NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ? मङ्लबार मंसिर ९ , २०८२
अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए मङ्लबार मंसिर ९ , २०८२
प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै मङ्लबार मंसिर ९ , २०८२
अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक मङ्लबार मंसिर ९ , २०८२
ओली अन्ततः चुनावमा भाग लिन तयार, दल दर्ता हुँदै, आयोग भने नमान्ने मङ्लबार मंसिर ९ , २०८२
Next
Prev

समाचार

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
Reading Time: 1 min read
A A
कम्बोडियाले किन माग्यो युद्धविराम ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
१० साउन , काठमाण्डौं ।
युद्धविरामको आह्वान भइरहँदा पनि थाईल्यान्ड र कम्बोडियाबीच सीमा क्षेत्रमा भइरहेको भिडन्त तेस्रो दिनसम्म पनि जारी रहेको छ । शनिबार थप नयाँ स्थानमा तनाबहरु देखिएका छन् । योसँगै विस्तारै युद्धग्रस्त क्षेत्र लम्बिंदै गएको छ ।
दुवै पक्षले आफूहरू आत्मरक्षामा कारबाहीमा उत्रिएको दाबी गर्दै, एक–अर्कालाई युद्ध रोक्न र वार्तामा बस्न आह्वान गरेका छन् । पछिल्ला १३ वर्षमा यी दक्षिणपूर्वी एसियाली छिमेकीबीच भएको यो सबैभन्दा ठूलो हिंसात्मक झडप हो, जसमा हालसम्म कम्तीमा ३० जनाको ज्यान गइसकेको छ र १ लाख ३० हजारभन्दा बढी मानिसहरू विस्थापित भएका छन् ।
शनिबार बिहान थाई नौसेनाले समुद्री प्रदेश त्राटमा झडप भएको जनाएको छ, जुन लामो समयदेखि विवादित रहेको सीमाको अन्य झडपस्थलहरूभन्दा करिब १०० किलोमिटर टाढा रहेको नयाँ मोर्चा हो ।
मे महिनाको अन्त्यतिर भएको एउटा छोटो झडपमा एक कम्बोडियाली सैनिकको ज्यान गएपछि दुई देशबीच तनाव चर्किएको हो । त्यसयता दुवै पक्षका सैनिकहरू सीमामा थपिएका छन्, र यस तनावले थाइल्याण्डको नाजुक गठबन्धन सरकारलाई नै पतनको संघारसम्म पु¥याउने गरी कूटनीतिक संकट सिर्जना गरिदिएको छ ।
शनिबारसम्म थाइल्याण्डमा मृत्यु हुनेको सङ्ख्या १९ नै कायम रहेको छ, भने कम्बोडियाली रक्षा मन्त्रालयका प्रवक्ता माली सोचेताले भिडन्तमा पाँच जना सैनिक र आठ जना सर्वसाधारण गरी १३ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।
थाइल्याण्डको सिसाकेत प्रान्तको कान्थ्रालाक जिल्लामा भएका झडपहरू पछि सहरनै खाली भएको दाबि गरिहएको छ । एक होटल कर्मचारी चियानुवत थालाको भनाइ उदृत गर्दै रोयटर्सले जनाए अनुसार सहर लगभग खाली भइसकेको छ ।
चयानुवत थालाले भने ‘प्रायः सबैजना यहाँबाट गइसकेका छन्, यो सहर प्रायः सुनसानजस्तै भइसकेको छ।’ ३१ वर्षका चियानुवत थालालाईले रोयटर्ससँग भने। ‘मेरो होटल अझै खुलै छ, विशेषगरी सीमावर्ती क्षेत्रमा बस्नुपर्ने केही व्यक्तिहरूका लागि।’
शुक्रबार संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठकमा थाइल्याण्डका राजदूतले बताएअनुसार जुलाईको मध्यदेखि हालसम्म दुईपटक थाई भूभागमा हालसालै गाडिएका बारुदी सुरुङ विस्फोट हुँदा उनीहरुका सैनिकहरू घाइते भएका छन् ।
यद्यपि कम्बोडियाले ती आरोपहरू कडा रूपमा अस्वीकार गरेको छ । उनले भने, कम्बोडियाले त्यसपछि बिहीबार बिहान आक्रमण सुरु गरेको हो ।
‘थाइल्याण्डले कम्बोडियालाई सबै प्रकारका द्वन्द्व र आक्रमण तुरुन्त रोक्न, र इमान्दारिताका साथ वार्ता पुनः सुरु गर्न आग्रह गर्दछ।’  थाइल्याण्डका प्रतिनिधि चेर्दचाइ चाइवैभिडले सुरक्षा परिषद्लाई सम्बोधन गर्दै मिडियालाई जारी गरिएको वक्तव्यमा भनिएको छ ।
कम्बोडियाको रक्षा मन्त्रालयले भने थाइल्याण्डले बिहीबार ‘जानाजान, अकारण, र अन्तर्राष्ट्रिय कानुनविपरीत सैन्य आक्रमण’ गरेको दाबी गरेको छ, र अहिले थाई सीमामा थप सेना र सैन्य उपकरण परिचालन गरिरहेको आरोप लगाएको छ ।
‘यी योजनाबद्ध सैन्य तयारीहरूले थाइल्याण्डको आक्रामकता विस्तार गर्ने मनसाय र कम्बोडियाको सार्वभौमिकताको थप उल्लङ्घन गर्ने उद्देश्यलाई स्पष्ट रूपमा देखाउँछन्।’
कम्बोडियाको रक्षा मन्त्रालयले शनिबार एक विज्ञप्तिमा भनेको छ । कम्बोडियाले अन्तर्राष्ट्रिय समुदायलाई थाइल्याण्डको ‘आक्रामणलाइ कडा रूपमा निन्दा गर्न’ र थाइल्याण्डको सैन्य गतिविधिहरूको विस्तार हुन नदिन आग्रह गरेको छ ।
