NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Jackpot Jill Casino: Your Guide to Winning Big Online सोमवार पुस १४ , २०८२
कस्तो भयो ट्रम्प र जेलेन्स्कीबीचको वार्ता ? सोमवार पुस १४ , २०८२
चाँदी हालसम्मकै महँगो, किन बढ्दैछ मूल्य ? सोमवार पुस १४ , २०८२
रमेश लेखकले आज जाँचबुझ आयोगमा बयान दिदै सोमवार पुस १४ , २०८२
बालेनको लिस्टमा आशिका तामाङ, ईश्वर पोखरेललाई ओलीले छुटाए ? सोमवार पुस १४ , २०८२
Next
Prev

समाचार

प्रधानमन्त्री हिटलर हो ? प्रश्न गर्ने पत्रकारलाई प्रवेश प्रतिबन्ध

बुधबार फाल्गुन २१ , २०८१
Reading Time: 1 min read
A A
प्रधानमन्त्री हिटलर हो ? प्रश्न गर्ने पत्रकारलाई प्रवेश प्रतिबन्ध
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२१ फागुन , काठमाण्डौ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई संघीय संसद भवन परिसरमा हिटलर हो भनेर प्रश्न गर्ने दुई पत्रकारको पास निलम्बन गरिएको छ । सचिवालयले प्रधानमन्त्री ओलीलाई अमर्यादित प्रश्न सोधेको भन्दै दुई पत्रकारको पास एक महिनाका लागि निलम्बन गरेको हो।

गत फागुन ४ गते ती पत्रकारहरूले प्रधानमन्त्री ओलीलाई प्रश्न सोधेका थिए। सचिवालयको महासचिवस्तरीय निर्णयबाट ’सुनौलो नेपाल’ युट्युब च्यानलका प्रकाश ओली र ‘युवा मन नेपाल’ च्यानलका किशोरकुमार श्रेष्ठलाई एक महिना संसद भवन प्रवेशमा रोक लगाएको छ।

ती पत्रकारहरूले संसद भवन परिसरभित्र देखाएको व्यवहार र शैलीले संसदीय मर्यादा र अनुशासनको उल्लङ्घन भएको देखिएको सचिवालयको भनाइ छ। पत्रकार आचारसंहिता २०७३ अनुसार पत्रकार तथा सञ्चारमाध्यमले वस्तुनिष्ठ, स्वच्छ, मर्यादित र पत्रकारिता गर्नुपर्ने, सार्वजनिक शिष्टाचार र नैतिकता प्रतिकूल हुने सामग्री उत्पार्दन, प्रकाशन र वितरण गर्न नहुने उल्लेख रहे पनि श्रेष्ठ र वलीले पत्रकारिताका आधारभूत मूल्यमान्यता विपरित अमर्यादित शब्द प्रयोग गरी प्रधानमन्त्रीलाई तानाशाह र हिटलर जस्ता विशेषण प्रयोग गरेको सचिवालयको भनाइ छ।

ती पत्रकारहरूलाई मिडिया सेन्टरसम्म जानका लागि दिइएको पास फिर्ता गर्न सचिवालयले बुधबारसम्मको समय दिएको छ। सचिवालयले तानाशाह भन्ने युवा मन नेपालका श्रेष्ठ र हिटलर भन्ने सुनौलो नेपालका प्रकाश ओली रहेको पत्ता लगाएर उनीहरूलाई एक महिना संसद प्रवेशमा रोक लगाएको हो।

पत्रकारले प्रश्न सोधेकै आधारमा उनीहरुको पास नै निलम्बन गरिएपछि यो विषय संसदमा समेत उठेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिशिर खनालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई के तपाईं हिटलर बन्दै हो भन्दै प्रश्न गरेका छन्।

बैठकमा बोल्दै सांसद खनालले प्रधानमन्त्रीलाई के तपाईं हिटलर हो भनेर प्रश्न सोधेकै भरमा संसद छिर्ने पास निलम्बन गरेको भन्दै आपत्ति जनाएका हुन्। ‘के तपाईं हिटलर हो? भनेर प्रश्न सोधेको आधारमा दुई जना पत्रकारको पास संघीय संसदले निलम्बन गरेछ।

