NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता मङ्लबार असार १७ , २०८२
विद्याको लक्ष्य देशको पहिलो महिला प्रधानमन्त्री, के संभव छ ? मङ्लबार असार १७ , २०८२
युक्रेन जित्न रुसले सुरु गर्यो अन्तिम लडाई, सुमीमा पठायो ५० हजार सेना  मङ्लबार असार १७ , २०८२
Next
Prev

समाचार

सामाजिक संजालबाट खुशी छैनन् ओली

शुक्रबार फाल्गुन १६ , २०८१
Reading Time: 1 min read
A A
Advertisement
आज दिउँसो  एमालेको कार्यालय समितिको बैठक बस्दै

Prime Minister KP Sharma Oli organises a consultation meeting at his official residence in Baluwatar, Kathmandu, on Tuesday, September 8, 2020. The meeting seeks a solution to the psychological effect of COVID-19 pandemic on society. Photo: Rajan Kafle/PM’s Secretariat

Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१४ फागुन,काठमाण्डौ ।

नेकपा एमाले भित्र बा का रुपमा सम्बोधन गर्दै प्रशंसा र गुणगान मात्रै होइन सामाजिक संजालबाट त्यतिनै आलोचना खेप्ने राजनीतिक नेता भित्र पर्दछन्,प्रधानमन्त्री केपी शर्मा ओली । प्रधानमन्त्री सहभागी हुने सार्वजनिक समारोहहरुमा समेत उनका विरुद्ध हुटिङ हुन् सक्ने संभावना देखिएपछि पछिल्लो समय सुरक्षा रणनीति समेत फेरिने गरेको छ ।

केही दिन अघि मात्रै काठमाडौंको एक कार्यक्रममा उनको विरोध गर्ने संभावनाकै आधारमा ४ जना युवालाई प्रहरीले होल्ड गरेको थियो । प्रधानमन्त्री स्वयमले ब्यक्त गरेका अभिब्यक्तिहरुमा पनि उनकै प्रोफाइलमा पुगेर सामाजिक संजाल प्रयोगकर्ताहरुले उनको तीव्र आलोचना गर्ने गरेका छन् ।

Advertisement

चौथो पटक देशको नेतृत्व गरिरहेका प्रधानमन्त्री अघिल्ला कार्यकाल भन्दा यसपटक सामाजिक संजालमा बढी सक्रिय देखिन्छन् । त्यही सक्रियता भित्रको आलोचना पक्कै पनि उनीबाट पनि लुकेको छैन् होला ।

सामाजिक संजालमा देखिएको यो आलोचनात्मक ट्रेनलाई लक्षित गर्दै प्रधानमन्त्रीले अहिले सामाजिक संजालले क्षणिक सुुख दिएपनि यसले समाजको खुशी भने खोसिरहेको टिप्पणी गरेका छन् । उनले प्रविधिको दुरुपयोग भइरहेको निष्कर्ष पनि निकालेका छन् ।

काठमाडौंमा बिहीबार डिजिटल अपराध नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले डिटिजल युगमा अपराधीहरु यसको सहायताबाट अपराध गर्न उद्दत भइरहेको बताएका हुन् ।

भलाइ र मानवीय सुखका लागि प्रविधिको प्रयोग हुनुपर्ने भए पनि यसको दुरुपयोग भइरहेको उनको भनाइ छ । प्रविधिले सुविधा दिएसँगै यसबाट अनुचित लाभ लिन खोज्ने र अपराध गर्नेहरु पनि रहेको उनले बताए ।

यही विषय नै चुनौती भएको भएको उनको भनाइ छ । उनले अहिले प्रविधि राज्य र समाजका लागी चुनौती भएको बताएका छन् । उनले अहिले प्रविधिको सहायतामा सञ्चालित सामाजिक सञ्जालहरु सभ्य समाज र राज्यका लागि अवरोध भएर आएको बताए ।

