NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Let’s Jackpot Casino FAQ: Your Guide to Winning and Playing मङ्लबार पुस १५ , २०८२
Greatest Black-jack Internet sites for real Profit 2025, Rated from the Clear सोमवार पुस १४ , २०८२
100 percent free Gamble Lucky Lady’s Charm Deluxe Wager Online Today! सोमवार पुस १४ , २०८२
Top ten Illinois A real income Casinos on the internet: Gaming inside the IL 2025 सोमवार पुस १४ , २०८२
Chonky Knight in shining armor Frog Deluxe with Top सोमवार पुस १४ , २०८२
Next
Prev

समाचार

नेपालको पछिल्लो राजनीति बारे भारत के सोच्दैछ ?

सोमवार चैत्र १८ , २०८१
Reading Time: 1 min read
A A
नवराजले फर्काउन नसकेका राजा ‘नेपाल ऋषि’ले फर्काउलान् ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

१८ चैत, विराटनगर ।

शुक्रवारको राजावादीको प्रदर्शन हिंसात्मक भएपछि सरकार कडाइका साथ धरपकडमा उत्रिएको छ । २ जनाको ज्यान जाने गरी भएको हिंसापछि केही राजावादी पक्राउ परेका छन् । आन्दोलनका जनकमान्डर भनिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईँ फरार छन् ।

त्यही आन्दोलनमा पक्राउ परेकाहरुलाई विना शर्त छाड्नु पर्ने माग राख्दै राप्रपा सडकमा उत्रिएको छ । उसले आजपनि सडक प्रर्दशन गरेको छ। संसदमा पनि राजावादीहरुका स्वर गुन्जिएका छन् । सामाजिक सञ्जालमा पनि राजावादीहरू उग्र बनिरहेका छन् ।

गणतन्त्रवादीहरू एकै ठाउँमा उभिने भन्दै सर्वदलीय बैठकमा जुटेका छन् । राजावादीको आन्दोलन चर्के सँगै एउटा प्रश्न उब्जिएको छ कि भारत यति बेला के गरी रहेको छ ? के भारतीय पक्षले नेपालको गणतन्त्र नरुचाएकै हो त ?

पछिल्लो समय समाजवादी मोर्चा र प्रधानमन्त्रीसम्मले विदेशी शक्तिलाई विभिन्न रुपमा जोडेर हेरेपछि यो प्रश्नले जबरजस्ती स्थान पाएको छ । हुन पनि हो, नेपालमा हुने स–साना राजनीतिक घटना क्रममा आफ्नो भूमिका खोज्ने भारत अहिले चाही के गर्दै छ त ? फेरि पनि पानीलाई धमिलो बनाएर माछा मार्ने दाउमा त भारत छैन ?

भन्ने प्रश्नलाई गएको फागुन २५ गते पूर्व राजा पोखराबाट फर्कने क्रममा काठमाण्डौंमा उनको स्वागतका लागि जम्मा भएको भिडमा देखिएको भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको फोटोले पुष्टी गरेको छ ।

पछिल्लो पटक प्रधानमन्त्री बनेका केपीशर्मा ओलीलाई ८ महिना बित्न लाग्दा भारतले भ्रमणका लागि निम्ता न गर्नुले पनि ओली सँग भारत सन्तुष्ट छैन भन्ने प्रस्ट हुन्छ । भारतको रिजर्भेसन चाँही प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैली र बोली प्रति हो ।

अर्को कुरा संविधान जारी गर्दा पनि भारतलाई मन परेको थिएन । त्यस माथि हिन्दु राष्ट्रको पक्षमा भारत पहिलादेखि नै खुल्दै आएको छ । तर एक पछि अर्को छिमेकी देशसँग भारतको बिग्रँदो सम्बन्धले नेपालमा अहिले नै भारतले कुनै पनि कदम चाली हाल्छ भन्न सक्ने अवस्था छैन ।

यति बेला भारतकालागि नेपालभन्दा पनि अमेरिकासँगको सम्बन्ध र बङ्गलादेशको स्थायित्व अनि रुससँगको सम्बन्ध बढी महत्त्वपूर्ण छ । कतिपयले नेपालमा राजतन्त्र फर्काउन भारत, अमेरिका, रुस र चीनलागेका हल्लापनि फैलाइ रहेका छन् ।

