×

NEPAL TIMES UPDATES

Playing
नवनिर्वाचित सांसदको पहिलो बैठक कहाँ बस्दैछ ? || Nepal Times
Mar 08, 2026
Playing
रास्वपा बहुमतबाट अब दुई तिहाई तर्फ उन्मुख || Nepal Times
Mar 08, 2026
Playing
जाँचबुझ आयोगले आज प्रतिवेदन बुझाउँदै || Nepal Times
Mar 08, 2026
Playing
एउटा जिउँदो इतिहासलाई जन कारबाही  || Nepal Times
Mar 08, 2026
Playing
गगन थापाको १८ वर्षे संसदीय यात्रामा अमरेशले लगाए ब्रेक || Nepal Times
Mar 08, 2026
Playing
Election update रास्वपाले शतक(१००) पुर्यायो, अन्यको कति ? || Nepal Times
Mar 08, 2026
Playing
जनताले बनाए बालेन, अब बालेनले देश बनाउने अपेक्षा|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई झापामै हराइदिए बालेनले, अब प्रधानमन्त्री बन्ने || Nepal Times
Mar 07, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 07, 2026
Playing
रास्वपाको नीति लगानीकर्ताको सुरक्षा र स्वदेशमा लगानी सुनिश्चित बनाउनेमा केन्द्रित : रवि लामिछाने
Mar 07, 2026

विद्यार्थीलाई अंग्रेजी बोल्न अनिवार्य नगर्नु

२३ बैशाख २०८२

२३ वैशाख ,काठमाण्डौ।

मातृ भाषा अंग्रेजी नभएकै कारण र घर परिवारमा समेत कम बोलिने भएका कारण नेपालका दूरदराजका बालबालिका अंग्रेजी भाषामा कमजोर मानिन्छन् । यसैले नै अंग्रेजीमा दख्खलताका लागि सकीनसकी महँगो शुल्क तिरेर भएपनि अभिभावकहरुले आफ्ना नानीहरुलाई निजी विद्यालयमा भनाइ गर्ने गर्दछन् ।

धेरैजसो अभिभावकको इच्छा हुन्छ, आफ्ना नानीहरुले फररर अंग्रेजी भाषा बोल्न र लेख्न सकुन् । कतिपय अभिभावकको यही दबाबले विद्यालयलहरुले विद्यालयमा अंग्रेजीलाई अनिवार्य र नेपालको कामकाजको प्रमुख भाषा नेपालीसहित मातृभाषाहरुलाई ऐच्छिक बनाएका छन् ।

कतिपय विद्यालयमा अंग्रेजी नबोल्ने विद्यार्थीहरुलाई सजाय दिने तथा जरिवाना समेत तोक्ने गरिएको छ । साथै, यस विषयमा सोच्ने अर्को पक्ष पनि छ । कतिपय सचेत अभिभावकहरूले अंग्रेजी सिकाउने नाममा आफ्ना सन्तानमाथि अनावश्यक दबाब नदिन विद्यालयलाई आग्रह गर्न थालेका छन् ।

उनीहरू चाहन्छन्, अंग्रेजी सँगसँगै आफ्ना बालबालिकाहरु नेपाली र आफ्नै मातृभाषामा पनि सशक्त बनून्। अंग्रेजी भाषाका लागि नेपालीसहितका मातृ भाषाहरु ओझेलमा परेको भन्दै आफ्ना नानीहरुलाई अंग्रेजी भाषा अनिवार्य गरी बोझ नथोपर्न विद्यालयमा दबाब दिने गर्दछन् ।

केही अभिभावकहरुले यस्तै गुनासो गरेपछि काठमाडौँ महानगरपालिकाले शिक्षण सिकाइको माध्यम अङ्ग्रेजी भएपनि नेपाली भाषामा संवाद गर्न दिन मातहतका सामुदायिक तथा संस्थागत विद्यालयलाई निर्देशन दिएको छ ।

