×

NEPAL TIMES UPDATES

Playing
रास्वपाको नीति लगानीकर्ताको सुरक्षा र स्वदेशमा लगानी सुनिश्चित बनाउनेमा केन्द्रित : रवि लामिछाने
Mar 07, 2026
Playing
भोली सरकारको हातमा पुग्छ जाँचबुझ प्रतिवेदन, ओली–लेखक जिम्मेवार ठहरिएलान् ?|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई भारी मतान्तरले पछि पार्दै प्रमाणपत्र ग्रहण।
Mar 07, 2026
Playing
नेपालको निर्वाचन निष्पक्ष र पारदर्शी भएको विदेशीको ठहर || Nepal Times
Mar 07, 2026
Playing
मोसादसंग मिलेर खामेनीलाई धो खा दिने जनरललाई Iranले दियो मृ त्युदण्ड || Nepal Times
Mar 07, 2026
Playing
सागरको ऐतिहासिक जित, सोवितालाई अहिलेसम्मकै धेरै मत || Nepal Times
Mar 07, 2026
Playing
यसरी सम्भव भयो फागुन २१ को निर्वाचन || Nepal Times
Mar 07, 2026
Playing
World News: इरानलाई कतारको चेतावनी, आत्मसमर्पण गर्न IRGCलाई ट्रम्पको धम्की || Nepal Times
Mar 07, 2026
Playing
‘मधेसी छौरा पिएम वन्नेवाला एैला’ || Nepal Times
Mar 07, 2026
Playing
०८२ मा अहिलेसम्म धेरै मत ल्याउने उम्मेदवारहरू को हुन् ?|| Nepal Times
Mar 07, 2026

ओलीको बोली कसले अतिरञ्जित गर्याे ?

१० चैत्र २०८१

११ चैत , काठमााण्डौ।

नेपालको राजनीतिक वृत्तमा अहिले एक सनसनीपूर्ण विषय चर्चामा छ—प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई नियन्त्रणमा लिने योजना बनाएको, भारतलाई सन्देश दिन खोजेको र आफ्नै नेतृत्वको सरकारविरुद्ध भारतीय गुप्तचर संस्था ‘रअ’का एजेन्टहरू परिचालित रहेको भन्दै अभिव्यक्ति दिएको समाचार ।

केही नेपाली र विदेशी मिडियामा प्रकाशित यी समाचारहरूले एकाएक तरंग ल्याएपछि नेकपा एमालेले औपचारिक रूपमा खण्डन गर्दै तिनलाई ‘निराधार र अतिरञ्जित’ भनेको छ। एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट पारेका छन् कि यस्ता समाचारहरू नेपालको आन्तरिक राजनीतिलाई अनावश्यक रूपमा उथलपुथल पार्ने र नेपाल–भारत सम्बन्धमा अविश्वासको वातावरण सिर्जना गर्ने नियतले प्रचार गरिएको हुन सक्छ।

नेकपा एमालेले पार्टी सचिवालय बैठकका विषयमा केही नेपाली र विदेशी मिडियाहरूमा प्रकाशित समाचारबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । एमाले महासचिव शंकर पोखरेलले सोमबार एक विज्ञप्ति जारी गर्दै पूर्व राजावादीहरुको केही दिनअघिको प्रदर्शनलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका भनेर प्रकाशित समाचार निराधार र अतिरञ्जित भएको भन्दै पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।

उनले ती समाचारले अनावश्यक रूपमा सनसनी फैलाउने एवम् नेपाल र भारतबीचको युगौँ पुरानो सम्बन्धमा आशङ्का बढाउने दुराशय बोकेका समेत बताएका छन् । उनले भनेका छन्, ‘नेपालको संविधान र हामीले अवलम्बन गरेको लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको सार्वभौम चयनको विषय हो । संसारका कुनै पनि लोकतान्त्रिक मुलुक र जनता लोकतन्त्रका ठाउँमा निरङ्कुशतन्त्र प्रश्रय दिन सहमत हुन सक्दैनन् भन्ने कुरामा हामी स्पष्ट छौँ । इतिहासको पाङ्ग्रालाई पछाडि फर्काउने कुनै पनि प्रयासलाई नेपाली जनताले सहजै विफल पार्छन् भन्ने कुरामा हामी विश्वस्त छौँ ।’

