बलिउडका अभिनेता तथा निर्देशक राज कपूरकी श्रीमती कृष्णाराज कपूरको निधन

१५ असोज ७५, सोमबार
Share this
740shares

असोज १५,सोमवार
बलिउडका दिग्गज अभिनेता एवम् निर्देशक राज कपूरकी श्रीमती कृष्णाराज कपूरको सोमबार निधन भएको छ । ८७ वर्षीया कृष्णाराज कपूर लामो समयदेखि स्वास्थ्य खराब भएका कारण उनलाई अस्पतालमा भर्ना गरिएको थियो ।

Advertisement

उनको निधनको खबरले बलिउड अहिले शोकमा डुबेको छ । उनको सोमबार बिहान ५ बजे निधन भएको हो । छोरा रणधिर कपूरले आमा कृष्णाको ‘कार्डियक अरेस्टका कारण निधन भएको र आफूलगायत सम्पूर्ण परिवार शोकमा डुबेको बताएका छन् ।

अभिनेता राज कपूरले सन् १९४६ मा कृष्णाराज कपूरका साथ विवाह गरेका थिए । उनका तीन छोरा ऋषि कपूर, रणधिर कपूर र राजिव कपूर छन् त्यस्तै २ छोरी रितु नन्दा र रीमा कपूर छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top