महानगरपालिकाको शिक्षा विभागले सोमबार सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई पठाएको पत्रमा शिक्षणको माध्यम अङ्ग्रेजी हुने विषयमा बाहेक अन्य क्रियाकलापमा अङ्ग्रेजी भाषालाई अनिवार्य नगर्न निर्देशन दिएको हो ।

‘यस महानगरपालिका अन्तर्गतका शिक्षण सिकाइको माध्यम अङ्ग्रेजी भएका केही विद्यालयहरूले विद्यार्थीले विद्यालय परिसरमा नेपाली भाषामा संवाद गरेमा विद्यार्थीलाई दण्डित गर्ने वा जरिवाना गर्ने कार्य गरेको भन्ने गुनासो प्रति यस महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको ’, पत्रमा भनिएको छ, ‘यदि कुनै विद्यालयले शिक्षणको माध्यम अङ्ग्रेजी हुने विषयमा बाहेक अन्य क्रियाकलापमा अङ्ग्रेजी भाषालाई अनिवार्य गरी विद्यार्थीले विद्यालय परिसरमा नेपाली भाषामा संवाद गरेमा विद्यार्थीलाई दण्डित गर्ने वा जरिवाना गर्ने कार्य गरेको भए तत्काल बन्द गर्न निर्देशानुसार सूचित गरिन्छ।’

भाषा संवादको एक माध्याम हो । अहिले सर्वसाधारणका लागि नै अंग्रेजी अत्यावश्यक बनिसक्यो । उच्च पदमा रहेका व्यक्तिहरुले त अंग्रेजी नजान्दा ठाउँ–ठाउँमा समस्या भोग्नुपर्ने हुन्छ । विदेशीहरुसँग बारम्बार भेटघाट र अन्तरक्रिया गरिरहनुपर्ने उनीहरुले जतिबेला पनि अनुवादकको खोजी गर्नुपर्ने परिस्थिति सहज पक्कै होइन ।

अंग्रेजी नजान्दा विदेशी नेताहरुसँग अनौपचारिक सम्वन्ध बढाउन पनि पक्कै सहज हुँदैन । अंग्रेजी पश्चिमी जगतमा प्रख्यात भाषा हो। सुरुमा, केवल इङ्ल्यान्डमा मात्र बोलिने यो भाषा बेलायती साम्राज्य सँगसँगै बिश्वब्यापीकरण भएको हो ।

यो विश्वकै सबैभन्दा धेरै स्थानमा बोलिने भाषा मध्येमा एक हो ।अंग्रेजी भाषालाई विश्वका विभिन्न देशमा अन्तराष्ट्रिय भाषाको रूपमा पनि बोलिन्छ । यसो भएका कारण नेपालमा पनि अंग्रेजी भाषा अन्तराष्ट्रिय भाषाका रुपमा रहिआएको छ ।

यसको विश्वब्यापकताले नै सर्वसाधारण जनतादेखि नीति र निर्णायक नेतृत्वमा पुगेकाहरु पनि जानी नजानी कनिकुथी भएपनि अंग्रेजीमा बोल्ने प्रयास गर्दछन् । अझ नेतृत्वमा रहेकाहरुले त झन अन्तर्राष्ट्रिय फोरमहरुमा अंग्रेजी बोल्नु पर्ने अवस्था रहेको छ ।

तर पछिल्लो समय धेरै देशका नेताहरुले आफ्नै भाषालाई अन्तर्राष्ट्रियकरण गर्न थालेका छन् । उदाहरणका लागि हाम्रै छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी रहेका छन् । उनी राष्ट्रसंघदेखि आफू मैत्रीपूर्ण भ्रमणका लागि पुग्ने देशहरुमा समेत हिन्दी भाषामा नै अधिक सम्बोधन गर्ने गर्दछन् ।

मोदीजस्तै युरोपेली र चिनियाँ नेताहरुपनि भरसक आफ्नै मातृभाषामा बोल्ने गर्दछन् । तर नेपालका नेताहरुले यो हिम्मत अहिलेसम्म गर्न सकेका छैनन् ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top