केही दिन अगाडि यही सत्तापक्षका माननीयले निर्वाचन जितेर आएको मानिस पनि हिटलर हुनसक्छ र भनेर प्रश्न सोध्नुभएको थियो। संसद सचिवालयलाई सचेत गराउनुभएको थियो। आज निलम्बनको खबर आयो,’ उनले भने।

प्रधानमन्त्रीलाई तपाईं हिटलर बन्दै हो भनेर सञ्चारकर्मीले प्रश्न सोधेको भन्दै नेकपा (एमाले) का सांसद सूर्य थापाले संसदमा प्रश्न उठाएका थिए। उनले चुनाव जितेर आएको प्रधानमन्त्रीलाई हिटलर बन्न लागेको हो भनेर प्रश्न सोधेकोसमेत बताएका थिए।

रास्वपा सांसद खनालले संसद निरन्तर सत्ताको छाया बन्दै गएको आरोप लगाए। उनले सन् १९३० को जर्मनीको इतिहास पढ्न पनि सुझाव दिए। ‘हिटलर बन्दुकको नालबाट आएका थिएनन्, चुनावैबाट आएका थिए। जतिबेला उनी सरकारमा गएर लोकतान्त्रिक अधिकार कटौती गरे,निरंकुश बने,’ उनले भने।

अहिलेको सरकारले पनि त्यही अभ्यास गरिरहेको सांसद खनालले बताए। ‘खुलामञ्चमा फुटबल म्याचमा प्रधानमन्त्रीको विरोध गर्दा कि मानिस कुटिन्छ, कि जेल हालिन्छ ।

अब मेरो पनि प्रश्न के प्रधानमन्त्रीज्यू तपाईं हिटलर बन्दै हो?,’ उनको प्रश्न थियो।यस्तै रास्वपाकै हरि ढकालले समेत पत्रकारहरुको पास निलम्बन गर्ने निर्णय तत्काल फिर्ता लिन माग गरेका छन् । यस्तै रास्वपाकै शिव नेपालीले लोकतान्त्रिक नेपालका प्रधानमन्त्रीलाई प्रश्न मन नपर्ने भन्दै कवितात्मक शैलीमा उनले ब्यङ्ग गरेका छन् ।

उनले भनेका छन् लोकतन्त्रको आधारभूत सिद्धान्त हो वाक स्वतन्त्रता तर यो लोकतान्त्रिक नेपालको प्रधानमन्त्रीलाई लोकतन्त्र मनपर्दैन । किन कि उहाँ र उहाँको दललाई प्रश्न मन पर्दैन । प्रधानमन्त्रीलाई प्रश्न सोध्दा संसदीय व्यवस्थाको रिपोर्टिङ गर्ने २ पत्रकारको अनुमति पत्र खारेज गरिन्छ ।

किन कि उहाँलाई प्रश्न मन पर्दैन । केपी ओली कपमा हुटिङ गर्दा कार्यकर्ताले दर्शकलाई पिट्छन् खेध्छन् यदि केही गलत थियो भने प्रहरी छन् कानून छ के कार्यकर्ताले पिट्ने नै उपाय हो ? पिटिरहेका छन् किन कि एमालेलाई प्रश्न मन पर्दैन ।

एडोल्फ हिटलर १८८९ देखि १९४५सम्म जर्मनीको एक तानाशाह नेता थिए, जसले दोस्रो विश्वयुद्धको सुरुवात गरे र लाखौं निर्दोष मानिसहरूको हत्या गराए । उनी नाजी पार्टीका नेता तथा जर्मनीका चान्सलर थिए।

Tags: #प्रधानमन्त्री केपी शर्मा ओली#प्रधानमन्त्री हिटलर हो ?#पत्रकारलाई प्रवेश प्रतिबन्ध

लोकप्रीय

Jackpot Jill Casino: Your Guide to Winning Big Online

सोमवार पुस १४ , २०८२
कस्तो भयो ट्रम्प र जेलेन्स्कीबीचको वार्ता ?

