Deprecated: Function WP_Dependencies->add_data() was called with an argument that is deprecated since version 6.9.0! IE conditional comments are ignored by all supported browsers. in /var/www/html/wp-includes/functions.php on line 6131 नोबेल पुरस्कारको दौडमा ट्रम्प, शान्तिदूत कि युद्धका खेलाडी ? - NepalTimes

NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता शुक्रबार माघ २ , २०८२
इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो शुक्रबार माघ २ , २०८२
रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट शुक्रबार माघ २ , २०८२
देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन शुक्रबार माघ २ , २०८२
बालेन झापा जाने भएपछि आत्तिए ओली, भने लुसिफरले धाक नदिनु शुक्रबार माघ २ , २०८२
Next
Prev

समाचार

नोबेल पुरस्कारको दौडमा ट्रम्प, शान्तिदूत कि युद्धका खेलाडी ?

शुक्रबार असार २७ , २०८२
Reading Time: 1 min read
A A
अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२७ असार , काठमाडौ ।

गत २१ जुनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसलमा गरेको एउटा पोस्ट भाइरल बन्यो । त्यो भाइरल पोस्टको सार थियो– ‘विश्वशान्तिकालागि धेरै प्रयास गरेको भएपनि मैले नोबेल शान्ति पुरस्कार पाउँदिन । ’सो पोस्टमा उनले आफूद्वारा विश्वशान्तिका लागि गरिएका प्रयासबारे जिकिर गरेका छन् ।

कङ्गो र रुवान्डाबीच भएको सम्झौतादेखि लिएर भारत र पाकिस्तान बीचको युद्ध रोक्न आफूलेखेलेको भूमिका, सर्बिया र कोसोवो बीचको युद्ध रोक्न खेलेको भूमिका, इजिप्ट र इथियोपिया बीचको सम्झौता, अब्राह्म सम्झौता लगायतको चर्चा गर्छन् र यो कुनै पनि प्रयासका लागि नोबेल पुरस्कार समितिले शान्ति पुरस्कार आफूलाई नदिनेमा विश्वस्त रहेको दोहो¥याउँछन् ।

उनको जिकिरले नोबेल शान्ति पुरस्कारप्रतिको उनको मोहलाई प्रस्ट्याउँछ । अमेरिकी राष्ट्रपति ट्रम्पलाई नोबेल शान्ति पुरस्कार पाउने औधी इच्छा छ भन्ने उनको यो भित्री अभिव्यक्ति हो ।

उनले यसअघि पनि धेरै पटक आफ्नो इच्छा सार्वजनिक गरिसकेका छन् । उनको यो पछिल्लो पोस्टपछि पाकिस्तान सरकारले सार्वजनिक रुपमै अमेरिकी राष्ट्रपति ट्रम्पको नाम सन् २०२६ को नोबेल शान्ति पुरस्कारकालागि सिफारिस गरेको छ ।

तर पाकिस्ताने ट्रम्पको नाम सिफारिस गरेको केही घण्टा नबित्दै अमेरिकाले इरानमाथि बमबारी गर्छ र पाकिस्तान सरकार पुनःएकपटक अमेरिकी आक्रमणको निन्दामा उत्रन्छ ।

केही पाकिस्तानी अधिकारीहरु ट्रम्पको नाम शान्ति पुरस्कारका लागि सिफारिस गर्ने पाकिस्तान सरकारको निर्णयप्रति आलोचना गर्छन् तर पाकिस्तान सरकार आफ्नो निर्णयमा अडिग नै छ ।

यसअघि एक युक्रेनी सांसदले ट्रम्पको नाम नोबेल शान्ति पुरस्कारका लागि मनोनयन गरेका थिए । तर पछि उनले मनोनयन फिर्ता लिएका थिए । ट्रम्पको सारा ध्यान मध्यपूर्वमा रहेको र रुस–युक्रेन युद्धलाई बेवास्ता गरेको ती युक्रेनी सांसदको भनाइ थियो ।

ट्रम्पको नाम नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गर्दा पाकिस्तानले दिएको तर्क अहिलेसम्म सर्वस्वीकार्य बन्न सकेको छैन । २२ अप्रिल २०२५ मा भारतको कश्मिरस्थित पहलगाममा भएको आक्रमणपछि सुरु भएको भारत–पाकिस्तान युद्ध रोक्न अमेरिकाले मध्यस्थता गरेको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी छ ।

पाकिस्तानले पनि सो युद्ध रोक्न अमेरिकाको पहल महत्वपूर्ण रहेको भन्दै ट्रम्पको नाम सिफारिस गरेको हो । तर भारतले अमेरिकाको दाबीलाई खण्डन गर्दै आएको छ । पाकिस्तानसँगको युद्धविरामको निर्णयमा अमेरिकाको कुनै भूमिका नरहेको भारतको जिकिर छ ।

