NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
२ करोड ७४ लाख बिगो तिर्ने भन्दै उच्च अदालत पुगे रवि सोमवार भदौ ९ , २०८२
रन्थनिएर गएका प्रचण्डलाई विप्लवले खेत देखाएर पठाए सोमवार भदौ ९ , २०८२
भियतनाममा भीषण आँधीः ५ लाख बढीलाई सार्ने आदेश सोमवार भदौ ९ , २०८२
विपिनको परिवारलाई १० लाख सहयोग आइतवार भदौ ८ , २०८२
लडाकु विमान खसाल्ने एयर डिफेन्स भारतमा, परीक्षण सफल आइतवार भदौ ८ , २०८२
Next
Prev

समाचार

अध्यादेशका लागि कांग्रेस–एमाले सांसदलाई ह्विप

बुधबार फाल्गुन २१ , २०८१
Reading Time: 1 min read
A A
अब कसरी चुनिन्छन् प्रधानमन्त्री र सभामुख ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२१ फागुन , काठमाण्डौ।
प्रमुख सत्तारूढ दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आज बस्ने सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरुलाई ह्विप जारी गरेको छ ।

आज दिउँसो १ बजे बस्ने संसद् बैठकमा सरकारले ल्याएको ‘सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’, ‘निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१’ र ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, सहित पाँच अध्यादेश संसद्बाट पारित गर्नुपर्ने भएकाले दुवै पार्टीले आफ्ना सांसदलाई अनिवार्य उपस्थितिका लागि निर्देशनात्मक ह्विप जारी गरेका हुन् ।

सरकारले ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ तथा ‘सुशासन प्रवद्र्धनसम्बन्धी अध्यादेश, २०८१’ पनि बुधबार संसद्मा पेस गर्ने भएको छ । आज सरकारले जारी गरेका ६ मध्ये ५ अध्यादेशमात्रै प्रस्तुत हुने भएको हो ।

LS Auto

सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा कार्य व्यवस्था परामर्श समिति बैठकले ५ अध्यादेशमात्रै निर्णयार्थ प्रस्तुत गर्ने गरि कार्यसूची तयार गरेको हो । भूमिसम्बन्धी अध्यादेशमा सहमति खोज्नका लागि भन्दै सरकारले ५ वटा अध्यादेश मात्रै सदनमा प्रस्तुत गर्न लागेको हो ।

कार्य व्यवस्था परामर्श बैठकपछि एमाले मुख्य सचेतक महेश बर्तौलाले ५ अध्यादेशमात्रै निर्णयार्थ प्रस्तुत गर्ने गरि कार्यसूचीमा राखिएको जानकारी दिए । उनले भूमिसम्बन्धी अध्यादेशमा सत्तासाझेदार दलका बीचमा केही फरक मत आएकाले प्रतिष्थापन विधेयकमार्फत संशोधन गर्ने वा नयाँ विधेयकमार्फत अघि बढ्ने भन्ने विषयमा छलफल जारी रहेकाले अहिले संसदमा प्रस्तुत नगर्ने निर्णयमा पुगिएको बताए ।

बर्तौलाले अध्यादेशका बिषयमा सत्तासाझेदारबीच उच्च तहमा समझदारी रहेको उल्लेख गरे । त्यस्तै कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले भूमिसम्बन्धी अध्यादेशलाई होल्डमा राखेर विषयवस्तुमा छलफल गरिने र आवश्यक निर्णय लिइने जानकारी दिए ।

जसपा नेपाल लगायतका सत्तासाझेदारदलबीच भएको सहमति अनुसार नै अहिले ५ अध्यादेशमात्रै प्रस्तुत गर्ने निर्णयमा पुगिएको उनले बताए । राष्ट्रिय सभामा भने बिहीबार ती अध्यादेश पेस गर्ने सरकारको तयारी छ ।

राष्ट्रिय सभामा निर्णायक रहेको जसपा नेपालको असहमतिका कारण सरकारले भूमिसम्बन्धी अध्यादेश तत्काललाई थाती राख्ने भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीसँग आइतबार राति भएको संवादपछि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव भूमिबाहेकका अध्यादेशलाई साथ दिन तयार भएको सत्तारूढ दलका नेताहरूले जनाएका छन् ।