उनले समाजको खुसीका लागि पनि सामाजिक सञ्जालहरू बाधा बनिरहेका बताए । ‘मानिसहरू क्षणि रुपमा खुसी भए पनि सामाजिक सञ्जालले समाजको खुसी खोसिरहेको छ’, उनले भनेका छन् ।प्रविधिको दुरुपयोगले सामाजिक अपराधहरू बढ्दै गइरहेको प्रति उनले चिन्ता व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले अघि भने, ‘विकास भए पनि बेथितिहरू धेरै आइरहेका छन्। थिति बस्न सकेको छैन। त्यसकारण यसबाट बच्न जरूरी छ ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालको अधिकार एक इन्च पनि कटौती नहुनेगरी सामाजिक सञ्जाल सम्बन्धी विधेयक ल्याएको दाबी गरेका छन् ।

उनले छाडातन्त्र, अराजकता र समाजलाई विकृत बनाउने कुरा, सभ्यता, संस्कृति, गौरवपूर्ण परम्परालाई होच्याउने र अपमान गर्नेकुरा भने स्वीकार्य नहुने पनि बताए । सांस्कृतिक कुराहरु ध्वस्त बनाउने कुराहरु गरेर घृणाको राजनीति गर्नेकुर स्वीकार्य हुन नसक्ने बताए ।

कसैको व्यवहार, कारोबार बर्बाद गरिदिने, कसैका परिवार छिन्नभिन्न बनाइदिने, कसैको जिन्दगी बद्नाम गरिदिने, अविश्वास फैल्याइदिने, भ्रम छरिदिने कुराहरु नियन्त्रण गरेरै छोड्ने प्रतिवद्धता जनाएका छन् ।

प्रधानमन्त्री ओलीले भनेका छन्, ‘सरकारले अहिले सामाजिक सञ्जालको सम्बन्धमा सोसल मिडियाको अधिकार एक इन्च त के, एक सेन्टिमिटर वा त्यो भन्दा पनि एक मिलिमिटर पनि केही नहुने गरी सोसल मिडियाको अधिकारलाई सम्पूर्ण रुपमा रक्षा गर्दै तर छाडातन्त्र, अराजकता र समाजलाई विकृत बनाउने कुरा, हाम्रो सभ्यता, संस्कृति, हाम्रा गौरवपूर्ण परम्परा, यि कुराहरुलाई होच्याउन, अपमान गर्न र यि कुराहरु ध्वस्त बनाउने खालका क्रियाकलाप र सामाजिक मर्यादाहरु सबै भत्काएर घृणाको राजनीति, घृणाको क्रियाकलाप, कसैको व्यवहार, कारोबार बर्बाद गरिदिने, कसैका परिवार छिन्नभिन्न बनाइदिने, कसैको जिन्दगी बद्नाम गरिदिने, अविश्वास फैल्याइदिने, भ्रम छरिदिने यस प्रकारका कामहरु छन्, ति नियन्त्रण हुनुपर्छ । यस्ता कुराहरु छोड्नु हुँदैन ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधिको प्रयोग गरेर अपराध हुनै नदिने अवस्था निर्माण गर्न जरुरी रहेको पनि बताए । उनले अनलाइनबाट हुने अपराधलाई राज्य र राजनीतिक सीमा भित्रका प्रयासहरुले रोक्न नसक्ने भन्दै सबै देशको सहयोग आवश्यक हुने बताएका छन् ।

Tags: #सामाजिक संजाल#सामाजिक संजालबाट खुशी छैनन् ओली

लोकप्रीय

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२

विचार

थप समाचार

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास
ताजा समाचार

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो
अन्तर्राष्ट्रिय

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता
ताजा समाचार

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२
के अब एमालेमा ‘मदनको नीति, विद्याको नेतृत्व’ आउने हो ?
राजनीति

विद्याको लक्ष्य देशको पहिलो महिला प्रधानमन्त्री, के संभव छ ?

मङ्लबार असार १७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

00:17:45

World News: इरानी बैंक ‘आ*त*ङ्कवादी सङ्गठन’ घोषणा, Putin पनि यु*द्ध रोक्न इच्छुक || Nepal Times

00:16:37

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२

हालका पोस्टहरू

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.