NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
धितो लिलाम भएको घर जग्गा अब बैंकहरुले धमाधम बेच्ने सोमवार मंसिर २२ , २०८२
४६ अर्ब ८७ करोडको हिसाब गोलमाल, छैन् लेखा परीक्षण सोमवार मंसिर २२ , २०८२
प्रतिनिधि सभा निर्वाचनः कसको चुनाव चिह्न कस्तो ? सोमवार मंसिर २२ , २०८२
एनपीएलमा आज विश्राम, भोलि क्वालिफायर,सुदूरका २ विदेशी फर्किए सोमवार मंसिर २२ , २०८२
आज सुदूरपश्चिम भर्सेस विराटनगर र चितवन भर्सेस पोखरा शनिबार मंसिर २० , २०८२
Next
Prev

समाचार

७ दिनमा तलब नदिए बालेनले टुकुचामा गाडिदिने

मङ्लबार चैत्र १२ , २०८१
Reading Time: 1 min read
A A
७ दिनमा तलब नदिए बालेनले टुकुचामा गाडिदिने
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१३ चैत , काठमाण्डौ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेन र केन्द्र सरकारबीचको सम्बन्ध झनै टकरावपूर्ण बन्दै गएको छ। सरकारसँग पटकपटक आमनेसामने भइसकेका मेयर शाहले फेरि दुई कडा अभिव्यक्ति दिएका छन्, जसले राजनीतिक वृत्तमा तरंग उत्पन्न गराएको छ।

महानगरको प्रमुख प्रशासकीय अधिकृत नियुक्ति विवादका बीच उनले आफू गलत भए जेल हाल्न सरकारले हिम्मत गर्नुपर्ने चुनौती दिएका छन्। यससँगै, सरकारले प्रमुख प्रशासकीय अधिकृत नपठाउँदा महानगरका कर्मचारीहरूले महिनौँदेखि तलब सुविधा नपाएको भन्दै, सात दिनभित्र समस्या समाधान नभए टुकुचा नदीमा गाडिदिनेसम्मको अभिव्यक्ति दिएका छन्।

LS Auto

बालेनको तीव्र असन्तोषले स्थानीय तह र संघीय सरकारबीचको सम्बन्ध कति जटिल बनेको छ भन्ने देखाएको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंविरुद्ध महानगरका कर्मचारीले बनाएको राय प्रतिवेदन मङ्गलबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै उनले यस्तो चुनौती दिएका हुन् ।

बालेनले गुरागाईंलाई भ्रष्टाचारीको संज्ञासमेत दिएका छन् । ‘यति धेरै कानून मिच्ने भ्रष्टाचारीलाई बचाउने सरकार अनि हामीले सुशासनको कुरा चाहिँ भाषणमा सुन्नुपर्ने ? माथिको कुरा गलत भए मलाई जेल हाल,’ उनले फेसबुकमा लेखेका छन् ।

बालेनले प्रमुख प्रशासकीय अधिकृत गुरागाईंमाथि छानबिन गर्न एउटा समिति बनाएका थिए । उक्त छानबिन समितिले काठमाडौं टावरको नक्सा पास प्रक्रियामा गुरागाईंले गल्ती नगरेको प्रतिवेदन तयार गरेपछि उनले त्यो बुझ्न मानेनन् ।

त्यसपछि महानगरकै तीन विभागीय प्रमुखले प्रतिवेदन लेखेका थिए । जसमा प्रमुख प्रशासकीय अधिकृतबाट स्वीकृत भएको नक्सालाई निस्क्रिय गर्ने काठमाडौं महानगरको निर्णयलाई निरन्तरता दिन सुझाव दिइएको छ । बालेनले सोही प्रतिवेदन फेसबुकमा हालेका हुन् ।

यसअघि उनले अबको एक हप्ताभित्र आफ्ना कर्मचारीले तलब नपाए सबैलाई टुकुचामा गाडिदिने चेतावनी दिएका थिए । उनले आइतबार साँझ सामाजिक सञ्जालमार्फत सरकारकै दम्भका कारण विगत तीन महिनादेखि सरसफाइका कर्मचारीले तलब नपाएको बताउँदै यस्तो चेतावनी दिएका हुन् ।

शाहले अबको एक हप्ताभित्र आफ्ना कर्मचारीले तलब नपाए सबैलाई टुकुचामा गाडिदिने चेतावनी दिएका छन् । मेयर शाहले सरकारकै दम्भका कारण विगत ३ महिनादेखि सरसफाइका कर्मचारीले तलब नपाएको बताउँदै यस्तो चेतावनी दिएका हुन् ।

‘काठमाडौं महानगरपालिकाको सरसफाई कर्मचारीले विगत ३ महिनादेखि तलब पाको छैन, सरकारको दम्भले,’ उनले फेसबुकमा लेखेका छन्, ‘को कोले के के आन्दोलन गर्ने हो, मलाई थाह छैन, अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडदिन्छु !’ उनले लेखेका छन्, ‘त्यो पछि हेरौंला तिमीहरूको के के तन्त्र हो !

