×

NEPAL TIMES UPDATES

Playing
रास्वपाको नीति लगानीकर्ताको सुरक्षा र स्वदेशमा लगानी सुनिश्चित बनाउनेमा केन्द्रित : रवि लामिछाने
Mar 07, 2026
Playing
भोली सरकारको हातमा पुग्छ जाँचबुझ प्रतिवेदन, ओली–लेखक जिम्मेवार ठहरिएलान् ?|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई भारी मतान्तरले पछि पार्दै प्रमाणपत्र ग्रहण।
Mar 07, 2026
Playing
नेपालको निर्वाचन निष्पक्ष र पारदर्शी भएको विदेशीको ठहर || Nepal Times
Mar 07, 2026
Playing
मोसादसंग मिलेर खामेनीलाई धो खा दिने जनरललाई Iranले दियो मृ त्युदण्ड || Nepal Times
Mar 07, 2026
Playing
सागरको ऐतिहासिक जित, सोवितालाई अहिलेसम्मकै धेरै मत || Nepal Times
Mar 07, 2026
Playing
यसरी सम्भव भयो फागुन २१ को निर्वाचन || Nepal Times
Mar 07, 2026
Playing
World News: इरानलाई कतारको चेतावनी, आत्मसमर्पण गर्न IRGCलाई ट्रम्पको धम्की || Nepal Times
Mar 07, 2026
Playing
‘मधेसी छौरा पिएम वन्नेवाला एैला’ || Nepal Times
Mar 07, 2026
Playing
०८२ मा अहिलेसम्म धेरै मत ल्याउने उम्मेदवारहरू को हुन् ?|| Nepal Times
Mar 07, 2026

७ दिनमा तलब नदिए बालेनले टुकुचामा गाडिदिने

११ चैत्र २०८१

१३ चैत , काठमाण्डौ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेन र केन्द्र सरकारबीचको सम्बन्ध झनै टकरावपूर्ण बन्दै गएको छ। सरकारसँग पटकपटक आमनेसामने भइसकेका मेयर शाहले फेरि दुई कडा अभिव्यक्ति दिएका छन्, जसले राजनीतिक वृत्तमा तरंग उत्पन्न गराएको छ।

महानगरको प्रमुख प्रशासकीय अधिकृत नियुक्ति विवादका बीच उनले आफू गलत भए जेल हाल्न सरकारले हिम्मत गर्नुपर्ने चुनौती दिएका छन्। यससँगै, सरकारले प्रमुख प्रशासकीय अधिकृत नपठाउँदा महानगरका कर्मचारीहरूले महिनौँदेखि तलब सुविधा नपाएको भन्दै, सात दिनभित्र समस्या समाधान नभए टुकुचा नदीमा गाडिदिनेसम्मको अभिव्यक्ति दिएका छन्।

बालेनको तीव्र असन्तोषले स्थानीय तह र संघीय सरकारबीचको सम्बन्ध कति जटिल बनेको छ भन्ने देखाएको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंविरुद्ध महानगरका कर्मचारीले बनाएको राय प्रतिवेदन मङ्गलबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै उनले यस्तो चुनौती दिएका हुन् ।

बालेनले गुरागाईंलाई भ्रष्टाचारीको संज्ञासमेत दिएका छन् । ‘यति धेरै कानून मिच्ने भ्रष्टाचारीलाई बचाउने सरकार अनि हामीले सुशासनको कुरा चाहिँ भाषणमा सुन्नुपर्ने ? माथिको कुरा गलत भए मलाई जेल हाल,’ उनले फेसबुकमा लेखेका छन् ।

बालेनले प्रमुख प्रशासकीय अधिकृत गुरागाईंमाथि छानबिन गर्न एउटा समिति बनाएका थिए । उक्त छानबिन समितिले काठमाडौं टावरको नक्सा पास प्रक्रियामा गुरागाईंले गल्ती नगरेको प्रतिवेदन तयार गरेपछि उनले त्यो बुझ्न मानेनन् ।

त्यसपछि महानगरकै तीन विभागीय प्रमुखले प्रतिवेदन लेखेका थिए । जसमा प्रमुख प्रशासकीय अधिकृतबाट स्वीकृत भएको नक्सालाई निस्क्रिय गर्ने काठमाडौं महानगरको निर्णयलाई निरन्तरता दिन सुझाव दिइएको छ । बालेनले सोही प्रतिवेदन फेसबुकमा हालेका हुन् ।

यसअघि उनले अबको एक हप्ताभित्र आफ्ना कर्मचारीले तलब नपाए सबैलाई टुकुचामा गाडिदिने चेतावनी दिएका थिए । उनले आइतबार साँझ सामाजिक सञ्जालमार्फत सरकारकै दम्भका कारण विगत तीन महिनादेखि सरसफाइका कर्मचारीले तलब नपाएको बताउँदै यस्तो चेतावनी दिएका हुन् ।

शाहले अबको एक हप्ताभित्र आफ्ना कर्मचारीले तलब नपाए सबैलाई टुकुचामा गाडिदिने चेतावनी दिएका छन् । मेयर शाहले सरकारकै दम्भका कारण विगत ३ महिनादेखि सरसफाइका कर्मचारीले तलब नपाएको बताउँदै यस्तो चेतावनी दिएका हुन् ।

‘काठमाडौं महानगरपालिकाको सरसफाई कर्मचारीले विगत ३ महिनादेखि तलब पाको छैन, सरकारको दम्भले,’ उनले फेसबुकमा लेखेका छन्, ‘को कोले के के आन्दोलन गर्ने हो, मलाई थाह छैन, अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडदिन्छु !’ उनले लेखेका छन्, ‘त्यो पछि हेरौंला तिमीहरूको के के तन्त्र हो !

बालेनले सार्वजनिक गरेको प्रतिवेदनमा गुरागाईंमाथि भ्रष्टाचारको कुनै आरोप भने लगाइएको छैन । मेयर बालेनले नै ५ लाख रुपैयाँ जरीवाना तोकेर नक्शापास गर्ने अनुमति दिएबमोजिम गुरागाईंले पिन्थ लेभलभन्दा माथिको नक्सा पास गरेको प्रतिवेदनमा उल्लेख छ ।

सरकारले रिक्त भएको लामो समयसम्म पनि काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नपठाउँदा विभिन्न ठेक्काको भुक्तानीदेखि कर्मचारीको तलबसमेत रोकिएको छ ।

कानुनविपरीत काठमाडौं भ्यु टावरको नक्सापास गरेको आरोपमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं ७ पुसमा कारबाहीमा परेका थिए । तर, सामान्य प्रशासन मन्त्रालयले अहिलेसम्म पनि नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाएको छैन् ।

बालेनले प्रशासकीय अधिकृतका लागि पत्राचार गरेपछि मन्त्रालयले गुरागाईंलाई नै हाजिर गराउन पत्राचार गरेको थियो । तर बालेनले त्यसलाई अस्वीकार गरेका छन् ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top