×

NEPAL TIMES UPDATES

Playing
Israelमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना || Nepal Times
Apr 08, 2026
Playing
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक प्रधानमन्त्री कार्यालयमा|| Nepal Times
Apr 08, 2026
Playing
आज विदेशी राजदूतहरूसँग प्रधानमन्त्रीको सामूहिक भेट#BALEN #NEPAL #PM || Nepal Times
Apr 08, 2026
Playing
राजनीतिक नियुक्ति खारेज गर्ने बालेनको अभियान, यस्ता छन् चुनौती|| Nepal Times
Apr 08, 2026
Playing
आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा|| Nepal Times
Apr 08, 2026
Playing
विश्व यु द्ध टर्याे, पाकि स्तानले गरायो यु द्धविराम, इरा न मा विजयोत्सव|| Nepal Times
Apr 08, 2026
Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026

चीनले हतियार किन्न किन कम गर्यो ? क्रिप्टो चोर्ने विश्वकै खतरनाक उत्तर कोरियाका ह्याकर !

२७ फाल्गुन २०८१

२७ फागुन , विराटनगर।

विश्वमा हतियारहरुको होड पछिल्लो चारपाँच वर्षहरुमा निकै तिव्ररुपमा बढिरहेको छ । यस अवधिमा २ पटक विश्व इस्टर्न ब्लक र वेस्टर्न ब्लकमा परिवर्तन भयो । ईस्टर्न ब्लकको अगुवाई रूस र उसका समर्थित देशहरुले गरिरहे । उता वेस्टको अमेरिका र नेटो देशहरुले गरे ।

Advertisement

अहिले भने अमेरिकामा ट्रम्प आइसकेपछि पश्चिममा केही गडबडी देखिन थालेको छ । अमेरिका र नेटोबीच फाटो आउन थालेको छ । यी दुवै ब्लकमा सबैभन्दा धेरै हतियारहरुको खरीद बिक्री भने वेस्टर्न ब्लकमा नै भएको छ ।

रूस यूक्रेन र इजरायल हमास हिजबुल्लाहको युद्ध चलिरहँदा यूरोप र अमेरिकाका तर्फबाट हतियारहरुको जबरदस्त व्यापार भयो । तर एशियाको बजार भने शान्त रह्यो । स्टकहोम इंटरनेशनल पीस रिसर्च इंस्टीट्यूटको एक रिपोर्टका अनुसार एशियामा ग्लोबल आर्मस ट्रांसफर ४१ प्रतिशतले घटेर ३३ प्रतिशत रह्यो ।

यो आंकडा सन २०१५ देखि २०१९ र २०२० देखि २०२४ को हो । यस पछाडीको करण भनेको चाँही चीनले हतियारहरुको खरीद विदेशबाट कम गर्नु नै रहेको छ । रिपोर्टका अनुसार चीनको हतियारहरुको खरीदमा ६४ प्रतिशतसम्म गिरावट आएको छ ।

यसको कारण चाँही चीनले अब आफ्नै देशमा बनेको हतियारहरुमा धेरै भर पर्न थालेकाले नै हो । यूक्रेनमा युद्ध सुरु भएदेखि नै अमेरिकाले लगातार रूसमाथि प्रतिबन्ध लगाइरह्यो । यसमा हतियार र तेलका व्यापर पनि सामेल छन् ।

यसको असर पनि स्टकहोम इंटरनेशनल पीस रिसर्च इंस्टीट्यूटको रिपोर्टमा देखिएको छ । रिपोर्टका अनुसार सन २०१५देखि २०१९ मा अमेरिकापछि रूस सबैभन्दा ठूलो हतियारहरुको विक्रेता थियो ।

सो समयमा सिंगो विश्वको कुल हतियारहरुको बिक्रीमा रूसी हिस्सा २१ प्रतिशत थियो । तर २०२० देखि २४ मा यसमा जबरदस्त ६४ प्रतिशतको गिरावट आएको छ । अब यो विश्वको ७.८ प्रतिशतमा खुम्चिएको छ ।