बालेनले सार्वजनिक गरेको प्रतिवेदनमा गुरागाईंमाथि भ्रष्टाचारको कुनै आरोप भने लगाइएको छैन । मेयर बालेनले नै ५ लाख रुपैयाँ जरीवाना तोकेर नक्शापास गर्ने अनुमति दिएबमोजिम गुरागाईंले पिन्थ लेभलभन्दा माथिको नक्सा पास गरेको प्रतिवेदनमा उल्लेख छ ।

सरकारले रिक्त भएको लामो समयसम्म पनि काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नपठाउँदा विभिन्न ठेक्काको भुक्तानीदेखि कर्मचारीको तलबसमेत रोकिएको छ ।

कानुनविपरीत काठमाडौं भ्यु टावरको नक्सापास गरेको आरोपमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं ७ पुसमा कारबाहीमा परेका थिए । तर, सामान्य प्रशासन मन्त्रालयले अहिलेसम्म पनि नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाएको छैन् ।

बालेनले प्रशासकीय अधिकृतका लागि पत्राचार गरेपछि मन्त्रालयले गुरागाईंलाई नै हाजिर गराउन पत्राचार गरेको थियो । तर बालेनले त्यसलाई अस्वीकार गरेका छन् ।

Tags: #काठमाडौं महानगरपालिका#बालेनको फेरि तात्यो पारो

लोकप्रीय

धितो लिलाम भएको घर जग्गा अब बैंकहरुले धमाधम बेच्ने

धितो लिलाम भएको घर जग्गा अब बैंकहरुले धमाधम बेच्ने

सोमवार मंसिर २२ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

४६ अर्ब ८७ करोडको हिसाब गोलमाल, छैन् लेखा परीक्षण

सोमवार मंसिर २२ , २०८२
७० हजार जेनजी मतदाता थपिए

प्रतिनिधि सभा निर्वाचनः कसको चुनाव चिह्न कस्तो ?

सोमवार मंसिर २२ , २०८२

विचार

धितो लिलाम भएको घर जग्गा अब बैंकहरुले धमाधम बेच्ने

धितो लिलाम भएको घर जग्गा अब बैंकहरुले धमाधम बेच्ने

सोमवार मंसिर २२ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

४६ अर्ब ८७ करोडको हिसाब गोलमाल, छैन् लेखा परीक्षण

सोमवार मंसिर २२ , २०८२
७० हजार जेनजी मतदाता थपिए

प्रतिनिधि सभा निर्वाचनः कसको चुनाव चिह्न कस्तो ?

सोमवार मंसिर २२ , २०८२

थप समाचार

धितो लिलाम भएको घर जग्गा अब बैंकहरुले धमाधम बेच्ने
ताजा समाचार

धितो लिलाम भएको घर जग्गा अब बैंकहरुले धमाधम बेच्ने

सोमवार मंसिर २२ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?
अपराध

४६ अर्ब ८७ करोडको हिसाब गोलमाल, छैन् लेखा परीक्षण

सोमवार मंसिर २२ , २०८२
७० हजार जेनजी मतदाता थपिए
ताजा समाचार

प्रतिनिधि सभा निर्वाचनः कसको चुनाव चिह्न कस्तो ?

सोमवार मंसिर २२ , २०८२
एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली
खेलकुद

एनपीएलमा आज विश्राम, भोलि क्वालिफायर,सुदूरका २ विदेशी फर्किए

सोमवार मंसिर २२ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: गोवा आ*ग*लागीमा ४ नेपालीको मृ*त्यु, थाइ–कम्बोडियाबीच फेरि यु*द्ध || Nepal Times

World News: गोवा आ*ग*लागीमा ४ नेपालीको मृ*त्यु, थाइ–कम्बोडियाबीच फेरि यु*द्ध || Nepal Times

00:22:47

World News: भेनेजुएलाले ५६०० सैनिक थप परिचालन, क्यानडाले सिरियालाई सूचीबाट हटायो || Nepal Times

00:17:27

World News:इमरान राष्ट्रिय सुरक्षाका लागि खत रा? ट्रम्पलाई शान्ति पुरस्कार|| Nepal Times

00:15:39

World News: Ukraine प्रस्ताव यूएनमा पेस, नेपालले गरेन मतदान, Trumpलाई Putinसंग आशा || Nepal Times

00:19:05

World News: पुटिन भारत आउँदा म्याक्रोँ चीन पुगे, मोदीलाई ट्रम्पको ९५ करोड डलरको ह*ति*यार अफर

00:20:44

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेपाली कांग्रेसको सभापतिमा कसले बाजी मार्छन ?

नेपाली कांग्रेसको सभापतिमा कसले बाजी मार्छन ?

शुक्रबार मंसिर १९ , २०८२
काठमाडौँका तत्कालीन सिडियोसँग जाँचबुझ आयोगले लिइयो बयान

काठमाडौँका तत्कालीन सिडियोसँग जाँचबुझ आयोगले लिइयो बयान

बिहिबार मंसिर १८ , २०८२
अमेरिकाबाट फेरि बोरा बोकेर फर्किए ३५ नेपाली, विद्यार्थी र पर्यटकपनि

१९ देशका नागरिकलाई अमेरिकाले ग्रीन कार्ड रोक्यो

बुधबार मंसिर १७ , २०८२

हालका पोस्टहरू

धितो लिलाम भएको घर जग्गा अब बैंकहरुले धमाधम बेच्ने

धितो लिलाम भएको घर जग्गा अब बैंकहरुले धमाधम बेच्ने

सोमवार मंसिर २२ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

४६ अर्ब ८७ करोडको हिसाब गोलमाल, छैन् लेखा परीक्षण

सोमवार मंसिर २२ , २०८२
७० हजार जेनजी मतदाता थपिए

प्रतिनिधि सभा निर्वाचनः कसको चुनाव चिह्न कस्तो ?

सोमवार मंसिर २२ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.