तर भारतीय नेताहरूले भने नेपालको गणतन्त्र मासेर राजतन्त्रतर्फ भारत सरकार र जनताको नजर नरहेको सन्देश राजनीतिक दलहरूलाई दिई सकेका छन् । भारतीय सत्तारुढ दल र सरकारले कुनै पनि मुलुकको आन्तरिक राजनीतिमा हस्तक्षेप नगर्ने उनीहरुले दाबी गरेका छन् ।

राजनीतिक दलहरू आफैँ निकम्मा भएका कारण राजावादी चलमलाएको आकलन भारतीय नेताहरूको छ। भारतीय अधिकारीले नेताहरूलाई सन्देश प्रवाह गरेपछि प्रमुख दलका नेताहरू आफ्नो सम्पर्क सञ्जालमा रहेका भारतीयसँग छलफल गर्न थालेका छन्।

नेपालका राजनीतिक दलका मुख्य नेता प्रतिपक्षमा हुँदा भारतको घोर विरोधी हुने र सत्तापक्षमा रहँदा भारत परस्त हुने अनि सत्ताकालागि भारतका सामु नतमस्तक रहने प्रवृत्ति पनि जनमानसमा गढेको एउटा तीतो यथार्थ हो ।

यसबाट हामीले के मनन गर्न सक्नुपर्दछ भने समस्या हामी आफैमा छ, भारतमा होइन । नेपालको भौगोलिक अवस्था, आर्थिक परिवेश र सामाजिक संरचनाको नाजायज फाइदा भारतले लिन्छ भन्नेहरूको जमात पनि ठूलो नै छ ।

यसमा केही हदसम्म भाइ फुटे गँवार लुटे भन्ने उक्ति पनि चरितार्थ हुन आउँछ । फेरी पनि नेपालमा भाइभाइ बिच द्धन्दको बीजारोपण भएको छ । धमिलो पानीमा माछा मार्ने भारतको दाउ सधैँ रही रहन्छ ।

भनिन्छ, छिमेकी गतिलो भए सुख र साथ पाइन्छ । छिमेकी धनी, सम्पन्न र शिक्षित भए आवश्यक सहयोग, पारिवारिक उन्नति र सहकार्य बढेर जान्छ । भोलिको भारतलाई प्रकोप आइपर्दा नेपाललाई सहयोग गर्न सक्ने अवस्थामा पु¥याएमा नेपाल र भारत दुवैलाई लाभ हुन्छ ।

चीनको छिमेकी समृद्ध पार्दै जाने परराष्ट्र नीति र भारतको हस्तक्षेपकारी नीति बीचमा दुवै शक्तिउन्मुख एसियाका राष्ट्रहरूमा चीनले आफ्नो प्रभुत्व जमाउँदै गई रहेको छ । यो भारतलाई पटकै मन परेको छैन ।

हुन त पछिल्लो समय भारतको छिमेकी देशहरू सँगको सम्बन्ध राम्रो छैन । सबै कुरामा सफल देखिएका भारतीयप्रधानमन्त्री नरेन्द्र मोदी छिमेकीहरू सँगको सम्बन्धमा एक पछि अर्को गर्दै असफल बन्दै गईरहेका छन् ।

चीन र पाकिस्तान भारतका लागि सधैँ टाउको दुखाइ हुन् । हिजो सम्मआफ्नै इसारामा चलेको बङ्गलादेश र माल्दिभ्स भारतको हातबाट फुत्की सकेका छन् । श्रीलङ्कामा अहिले पनि भारत विरोधी भावना कायम छ । यस्तै अवस्थामा माल्दिभ्ससँग पनि रहेको छ ।

त्याहा चीन निकट राष्ट्रपतिको उदय पछि भारत र माल्दिभ्सको सम्बन्ध तनावपूर्ण बनेको छ । पछिल्लो समय नेपाल, पाकिस्तान, चीन, अफगानिस्तान मात्र हैन बङ्गलादेश जस्ता महत्त्वपूर्ण छिमेकीसँग भारतको सम्बन्ध तनावपूर्ण रहँदै आएको छ ।

भारतले छिमेकी राष्ट्र सँगको सम्बन्ध सुधारका लागि ठुलो धनराशि खर्च गर्ने गर्छ । बङ्गलादेशमा शेख हसिना र भारतमा नरेन्द्र मोदीको सरकार बनेपछि दुई देशबिचको सम्बन्ध थप प्रगाढ बनेको थियो ।