कस्तो भयो ट्रम्प र जेलेन्स्कीबीचको वार्ता ?

सोमवार पुस १४ , २०८२
चाँदी हालसम्मकै महँगो, किन बढ्दैछ मूल्य ?

चाँदी हालसम्मकै महँगो, किन बढ्दैछ मूल्य ?

सोमवार पुस १४ , २०८२

विचार

Jackpot Jill Casino: Your Guide to Winning Big Online

सोमवार पुस १४ , २०८२
कस्तो भयो ट्रम्प र जेलेन्स्कीबीचको वार्ता ?

कस्तो भयो ट्रम्प र जेलेन्स्कीबीचको वार्ता ?

सोमवार पुस १४ , २०८२
चाँदी हालसम्मकै महँगो, किन बढ्दैछ मूल्य ?

चाँदी हालसम्मकै महँगो, किन बढ्दैछ मूल्य ?

सोमवार पुस १४ , २०८२

थप समाचार

articles_jackpot jill casino_2025-12-29

Jackpot Jill Casino: Your Guide to Winning Big Online

सोमवार पुस १४ , २०८२
कस्तो भयो ट्रम्प र जेलेन्स्कीबीचको वार्ता ?
समाचार

कस्तो भयो ट्रम्प र जेलेन्स्कीबीचको वार्ता ?

सोमवार पुस १४ , २०८२
चाँदी हालसम्मकै महँगो, किन बढ्दैछ मूल्य ?
समाचार

चाँदी हालसम्मकै महँगो, किन बढ्दैछ मूल्य ?

सोमवार पुस १४ , २०८२
रमेश लेखकले आज जाँचबुझ आयोगमा बयान दिदै
समाचार

रमेश लेखकले आज जाँचबुझ आयोगमा बयान दिदै

सोमवार पुस १४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

जापानमा ५० बढी गाडी ठो क्किए, लन्डनमा हिन्दु सङ्गठनहरूको विरो ध|| Nepal Times

जापानमा ५० बढी गाडी ठो क्किए, लन्डनमा हिन्दु सङ्गठनहरूको विरो ध|| Nepal Times

00:21:43

World News:Americaमा भीषण हिउँदे आँ धी, थाइल्यान्ड र कम्बोडियाबीच शान्ति सम्झौता|| Nepal Times

00:20:20

World News: इमरानका सल्लाहकारको नाक र बंगरा भाँचियो, भारतमा नक्सल मा*रि*ए || Nepal Times

00:16:18

धेरै तटीय शहर समुद्रमा डुब्दै,रुसले चन्द्रमामा विद्युत् गृह बनाउने, बेगमका छोरा फर्किए|| Nepal Times

00:24:45

अमेरिकामा ३० भारतीय पक्राउ, टर्कीएमा लिबियाका सेना प्रमुखको मृत्यु || Nepal Times

00:19:34

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

मङ्लबार पुस ८ , २०८२
भारतको असममा भड्कियो हिंसा, २ को मृत्यु, ३४ प्रहरी घाइते

भारतको असममा भड्कियो हिंसा, २ को मृत्यु, ३४ प्रहरी घाइते

बुधबार पुस ९ , २०८२
बालेनको लिस्टमा आशिका तामाङ, ईश्वर पोखरेललाई ओलीले छुटाए ?

बालेनको लिस्टमा आशिका तामाङ, ईश्वर पोखरेललाई ओलीले छुटाए ?

सोमवार पुस १४ , २०८२

हालका पोस्टहरू

Jackpot Jill Casino: Your Guide to Winning Big Online

सोमवार पुस १४ , २०८२
कस्तो भयो ट्रम्प र जेलेन्स्कीबीचको वार्ता ?

कस्तो भयो ट्रम्प र जेलेन्स्कीबीचको वार्ता ?

सोमवार पुस १४ , २०८२
चाँदी हालसम्मकै महँगो, किन बढ्दैछ मूल्य ?

चाँदी हालसम्मकै महँगो, किन बढ्दैछ मूल्य ?

सोमवार पुस १४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.