NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Зарегистрирование а также вербовое в дополнение Melbet: Арестуйте бонус за спортивные и казино मङ्लबार माघ ६ , २०८२
Мелбет скидки во время регистрирования и на дебютный депозит обзор действий букмекерской конторы Melbet मङ्लबार माघ ६ , २०८२
1xBet qimor o'yinlari muassasasi Fikr 2025 Rag'batlantirish, aylanishlar va o'yinlar मङ्लबार माघ ६ , २०८२
Вербное во 1хБет должностной сайт для беглого подхода а также ставок диалоговый सोमवार माघ ५ , २०८२
Промокод 1xBet 2026 получите и распишитесь сегодня Январь безвозмездные промокоды при регистрации получите и распишитесь фрибеты БК 1хБет в Стране Казахстане सोमवार माघ ५ , २०८२
Next
Prev

समाचार

बालुवाटारमै ओलीविरुद्ध डिजिटल बोर्डबाट ‘अट्याक’!

बुधबार चैत्र १३ , २०८१
Reading Time: 1 min read
A A
विद्युत प्राधिकरणको डिस्प्लेमा प्रधानमन्त्रीविरुद्ध नारा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

१३ चैत , काठमाण्डौ ।

सार्वजनिक स्थानमा राखिएका डिजिटल डिस्प्लेहरू सूचना प्रवाहका लागि आधुनिक प्रविधिको प्रतीक मानिन्छन्। तर, जब ती प्रविधिहरू ह्याक भएर सरकार प्रमुखविरुद्ध नारा प्रदर्शन गर्न प्रयोग गरिन्छन्, तब यो प्रविधिको कमजोरी मात्र नभई सुरक्षा चुनौतीको गम्भीर संकेत पनि बन्छ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भरतपुरको विद्युत् प्राधिकरणको डिस्प्लेमा नारा देखिएको घटना सेलाउन नपाउँदै, काठमाडौँको बालुवाटार नजिकै पुनः त्यस्तै घटना दोहोरिएको छ ।

नेपाल विद्युत प्राधिकरण भरतपुरको वितरण केन्द्रको डिजिटल डिस्प्लेमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नारा लेखिएको घटनाको २४ घण्टा बित्न नपाउदै काठमाडौँको पानीपोखरीस्थित रोटरी क्लबले बालुवाटारको सडकमा राखेको बोर्डमा प्रधानमन्त्री ओलीविरुद्ध नारा लेखिएकोभेटिएको छ।

प्रधानमन्त्रीविरुद्ध ‘देश छोड’ भन्ने नारा डिजिटल बोर्डमा डिस्प्ले भएसँगै सामाजिक सञ्जालमा यो भाइरल बनेको छ। यस बारे प्रहरीले अनुसन्धान शुरु गरेको छ । रोटरी क्लबका पदाधिकारीहरूले ‘कसैले ह्याक गरेर सो नारा डिस्प्ले हुन पुगेको’ प्रहरीलाई बताएका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौं स्रोतले प्रारम्भिक अनुसन्धानबाट बोर्डको सिस्टम ह्याक भएको बताएको छ । उता प्रहरी प्रधान कार्यालयले भने त्यसबारे विस्तृत अनुसन्धान थालेको छ ।

प्रहरी प्रधान कार्यालयको सूचना प्रविधि निर्देशनालयले सो बोर्ड निकालेर अनुसन्धानको लागि लगेको प्रहरी प्रवक्ता डीआईजी दिनेशकुमार आचार्यले नेपाल टाइम्सलाई जानकारी दिएका छन् ।

उनले प्रहरीले बोर्ड नियन्त्रणमा लिएको र यसबारे गहन अनुशन्धान भइरहेको बताएका छन् । डिजिटल बोर्डको दूरुपयोग गरी प्रधानमन्त्रीविरुद्ध देश छाडको नारा लेखिएको यो संभवत पहिलो घटना हो ।

