×

NEPAL TIMES UPDATES

Playing
झापामा रास्वपाले सोत्तर पार्याे, पाँचै क्षेत्रमा अग्रता,२ अध्यक्ष नै पछि || Nepal Times
Mar 06, 2026
Playing
समानुपातिकमा पनि रास्वपाको छलाङ, कांग्रेस पछ्याउदै, एमाले चौथो || Nepal Times
Mar 06, 2026
Playing
कसरी ढले पुराना दलका गढ र लालकिल्लाहरु ? || Nepal Times
Mar 06, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-22-2082 || Nepal Times
Mar 06, 2026
Playing
इरानमा नयाँ नेतृत्व चयन ट्रम्प बेचेन, तेहरानको भविष्य के होला ? || Nepal Times
Mar 06, 2026
Playing
लामो यु*द्धकालागि Iran तयारः IRGCले दियो नयाँ ह*तिया*रको चेतावनी || Nepal Times
Mar 06, 2026
Playing
BALENको क्रेजले बदल्यो नेपालको राजनीति, देशभर आँधीबेहरी || Nepal Times
Mar 06, 2026
Playing
अहिलेसम्म कसको जित, कहाँ को अगाडि ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वापाको देशैभर अग्रताको संदेश के हो ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 06, 2026
Playing
World News: उड्दा उड्दै Indiaको शुखोई बेपत्ता, Iranले झार्यो अमेरिकी लडाकु विमान || Nepal Times
Mar 06, 2026
Playing
सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो || Nepal Times
Mar 06, 2026
Playing
Top 15 Afternoon News || Mar-06-2026 || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाले देशभर आँधी ल्यायो, जनताको अपार समर्थन || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला || Nepal Times
Mar 06, 2026
Playing
प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाको ३० स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३ || Nepal Times
Mar 06, 2026
Playing
रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि || Nepal Times
Mar 06, 2026
Playing
मतगणना अपडेटःदेशभर रास्वपाको अग्रता,कांग्रेस र एमाले पछाडि || Nepal Times
Mar 06, 2026
Playing
झापा ५ मा बालेनले केपी ओलीलाई सुरुवातमै पछि पारे
Mar 06, 2026
Playing
नेपालको चुनावमा विदेशी मिडियाका अधिक चासो, कसले के लेखे ? || Nepal Times
Mar 05, 2026
Playing
आमा सुशीला तिमीले “जे भन्यौ, त्यो पूरा गर्‍यौ” !|| Nepal Times
Mar 05, 2026
Playing
US-Israel-Iran यु द्धः आजका १० हेडलाइन || Nepal Times
Mar 05, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-21-2082 || Nepal Times
Mar 05, 2026
Playing
कतारबाट नेपालीको गुहार, “हामी डराएका छौँ, देशले बेवास्ता नगरोस् ” || Nepal Times
Mar 05, 2026

विवादको सागरमा डुबेका रविःटेलिभिजन देखि जेलसम्म

२३ चैत्र २०८१

२४ चैत , काठमाण्डौ।

टेलिभिजन कर्मबाट समृद्ध देश बनाउने अठोटसहित मुलधारको राजनीतिमा उदाएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछाने यतिबेला कारागार चलान हुने प्रतिक्षामा छन् ।

उनीमाथि सहकारीको वचत रकम ठगी गरेको, संगठित अपराध गरेको, सम्पत्ति शुद्धीकरणसहितको गम्भिर आरोप लागेको छ । यही अभियोगमा रविलाई उच्च अदालत तुलसीपुर, बुटवल इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

अदालतको आदेशपछि उनी रुपन्देही कारागारमा रहनु पर्ने हो । तर राज्य संयन्त्रले रविलाई खुंखार अपराधीलाई जस्तै अदालतको आदेश आफूसमक्ष नआइपुग्दै मध्यरातमा उनकै निवासमा पुगेर कानूनी प्रक्रियाहरु मिच्दै पक्राउ गरेको छ ।

अदालतले प्रारीम्भिक आदेश दिइकेको छ । रविले पनि अदालतको आदेश स्वीकार गर्दै न्यायको ढोका ढक्ढकाइरहने बताइसकेका छन् । विभिन्न अदालतमा उनीविरुद्धका सहकारी मुद्दा विचाराधीन छन् ।

तर उनका समर्थकहरु भनिरहेका छन्, रविमाथि राजनीतिक प्रतिशोध साधिएको छ , उनी निर्दाेष छन् । रविमाथिको आक्षेप र विवाद यो पहिलो र नयाँ भने होइन । तर रवि पहिलो पटक जेज जाँदैछन् । उनी हिरासतमा भने दुईपटक बसिसकेका छन् ।

