×

NEPAL TIMES UPDATES

Playing
जनताले बनाए बालेन, अब बालेनले देश बनाउने अपेक्षा|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई झापामै हराइदिए बालेनले, अब प्रधानमन्त्री बन्ने || Nepal Times
Mar 07, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 07, 2026
Playing
रास्वपाको नीति लगानीकर्ताको सुरक्षा र स्वदेशमा लगानी सुनिश्चित बनाउनेमा केन्द्रित : रवि लामिछाने
Mar 07, 2026
Playing
भोली सरकारको हातमा पुग्छ जाँचबुझ प्रतिवेदन, ओली–लेखक जिम्मेवार ठहरिएलान् ?|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई भारी मतान्तरले पछि पार्दै प्रमाणपत्र ग्रहण।
Mar 07, 2026
Playing
नेपालको निर्वाचन निष्पक्ष र पारदर्शी भएको विदेशीको ठहर || Nepal Times
Mar 07, 2026
Playing
मोसादसंग मिलेर खामेनीलाई धो खा दिने जनरललाई Iranले दियो मृ त्युदण्ड || Nepal Times
Mar 07, 2026
Playing
सागरको ऐतिहासिक जित, सोवितालाई अहिलेसम्मकै धेरै मत || Nepal Times
Mar 07, 2026
Playing
यसरी सम्भव भयो फागुन २१ को निर्वाचन || Nepal Times
Mar 07, 2026

मोदीलाई फेरि नेपाल भ्रमणको निम्तो, ओलीलाई आएन

२१ चैत्र २०८१

२२ चैत , काठमाण्डौ ।

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच बहुप्रतिक्षित मानिएको भेटवार्ता थाइल्याण्डमा भएको छ। नेपालले निक्कै लामो समयदेखि प्रधानमन्त्री ओलीको भारत भ्रमणका लागि कुटनैतिक प्रयास गरेपछि निम्ता नआइरहेको अवस्थामा साइडलाइन वार्तामै भएपनि प्रधानमन्त्री द्वयबीच भेटवार्ता भएको छ ।

शुक्रबार अपराह्न भएको भेटवार्तापछि भारतीय प्रधानमन्त्री मोदीले भेटघाट फलदायी भएको उल्लेख गरेका छन्। ‘प्रधानमन्त्री केपी शर्मा ओलीसँग बैंककमा भेटवार्ता फलदायी भयो, हामीले भारत–नेपाल सम्बन्धका विभिन्न पक्षहरूमा छलफल ग¥यौं,’ भेटवार्ताको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा राख्दै भारतीय प्रधानमन्त्री मोदीले भनेका छन्।

उनीहरूबीच कनेक्टिभिटी, ऊर्जा, सूचना प्रविधिलगायत विभिन्न क्षेत्रहरूमा रहेर कुराकानी भएको थियो। उनीहरूले बिमस्टेक शिखर सम्मेलनका उपलब्धि विपद् व्यवस्थापन र समुद्री यातायातका क्षेत्रबारे पनि कुराकानी गरेका थिए। मोदीले लेखेका छन्, बैंककमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग फलदायी भेटघाट भयो।

भारतले नेपालसँगको सम्बन्धलाई ठूलो प्राथमिकता दिन्छ। हामीले भारत–नेपाल मित्रताका विभिन्न पक्षहरूमा छलफल गर्यौं, विशेष गरी ऊर्जा, कनेक्टिभिटी, संस्कृति र डिजिटल प्रविधि जस्ता क्षेत्रहरूमा।

हामीले यस वर्षको बिमस्टेक शिखर सम्मेलनबाट प्राप्त केही प्रमुख सकारात्मक परिणामहरू, विशेष गरी विपद् व्यवस्थापन र समुद्री यातायातका क्षेत्रहरूमा पनि कुरा गर्यौं।
प्रधानमन्त्री ओली र भारतीय समकक्षी द्र मोदीबीच थाइल्यान्डको राजधानी बैंककमा ३५ मिनेट एक्लाएक्लै वार्ता भएको थियो ।

भेटवार्ताका लागि मोदी बसेको ओरियन्टल होटलमा ओली पुगेका थिए । सो भेटमा दुवै पक्षबाट कोही पनि अरु अधिकारी सहभागी भएका थिएनन् ।भेट सकेपछि प्रधानमन्त्री ओलीले ट्वीट गर्दै बैंककमा आफ्ना मित्र भारतीय प्रधानमन्त्री मोदीसँग सौहार्द संवाद भएको उल्लेख गरेका छन् ।

ओलीले लेखेका छन्, ‘मित्र भारतीय प्रधानमन्त्री मोदीजीसँग न्यानो संवाद भयो । दुईपक्षीय छलफल रचनात्मक र अर्थपूर्ण भएको छ । यो आपसी विश्वासका लागि मेरो धन्यवाद ।’ भेटमा प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीलाई जेठमा हुने सगरमाथा संवादका लागि औपचारिक निमन्त्रणा गरेका छन् ।

मोदीले काठमाडौं आउन सक्दो कोसिस गर्ने भन्दै निम्ताका लागि ओलीलाई धन्यवाद दिएका छन् । तर ओलीलाई मोदीको भारत भ्रमणको अपेक्षाकृत निम्तो भने आउन सकेन् । अहिलेसम्म न मोदीलाई नेपाल भ्रमण गराउने प्रयास सफल भएको छ न त ओलीले भारत भ्रमणको निम्तो पाएका छन्।

यसबीचमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवा तीनपटक भारत गइसकेकी छन्। दुई प्रधानमन्त्रीबीचको ‘चिसोपना’ मेटाउन राणाका यी भ्रमण फलदायी हुन सकिरहेका छैनन्। नेपालमा ओली प्रधानमन्त्री भएको साढे ८ महिना भएको छ ।

तर, अहिलेसम्म ओलीले भारतीय प्रधानमन्त्री मोदीका तर्फबाट भारत भ्रमणको निमन्त्रणा पाएका छैनन् । यसअघि पुष्पकमल दाहाल र त्यसअघि शेरबहादुर देउवाले भारत भ्रमणको अवसर पाएका थिए ।

ओलीको भारत भ्रमण हुन नसक्नुलाई भारतसँगको सम्बन्धमा चिसोपन आएको रूपमा हेरिँदै आएको छ । त्यसकारण पनि थाइल्यान्डमा ओली र मोदीको भेटलाई बहुप्रतिक्षित भेटघाटका रूपमा हेरिएको थियो ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top