंकबादी र गुटहरुमाथि कडा आर्थिक प्रतिबंध लगाउन पनि आह्वान गरेको छ ।

शियाले भनेकी छन्, पैसा आतंकवादको रीढ हो, र रोक्नु हाम्रो सामूहिक जिम्मेवारी हो । यस्तै संयुक्त राष्ट्रसंघको आतंकवाद निरोधक कार्यालयका प्रमुख भ्लादिमीर भोरोंकोभले यो बैठकमा भने कि आईएसआईएस–खुरासान अफगानिस्तान, मध्य एशिया र वैश्विक स्तरमा एक ठूलो खतरा बनेको छ ।

उनले यो संगठनका समर्थकले यूरोपमा पनि हमलाहरुका लागि योजना बनाइरहेको र मध्य एशियाली देशहरुबाट नयाँ आतंकबादीहरुको भर्ती गरिहेको भन्दै चेतावनी पनि दिए । भोरोंकोभले बैठकमा भने, आतंकवादको खतरा लगातार बढीरहेको छ । र यसलाई एक्लै कुनै पनि देशकातर्फबाट अन्त्य गर्न सकिदैन ।

वैश्विक शांति र सुरक्षाका लागि आतंकवादविरुद्ध सबै देशहरुले मिलेर काम गर्न आवस्यक छ । उनले चेतावनी दिए कि आतंकवादी समूहले लगातार आफ्नो रणनीतिहरुलाई बदलीरहेको छ र विश्वका लागि नयाँ खतरा उत्पन्न गराइरहेको छ ।

यसकारण लामो अवधिको व्यापक रणनीति अपनाउन र कानूनी व्यवस्थालाई बलियो पार्न आवस्यकता छ । संयुक्त राष्ट्र सुरक्षा परिषदको आतंकवाद निरोधक समिति (सीटीसी) मा कार्यकारी निर्देशक रहेकी नतालिया गेरम्यानले सो क्रममा भारतका तर्फबाट २०२१–२२ मा सुरक्षा परिषदको अस्थायी सदस्यताका क्रममा उठाएको कदमहरुका बारेमा पनि चर्चा गरिन् ।

उनले भनिन्, भारतको अध्यक्षतामा ’दिल्ली घोषणा’ लाई अपनाइएको थियो, जसमा आतंकवादी गतिविधिहरुका लागि नयाँ र उदाउँदो प्रविधिहरुको प्रयोगलाई रोक्नमा जोड दिइएको थियो । उनले भनिन् कि यो घोषणा अन्तर्गत अल्जेरिया गाइडिंग प्रिंसिपल्सलाई पनि अपनाइएको छ, जसले आतंकवादलाई वित्तपोषण रोक्नका लागि सहयोग गर्नेछ ।

संयुक्त राष्ट्रको सुरक्षा परिषद्मा यस्ता चिन्ता व्यक्त भइरहँदा यता पाकिस्तानमा यसै महिना हुन लागेको क्रिकेट प्रतियोगितामै आतंकबादी हमला हुनसक्ने भन्दै चिन्ता जनाइएको छ । पाकिस्तानमा १९ फेब्रुअरीमा च्याम्पियन्स ट्रफी आयोजना हुँदैछ ।

२६ फेब्रुअरीमा पाकिस्तानमा अफगानिस्तान र इंग्ल्याण्डबीचको म्याच रहेको छ । सोही म्याचमा आतंकवादी हमलाको खतरा उत्पन्न भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । त्यसअघि २५ फेब्रुअरीमा लण्डनको लड्र्स क्रिकेट मैदान बाहिर तालिबान (अफगानिस्तान)को टीमविरुद्ध प्रदर्शन हुने छ ।

यो प्रदर्शन तालिबानमा महिलाहरुको अधिकारको विषयलाई लिएर हुनेछ । तर यो प्रदर्शन बाहाना मात्रै भएको वास्तवमा अफगानिस्तान–इंग्ल्याण्ड क्रिकेट म्याचलाई टारगेट गर्नु मुख्य निशाना भएको पनि आशंका गरिएको छ ।

अहिले सामाजिक संजालहरुमा हामी २६ फेब्रुअरी विहान ९ बजे हुने म्याचअघि इंल्याण्ड भर्सेस अफगानिस्तान म्याचको विरोध गर्नेछौं । हामी अफगानिस्तानमा महिलाहरुमाथि तालिबानको क्रूर र बढ्दो उत्पीडनमा आपत्ति जनाउँदछौं ।

२५ फेब्रुअरीमा ४ बजे लड्र्स क्रिकेट मैदान बाहिर उल्टो गन्ती शुरू’ लेखिएका संदेशहरु भाइरल भएका छन् । यसमा स्पष्टरुपमा अफगानिस्तानको क्रिकेट टीमलाई तालिबान क्रिकेट टीम भनिएको छ ।

यता अफगानिस्तानको गुप्तचर एजेंसीले आतंकवादी संगठनले यो प्रदर्शनको आडमा उनीहरुको क्रिकेट टिममा हमला गर्न सक्ने आशंका गरेको छ । यसका लागि एजेन्सीले अन्य सम्बन्धीत एजेन्सीहरुलाई पनि सूचना दिएको छ ।

तालिबानको गुप्तचर एजेंसीले लण्डनमा हुन लागेको प्रदर्शन एक बाहाना मात्रै भएको बताएको छ । वास्तवमा पाकिस्तानमा च्याम्पियंस ट्रफी खेल्न जाने अफगानिस्तानको क्रिकेट टीम निशाना रहेको उसले बताएको छ ।

यसबीच पाकिस्तानमा हुन लागेको यो प्रतियोगिताका लागि सुरक्षालाई थप कडा गर्न निर्देश दिइएको छ ।विश्व राजनीतिमा शक्ति सन्तुलन कायम गर्न अनेक रणनीति अपनाउने अमेरिका स्वयं आतंकवादी गतिविधिहरूको बढ्दो त्राससँग संघर्ष गरिरहेको छ।

संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्मा आईएसआईएस–के जस्ता आतङ्ककारी समूहहरूको गतिविधिबाट गहिरो चिन्ता व्यक्त गर्दै अमेरिका आतंकवाद विरुद्धको लडाइँमा आफू पूर्ण प्रतिबद्ध रहेको बताइरहेको छ।

यता, पाकिस्तानमा हुन लागेको अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितालाई लक्षित गरी आतंकवादी हमला हुन सक्ने चेतावनीले क्षेत्रीय सुरक्षा थप जटिल बनाएको छ। अफगानिस्तान र इंग्ल्याण्डबीचको खेलमा सम्भावित आक्रमणको आशंका गरिएपछि सुरक्षा संयन्त्रहरू उच्च सतर्कतामा छन्।

अन्ततः, आतंकवादविरुद्ध कठोर नीति लिने दाबी गर्ने अमेरिका स्वयं यो समस्याबाट मुक्त छैन। अन्तर्राष्ट्रिय मंचहरूमा सुरक्षा र स्थिरताको वकालत गर्ने राष्ट्रले आफ्नै आँगनमा बढ्दै गएको आतङ्कको सामना गर्नुपर्ने विडम्बनाले वर्तमान सुरक्षा अवस्थालाई थप जटिल बनाइरहेको छ। यसबारे आफ्ना धारणा पनि अवस्यक जाहेर गर्नुहोला ।

ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Advertisement

भर्खरको समाचार

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

सम्बन्धित खबरहरु

Scroll to Top