बङ्गलादेशमा भएको पछिल्लो विद्रोहले हसिनालाई पदबाट मात्र हटाएन देश नै छोड्न बाध्य बनायो । यहाँपनि मोदी सरकार चुकेको देखिन्छ । हसिना अहिले भारतमा आश्रय लिएर बसेकी छिन् ।

त्यसैले भारत बङ्गलादेश सँगको संम्बन्धमा दरार छदै छ । एसियाको वर्तमान रणनीतिक अवस्थालगायत चीन र पाकिस्तान जस्ता छिमेकीहरूसँग बढ्दो तनावलाई ध्यानमा राख्दै नेपाल, बङ्गलादेश, श्रीलङ्का जस्ता मुलुकसँगको सम्बन्ध सुमधुर होस भन्ने भारतको चाहना त छ तर बेला बेला भारतीय स्वार्थ हाबी हुँदा सम्बन्धमा दरार आइरहन्छ ।

भारतको छिमेकी राष्ट्रहरुसँगको कटुता विशेष गरी पाकिस्तानसँगको सम्बन्धलाई लिएर दक्षिण एसियाली सहयोग सङ्गठन सार्क अहिले प्रभावकारी छैन तर भारतले आफूसँगै बङ्गलादेश भुटान र नेपाललाई जोड्ने गरी ‘बीबीआईएन’नामक सहयोग सञ्जाललाई बलियो बनाउने प्रयास गरिरहेको छ ।

भारतीय थिंक–ट्याङ्कहरू भारतसँग खुल्ला सिमानाभएका देशहरू सँग चीनको उपस्थिति भारतका लागि ठुलो खतरा बन्न सक्ने बताउँछन् । यसकालागिभारत जहिले पनि चनाखो हुनु पर्ने उनीहरूको तर्क छ ।

भारतले भुटानलाई आफ्ना छिमेकीमुलुकमध्ये प्राथमिक सूचीमा राखेको छ । भुटानको परराष्ट्र सम्बन्ध सूचीमाभारतको उपस्थिति अनिवार्य बनेको छ । भारतले भुटानलाई स्वतन्त्र रूपले काम गर्न दिने वातावरण बन्न सक्दैन ।

भारतको भुटान नीति सत्ता केन्द्रित छ । यस कारण पनि हरेक समस्यामाभारतले भुटानको सरकारलाई सहयोग गरेको छ । भारतको भुटान नीतिमा रहेको नदेखिने पाटो भनेको आर्थिक अवसरवाद हो ।

तिब्बत गाभेपछि चीनले दक्षिणका अरू देशमाथि आँखा लगायो, जसले भारतलाई नेपाल, सिक्किम र भुटानका सम्बन्धमा बढी चनाखो रहन बाध्य बनायो । यी र अरू धेरै कारणले पनि भारतले भुटानको परराष्ट्र नीतिमाथि अङ्कुश लगाएको विश्लेषण गरिन्छ ।

यस्तो अवस्थामा आफ्ना धेरैजसो छिमेकीसँग उतारचढावको सम्बन्ध अघि बढाइरहेको भारतीय पक्ष अहिले नेपालको आन्तरिक मामिलामा कुनैपनि निष्कर्षमा पुगि नसकेको विश्लेषण गरिएको छ।

सम्बन्धको आरोहअवरोह स्वाभाविक भए पनि भारतका लागि आफ्ना छिमेकीहरूसँगको सम्बन्ध केवल कूटनीतिक होइन, भूराजनीतिक र आर्थिक स्वार्थसँग पनि गासिएको छ। दक्षिण एसियामा चीनको बढ्दो प्रभाव, पाकिस्तानसँगको पुरानो कटुता, बङ्गलादेश र माल्दिभ्ससँग चिसिँदो सम्बन्ध, श्रीलङ्कामा प्रभाव गुमाउने डरले भारतलाई झन् सतर्क बनाएको छ।

नेपालप्रति भारतको दृष्टिकोण बेला–बेला परिवर्तन भएझैँ देखिए पनि त्यसको केन्द्रबिन्दु जहिल्यै भारतीय स्वार्थ नै रहन्छ। त्यसैले, नेपालको स्थायित्व, सार्वभौमिकता र भूराजनीतिक सन्तुलन नेपालकै कूटनीतिक क्षमतामा निर्भर रहनेछ।