पाकिस्तानसँगको मामिलामा कुनै पनि तेस्रो पक्षको भूमिका वा मध्यस्थता अस्विकार्य हुने आफ्नो विदेश नीतिमा भारत अडिग रहेको सन्दर्भ भारतीय प्रधानमन्त्रीले बारम्बार दोहो¥याएका छन् ।

पाकिस्तानपछि ट्रम्पको नाम नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गर्ने राष्ट्र इजरायल बनेको छ । मध्यपूर्वमा शान्तिका लागि गरेको प्रयास र इरान–इजरायल युद्ध रोक्न गरेको मध्यस्थतालाई ध्यानमा राख्दै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले ट्रम्पको नाम सिफारिस गरेका हुन् ।

उनले नोबेल पुरस्कार समितिमा पठाएको पत्रको प्रतिलिपि ट्रम्पलाई हस्तान्तरण गरिसकेका छन् । यसका अतिरिक्त अन्य केही अमेरिकी र विदेशी राजनीतिज्ञहरुले पनि ट्रम्पको नाम सन् २०२६ को नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गरेका छन् ।

फेरि किन अमेरिकी राष्ट्रपति ट्रम्प आफूले पुरस्कार पाउनेमा विश्वस्त छैनन् त ?यो प्रश्नको दुईवटा सिधा जवाफ छन् । एक यसअघि नोबेल शान्ति पुरस्कारका लागि मनोनित हुनु तर पुरस्कार नपाउनु ।

दोस्रोजवाफ हो स्वयं उनको विवादास्पद व्यक्तित्व । ट्रम्प पहिलो पटक नोबेल शान्ति पुरस्कारका लागि मनोनित भएका होइनन् । यस अघि सन् २०१८, सन् २०२० र सन् २०२३ गरी तीन पटक मनोनित भइसकेका छन् ।

तर उनले पुरस्कार पाउन सकेका छैनन् । अघिल्ला वर्षहरुको व्यवहार हेरेर हुनसक्छ ट्रम्प आफूले पुरस्कार पाउँछु भन्नेमा विश्वस्त छैनन्।
अर्कोतिर ट्रम्पको व्यक्तित्व, अनुदार र कट्टर नेताको रुपमा चित्रित छ ।

राष्ट्रपतिको चुनाव जितेपनि उनीखासै लोकप्रिय र जनप्रिय नेता होइनन् । आफ्ना नीति र भड्काउ तथा आपत्तिजनक बयानका कारण उनी आलोचनाकै घेरामा रहन्छन् ।

अमेरिकाको ४७ औं राष्ट्रपतिका रुपमा कार्यरत ट्रम्पको राष्ट्रपतिको रुपमा यो दोस्रो कार्यकाल हो ।सन् २०१७ देखि सन् २०२१ सम्म ४५ औं राष्ट्रपतिको रुपमा उनको पहिलो कार्यकाल थियो ।

रिपब्लिकन नेता ट्रम्पको विदेश नीति अघिल्लो पटक र अहिले पनि आलोचनामा देखिन्छ । उनी धेरैले कट्टर विचार भएको र अतिवादी सोचका व्यक्ति भनेर आम मान्छेको बुझाई छ ।

आप्रवासीका बारेमा उनको सोच र नीति मानवताविरोधी हुन् भनेर आलोचना हुने गरेको छ । उनको पहिलो कार्यकाल र अहिले चल्दै गरेको कार्यकालको मुख्य एजेण्डा अमेरिकाबाट आप्रवासीहरु लखेट्ने देखिन्छ ।

जसले एकातर्फ ठूलो समर्थन त पायो, तर अर्कोतर्फ अमेरिकी जनताको ठूलै जमात उनको विरुद्धमा छ । आप्रवासी मात्र नभएर अल्पसंख्यक समुदायहरुका लागि आफ्नो रुढिगत र अनुदार सोचका कारण पनि उनी विवादमा आइरहन्छन् ।

यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका लागि उनले दिएका कतिपय अभिव्यक्ति आपत्तिजनक छन् । आफ्नै देशमा सबैको साझा, लोकप्रिय, जनप्रिय र स्वच्छ छवि बनाउन नसकेका ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि छनौट हुने सम्भावना कमै हुन सक्छ ।

ट्रम्पका नीतिले शरणार्थी कार्यक्रमलाई पनि नराम्ररी प्रभावित गरेको छ । द्वन्द्वरत देशहरुबाट प्रक्रिया पुरा गरेर शरणार्थीका रुपमा अमेरिका जानेहरुका लागि ट्रम्प प्रशासन उदार देखिदैन ।

