×

NEPAL TIMES UPDATES

Playing
गगन थापाको १८ वर्षे संसदीय यात्रामा अमरेशले लगाए ब्रेक || Nepal Times
Mar 08, 2026
Playing
Election update रास्वपाले शतक(१००) पुर्यायो, अन्यको कति ? || Nepal Times
Mar 08, 2026
Playing
जनताले बनाए बालेन, अब बालेनले देश बनाउने अपेक्षा|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई झापामै हराइदिए बालेनले, अब प्रधानमन्त्री बन्ने || Nepal Times
Mar 07, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 07, 2026
Playing
रास्वपाको नीति लगानीकर्ताको सुरक्षा र स्वदेशमा लगानी सुनिश्चित बनाउनेमा केन्द्रित : रवि लामिछाने
Mar 07, 2026
Playing
भोली सरकारको हातमा पुग्छ जाँचबुझ प्रतिवेदन, ओली–लेखक जिम्मेवार ठहरिएलान् ?|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई भारी मतान्तरले पछि पार्दै प्रमाणपत्र ग्रहण।
Mar 07, 2026
Playing
नेपालको निर्वाचन निष्पक्ष र पारदर्शी भएको विदेशीको ठहर || Nepal Times
Mar 07, 2026
Playing
मोसादसंग मिलेर खामेनीलाई धो खा दिने जनरललाई Iranले दियो मृ त्युदण्ड || Nepal Times
Mar 07, 2026
Playing
सागरको ऐतिहासिक जित, सोवितालाई अहिलेसम्मकै धेरै मत || Nepal Times
Mar 07, 2026
Playing
यसरी सम्भव भयो फागुन २१ को निर्वाचन || Nepal Times
Mar 07, 2026
Playing
World News: इरानलाई कतारको चेतावनी, आत्मसमर्पण गर्न IRGCलाई ट्रम्पको धम्की || Nepal Times
Mar 07, 2026
Playing
‘मधेसी छौरा पिएम वन्नेवाला एैला’ || Nepal Times
Mar 07, 2026
Playing
०८२ मा अहिलेसम्म धेरै मत ल्याउने उम्मेदवारहरू को हुन् ?|| Nepal Times
Mar 07, 2026
Playing
Top 15 Afternoon News || Mar-07-2026 || Nepal Times
Mar 07, 2026
Playing
पुराना दलको पराजय: जनताको धैर्यको अन्त्य र नयाँ राजनीतिक युगको सुरुवात || Nepal Times
Mar 07, 2026
Playing
५० हजार बढी मतान्तरले विजयी भए रास्वपाका डा. लेखजंग || Nepal Times
Mar 07, 2026
Playing
अन्य दलको अग्रता भएका क्षेत्रमा रास्वपाको अवस्था कस्तो? पासा पल्टेला ?|| Nepal Times
Mar 07, 2026
Playing
समानुपातिकको सिट कसरी बाँडिन्छ ? थ्रेस होल्ड के हो ? || Nepal Times
Mar 07, 2026
Playing
बालेनको मत ३९ हजार नाघ्दा ओलीको कति? || Nepal Times
Mar 07, 2026
Playing
२७ क्षेत्रको नतिजा आउँदा कसले कहाँ जिते ? को अगाडि ?|| Nepal Times
Mar 07, 2026
Playing
आन्दोलन, जनअपेक्षा र इतिहास दोहोरिने डर उतिकै || Nepal Times
Mar 07, 2026
Playing
रास्वपा बहुमत नजिक , कांग्रेस ५ मा सीमित , अन्य दल कहाँ ? || Nepal Times
Mar 07, 2026
Playing
Nepal Election Update: रास्वपाको लहर, १७ जित र १०० क्षेत्रमा अग्रता – काठमाडौं क्लिन स्विप
Mar 07, 2026

चीनमा पहिरो नेपालमा बाढी, चीनमा ११ नेपालमा २० बेपत्ता

२४ असार २०८२
२४ असार , काठमाडौं ।
मंगलबार बिहान ठूलो धनजनको क्षति हुने गरि रसुवामा गएको आएको बाढी आउनुको कारण वर्षात् नभएको खुलेको छ ।  विश्व मौसम सङ्गठनको ‘फ्ल्याश फ्लड गाइडन्स सिस्टम’ का अनुसार भोटेकोशी जलाधार क्षेत्रमा सोमबार विहानदेखि सामान्य वर्षा भएको छैन।
बाढी आइसकेपछि पनि रसुवा र रसुवासंग जोडिएको तिब्बती क्षेत्रमा वर्षा भएको छैन । वर्षा नभइकन बाढी आउनुको अर्थ तिब्बतमा रहेका हिमतालहरु फुटेको स्पष्ट हुन्छ ।