यसअघि नेपाल विद्युत प्राधिकरण, भरतपुर वितरण केन्द्रको डिजिटल डिस्प्ले बोर्डमा प्रधानमन्त्रीविरुद्ध नारा लेखिएपछि कार्यालय प्रमुख कुटिएका थिए । वितरण केन्द्रको डिजिटल डिस्प्लेमा केपी चोर देश छोडको आपत्तिजनक नारा लेखिएको थियो ।

वितरण केन्द्रको बोर्डमा प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध गालीगलौज गरेको सूचना राखेको भन्दै कार्यालय प्रमुख रामु श्रेष्ठमाथि कुटपिट भएको छ। कार्यालयको बोर्डमा सोमबार प्रधानमन्त्रीविरूद्ध गालीगलौज गरेको सूचना देखा परेको थियो।

त्यही विषयलाई लिएर मंगलबार कार्यालय प्रमुख श्रेष्ठमाथि एक समूहले हातपात गरेको हो। ‘देशको सम्माननीय प्रधानमन्त्रीलाई अवैध किसिमको गालीगलोज÷अपशब्द अपलोड गरिएको हुँदा देशको गरिमामय पदमा रहनु भएको प्रधानमन्त्रीलाई अपमानजनक सूचना अपडेट गराउनु राज्यको संविधान तथा प्रचलित कानुनको बर्खिलाप हो।

यस्तो गैरकानुनी कार्यप्रति नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्र परिवार घोर भत्र्सना गर्छ,’ केन्द्रले जारी गरेको विज्ञप्तीमा भनिएको छ। यस घटनालाई साइबर अपराधअन्तर्गत कानुनी दायरामा ल्याउन पत्राचार भइरहँदा मंगलबार कार्यालय प्रमुख रामु श्रेष्ठमाथि हातपात भएको केन्द्रले विज्ञप्तिमार्फत् बताएको छ।

‘मंगलबार बिहान १० बजे ३५–४० जनाको ठूलो दस्ता आइ कार्यालय प्रमुखको कार्य कक्षमा प्रवेश गरी कार्यालय प्रमुखको कार्य कक्ष तोडफोड गर्नुका साथै कार्यालय प्रमुखलाईसमेत कुटपिट गरेको हुदाँ सार्वजनिक सेवा प्रवाह गर्ने नेपाल विद्युत प्राधिकरण भरतपुरका कर्मचारीहरू सुरक्षित नरहेको प्रत्याभूति गर्दै कार्यालय तोडफोड गर्नेमाथि कानुनबमोजिम हदैसम्मको सजाय माग गर्छौं,’ वितरण केन्द्रले भनेको छ।

आपत्तिजनक नाराका विषयमा विरोध जनाउन आज बिहान करिब १० बजे एमालेका युवाहरु विद्युत कार्यालयमा ध्यानाकर्षण पत्र लिएर गएका थिए । त्यस क्रममा नेकपा एमाले निकट युवा संघ तथा अनेरास्ववियु चितवनका कार्यकर्ताहरु कार्यालय प्रमुख रामु श्रेष्ठविरुद्ध खनिएका थिए ।

श्रेष्ठले पनि आफूले कुटाइ खाएको र कार्यालयसमेत तोडफोड गरिएको उनको भनाइ छ । प्रधानमन्त्रीविरुद्ध ‘देश छोड’ भन्ने सन्देशसहित डिजिटल बोर्डमा देखिएको नाराले प्रविधिको दुरुपयोग र साइबर सुरक्षाको गम्भीर प्रश्न खडा गरेको छ।

प्रहरी अनुसन्धान सुरु भइसकेको छ, तर पछिल्ला घटनासँग जोडेर के यो प्रविधिगत त्रुटि मात्र हो त भन्ने प्रश्न अहिले सबैका लागि चासोको विषय बनेको छ।

