×

NEPAL TIMES UPDATES

Playing
नवनिर्वाचित सांसदको पहिलो बैठक कहाँ बस्दैछ ? || Nepal Times
Mar 08, 2026
Playing
रास्वपा बहुमतबाट अब दुई तिहाई तर्फ उन्मुख || Nepal Times
Mar 08, 2026
Playing
जाँचबुझ आयोगले आज प्रतिवेदन बुझाउँदै || Nepal Times
Mar 08, 2026
Playing
एउटा जिउँदो इतिहासलाई जन कारबाही  || Nepal Times
Mar 08, 2026
Playing
गगन थापाको १८ वर्षे संसदीय यात्रामा अमरेशले लगाए ब्रेक || Nepal Times
Mar 08, 2026
Playing
Election update रास्वपाले शतक(१००) पुर्यायो, अन्यको कति ? || Nepal Times
Mar 08, 2026
Playing
जनताले बनाए बालेन, अब बालेनले देश बनाउने अपेक्षा|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई झापामै हराइदिए बालेनले, अब प्रधानमन्त्री बन्ने || Nepal Times
Mar 07, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 07, 2026
Playing
रास्वपाको नीति लगानीकर्ताको सुरक्षा र स्वदेशमा लगानी सुनिश्चित बनाउनेमा केन्द्रित : रवि लामिछाने
Mar 07, 2026

टी–२० सिरिजको उपाधि भिडन्तमा कुवेत भर्सेस नेपाल

३० चैत्र २०८१

३१ चैत , काठमाण्डौ।

नेपालले चारदेशिय टी–२० सिरिजको उपाधिका लागि आइतबार कुवेतसँग प्रतिस्पर्धा गर्दैछ । शुक्रबार लिग चरणको अन्तिम खेल नेपाल र हङकङ भिडिरहेका थिए । तर, खेल नौ ओभर पुग्दा नै वर्षाको कारण रद्द भएपछि नेपाल अपराजित रहँदै फाइनलमा पुग्न सफल भएको थियो ।

नेपालले तीन खेलमा जित निकाल्यो । यता, कुवेत भने लिग चरणमा दोस्रो हुँदै फाइनलमा पुगेको हो । नेपाल र कुवेतबीचको खेल अहिले सवा ११ मा सुरु हुनेछ । नेपाल र कुवेत यसअघि दुईपल्ट भिडेका छन् ।

ती दुवै खेलमा नेपाल अपराजित छ । सन् २०१९ मा आइसिसी टी–२० विश्वकप एसिया क्षेत्रीय फाइनलमा नेपालले कुवेतलाई सात विकेटले पराजित गरेको थियो । उक्त खेलमा पारस खड्काले सर्वाधिक ६८ रन बनाएका थिए ।

यस्तै, ज्ञानेन्द्र मल्ल १९ र दीपेन्द्रसिंह ऐरी एक रनमा आउट भएका थिए । अहिले मल्ल नेपाली टोलीको प्रशिक्षकको भूमिका छन् । उक्त खेलमा खेलेका दीपेन्द्र, रोहितकुमार पौडेल, करण केसी र सोमपाल कामी यही सिरिजमा छन् ।

नेपालले दोस्रोपल्ट भने यही सिरिजमा कुवेतलाई हराएको हो । आफ्नो दोस्रो खेलमा नेपालले कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनसँगै कुवेतलाई ६ विकेटको नमिठो हार चखाएको थियो । नेपाल यो लय कायम राख्दै उपाधि जित्ने लक्ष्यमा हुनेछ ।

कुवेत भने उक्त दुई ठूला हारको बदला लिँदै उपाधि हत्याउने दाउमा हुनेछ । जारी प्रतियोगितामा नेपाल अपराजित एकमात्रै टोली हो । यसै वर्ष हुने आईसीसी टी–२० विश्वकप छनोटको तयारीका रूपमा नेपालले विभिन्न शृंखला तथा अभ्यास खेलहरू खेल्ने तय भएका छन् । यस प्रतियोगिता पनि त्यही तयारीको सुरुवाती हो ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top