रूसबाट सबैभन्दा धेरै हतियारहरु खरिद गर्ने देशहरुमा पहिलो भारत र दोस्रोमा चीन हो । भारतले ३८ प्रतिशत खरीद गरेको थियो भने चीनले १७ प्रतिशत किनेको थियो । रूसको हतियारहरुको बिक्रीमा गिरावट पछाडी भने उसले आफैलाई प्राथमिकता दिएकाले पनि हो ।

किनभने उसलाई जारी युद्धका लागि हतियारहरु चाहिएको छ । साथै भारत र चीनले पनि आफ्नो स्वदेशी डिफेंस इंडस्ट्रीमा धेरै फोकस गरिरहेका छन् । यद्यपि रूसले विश्वका ३३ देशहरुलाई यो अवधिमा पनि हतियारहरु बेचेको छ ।

जसमा ७४ प्रतिशत त एशिया र आसपासका देशहरुले किनेका छन् । जबकी १२ प्रतिशत अफ्रीका ७.४ प्रतिशत यूरोपका बेलारूस, अर्मेनिया र सर्बिया र ६.४ प्रतिशत मिडिल ईस्टले पनि किनेको छ ।

यता चीनले भने आफ्नो हतियार बेच्ने र विदेशबाट खरिदमा कटौती गर्दै लगेको छ । स्टकहोम इंटरनेशनल पीस रिसर्च इंस्टीट्यूटको रिपोर्टका अनुसार ग्लोबल आर्म एक्सपोर्टमा चीनको हिस्सा ५.९ प्रतिशत मात्रै छ ।

यद्यपि चीन हतियार एक्सपोर्ट गर्ने देशहरुको लिस्टमा रूसपछि चीन चौथो नंबरमा रहेको छ । चीनले विश्वका ४४ देशहरुलाई हतियार सप्लाई गर्ने गरेको छ । ७७ प्रतिशत चिनियाँ हतियार एशिया र आसपासका देशहरुमा जाने गरेको छ ।

चिनियाँ हतियारहरुको बिक्रीमा कुल प्रतिशतको २ तिहाई हिस्सा अर्थात ६३ प्रतिशत पाकिस्तानमा गएको छ । हतियार खरिदविक्रिको मामिलामा चीन केही पछाडी पर्नुको कारण आज पनि उसका हतियारहरुले विश्व बजारमा अमेरिका र रुसको जस्तो विश्वास आर्जन गर्न नसक्नु नै हो ।

यसको अलावा पनि कयौं प्रकारका राजनैतिक बाध्यताहरु पनि छन् । यसमा अमेरिकी दबाव पनि एक हो । उसले कयौं देशहरुलाई चीनबाट हतियार खरिद गर्न रोक्दै आएको छ । यता चीनले आफ्नो हतियारहरु विश्व बजारसम्म पुर्याउनका लागि पाकिस्तानलाई एक मंडीको रुपमा प्रयोग गरिरहेको पनि देखिन्छ ।

पाकिस्तानमा हतियारहरुको खरीदविक्रिमा भएको बृद्धि यसैको उपज हो । चीनबाट पाकिस्तानले ८१ प्रतिशत आफ्नो हतियार खरीद गर्छ । पाकिस्तान चीनको प्रमुख खरीदार नै बनेको छ ।

सन २०१५ देखि २०१९ को बीचमा यो खरीद ७४ प्रतिशत थियो । चीनले आफ्नै हतियारहरुलाई प्राथमिकता र उत्पादन बढाइरहेका बेला यता उसको छिमेकी देश उत्तर कोरियाले भने अन्य देशहरुबाट पैसा चोरेर आफ्नो हतियार बढाइरहेको छ ।

उत्तरले चोरीको क्रिप्टोकरेन्सीमा तहल्का मच्चाइरहेको छ । जसले अमेरिकासहितका सैन्य कार्यक्रम नै प्रभावित हुन पुगेका छन् । उत्तरका ह्याकरहरूले १ अर्ब ५० करोड डलर बराबरको ’सर्वोच्च मूल्यको’ क्रिप्टो चोरीमध्ये कम्तीमा ३० करोड डलर बराबरलाई नगदमा रूपान्तरण गर्न सफल भएका छन् ।