हिजोका रवि आशाका दियो थिए, उनी नाम मात्रै थिएनन् एक ब्रान्ड बनिसकेका थिए । त्यसैको उपलब्धि हो पार्टी गठन भएको ६ महिनाभित्रै देशको चौथो ठूलो दल बन्नु, दोहोर्याएर कीर्तिमानी मतसहित सांसदमा निर्वाचित हुनु अनि दुई पटक उपपप्रधान तथा गृहमन्त्री बन्नु ।

तर यसबीचमा रवि पारिवारिक, ब्यक्तिगत र राजनीतिक रुपमा नै अनेकन विवादमा पर्दै आए, यही विवादकै बीचआधादर्जन अदालतमा सहकारी ठगीको मुद्धा, संगठित अपराध र सम्पत्तिशुद्धीकरणको मुद्दासँगै पुर्पक्षका लागि कारागार चलान भएपछि उनको राजनीतिक भविष्यमाथि पनि प्रश्न चिन्ह लगेको छ ।

२०३२ सालमा भक्तपुरमा जन्मिएका रवि लामिछाने वि.सं. २०७९ मा सम्पन्न भएको प्रतिनिधि सभा निर्वाचनमा चितवन २ बाट निर्वाचित भएका थिए । उनी राजनीतिमा प्रवेश गर्नुअघि एक टेलिभिजन प्रस्तोता थिए ।

टेलिभिजनबाट कमाएको पहिचानलाई उनले राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरी राजनीतिमा लगाए ।न्युज ट्वान्टी–फोर टेलिभिजनमा निरन्तर ६० घण्टाभन्दा बढी समय टेलिभिजन अन्तर्वार्ता चलाएर उनले गिनिज वर्ल्ड रेकर्ड्स कायम गरेका थिए।

वि.सं. २०७९ मा लामिछानेले ग्यालेक्सी फोरके टेलिभिजनको प्रबन्ध निर्देशकको पदबाट राजीनामा दिएर निर्वाचन लड्न राष्ट्रिय स्वतन्त्र पार्टी गठन गर्ने घोषणा गरेका थिए। असार १७ मा निर्वाचन आयोगमा दर्ता भएको ५ महिनापछि भएको प्रतिनिधिसभाको निर्वाचनमा रास्वपा होमियो ।

अनि राष्ट्रिय पार्टीसहित उदायो । रास्वपाले प्रत्यक्षतर्फ र समानुपातिकतर्फ गरी २० सिट जित्यो । लामिछाने चितवन क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका उमेश श्रेष्ठविरुद्ध ३४ हजार २११ मतान्तरले निर्वाचित भए ।

रास्वपाको जितले पुराना पार्टीलाई ठूलो धक्का पुग्यो । न्युज २४ मा २०७६ भदौमा सहकर्मी पत्रकार शालिकराम पुडासैनीको आत्महत्या पश्चात् उनी आत्महत्या दूरुत्साहन मुद्दामा पक्राउ परेका थिए । पछि उनले सो मुद्दाबाट सफाइ पाएका थिए ।

रवि पक्राउ पर्दा चितवनमा जनलहर उत्रिएको थियो । त्यही जनलहरले पनि रविलाई टेलिभिजनकर्मबाट राजनीतिमा होमिन प्रेरित गरेको थियो । यसैले हरेक पटक आफू अप्ठ्यारो अवस्थामा पर्दा उनी चितवनका जनतासँग पुग्दछन् ।

पछिल्लो पटक पनि रविले शनिवार त्यही पुग्ने कार्यक्रम बनाएका थिए । चितवनबासीका कुरा सुन्ने र आफ्ना पीडा सुनाउने योजना रविले बनाएका थिए । तर शुक्रबार मध्यरातमा नै रवि जेल जानुपर्ने फैसला आयो ।

उनी पहिलो पटक उपप्रधान तथा गृहमन्त्री बनेपछि नागरिकताको विषयमा सर्वाेच्चको अन्तरिम आदेश पश्चात सांसद र गृहमन्त्रीको पदबाट पद मुक्त भएका थिए । पछि फेरि उपनिर्वाचनमार्फत अत्याधिक मतसहित दोस्रो पटक चितवन २ बाटै उनी निर्वाचित भए ।

र दोस्रो पटक समेत उपप्रधान तथा गृहमन्त्री बने । ०७९ को चुनाव पछि उनी ०७९ मै पुष्पकमल दाहाल नेतृत्वको सरकार र ०७४ मा दाहाल नेतृत्वकै सरकारमा उपप्रधान सहित गृहमन्त्री बनेका थिए ।

रविको ब्यक्तिगत जीवनपनि विवादमै रुमलिएको छ । उनले पहिलो श्रीमती इशा लामिछानेसँग सम्बन्ध विच्छेद गरेका छन् । ईशाबाट रविका दुई छोरी रहेका छन् । दुबै छोरीको जिम्मेवारी आफूले लिएको रविले बताएका छन् ।