भारतको रणनीति जति चलाख भए पनि नेपालको आन्तरिक स्थायित्व, नेतृत्वको परिपक्वता, र कूटनीतिक दूरदृष्टिले मात्र दीर्घकालीन स्वाधीनता सुनिश्चित गर्न सक्नेछ। यसबारे तपाईका टिप्पणी अवश्य ब्यक्त गर्नुहोला ।

Tags: #नेपाल टाईम्स ट्रेन्डिंग#के भारत नेपालको गणतन्त्रको विपक्षमा छ ?#नेपालको पछिल्लो राजनीति#ज्ञानेन्द्र शाह

लोकप्रीय

Let’s Jackpot Casino FAQ: Your Guide to Winning and Playing

मङ्लबार पुस १५ , २०८२

100 percent free Gamble Lucky Lady’s Charm Deluxe Wager Online Today!

सोमवार पुस १४ , २०८२

Greatest Black-jack Internet sites for real Profit 2025, Rated from the Clear

सोमवार पुस १४ , २०८२

विचार

Let’s Jackpot Casino FAQ: Your Guide to Winning and Playing

मङ्लबार पुस १५ , २०८२

100 percent free Gamble Lucky Lady’s Charm Deluxe Wager Online Today!

सोमवार पुस १४ , २०८२

Greatest Black-jack Internet sites for real Profit 2025, Rated from the Clear

सोमवार पुस १४ , २०८२

थप समाचार

articles_lets jackpot casino_2025-12-29

Let’s Jackpot Casino FAQ: Your Guide to Winning and Playing

मङ्लबार पुस १५ , २०८२
ताजा समाचार

100 percent free Gamble Lucky Lady’s Charm Deluxe Wager Online Today!

सोमवार पुस १४ , २०८२
ताजा समाचार

Greatest Black-jack Internet sites for real Profit 2025, Rated from the Clear

सोमवार पुस १४ , २०८२
ताजा समाचार

Top ten Illinois A real income Casinos on the internet: Gaming inside the IL 2025

सोमवार पुस १४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Bangladeshमा विद्यार्थीको पार्टीे कट्टरपन्थीसँगै, फ्लोरिडा वार्ता सकारात्मक

World News: Bangladeshमा विद्यार्थीको पार्टीे कट्टरपन्थीसँगै, फ्लोरिडा वार्ता सकारात्मक

00:18:13

जापानमा ५० बढी गाडी ठो क्किए, लन्डनमा हिन्दु सङ्गठनहरूको विरो ध|| Nepal Times

00:21:43

World News:Americaमा भीषण हिउँदे आँ धी, थाइल्यान्ड र कम्बोडियाबीच शान्ति सम्झौता|| Nepal Times

00:20:20

World News: इमरानका सल्लाहकारको नाक र बंगरा भाँचियो, भारतमा नक्सल मा*रि*ए || Nepal Times

00:16:18

धेरै तटीय शहर समुद्रमा डुब्दै,रुसले चन्द्रमामा विद्युत् गृह बनाउने, बेगमका छोरा फर्किए|| Nepal Times

00:24:45

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

भारतको असममा भड्कियो हिंसा, २ को मृत्यु, ३४ प्रहरी घाइते

भारतको असममा भड्कियो हिंसा, २ को मृत्यु, ३४ प्रहरी घाइते

बुधबार पुस ९ , २०८२
कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

मङ्लबार पुस ८ , २०८२
बालेनको लिस्टमा आशिका तामाङ, ईश्वर पोखरेललाई ओलीले छुटाए ?

बालेनको लिस्टमा आशिका तामाङ, ईश्वर पोखरेललाई ओलीले छुटाए ?

सोमवार पुस १४ , २०८२

हालका पोस्टहरू

Let’s Jackpot Casino FAQ: Your Guide to Winning and Playing

मङ्लबार पुस १५ , २०८२

100 percent free Gamble Lucky Lady’s Charm Deluxe Wager Online Today!

सोमवार पुस १४ , २०८२

Greatest Black-jack Internet sites for real Profit 2025, Rated from the Clear

सोमवार पुस १४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.