लाजरस भनेर चिनिने यो समूहले दुई साताअघि क्रिप्टोकरेन्सी एक्स्चेन्ज ’बाइबिट’ ह्याक गरेर डिजिटल टोकनहरू’स्वाइप’ गरेका हुन् । त्यस बेलादेखि उक्त क्रिप्टोलाई प्रयोग गर्न मिल्ने नगदमा रूपान्तरण गर्नबाट रोक्नका लागि ह्याकरलाई पछ्याउन लुकामारी चलिरहेको छ ।

विज्ञहरूका अनुसार ती कुख्यात ह्याकरहरूले उत्तर कोरियाली शासकको सम्भावित सैन्य क्षमता विकासका लागि रकम जम्मा पार्न लगभग चौबीसै घण्टा लगातार काम गरिरहेका छन् ।

क्रिप्टो अनुसन्धानकर्ता एलिप्टिकका सहसंस्थापक डा टम रबिन्सनले भने, “ह्याकरका लागि हरेक मिनेट महत्त्वपूर्ण हुन्छ। उनीहरू क्रिप्टोलाई पैसामा रूपान्तरण गर्नका लागि एकदमै अत्याधुनिक र कसैलाई थाहा नहुने गरी काम गरिरहेका हुन्छन्।“

उनका अनुसार क्रिप्टोकरेन्सीमा संलग्न अपराधीहरूमध्ये त्यस्तो भर्चुअल करेन्सीलाई चलनचल्तीमा रहेको मुद्रामा रूपान्तरण गर्नेमा उत्तर कोरियालीहरू सबैभन्दा अगाडि रहेका छन् । “मलाई लाग्छ उनीहरू स्वचालित उपकरणहरू र वषौँको विशेषज्ञता प्रयोग गरेर यस्तो काम गर्ने गर्छन् । उनीहरूका गतिविधिबाट प्रत्येक दिन केही घण्टा मात्र विश्राम लिएर उनीहरूले काम गरिरहेको देखिन्छ । सम्भवतः क्रिप्टोलाई नगदमा परिणत गर्न उनीहरू ’सिफ्ट’मा काम गर्छन्।“

एलिप्टिकको विश्लेषणले बाइबिटको २० प्रतिशत रकम अब कुनै पनि हिसाबले फिर्ता ल्याउन नसकिने गरी हराएको देखाएको छ । संयुक्त राज्य अमेरिका र उसका साझेदारहरूले उत्तर कोरियालीहरूले पछिल्ला वर्षहरूमा दर्जनौँ ह्याकिङ गरेको र त्यसबाट उक्त देशको सत्तालाई सैन्य तथा आणविक शक्ति विकास गर्न सहयोग पु¥याएको आरोप लगाउँदै आएका छन् ।

फेब्रुअरी २१ मा अपराधीहरूले बाइबिटको एउटा आपूर्तिकर्ताको प्रणाली ह्याक गरेका थिए । त्यसपछि उनीहरूले डिजिटल वालेटको ठेगानालाई बदलेका थिए । त्यहाँ चार लाख एक हजार इथेरिअम क्रिप्टो कोइनहरू पठाइएका थिए । त्यस बेला बाइबिटले आफ्नै वालेटमा रकम पठाएको ठानेको थियो ।

तर उसको ठम्याइ गलत भयो र त्यो ह्याकरको वालेटमा पुग्यो । विश्व बजारमा हतियारहरुको खरिदविक्रिलाई लिएर होड चलिरहेका बेला उत्तरको यो क्रिप्टो चोरीको महाश्रृंखलाबारे आफ्ना धारणा पनि अवस्यक व्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ ।

यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Advertisement

भर्खरको समाचार

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

सम्बन्धित खबरहरु

Scroll to Top