तिब्बतका कुन हिमताल फुट्यो र त्यसबाट त्यहाँ कति धनजनको यकिन हुन सकेको छैन । चिनिया समाचार संस्थाहरुले दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्र, चीन र नेपाल बीचको सीमा नाका, ग्यारोङ बन्दरगाह नजिकै ठूलो पहिरो गएको र त्यसमामा परी चिनियाँ एघार जना र नेपाली छ जना चिनियाँ बेपत्ता भएको उल्लेख गरेका छन् ।
नेपालका जलवायुविज्ञपनि  त्यस भेगमा वर्षात्का कारण बाढी आएको नदेखिएको बताउँछन्। त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विषयका सहप्राध्यापक विनोद पोखरेल भन्छन्, “मैले तिब्बती क्षेत्रको मौसम पूर्वानुमान तथा भू–उपग्रह तथ्यांक विश्लेषण गर्दा बाढी आउनेगरी पानी परेको फेला पारिनँ। उक्त क्षेत्र त्यति ठूलो परिमाणमा बाढी आउनेगरी पानी पर्ने भूभाग नै होइन।”
जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशी पनि पानी परेर एक्कासि बाढी आएको नदेखिएको बताउँछन्। उनी भन्छन्, “हामी यस घटनाको कारणबारे अध्ययन गरिरहेका छौं, तर प्रारम्भिक अध्ययन गर्दा तिब्बतमा पानी परेर होइन, हिमताल विस्फोट वा अन्य दुर्घटनाका कारण बाढी आएको हुनुपर्छ।”
विभागको बाढी पूर्वानुमान महाशाखाले जारी गरेको विज्ञप्तिमा पनि वर्षाका कारण बाढी नआएको उल्लेख छ। विश्व मौसम संगठनको भू–उपग्रहमा आधारित प्रणाली मार्फत हेर्दा भोटेकोशी जलाधार क्षेत्रमा बितेको २४ घण्टामा पानी परेको नदेखिएको महाशाखाले जनाएको छ।
महाशाखाले भोटेकोशी नदी जलाधारको तिब्बतको क्षेत्रमा थुप्रै हिमताल रहेको र हिमताल विस्फोट भएको हुन सक्ने शंका गर्दै बाढीको यकीन कारण पत्ता लगाउन तथा असर आकलनका लागि भू–उपग्रह तस्वीर प्राप्तिको प्रक्रिया शुरू गरेको बताएको छ।
नेपालसंग जोडिएका तिब्बती क्षेत्रमा याला हिमनदी,लाङटाङ हिमनदी, खुम्बु हिमनदी, रोङबुक हिमनदी, लाइगु हिमनदीको साथै अनेकौं हिमतालहरु रहेका छन् ।
यी मध्ये कुन हिमतालमा विस्फोट भयो वा अचानक हिउं पग्लेर कुन हिमनदीको सतह एक्कासी बढ्दा मंगलबारको बाढी पहिरो आयो अझै यकिन हुन सकेको छैन ।
चिनियाँ सञ्चार माध्यमहरूले नेपाल चीन सीमामा रहेको मितेरी पुलबाट माथि तिब्बतको जिलोङ काउन्टीमा रहेको जिलोङ बन्दरगाह क्षेत्रमा पहिरो गएको बताएका छन् ।
चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाको हवाला दिँदै चिनियाँ सञ्चार माध्यमहरूले जिलोङ बन्दरगाह क्षेत्रमा पहिरो गएको बताएका छन् । नेपाल चीन सीमा क्षेत्रमा तिब्बती समयअनुसार बिहान करिब ५ बजेतिर पहिरो गएको चिनियाँ सञ्चारमाध्यमहरूले लेखेका छन् ।
यो पहिरोमा परेर ११ जना चिनियाँ र ६ जना नेपाली हराएको उनीहरूले लखेका छन् । अत्यधिक पानी परेर पहिरो गएको हो वा सुक्खा  पहिरो गएको हो चिनियाँ सञ्चार माध्यमहरूले लेखेका छैनन् ।
साइन्सडाइरेक्टमा प्रकाशित लेख अनुसार जिलोङ क्षेत्र पहिरोको उच्च जोखिम भएको क्षेत्र हो ।   रसुवाको बाढीबारे चीनको मुखपत्र ग्लोबल ठाइम्सले लेखेको छ ,मंगलबार बिहानै उत्तरी नेपालको रसुवा जिल्लामा अविरल वर्षाका कारण आएको बाढीले ठूलो क्षति पु¥याएको छ।
नेपालका लागि चिनियाँ दूतावासका अनुसार, सीमा क्षेत्रको नेपाली भूभागमा रहेको चीन–सहयोगी एक निर्माण परियोजनामा कार्यरत छ जना चिनियाँ कर्मचारी र आठ जना नेपाली कामदार बेपत्ता भएका छन्।