बैंककले भने विवादको समाधान आपसी वार्तामार्फत खोज्न चाहेको दोहोर्याउँदै सुरक्षा परिषद्लाई कम्बोडियाले जानाजान सार्थक वार्ताबाट टाढा रहनु र यस विषयलाई अन्तर्राष्ट्रियकरण गरेर आफ्नो राजनीतिक स्वार्थका लागि प्रयोग गर्नु दुःखद भनेको छ ।
थाइल्याण्ड र कम्बोडियाबीच ८१७ किलोमिटर लामो भूमि सीमाका विभिन्न अस्पष्टरूपमा निर्धारण नभएका बिन्दुहरूमा अधिकारको विषयमा दशकौँदेखि विवाद चलिरहेको छ ।
यी विवादहरूमा प्राचीन हिन्दू मन्दिरहरू  ता मोअन थोम र ११औँ शताब्दीको प्रेह विहेयर मन्दिर मुख्य केन्द्रविन्दु हुन् । १९६२ मा अन्तर्राष्ट्रिय अदालत (आइसीजे) ले प्रेह विहेयर मन्दिर कम्बोडियालाई दिएको थियो।
तर २००८ मा कम्बोडियाले उक्त मन्दिरलाई युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत गर्न खोजेपछि तनाव पुनः चर्कियो । त्यसपछि केही वर्षसम्म साना–ठूला झडपहरू भइरहे, जसमा कम्तीमा दर्जनौँ मानिसको ज्यान गएको थियो ।
कम्बोडियाले यस वर्ष जुन महिनामा अन्तर्राष्ट्रिय अदालतसँग थाइल्याण्डसँगका विवाद समाधान गर्न आग्रह गरेको जनाएको थियो । तर थाइल्याण्डले भने उक्त अदालतको क्षेत्राधिकारलाई कहिल्यै मान्यता नदिएको र आपसी वार्तामार्फत समाधान खोज्न रुचाउने बताउँदै आएको छ ।
अहिले भने क्याम्बोडियाले तत्काल युद्धविरामको प्रस्ताव गरेको छ । संयुक्त राष्ट्रसङ्घका लागि क्याम्बोडियाका राजदूत कायो चिअले सुरक्षा परिषद्मा आफ्नो देशले “निसर्त“ युद्धविरामका लागि आग्रह गरेको बताएका छन् ।
उनले नोम पेनले “विवादको शान्तिपूर्ण समाधान“ चाहेको बताएका छन् । थाईल्यान्डले तेस्रो पक्षको मध्यस्थता अस्वीकार गरेको छ । यद्यपि सङ्घर्षविरामको प्रस्तावबारे थाईल्यान्डले सार्वजनिक प्रतिक्रिया जनाएको छैन ।
यसअघि थाईल्यान्डले क्याम्बोडियासँग सीमा जोडिएका आठ वटा जिल्लामा सैनिक शासन लागु गरेको थियो । सीमा विवाद एक्कासि चर्किँदा दुवै पक्षबाट शक्तिशाली अस्त्रहरू प्रयोग भएका छन् ।
द्वन्द्वमा दशौँ हजार मानिसहरू विस्थापित भएका छन् । थाईल्यान्डका कार्यवाहक प्रधानमन्त्री पुमताम वेचयचाईले दुई पक्षबीच जारी झडपहरूले युद्धको रूप लिन सक्ने चेतावनी शुक्रवार दिएका थिए ।
उनका अनुसार दुई पक्षबीच विभिन्न १२ स्थानमा सङ्घर्ष चलिरहेको छ र त्यस क्रममा ठूला अस्त्रहरू पनि प्रयोग भएका छन् ।
LS Auto
Tags: # कम्बोडियाले किन माग्यो युद्धविराम ?#थाई–कम्बोडियाबीच तेस्रो दिन भिडन्त

लोकप्रीय

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२

विचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२

थप समाचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?
ताजा समाचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन
अन्तर्राष्ट्रिय

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप
ताजा समाचार

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२
अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक
अन्तर्राष्ट्रिय

अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक

मङ्लबार मंसिर ९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

00:19:15

World News: दलाई लामालाई अमेरिकी तलब, भीसा नपाएपछि आ*त्म*ह*त्या || Nepal Times

00:17:08

World News: Australia मा नेपालीसहितको प्रमाणपत्र खारेज, २०० विद्यार्थी अपहरणमा || Nepal Times

00:17:12

World News: Dubai मा भारतको ल डाकु विमान दु र्घट ना, Modi अफ्रिकामा || Nepal Times

00:16:05

World News: बंगलादेशमा भूक*म्पमा ६ को मृ*त्यु, पाकिस्तानमा वि*स्फो*ट*मा १५ मा*रि*ए || Nepal Times

00:20:06

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले योगेश भट्टराईसँग लिए बदला

शुक्रबार मंसिर ५ , २०८२
राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय

दुर्गा प्रसाईं समूहको धम्की पत्र र चन्दा आतंक

शुक्रबार मंसिर ५ , २०८२

हालका पोस्टहरू

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.