यसअघि गत चैत ४ गते पार्टी कार्यालय च्यासलमा भएको सचिवालय बैठकमा ओलीले आफूलाई पदबाट हटाउन भारतीय जासुसी संस्था लागिपरेको ब्रिफिङ गरेको र उक्त बैठकमा प्रधानमन्त्री ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई गिरफ्तारसम्म गर्न सकिने बताएको भन्ने खबर बाहिरिएको थियो ।

नेकपा एमाले स्रोतलाई अवाला दिएर लेखिएका समाचारमा ओलीले आफूलाई प्रधानमन्त्रीबाट हटाउन दमकदेखि काठमाडौँसम्म भारतीयहरु परिचालित भएको खुलासा बैठकमा गरेको उल्लेख गरिएका छन् ।

उनले आफूलाई हटाउने भारतीय चलखेललाई पनि ‘देखाइदिने’ चेतावनी दिएको भन्ने समाचार प्रकाशन भएका छन् । यही विषयलाई लिएर ओलीले केही दिनभित्र संसदमा समय लिएर सम्बोधन गर्ने तयारी गरेको समेत भनिएको छ।

एमाले महासचिवले यही समाचारको खण्डन गर्दै प्रकाशित समाचार निराधार र अतिरञ्जित भएको भन्दै नेकपा एमाले र पार्टी नेतृत्वको सरकार नेपाल भारत सम्बन्धलाई अझ प्रगाढ बनाउन, कुनै विषय भए कुटनैतिक माध्यामबाट समाधान गर्न र बलियो विकास साझेदार अगाडि बढाउन प्रतिबद्ध रहेको समेत बताएको छ ।

यद्यपि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको एउटा फोटो राप्रपाका फागुन २५ गतेको आन्दोलनमा देखिएको थियो। त्यसलाई दलहरुले राजतन्त्र पुनःस्थापनाको पक्षधरको आन्दोलनमा विदेशी उक्साहटका रुपमा व्याख्या गरिरहेका छन्।

ओलीले चैत ७ गते संसदमा सांसदका प्रश्नको जवाफ दिँदै व्यंग्यात्मक रुपमा ‘आफूहरुको अवस्था विदेशीको फोटो बोक्नुपर्ने सम्मको नाजुक नभएको’ बताएका थिए। उनले पटक पटक पूर्वराजालाई लोकप्रिय भएको ठानेको भए पार्टी खोल्न र चुनाव जितेर देखाउन चुनौती दिइसकेका छन् ।

यसअघि आइतबार मात्रै एमाले महासचिव पोखरेलले राजतन्त्र र पञ्चायत नै ठीक थियो भन्ने तर्क मूर्खहरूले पनि नगर्ने टिप्पणी गरेका थिए । प्रेस चौतारीको १० औं राष्ट्रिय महाधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजावादीहरूले जनतामा भ्रम छरेर कुप्रचार गरिरहेको आरोप लगाए ।

उनले भने, ‘आज कतिपय राजावादीहरू भन्ने गर्दछन्, आज मुलुकको सङ्कटको कारण त संघीय लोकतान्त्रिक गणतन्त्र हो । केका आधारमा उनीहरू त्यस्तो तर्क गर्दछन् मलाई अनौठो लाग्छ । राजाको समयमा नेपाली समाज कस्तो थियो भन्ने नबुझेर तर्क गरिरहेका छन् । राजतन्त्र र पञ्चायत नै ठीक थियो भन्ने तर्क मूर्खहरूले पनि गर्दैनन् । आफूलाई राजनीतिज्ञ भन्नेहरूले यस्तो कुतर्क गरेर जनतालाई भ्रम सिर्जना गर्छन् भने त्यसको विरुद्धमा हामीहरू दृढतापूर्वक उभिनुपर्छ ।’

एमालेले गणतन्त्रको रक्षाका लागि आजदेखि वडास्तरीय जनचेतना र तथा शक्ति प्रर्दशन लगायतका कार्यक्रमहरु सुरु गरेको छ ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top