पूर्वराष्ट्रपति जो वाइडेनको कार्यकाल सन् २०२४ मा एक लाख शरणार्थी अमेरिका पुगेका थिए । तर ट्रम्पले पदभार ग्रहण गरेलगत्तै शरणार्थी कार्यक्रम रोके । ट्रम्पको यो व्यवहारलाई विभेदकारी भनि आरोप लगाइको छ ।

बीबीसीको एक रिर्पोट अनुसार गत जनवरीमा शरणार्थी कार्यक्रम रोकेका ट्रम्पले फेब्रुअरीमा भने दक्षिण अफ्रिकाका श्वेतहरुमाथि उनीहरुको देशमा नश्लीय विभेद भएको भन्दै शरणार्थीका रुपमा अमेरिका आउने बाटो खोलेका थिए ।

यसै कार्यक्रम अनुरुप अफ्रिकानर, अर्थात श्वेत दक्षिण अफ्रिकीहरु शरणार्थीका रुपमा अमेरिका पुगे । सबै प्रक्रिया पुरा गरिसकेका र लामो समयदेखि पर्खिरहेका अन्य देशका शरणार्थीका लागि यो दुःखमाथि थपिएको अर्को दुःख थियो ।

मानवअधिकारवादी विभिन्न संघसंगठनहरुले पनि कसैलाई काखा कसैलाई पाखा गरिन नहुने भनाइ राखे । कुनै एउटा समूहले सहयोग पाउने, तर चरम उत्पीडन, दमन र हिंसामा परेका अनि गम्भीर जोखिमको सामना गरिरहेकाहरुले सोही प्रकृतिको सहयोग नपाउनु निष्पक्षता र समानताको सिद्धान्त विपरित हुने उनीहरुको तर्क थियो ।

उनको दोस्रो कार्यकालयमा निकै चर्चा र विवादमा रहेको अर्को प्रसंग आर्थिक नीति हो । उनले करसम्बन्धी लिएका निर्णयहरुले सारा विश्वको अर्थतन्त्र प्रभावित छ ।

चीनसँग व्यापार युद्धको जस्तो अवस्थामै पुगेको अमेरिकाले विभिन्न साना देशहरुका लागि पनि करको दायरा निकै बढाएको छ । ट्रम्पको यो नीति धेरैका लागि सर्वस्वीकार्य छैन ।

यस बाहेक वैश्विक समस्याको रुपमा रहेको ग्लोबल वार्मिङ र क्लाइमेट चेञ्ज जस्ता मुद्दामा पनि ट्रम्प फरक धारमा उभिन्छन् । साझा वैश्विक समस्याको रुपमा रहेका यी मुद्दाहरुबाट धेरै पटक पन्छिन खोजेको र यी समस्याको अस्तित्व नै स्वीकार्न नचाहेको उनका विगतका अभिव्यक्तिहरुले प्रस्ट्याउँछ ।

विश्व स्वास्थ्य संगठन जस्ता संस्थाहरुलाई दिने गरेको अनुदान र अन्य अन्तर्राष्ट्रिय अनुदानहरुमा गरेको कटौती पनि विवादको विषय रहेको छ ।

यी तथ्यहरु डोनाल्ड ट्रम्पका लागि नोबेल शान्ति पुरस्कार पाउने चाहनामा बाधक बनेर खडा भएका छन् । नोबेल शान्ति पुरस्कार पाउने ट्रम्पको चाहना विरोधाभासले भरिएको छ ।

उनले आफूलाई शान्तिप्रिय बताइरहे पनि रुस र युक्रेन युद्ध अनि प्यालेस्टाइनको गाजा क्षेत्रमाथि इजरायलको आक्रमण ट्रम्पले नचाहेकै कारण नरोकिएको कुरा कसैसँग लुकेको छैन ।

नोबेल शान्ति पुरस्कार पाउने पछिल्लो अमेरिकी राष्ट्रपति बाराक ओबामा हुन् । बाराक ओबामा तिनै राष्ट्रपति हुन् जसको विदेश नीतिलाई ट्रम्पले सधैँ आलोचना गर्छन् ।

एकातर्फ आफूले नोबेल शान्ति पुरस्कारको चाह राख्ने, अर्कातर्फ जुन विदेश नीति र युद्ध नीतिले ओबामालाई नोबेल शान्ति पुरस्कार दिलायो, त्यसको विरोध गर्ने, यी दुई कुरा पनि एक–आपसमा मेल खाँदैनन् ।

हालसम्म चार जना अमेरिकी राष्ट्रपतिले नोबेल शान्ति पुरस्कार पाएको इतिहास छ ।सन् १९०६ मा थियोडोर रुजबेल्ट, सन् १९१९ मा उड्रो विल्सन, सन् २००२ मा जिम्मी कार्टर र सन् २००९ मा बाराक ओबामाले विश्व प्रसिद्ध नोबेल शान्ति पुरस्कार प्राप्त गरिसकेका छन् ।

