NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ शुक्रबार जेष्ठ १० , २०८२
जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ? शुक्रबार जेष्ठ १० , २०८२
कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो बुधबार जेष्ठ ८ , २०८२
ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’ बुधबार जेष्ठ ८ , २०८२
के प्रधानमन्त्रीले भाग्न दिन आउँदैछ ? लिङ्देनले भाग्न हेलिकप्टर दिने बुधबार जेष्ठ ८ , २०८२
Next
Prev

समाचार

भारतीय युट्युबरको पहलगाम कनेक्सन ? अनुसन्धानमा के देखियो ?

सोमवार जेष्ठ ६ , २०८२
Reading Time: 1 min read
A A
Nepal Top
पाकिस्तानी जासुस भन्दै भारतीय युट्युबर पक्राउ
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

५ जेठ ,एजेन्सी ।

पाकिस्तानी जासुसीको आरोपमा पक्राउ परेकी भारतकको न्यू अग्रसेन कोलोनीकी युट्युबर ज्योति मल्होत्रासँग लगातार सोधपुछ गरिरहेको र केही महत्वपूर्ण जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ ।

प्रहरी सोधपुछमा पहलगाममा पर्यटकहरूमाथि भएको आक्रमण र अपरेशन सिन्दूरको समयमा आरोपित ज्योति मल्होत्रा पाकिस्तानी गुप्तचर अधिकारीहरूको सम्पर्कमा रहेको खुलेको बताएको छ ।

LS Auto

त्यो समयमा उनले के जानकारीहरू दिएकी थिइन् भन्ने विषयमा चाँही अहिले अनुसन्धान चलिरहेको प्रहरीलाई उदृत गर्दै भारतीय संचारमाध्यामहरुले उल्लेख गरेका छन् । प्रहरी अधिकारी शशाङ्क कुमार सावनले बताएअनुसार, अहिलेसम्मको अनुसन्धानमा ज्योति मल्होत्राको यात्राका क्रममा उनको आम्दानीभन्दा बढी खर्च देखिएको छ ।

उनीसँग यो पैसा कहाँबाट आयो, त्यसको गम्भीरतापूर्वक अनुसन्धान भइरहेको उनले बताएका छन् । यसबाहेक, साइबर सेल र इकोनोमिक सेलले ब्लगर ज्योति मल्होत्राको बैंक खाताको विवरण छानबिन गरिरहेका छन्।

साथै, ल्यापटप र मोबाइलको विवरण पनि जाँचिँदैछ। तीन दिनमा ल्यापटप र मोबाइलको सबै डेटा जाँच हुनेछ, त्यसपछि सबै कुरा स्पष्ट हुने प्रहरीले बताएको छ । पुलिस अनुसन्धानमा खुलेको छ कि पहलगाममा भएको हमलाअघि ब्लगर ज्योति मल्होत्रा जनवरीमा कश्मीर गएकी थिइन्।

त्यहाँको भिडियो पनि उनले इन्टरनेटमा सेयर गरेकी छिन्। पहलगाममा भएको हमलाअघि कश्मीर जानु र त्यसपछि पाकिस्तान गएको विषयमा पनि अनुशन्धान भइरहेको प्रहरीले बताएको छ।

उनी तीन पटक पाकिस्तान गइन् र त्यसपछि चीनपनि गएकी थिइन । ज्योतिसँगको सोधपुछका क्रममा प्रहरीले अन्य थुप्रै नम्बरहरू फेला पारेको र ती शंकास्पद नम्बरहरूमा ज्योतिको कुराकानी र च्याट हुने गरेको प्रहरीले दाबी गरेको छ ।

ज्योति तीन पटक पाकिस्तान गइसकेकी थिइन् भने चौथो पटक उनले पाकिस्तान जानका लागि भिसा आवेदन गरेकी थिइन् । भिसा लगाउनका लागि नै उनी ६ मार्चमा दिल्ली गएकी थिइन्। त्यहाँ पाकिस्तानी उच्चायोगमा भिसाका लागि आवेदन गरेकी थिइन्।

पुलिसले ज्योतिका सबै कागजातहरूको गहनतापूर्वक अनुसन्धान गरिरहेको बताएको छ । प्रहरीले ज्योतिको दिल्लीस्थित पाकिस्तानी उच्चायोगमा मित्रताका साथै पाकिस्तानी सेना र उच्च अधिकारीहरूसँग सम्पर्क ,पाकिस्तान र चीनको भिसा तुरुन्तै मिल्नु विलासी जीवनशैलीका कारण अनुसन्धान एजेन्सीहरूको शंका ज्योतिमाथि परेको र उनी निगरानीमा रहेको प्रहरीले बताएको छ।

युट्युबमा ट्राभल ब्लग चलाउने ज्योति मल्होत्रामाथि पाकिस्तानका लागि जासुसी गरेको आरोप लागेको छ। सिभिल लाइन्स पुलिस थानामा १६ मेमा दर्ता भएको एफआईआर अनुसार, २०२३ मा मल्होत्रा पाकिस्तानी उच्चायोगमा एहसान–उर–रहिम उर्फ दानिशको सम्पर्कमा आएकी थिइन्, जहाँ उनी छिमेकी देशको यात्राका लागि भिसा लिन गएकी थिइन्।

एफआईआरमा भनिएको छ कि मल्होत्राले दुई पटक पाकिस्तानको यात्रा गरेकी थिइन् र उनले दानिशका परिचित अली अहवानसँग भेट गरेकी थिइन्, जसले त्यहाँ उनको बस्ने व्यवस्था मिलाएका थिए।

