×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारले ऋण काँढेपछि तातिए प्रतिपक्षी || Nepal Times
Apr 06, 2026
Playing
सर्वाेच्चले भन्यो ओली–लेखकलाई म्याद नथप्नु, बन्दी प्रत्यक्षीकरण रिट खारेज || Nepal Times
Apr 06, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-23-2082 || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गा अध्ययन गर्न बन्यो समिति,७ दिनभित्र प्रतिवेदन || Nepal Times
Apr 06, 2026
Playing
इरानी धम्कीपछि व्हाइट हाउसमा ट्रम्पकै अघि फा य रिंग, अलर्टमा सिक्रेट सर्भिस || Nepal Times
Apr 06, 2026
Playing
नेपाल–चीन सम्बन्धमा सरकारको सन्तुलनमाथि संसदमा प्रश्न || Nepal Times
Apr 06, 2026
Playing
सबै श्रमिकलाई न्यूनतम तलब दिलाउन जुट्यो बालेन सरकार, दियो यस्तो निर्देशन || Nepal Times
Apr 06, 2026
Playing
धरपकडले थर्किएको सेयर बजारलाई अर्थमन्त्रीले काँध हाले || Nepal Times
Apr 06, 2026
Playing
तीन अध्यादेश स्वीकृत, दुई समिति गठन,सभामुखको सम्बोधन || Nepal Times
Apr 06, 2026
Playing
World News: होर्मुज खोल्न मंगलबार रातिसम्मको समय, नत्र नर्कको बास ! || Nepal Times
Apr 06, 2026

ओलीको किचेन क्याबिनेट मध्यरातमा त्रिवि मैदानमा

७ चैत्र २०८१

८ चैत , काठमाण्डौ ।

नेपालमा लामो समयदेखि अधुरै रहेको सुविधासम्पन्न स्तरीय क्रिकेट मैदानको सपना साकार हुने संकेत देखिएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली देशको चौथो पटक प्रधानमन्त्री बनेपछि बसेको पहिलो मन्त्रिपरिषद्को बैठकले ३ सय दिनभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानलाई प्यारापिटसहितको आधुनिक स्टेडियम बनाउने भनेर गरेको निर्णयको दिनगन्ती छोटिदैछ ।

Advertisement

सरकारले निर्णय गरेको २५० दिन पूरा भइसकेको छ भने अब बाँकी मात्र ५० दिन रहेको छ । यो ५० दिन प्रधानमन्त्रीका लागि समेत अग्निपरीक्षा बनेको छ । यो प्रतिवद्धतालाई त्यसयता पनि प्रधानमन्त्रीले पटक पटक दोहोर्याउँदै आएका छन् ।

ढिलै भएपनि त्रिवि क्रिकेट मैदानलाई आधुनिक सुविधा सम्पन्न गराउने काम सुरु भएको छ । सरकारले समय नै तोकेर निर्माण सम्पन्न गर्ने प्रतिवद्धता गरेको समय छोटिदै गएपछि अहिले अनुमगन र नियमनलाई तीव्रता दिइएको छ ।

सरकारको लक्ष्यअनुरुप आगामी वैशाख २४ मा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १० हजार दर्शक अट्ने प्यारापिट बनाइनसक्न र फ्लड लाइट स्थापना गर्ने कामको गतिलाई तीनवटै सत्रमा तीव्रता दिन थालिएको छ।

कामको प्रगति अनुगमन गर्न बिहीबार राति प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालय टोलीले निरीक्षण गरेको छ। राति नौबजे प्रधानमन्त्रीको सचिवालयका अधिकृत टोली जनसम्पर्क सल्लाहकार किरण पौडेल, प्रधानमन्त्रीको निजी सचिव विनोद कुँवरसहितको टोली निर्माणस्थलमा पुगेको थियो।

