२९ असार , काठमाण्डौ ।
युद्धविराम भएको केही साताहरु बितिसकेपछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले दाबी गरेका छन् कि इरान परमाणु बम बनाएर उनको देशमा हमला गर्ने तयारीमा थियो ।
नेतन्याहुले अमेरिकी मिडिया आउटलेट फक्स न्यूजमा दिएको एक अन्तर्वार्तामा यस्तो दाबी गरेका हुन् । शनिवार प्रसारित सो अन्तर्वार्तामा नेतन्याहूले इरानका साथ भएको युद्धका बारेमा कुरा गरेका थिए ।
उनले भने, हिजबुल्लाहको पतन र धुरी शक्तिहरु जस्तो कि सिरियामा सत्ता पलटपछि इरानी इस्लामिक रिभोल्यूशरी गार्ड कप्र्स (आइआरजीसी)ले देशमा संवर्धित गरिएको यूरेनियमबाट एटम बम बनाउन जुटेको थियो ।
नेतन्याहू अगाडि भने, ’हामीले यसलाई देख्यौं । हामीले भनेका थियौं कि एक वर्षभित्र उनीहरुसंग परमाणु बम हुनेछ र उसले यसको प्रयोग गर्नेछ । अन्य परमाणु शक्तिहरुका विपरीत, इरानले वास्तवमा यसको प्रयोग गथ्र्यो र हामीलाई सखाप पार्ने उसकोे योजना थियो’ ।
गाजामा युद्ध र त्यहाँ रहेका बंधकहरुका बारेमा सोधिएको प्रश्नमा नेतन्याहूले भने, ’हामी उनीहरुलाई हानी नपुर्याउनका लागि हरसंभव प्रयास गरिरहेका छौं’ ।
इजरायली प्रधानमंत्रीले भने, इजरायल नागरिक मृत्युबाट बच्नका लागि हरसंभव प्रयास गर्छ तर हमास यसलाई उल्ट्याउनका लागि सकेको जति प्रयास गर्छ ।
अन्तर्वार्तामा नेतन्याहूलाई सोधिएको थियो कि यदी उनले इतिहासमा कुनै व्यक्तिसंग भेट्ने मौका पाए कोसंग भेट्न रुचाउँछन् । यसमा उनले बिना हिच्किचाहट जवाफ दिए,– ’थियोडोर हर्जल।’
अस्ट्रियाली–हंगेरियन पत्रकार, वकील र लेखक थियोडोर हर्जललाई आधुनिक यहूदीवादको जनक मानिन्छ । उनले पहिलो पटक यहूदिहरुका लागि अलग देशको अवधारणा राखेका थिए ।
नेतन्याहूले भने, ’हर्जल ३६ वर्षका थिए, जब उनले भनेका थिए कि यूरोपमा यहूदी–विरोधी शक्तिहरुले यहूदी मानिसहरुको सफाया गरिदिनेछन् । यसको एकमात्र समाधान, यदी हामीले आफ्नो पैतृक भूमि (जेरुशलमको क्षेत्र) मा एक यहूदी राज्यलाई पुनर्जीवित गर्यौं र सो भूमीलाई कहिले पनि छाडेनौ भने । हर्जललाई सम्झदै नेतन्याहुले अगाडि भने, ’४४ वर्षको उमेरमा उनको मृत्यु भयो । त्यसअघि ८ वर्षको अवधिमा उनले यहूदीहरुमा यो अविश्वसनीय चिंगारी जलाएका थिए कि ५० वर्षपछि एक यहूदी राज्य बन्नेछ।’
यहुदी राज्यका लागि आफ्नो प्रेम र युद्ध नगरेको भए इरानले सोही राज्यलाई परमाणुले उडाउन लागेको नेतन्याहुले दाबी गरिरहँदा यता इजरायली हमलाका क्रममा इरानी राष्ट्रपति घाइते भएको पनि खुलेको छ ।
१२ दिने युद्धका क्रममा इरानका राष्ट्रपति मसूद पेजेश्कियान इजरायली हमलामा घाइते भएको खुलेको हो । आइआरजीसीसंग जोडिएको फार्स न्यूज एजेंसीले आइतबार यो जानकारी दिएको हो ।
यसमा भनिएको छ कि १६ जूनमा इरानी राजधानी तेहरानमा भएको इजरायली हमलामा राष्ट्रपति पेजेश्कियान घाइते भए तर सामान्यरुपमा ।
यो हमला त्यतिबेला भएको थियो जतिबेला राष्ट्रपति पेजेश्कियान वरिष्ठ ईरानी अधिकारीहरुका साथमा तेहरानमा बैठकमा सहभागि थिए । हमलामा बैठकमा भाग लिएका कयौं सदस्यहरु पनि घाइते भएका थिए ।
फार्स न्यूज एजेंसीको रिपोर्टका अनुसार, हमलाका क्रममा पेजेश्कियानको खुट्टामा चोट लागेको थियो । यो बैठक युद्ध शुरू भएको चार दिनपछि १६ जूनमा तेहरानको पश्चिमी क्षेत्र स्थित एक भवनमा आयोजना गरिएको थयो ।
सो भवनको तल्लो भागमा भएको यो बैठकमा ईरानी राष्ट्रपतिसहित संसद अध्यक्ष र न्यायपालिकाका प्रमुखले पनि भाग लिएका थिए । रिपोर्टमा भनिएको छ कि यो अपरेशन हिजबुल्लाह चीफ हसन नसरल्लाहको हत्याका बेला जस्तै थियो ।
इजरायलले लेबनानको ईरान समर्थित चरमपंथी समूह हिजबुल्लाहका तत्कालीन प्रमुख हसन नसरल्लाहको बेरूत स्थित मुख्यालयमा नै हत्या गरेको थियो ।
हसन नसरल्लाहलाई त्यो बेला निशाना बनाइएको थियो जब उनी समूहको शीर्ष कमांडरहरुका साथमा अंडरग्राउंड मुख्यालयमा बैठकमा थिए ।