यसमा भनिएको छ कि मल्होत्रा दिल्लीस्थित पाकिस्तानी उच्चायोगमा धेरै पटक दानिशसँग भेटिन् र उनी पाकिस्तानी गुप्तचर एजेन्सीहरूसँग सम्बन्धित व्यक्तिहरूको सम्पर्कमा रहेको खुलेको छ।

यसमा भनिएको छ कि अहवानले ज्योति मल्होत्राको पाकिस्तानी सुरक्षा तथा गुप्तचर अधिकारीहरूसँग भेटघाट गराएका थिए। ज्योति मल्होत्रा ह्वाट्सएप, टेलिग्राम र स्न्यापच्याटमार्फत उनीहरूसँग सम्पर्कमा थिइन् र संवेदनशील जानकारी दिने गर्थिन्।

अर्काेतर्फ पाकिस्तानविरुद्धको सैन्य अभियानबारे सामाजिक सञ्जालमा पोस्ट गरेको आरोपमा भारतमा एक विश्वविद्यालयका प्राध्यापक गिरफ्तार भएका छन् । युद्धविराम सम्झौता गरेको एक हप्ताभन्दा पछि यो घटना भएको अलजजिराले जनाएको छ ।

भारतको एक प्रतिष्ठित लिबरल आर्टस् विश्वविद्यालय अशोका विश्वविद्यालयको राजनीति विज्ञान विभागका सहायक प्राध्यापक अली खान महमूदाबाद गिरफ्तारीमा परेका हुन् । उनलाई आइतबार धार्मिक सद्भावमा प्रतिकूल प्रभाव पार्ने, सशस्त्र विद्रोह वा विध्वंसक गतिविधिहरू उत्तेजित गर्ने र धार्मिक विश्वासमा अपमान गर्नेजस्ता दण्डसंहिताका धाराअन्तर्गत गिरफ्तार गरिएको हो ।

भारतीय जनता पार्टी (भाजपा) युवा शाखाका महासचिव योगेश जठेरीले शनिबार गरेको उजुरीमा आधारमा उनविरुद्ध मुद्दा दर्ता गरिएको उल्लेख छ । हरियाणा राज्य महिला आयोगले महमूदाबादलाई भारतले पाकिस्तान र पाकिस्तान–प्रशासित कश्मीरमा गरेको सैन्य अभियानसम्बन्धी दैनिक प्रेस प्रत्रकार सम्मेलनको बारेमा गरेको टिप्पणीका आधारमा बोलाएको केही दिनपछि नै उनलाई गिरफ्तार गरिएको हो ।

भारतीय सेनाका कर्नेल सोफिया कुरेशी र विङ कमान्डर व्योमिका सिंहले मे ६मा सुरु गरिएको अभियान अपरेशन सिन्दूरसम्बन्धी पत्रकार सम्मेलन गरेका थिए । मे ८मा एक फेसबुक पोस्टमा महमूदाबादले लेखेका थिए, “म कर्नल सोफिया कुरेशीको प्रशंसा गर्ने धेरै दक्षिणपन्थी टिप्पणीकार देखेर धेरै खुसी छु । उनीहरूले मनोमानी ढंगले घर ध्वस्त पार्ने र भाजपाको घृणा फैलाउने नीतिका सिकार भएका अन्य भारतीय नागरिकको सुरक्षाको माग पनि गर्न सक्थे ।”“दुई महिला सैनिकहरूले आफ्ना प्रस्तुति दिँदै गरेको दृश्य महत्त्वपूर्ण छ, तर यी दृश्यहरूले वास्तविक जीवनमा परिणाम देखाउनुपर्छ, अन्यथा यो केवल पाखण्ड मात्र हो ।”

उनको यो पोस्टमा भारतीय सेनाकी मुस्लिम अधिकारी कुरेशी र मुस्लिमहरूविरुद्ध र कानुनी प्रक्रिया नपुगी उनीहरूका घरहरू ध्वस्त पार्नेजस्ता हमलातर्फ संकेत गरिएको थियो ।

Tags: #भारतीय नागरिक नै पाकको जासुस ?#भारतीय युट्युबर पक्राउ

लोकप्रीय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२

विचार

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२

थप समाचार

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ
अन्तर्राष्ट्रिय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा
ताजा समाचार

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत
अन्तर्राष्ट्रिय

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२
ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’
अन्तर्राष्ट्रिय

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’

बुधबार जेष्ठ ८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News:इयूसंग ट्रम्पको टकराव, इजरेली ड्रोनले हि*ज्बुल्लाह उडायो|| Nepal Times

World News:इयूसंग ट्रम्पको टकराव, इजरेली ड्रोनले हि*ज्बुल्लाह उडायो|| Nepal Times

00:14:24

World News:भारतले लगायो टर्कीएलाई प्रतिबन्ध,बंगलादेशमा उथलपुथल || Nepal Times

00:18:46

World News: इन्डिगोको फ्लाइटमा ‘टर्बुलेन्स’, अमेरिकामा इजरेली कर्मचारी असुरक्षित || Nepal Times

00:15:01

भारतीय ट्राभल एजेन्सी अमेरिकामा ब्याण्ड, चीन–पाकबीच नयाँ सहमति|| Nepal Times

00:12:47

पाकिस्तानमा चरम खाद्य असुरक्षा, इशाक डार चीनमा, बाइडेनलाई क्या*न्सर|| Nepal Times

00:10:26

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

तीन दिनसम्म वर्षा,आज कहाँ पर्दैछ पानी ?

तीन दिनसम्म वर्षा,आज कहाँ पर्दैछ पानी ?

मङ्लबार जेष्ठ ७ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

आज पनि मेघगर्जन चट्टयाङसहित वर्षा, सतर्क रहनु

आइतवार जेष्ठ ५ , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२

हालका पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.