×

NEPAL TIMES UPDATES

Playing
नवनिर्वाचित सांसदको पहिलो बैठक कहाँ बस्दैछ ? || Nepal Times
Mar 08, 2026
Playing
रास्वपा बहुमतबाट अब दुई तिहाई तर्फ उन्मुख || Nepal Times
Mar 08, 2026
Playing
जाँचबुझ आयोगले आज प्रतिवेदन बुझाउँदै || Nepal Times
Mar 08, 2026
Playing
एउटा जिउँदो इतिहासलाई जन कारबाही  || Nepal Times
Mar 08, 2026
Playing
गगन थापाको १८ वर्षे संसदीय यात्रामा अमरेशले लगाए ब्रेक || Nepal Times
Mar 08, 2026
Playing
Election update रास्वपाले शतक(१००) पुर्यायो, अन्यको कति ? || Nepal Times
Mar 08, 2026
Playing
जनताले बनाए बालेन, अब बालेनले देश बनाउने अपेक्षा|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई झापामै हराइदिए बालेनले, अब प्रधानमन्त्री बन्ने || Nepal Times
Mar 07, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 07, 2026
Playing
रास्वपाको नीति लगानीकर्ताको सुरक्षा र स्वदेशमा लगानी सुनिश्चित बनाउनेमा केन्द्रित : रवि लामिछाने
Mar 07, 2026

१२ को परीक्षा अन्योलमा, विद्यार्थीको भविष्यमाथि खेलवाड

४ बैशाख २०८२

४ वैशाख , काठमाण्डौ ।

सरकार गम्भीर नहुँदा शिक्षा क्षेत्र नै तहसनहस हुने अवस्थामा पुगेको छ । दुई सातादेखि शिक्षकहरू काठमाण्डौंका सडकमा आन्दोलन गरीरहेका छन् । देशभर शैक्षिक हडताल घोषणा गरिएको छ । सरकारले भने शिक्षकहरुको यो आन्दोलनलाई हल्कारुपमा लिइरहेको छ ।

देशव्यापी सरकारी विद्यालयमा पठनपाठन ठप्प, नयाँ भर्ना अभियान प्रभावित, कक्षा १२ को परीक्षा नै अन्योलमा परिरहँदा सरकार भने मजाकको शैलीमा आन्दोलनकारीमाथि उल्टो कटाक्ष गरिरहेको छ ।

सरकारका प्रवत्तासमेत रहेका सञ्चारमन्त्री पृथ्वीसुव्वा गुरुङले विद्यालयहरू बन्द गरेर राजतन्त्र ल्याउन खोजेको हो भन्दै आन्दोलनरत शिक्षकहरुलाई प्रश्न गरेका छन् । उनले शिक्षकहरुले सरकारलाई अप्ठेरो पारेको पनि आरोप लगाएका छन् ।

यद्यपि चौतर्फी आलोचना र सत्ता सहयात्री दलका नेताहरुले नै विरोध र दबाव दिएपछि सरकार शिक्षकहरुको माग सुन्न तयार भएको छ । तर उसको कहिले बर्षे अधिवेशनबाट शिक्षा ऐन पारित गर्ने कुरा त कहिले गर्न नभ्याइने कुराले झनै अलमल बढाएको छ ।

यता मन्त्रीहरू खोक्रा आश्वासन दिँदै आन्दोलनरत शिक्षकलाई विद्यालय फर्कन आग्रह गर्छन् । यसले झनै शैक्षिक क्षेत्र अन्योलमा परको छ । सामुदायिक विद्यालयमा विद्यार्थीहरूले भर्ना हुन पाएका छैन ।

अर्को तर्फ कक्षा १२ को वार्षिक परीक्षा प्रभावित हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आगामी वैशाख ११ गतेदेखि कक्षा १२ को वार्षिक परीक्षा निर्धारण गरेको थियो । शिक्षकहरूले शैक्षिक हडतालको आव्हान गर्दै दुई सातादेखि सडक आन्दोलन गरी रहेकाले १२ कक्षाको वार्षिक परीक्षा समेत अन्योलमा परेको हो ।