टोलीलाई यसबारे जानकारी दिँदै भवन निर्माण मन्त्रालयका सहसचिव चक्रवर्ती कन्ठले अहिले मैदानको चोभार इन्डतर्फ दायाँ र बायाँतर्फ अन्तरराष्ट्रियस्तरका दुईतले प्यारापिट बनाइने बताएका छन् ।

यसैगरी, रङ्गशालाका छ स्थानमा फ्लडलाइट जडान गर्ने काम भइरहेको उनले जानकारी दिएका छन् । यसका लागि अहिले जमिनको सतहमुनि रहने पाइल बनाउने काम भइरहेको छ।

कामलाई निर्धारित समयभित्र सम्पन्न गर्न तीनवटै प्रहरमा काम भइरहेका छन्। दिनमा एक सय र राति करिब ६० जना जनशक्ति खटिइरहेका छन्। अहिले करिब १० हजार दर्शक अट्नेगरी ३५ प्रतिशत जमिनमा काम भइरहेको पनि उनले बताएका छन् ।

सबैतर्फ काम सम्पन्न भएपछि भने ५० हजार जना दर्शक अटाउन सक्ने भनाइ उनको थियो। निरीक्षणपश्चात विकास निर्माणलाई तीव्रता दिने कुरामा प्रधानमन्त्रीको समेत चासो रहेकाले काममा तीव्रता दिन टोलीले निर्देशन दिएको थियो।

यसअघि बिहीबार उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले कीर्तिपुर क्रिकेट मैदानको निरीक्षण गरेका थिए। सिंहले वैशाख २४ गतेभित्रै कीर्तिपुरस्थित क्रिकेट मैदानमा प्यारापिट र फ्लड लाइट निर्माणको काम सकिने बताएका छन् ।

बिहीवार निर्माणाधिन मैदानको निरीक्षणका लागि कीर्तिपुर पुगेका सिंहले निर्माण कम्पनीसँग वैशाख २४ गतेसम्मको समयसीमा रहेको र समयमै सकिने गरी काम अघि बढाइएको बताएका हुन् ।

उनले त्यसका लागि तीन चरणमा निर्माणको काम अघि बढाइएको उनले बताएका छन् । फ्लड लाइट जडान र १०हजार सिट क्षमताको प्यारापिट बनाउने काम समयमै गर्नसके नेपालमा पनि केही गर्न सकिन्छ भन्ने सन्देश दिन सकिने उनले बताएका छन् ।

तीन चरणमा युद्धस्तरमा काम भइरहेको र समयमै सकिने विश्वास आफूलाई लागेको उनले बताएका छन् । यस्तै निरीक्षणका लागि पुगेका युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले पहिलो मन्त्रीपरिषद्को बैठकबाट नै क्रिकेट मैदान निर्माणको निर्णय गरेर अघि बढेकाले समयभित्रै सकिने दाबी गरेका छन् ।

उनले समयमै निर्माण सकिसक्न तीन चरणमा काम भइरहेको जानकारी दिएका छन् । २०८२ को वैशाख २४ गतेभित्र १० हजार सिट क्षमताको प्यारापिट र र ६ वटा फ्लड लाइट जडान गर्ने सरकारले काम अघि बढाइरहेको मन्त्री द्वयको भनाइ छ ।

फ्लड लाइट र १० हजार सिट क्षमताको रंगशाला तयार भएपछि पार्किङ, थप संरचना र बाँकी प्यारापिट निर्माण गरिनेछ । मैदानको प्यारापिट बनाउन बिकेओआई–केसीडिसी–बिजी जेभीले ४३ करोड ७७ लाख ३० हजार ११३.०३ रुपैयाँमा ठेक्का पाएको थियो ।

फ्लडलाइट जडानका लागि भने ललितपुरको विशन–इश्वरी जोइन्ट भेन्चरले ठेक्का पाएको छ । कम्पनीले ४२ करोड १९ लाख ९१ हजार ६ सय ५३ रुपैयाँमा ठेक्का पाएको हो ।

Advertisement

भर्खरको समाचार

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सम्बन्धित खबरहरु

Scroll to Top