प्रधानमन्त्री ओलीले जसपा नेपालका अध्यक्ष यादव, प्रथम उपाध्यक्ष राजकिशोर यादव र प्रवक्ता मनीष सुमनसँग बालुवाटारमा छलफल गरेका थिए । एक अधिकारीका अनुसार तत्काललाई पाँच अध्यादेश अघि बढाउने, भूमिसम्बन्धी अध्यादेशमा रहेका असहमतिलाई प्रतिस्थापन विधेयकमा मिलाउन प्रयास गर्ने, नभए अध्यादेश फिर्ता गर्ने समझदारी छलफलमा भएको छ ।

Tags: #अध्यादेश#कांग्रेस–एमाले सांसदलाई ह्विप

लोकप्रीय

२ करोड ७४ लाख बिगो तिर्ने भन्दै उच्च अदालत पुगे रवि

२ करोड ७४ लाख बिगो तिर्ने भन्दै उच्च अदालत पुगे रवि

सोमवार भदौ ९ , २०८२
रन्थनिएर गएका प्रचण्डलाई विप्लवले खेत देखाएर पठाए

रन्थनिएर गएका प्रचण्डलाई विप्लवले खेत देखाएर पठाए

सोमवार भदौ ९ , २०८२
भियतनाममा भीषण आँधीः ५ लाख बढीलाई सार्ने आदेश

भियतनाममा भीषण आँधीः ५ लाख बढीलाई सार्ने आदेश

सोमवार भदौ ९ , २०८२

विचार

थप समाचार

२ करोड ७४ लाख बिगो तिर्ने भन्दै उच्च अदालत पुगे रवि
ताजा समाचार

अन्तर्राष्ट्रिय

भियतनाममा भीषण आँधीः ५ लाख बढीलाई सार्ने आदेश

सोमवार भदौ ९ , २०८२
विपिनको परिवारलाई १० लाख सहयोग
ताजा समाचार

विपिनको परिवारलाई १० लाख सहयोग

आइतवार भदौ ८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: पाकिस्तानले बंगालदेशसंग माफी माग्नु पर्ने,युक्रेन यु*द्ध नयाँ मोडमा || Nepal Times

World News: पाकिस्तानले बंगालदेशसंग माफी माग्नु पर्ने,युक्रेन यु*द्ध नयाँ मोडमा || Nepal Times

00:19:31

पुटिनको ‘जाल’बारे खतरनाक चेता*वनी, इजरेली ल*डाकु इरानले मार्यो|| Nepal Times

00:16:23

World News: Putin लाई Trump को दुई हप्ते अल्टिमेटम, Imran लाई ८ मु*द्दामा सफाइ|| Nepal Times

00:24:37

World News: स्कुलमा कार ब*म आ*क्र*मण,महासागरमा आयो इरानी सेना || Nepal Times

00:22:52

World News: संविधान संसोधन विधेयकले भारतमा हं*गा*मा, वि*द्रो*हीद्वारा १४० सर्वसाधारणको ह*त्या

00:20:28

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेपालमा भारत र चीन कसको रेल पहिला आउँछ ?

भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो

शुक्रबार भदौ ६ , २०८२
अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता

अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता

आइतवार भदौ ८ , २०८२
सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

शुक्रबार भदौ ६ , २०८२

हालका पोस्टहरू

२ करोड ७४ लाख बिगो तिर्ने भन्दै उच्च अदालत पुगे रवि

२ करोड ७४ लाख बिगो तिर्ने भन्दै उच्च अदालत पुगे रवि

सोमवार भदौ ९ , २०८२
रन्थनिएर गएका प्रचण्डलाई विप्लवले खेत देखाएर पठाए

रन्थनिएर गएका प्रचण्डलाई विप्लवले खेत देखाएर पठाए

सोमवार भदौ ९ , २०८२
भियतनाममा भीषण आँधीः ५ लाख बढीलाई सार्ने आदेश

भियतनाममा भीषण आँधीः ५ लाख बढीलाई सार्ने आदेश

सोमवार भदौ ९ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.