सिन्ह्वा समाचार एजेन्सीका अनुसार, नेपाली सेना र प्रहरीले हाल आपतकालीन उद्धार कार्य सञ्चालन गरिरहेको ग्लोबल टाइम्सले लेखेको छ । स्थानीय अधिकारीहरूका अनुसार, मंगलबार बिहान चीन–नेपाल सीमामा रहेको जिरोङ पोर्ट (केरुङ नाका) क्षेत्रमा पहिरो जाँदा कुल १७ जना बेपत्ता भएको रिपोर्ट गरिएको छ, सिन्ह्वाले जनाएको छ।
यस्तै  चीनको सरकारी टेलिभिजन  सीसीटिभीले रिपोर्ट गरे अनुसार, मंगलबार बिहानै सीमा क्षेत्रमा “पहिरोको विपत्ति“ आएको थियो, जसमा चीनतर्फ ११ जना बेपत्ता भएका छन्।
सीसीटिभीले बताएअनुसार, यो संख्या नेपालतर्फ बगाएका छ जना चिनियाँ निर्माण मजदुर बाहेकको हो। प्रहरीले बताएअनुसार, ९५ जना उद्धारकर्मीहरू पहिले नै त्यस क्षेत्रमा खटिएका छन् र थप उद्धारकर्मीहरू उद्धार कार्यमा सामेल हुने अपेक्षा गरिएको छ।
बाढीमा फसेका मानिसहरूलाई उद्धार गर्न सेनाको हेलिकप्टर प्रयोग गरिएको  समाचारमा उल्लेख छ ।  संयुक्त राष्ट्रसंघको विश्व मौसम संगठनले गत वर्ष बढ्दो तीव्र बाढी र खडेरीलाई जलवायु परिवर्तनले पृथ्वीको जलचक्रलाई झन् अप्रत्याशित बनाउँदै लगेकाले भविष्यमा आउन सक्ने विपत्तिको “खतराको संकेत“ भनेको थियो।
काठमाडौंस्थित अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र  एसिमोडले गत जुन महिनामा समुदायहरूले यस मनसुनमा अझ बढी विपद्को जोखिम सामना गर्नुपर्ने चेतावनी दिएको  समेत उल्लेख गर्दै भनिएको छ, “बढ्दो तापक्रम र अत्यधिक वर्षाले बाढी, पहिरो र लेदो बग्ने जस्ता पानीजन्य विपद्को जोखिम बढाउँछ,“ ।
 यता  बाढीमा परी अहिलेसम्म २० जना बेपत्ता भएको  नेपालको शसस्त्र प्रहरीले जनाएको छ ।  हालसम्म ७ जनाको शव फेला परेको छ भने २० जना अझै सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ ।
हराइरहेका मध्ये ३ जना प्रहरी, ६ जना चिनियाँ नागरिक र ११ जना सर्वसाधारण छन् । उद्धार कार्य जारी रहेको र अहिलेसम्म ५५ जनाको सकुशल उद्धार गरिएको छ ।
बाढीका कारण सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमध्ये गोसाइँकुण्ड गाउँपालिका (१, २, ३), आमाछोदिङ्मो गाउँपालिका (१, २, ४, ५), उत्तरगया गाउँपालिका (२, ४, ५), र कालिका गाउँपालिका १ रहेका छन् ।
पछिल्लो  अपडेटअनुसार गोरखाका २ जना पनि सम्पर्कबिहीन भएको जानकारी आएकाले बेपत्ताको संख्या २० पुगेको रसुवा प्रहरीले जनाएको हो ।
प्रहरीका गोरखाको पालुङ्टा नगरपालिका ६ का डीलबहादुर तामाङ र धनबहादुर तामाङ पनि बेपत्ता भएका हुन् ।   रसुवामा निर्माणाधीन टिमुरे सुक्खा बन्दरगाहका १४ कामदार बेपत्ता भएका छन् ।
नेपाल इन्टरमोडल विकास समितिले सार्वजनिक गरेको विवरण अनुसार बाढीमा १४ जना कामदार बेपत्ता पुष्टि गरेको हो । बेपत्ता हुनेमा ८ नेपाली र ६ चिनियाँ कामदार छन् ।
बाढीका कारण निर्माणाधीन टिमुरे सुक्खा बन्दरगाहमा ६० प्रतिशत भौतिक क्षति भएको पाइएको छ । यस्तै, बाढीले रसुवागढीमा १०० वटा भन्दाधेरै गाडी बगाएको छ ।
त्यस्तै ईभी चार्जिङ स्टेशन पूर्ण रुपमा ध्वस्त भएको छ । भन्सार कार्यालय र ट्रान्सपोर्ट यार्डमा क्षति पुगेको प्रहरीले जनाएको छ । रसुवागढी हाइड्रोपावरको ड्याम क्षतिग्रस्त छ ।
त्यस्तै गोसाइँकुण्ड–पासाङल्हामु सडक अवरुद्ध भएको छ । उक्त सडकखण्ड चर्किएको र धुन्चेदेखि टिमुरेसम्म सवारी आवागामन ठप्प रहेको पनि प्रहरीले जनाएको छ ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top