यस पटक ट्रम्पले यो पुरस्कार प्राप्त गर्न सके नोबेल शान्ति पुरस्कार पाउने उनी पाँचौ अमेरिकी राष्ट्रपति हुनेछन् । युद्ध रोक्न वा विश्व शान्तिका लागि उनले केही महत्वपूर्ण प्रयास नगरेका भने होइनन् ।

सन् २०२० मा ट्रम्पको अध्यक्षतामा अब्राह्म सम्झौता भएको थियो । अमेरिका, इजरायल र युएईबीच भएको यो सम्झौताले पश्चिम एसियाको राजनीतिमा धेरै प्रभाव पारेको छ ।

यो सम्झौता पछि इजरायललाई युएई, बहराइन, सुडान र मोरक्कोले मान्यता दिएको थियो । जसका कारण यी देशहरुसँग इजरायलको कुटनीतिक तथा व्यापारिक सम्बन्ध सुरु हुन सक्यो ।

यस सम्झौतापछि मध्यपूर्वको संकट धेरै हदसम्म समाधान हुने आश राखिएको थियो । तथापि यस सम्झौताले इजरायल र प्यालेस्टाइन बीचको द्वन्द्व रोक्न सकेन ।

नोबेल शान्ति पुरस्कारका लागि फेब्रुअरी महिनासम्म मनोनयन दर्ता गराउन मिल्छ । अक्टोबरमा नोबेल पुरस्कार छनोट समितिले विजेताको नाम घोषणा गर्छ ।

डिसेम्बर १० मा पुरस्कार समारोह आयोजना गरिन्छ । नोबेल शान्ति पुरस्कारको लागि मनोनयन वा सिफारिस गर्ने व्यक्ति वा संस्थाका लागि पनि कुनै खास मापदण्ड छैन ।

कुनै देशको कार्यकारी पदमा रहेका व्यक्तिदेखि विदेश नीतिमा दखल राख्ने प्राध्यापक वा कुटनीतिज्ञसम्मले स्वविवेकका आधारमा कसैको नाम सिफारिस गर्न पाउँछन् ।

हरेक वर्ष सैयौंको संख्यामा नोबेल शान्ति पुरस्कारका लागि नाम सिफारिस गरिन्छ । तर मनोनयनमा परेकाको नाम ५० वर्षसम्म समितिले सार्वजनिक गर्दैन ।

Tags: #नोबेल पुरस्कार#शान्तिदूत कि युद्धका खेलाडी ?

लोकप्रीय

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

शुक्रबार माघ २ , २०८२
अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

शुक्रबार माघ २ , २०८२
हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

शुक्रबार माघ २ , २०८२

विचार

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

शुक्रबार माघ २ , २०८२
अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

शुक्रबार माघ २ , २०८२
हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

शुक्रबार माघ २ , २०८२

थप समाचार

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता
समाचार

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

शुक्रबार माघ २ , २०८२
अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति
समाचार

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

शुक्रबार माघ २ , २०८२
हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?
समाचार

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

शुक्रबार माघ २ , २०८२
बालेनको सबैलाई शुभकामना,ओलीविरुद्ध उम्मेदवारीको तयारी
समाचार

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

शुक्रबार माघ २ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Afghanistanमा चिनियाँलक्षित वि**स्फोट, गा*जा पिस बोर्डमा Putinलाई निम्ता || Nepal Times

World News: Afghanistanमा चिनियाँलक्षित वि**स्फोट, गा*जा पिस बोर्डमा Putinलाई निम्ता || Nepal Times

00:22:25

World News: सिरियाली गृह यु द्धको अन्त्य, इराकबाट अमेरिकी सेना फिर्ता || Nepal Times

00:23:36

World News: ‘ट्रम्प अप रा धी’, हजारौंको मृत्युमा खामेनीको स्वीकार, अमेरिका–युरोप आमनेसामने

00:22:49

World News: इरान र इजरेलका नेतासँग पुटिनको वार्ता, पाकिस्तानका १५२ सांसद निलम्बित || Nepal Times

00:19:07

World News: ग्रिनल्याण्ड नेटो सेनाले घेर्याे, रुस पनि एक्सनमा, गाजामा बन्यो सरकार || Nepal Times

00:32:43

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

शुक्रबार माघ २ , २०८२
भेनेजुएला र क्यूबा भएको ’भिसा बन्ड’ सूचीमा नेपाललाई किन राखियो ?

अमेरिकाले नेपालसहित ७५ देशका लागि रोक्यो भिसा

बिहिबार माघ १ , २०८२
फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

बिहिबार माघ १ , २०८२

हालका पोस्टहरू

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

शुक्रबार माघ २ , २०८२
अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

शुक्रबार माघ २ , २०८२
हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

शुक्रबार माघ २ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.