Tags: #बालुवाटारमै ओलीविरुद्ध डिजिटल बोर्ड#बालुवाटारमा ओलीविरुद्ध डिजिटल नारा#बालुवाटारमा ओली#डिजिटल बोर्डमा प्रधानमन्त्रीविरुद्ध ‘देश‘

लोकप्रीय

Зарегистрирование а также вербовое в дополнение Melbet: Арестуйте бонус за спортивные и казино

मङ्लबार माघ ६ , २०८२

Мелбет скидки во время регистрирования и на дебютный депозит обзор действий букмекерской конторы Melbet

मङ्लबार माघ ६ , २०८२

1xBet qimor o'yinlari muassasasi Fikr 2025 Rag'batlantirish, aylanishlar va o'yinlar

मङ्लबार माघ ६ , २०८२

विचार

Зарегистрирование а также вербовое в дополнение Melbet: Арестуйте бонус за спортивные и казино

मङ्लबार माघ ६ , २०८२

Мелбет скидки во время регистрирования и на дебютный депозит обзор действий букмекерской конторы Melbet

मङ्लबार माघ ६ , २०८२

1xBet qimor o'yinlari muassasasi Fikr 2025 Rag'batlantirish, aylanishlar va o'yinlar

मङ्लबार माघ ६ , २०८२

थप समाचार

ताजा समाचार

Зарегистрирование а также вербовое в дополнение Melbet: Арестуйте бонус за спортивные и казино

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

Мелбет скидки во время регистрирования и на дебютный депозит обзор действий букмекерской конторы Melbet

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

1xBet qimor o'yinlari muassasasi Fikr 2025 Rag'batlantirish, aylanishlar va o'yinlar

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

Вербное во 1хБет должностной сайт для беглого подхода а также ставок диалоговый

सोमवार माघ ५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: सिरियाली गृह यु द्धको अन्त्य, इराकबाट अमेरिकी सेना फिर्ता || Nepal Times

World News: सिरियाली गृह यु द्धको अन्त्य, इराकबाट अमेरिकी सेना फिर्ता || Nepal Times

00:23:36

World News: ‘ट्रम्प अप रा धी’, हजारौंको मृत्युमा खामेनीको स्वीकार, अमेरिका–युरोप आमनेसामने

00:22:49

World News: इरान र इजरेलका नेतासँग पुटिनको वार्ता, पाकिस्तानका १५२ सांसद निलम्बित || Nepal Times

00:19:07

World News: ग्रिनल्याण्ड नेटो सेनाले घेर्याे, रुस पनि एक्सनमा, गाजामा बन्यो सरकार || Nepal Times

00:32:43

World News: आ*न्दो*लनकारीलाई Iranले मृ*त्युदण्ड नदिने, Ukraineको ऊर्जामा आप*तकाल || Nepal Times

00:23:31

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

शुक्रबार माघ २ , २०८२
विशेष महाधिवेशनः देउवा नजाने, के गगन सभापति बन्छन् ?

काँग्रेस अब के हुन्छ ? दुई चिरा मात्र हुन्छ कि अर्काे पार्टी बन्छ ?

बुधबार पुस ३० , २०८२
भेनेजुएला र क्यूबा भएको ’भिसा बन्ड’ सूचीमा नेपाललाई किन राखियो ?

अमेरिकाले नेपालसहित ७५ देशका लागि रोक्यो भिसा

बिहिबार माघ १ , २०८२

हालका पोस्टहरू

Зарегистрирование а также вербовое в дополнение Melbet: Арестуйте бонус за спортивные и казино

मङ्लबार माघ ६ , २०८२

Мелбет скидки во время регистрирования и на дебютный депозит обзор действий букмекерской конторы Melbet

मङ्लबार माघ ६ , २०८२

1xBet qimor o'yinlari muassasasi Fikr 2025 Rag'batlantirish, aylanishlar va o'yinlar

मङ्लबार माघ ६ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.