बोर्डका अध्यक्ष डा. महाश्रम शर्माका अनुसार परीक्षामा मुख्य भूमिका निर्वाह गर्ने शिक्षकहरूको अभावमा परीक्षा सञ्चालन सम्भव छैन । शिक्षकहरू नै नभएपछि परीक्षा कसरी सञ्चालन गर्न कठिन हुने बोर्डले जनाएको छ ।

परीक्षा निर्धारित मितिमा हुन नसके त्यसको असर सम्पूर्ण शैक्षिक प्रणालीमा पर्नेछ, जसले विद्यालयदेखि विश्वविद्यालयसम्मको शैक्षिक क्यालेन्डरमा गम्भीर असर पार्न सक्ने बोर्डले जनाएको छ ।

शिक्षकहरूको सहभागिताबारे अन्योल कायम रहे पनि बोर्डले आन्तरिक तयारी भने गरी रहेको छ । परीक्षाका लागि प्रश्न पत्र छपाइ, उत्तर पुस्तिका व्यवस्थापन र केन्द्र निर्धारण जस्ता कार्यहरू अगाडि बढाइएको छ ।

तर, शिक्षकको अभावका कारण तयारी समेत प्रभावित भएको बोर्डले जनाएको छ । बोर्डले एक विज्ञप्ति जारी गर्दै शिक्षकहरूलाई परीक्षामा सहभागी भई पेसागत जिम्मेवारी निर्वाह गर्न आग्रह गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, “आफ्ना पेसागत हकहित र सुरक्षासँगै विद्यार्थीको भविष्यलाई ध्यानमा राखी, शिक्षकहरूले परीक्षा सञ्चालनमा सक्रिय भूमिका खेल्नु आवश्यक छ।” विद्यार्थी र अभिभावकलाई पनि धैर्यताका साथ तयारीमा लागिरहन आग्रह गर्दै बोर्डले सबै सरोकारवालाको समन्वय र सहयोगको अपेक्षा राखेको छ ।

कक्षा १२ को परीक्षा विद्यालय शिक्षाको अन्तिम चरणको मूल्याङ्कन हो, जसले विद्यार्थीहरूको भविष्य र उच्च शिक्षाको प्रवेश प्रक्रियामा प्रत्यक्ष असर पार्दछ । विद्यार्थी, अभिभावक, शिक्षक र सरकार सबैको मेहनत प्रतिबिम्बित हुने यस परीक्षालाई बोर्डले संवेदनशील र मानवीय विषय मानेको छ ।

परीक्षा व्यवस्थापन र एसइई को उत्तर पुस्तिका परीक्षण समेत शिक्षकहरूको सक्रिय सहभागिताबाट मात्र सम्पन्न हुनसक्ने बोर्डको भनाइ छ । नेपाल शिक्षक महासङ्घले भने विद्यालय शिक्षा ऐन जारी नभएसम्म कुनै पनि परीक्षा प्रक्रियामा सहभागी नहुने अडान लिएको छ ।

ऐन जारी भएपछि मात्रै कक्षा १२ को परीक्षामा सहभागी हुन सक्ने शिक्षक महासङ्घले जनाएको छ । कक्षा १२ को परीक्षा पछि सार्न महासङ्घले आग्रह गरेको छ । शिक्षकहरूको आन्दोलन र सरकार बिचको संवादको गति हेर्दा कक्षा १२ को परीक्षा समयमै हुने वा नहुने विषय अझै अनिश्चित छ ।

यस्तो परिस्थितिमा सरोकारवाला निकायहरूबिचको द्रुत संवाद र सहमति अत्यावश्यक देखिएको छ, ताकि विद्यार्थीको भविष्य अन्योलमा नपरोस् ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top