उनले २०७५ माघ ७ मा नेपाल चलचित्र विकास बोर्डकी तत्कालीन अध्यक्ष निकिता पौडेलसँग दोस्रो विवाह गरेका थिए । लामिछाने सन् २००७ देखि २०१७ सम्म अमेरिकी नागरिक थिए। त्यही नागरिकता त्यागेर पुनः नेपाली नागरिकता नलिएको भन्दै उनको सांसद पद नै गुमेको थियो ।

०७९ माघ १३ गते सर्वोच्च अदालतको आदेशबाट उनी पदमुक्त बन्न पुगे । अदालतले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता प्राप्तिको प्रकृया पूरा नगरेको भन्दै लामिछानेको सांसद पद खारेज गरेको थियो ।

उनले २०७० मा अमेरिकाको नागरिकता पाएका थिए । अमेरिकी पासपोर्टमै नेपाल आएर सञ्चारकर्ममा लागेका थिए । विवाद भएपछि उनले ०७५ जेठ ४ मा काठमाडौंस्थित अमेरिकी दूतावासमार्फत नागरिकता त्याग्ने प्रक्रिया सुरु गरेका थिए ।

तर, उनले पुरानै नेपाली नागरिकता चलाए । प्रक्रिया पूरा नगर्दा उनले पद गुमाउनु परेको थियो । पद गुमेको दुई दिनपछि उनले नागरिकता पुनःप्राप्ति गरेका थिए । त्यसपछि ०८० वैशाख १२ गते रिक्त चितवन क्षेत्र नम्बर–२ मा उपनिर्वाचन भयो ।

उपनिर्वाचनमा लामिछाने नै भारी मतका साथ निर्वाचित भए । तर विवादले अझै रविको पिछा छाडेन । रविसहितका व्यक्तिलाई अनुसन्धान गनुपर्ने मागसहित पोखराको सूर्यदर्शन सहकारीका वचतकर्ता पीडितले माघमा जाहेरी दिएका थिए ।

तर, सहकारी ठगीको आरोप लाग्दालाग्दै उनी गृहमन्त्री बनेका थिए । उनी ०८० फागुन २३ गते गृहमन्त्रीमा दोहोरिएका थिए । दोस्रोपटक गृहमन्त्री बन्दा पनि लामिछाने विवादित बने । सहकारी ठगीमा उनीविरुद्ध उजुरी परेको थियो ।

त्यही उजुरीलाई आधार बनाएर नेपाली कांग्रेसले छानविन समिति गठन गर्न बाध्य पार्याे । त्यही समितिको प्रतिवेदनका आधारमा सरकारले उनीमाथि अनुशन्धान सुरु गरेपछि उनी ८४ दिन प्रहरी हिरासतमा बस्नु पर्याे ।

सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समितिको प्रतिवेदनका आधारमा कास्की, काठमाडौं, चितवन र रुपन्देही जिल्ला अदालतमा दायर भएको मुद्दामा २ करोड भन्दा बढी धरौटी बुझाएर बाहिरै रहेर कानूनी लडाइँ लडिरहेका रवि अब जेल जानु पर्ने भएको छ ।

रुपन्देही जिल्ला अदालतले धरौटीमा रिहा गर्न दिएको फैसला उल्टाउदै उच्च अदालत तुलसीपुर, बुटवल इजलासले रविलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । रवि लामिछाने एक कुशल र सक्रिय सञ्चारकर्मी थिए ।

उनी अहिले एक राजनीतिज्ञका रुपमा देशको चौथो ठूलो दलको नेतृत्व गर्दै नेपालको राजनीतिमा सक्रिय छन् । हिजोका रवि आशाका दियो थिए, उनी नाम मात्रै थिएनन् एक ब्रान्ड बनिसकेका थिए ।

त्यसैको उपलब्धि हो पार्टी गठन भएको ६ महिनाभित्रै देशको चौथो ठूलो दल बन्नु । दोहोर्याएर कीर्तिमानी मतसहित सांसदमा निर्वाचित हुनु । रवि लामिछानेको पूर्पक्षकालागि जेल यात्रा उनको राजनीतिक जीवनको पूर्णविराम होइन, बरु नयाँ अध्यायको सुरुवात बन्न सक्छ ।

यो यात्रा पीडा होइन, परिपक्वताको पाठशाला बन्न सक्छ। इतिहासले देखाएको छ, सच्चा परिवर्तनको खोजी गर्नेहरुले कहिल्यै सजिलो बाटो रोज्दैनन्। यदि न्यायको कठघराबाट रविले सफाइ पाउँछन् भने, त्यो केवल कानूनी जित होइन, जनआस्थाको पुनर्जन्म हुनेछ ।

र,त्यस दिन अझ सशक्त र अझ निस्कलंक सशक्त राष्ट्रनिर्माणको यात्रामा रविको ब्रान्ड फेरि उर्बर हुनेछ ।

भर्खरको समाचार

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

सम्बन्धित खबरहरु

Scroll to Top