×

NEPAL TIMES UPDATES

Playing
झापामा रास्वपाले सोत्तर पार्याे, पाँचै क्षेत्रमा अग्रता,२ अध्यक्ष नै पछि || Nepal Times
Mar 06, 2026
Playing
समानुपातिकमा पनि रास्वपाको छलाङ, कांग्रेस पछ्याउदै, एमाले चौथो || Nepal Times
Mar 06, 2026
Playing
कसरी ढले पुराना दलका गढ र लालकिल्लाहरु ? || Nepal Times
Mar 06, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-22-2082 || Nepal Times
Mar 06, 2026
Playing
इरानमा नयाँ नेतृत्व चयन ट्रम्प बेचेन, तेहरानको भविष्य के होला ? || Nepal Times
Mar 06, 2026
Playing
लामो यु*द्धकालागि Iran तयारः IRGCले दियो नयाँ ह*तिया*रको चेतावनी || Nepal Times
Mar 06, 2026
Playing
BALENको क्रेजले बदल्यो नेपालको राजनीति, देशभर आँधीबेहरी || Nepal Times
Mar 06, 2026
Playing
अहिलेसम्म कसको जित, कहाँ को अगाडि ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वापाको देशैभर अग्रताको संदेश के हो ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 06, 2026
Playing
World News: उड्दा उड्दै Indiaको शुखोई बेपत्ता, Iranले झार्यो अमेरिकी लडाकु विमान || Nepal Times
Mar 06, 2026
Playing
सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो || Nepal Times
Mar 06, 2026
Playing
Top 15 Afternoon News || Mar-06-2026 || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाले देशभर आँधी ल्यायो, जनताको अपार समर्थन || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला || Nepal Times
Mar 06, 2026
Playing
प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाको ३० स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३ || Nepal Times
Mar 06, 2026
Playing
रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि || Nepal Times
Mar 06, 2026
Playing
मतगणना अपडेटःदेशभर रास्वपाको अग्रता,कांग्रेस र एमाले पछाडि || Nepal Times
Mar 06, 2026
Playing
झापा ५ मा बालेनले केपी ओलीलाई सुरुवातमै पछि पारे
Mar 06, 2026
Playing
नेपालको चुनावमा विदेशी मिडियाका अधिक चासो, कसले के लेखे ? || Nepal Times
Mar 05, 2026
Playing
आमा सुशीला तिमीले “जे भन्यौ, त्यो पूरा गर्‍यौ” !|| Nepal Times
Mar 05, 2026
Playing
US-Israel-Iran यु द्धः आजका १० हेडलाइन || Nepal Times
Mar 05, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-21-2082 || Nepal Times
Mar 05, 2026
Playing
कतारबाट नेपालीको गुहार, “हामी डराएका छौँ, देशले बेवास्ता नगरोस् ” || Nepal Times
Mar 05, 2026

ट्रम्पमाथि मोदीको अट्याक,F 35 नकिन्ने,रूसबाट Su–५७ किन्ने

१७ श्रावण २०८२
१६ साउन ,काठमाण्डौं ।
अमेरिका र भारतबीचको सम्बन्ध तनावपूर्ण मोडमा पुगेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अपमानजनक शब्दहरू प्रयोग गर्दै भारतमाथि भारी भन्सार शुल्क लगाएपछि भारतले आफ्नो विदेश नीतिको परम्पराअनुसार संयम अपनाएको थियो।
तर, अब ब्लूमबर्गको एक रिपोर्ट अनुसार, भारतले अमेरिकालाई जवाफ फर्काउँदै उसको अत्याधुनिक एफ–३५ स्टिल्थ लडाकु विमान खरिद नगर्ने स्पष्ट पारेको छ।
यो निर्णय त्यस्तो समयमा आएको छ जब स्वयं अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत फेब्रुअरीमा ह्वाइट हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा एफ–३५ को प्रस्ताव राखेका थिए।
त्यसैगरी, अप्रिलमा भारत भ्रमणमा आएका अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले पनि अमेरिका भारतलाई एफ–३५ बेच्न तयार रहेको बताएका थिए।
तर, जब ट्रम्पले भारतमाथि २५ प्रतिशत भन्सार शुल्क र रुसी तेल किनेबापत जरिवाना लगाउने कदम चाले, भारतले एफ–३५ को प्रस्ताव अस्वीकार गरेर त्यसको जवाफ दिएको छ।
ब्लूमबर्गको रिपोर्ट अनुसार, भारतीय अधिकारीहरूले अमेरिकी पक्षलाई आफूहरू एफ–३५ स्टिल्थ लडाकु विमान किन्न इच्छुक नभएको जानकारी दिएका छन्।
ट्रम्प प्रशासनले भारतलाई महँगा रक्षा उपकरणहरू किन्न निरन्तर दबाब दिइरहेको थियो। तर, मोदी सरकारले निकट भविष्यमा अमेरिकासँग कुनै पनि प्रकारको रक्षा सम्झौता गर्न अस्वीकार गरेको छ।
रिपोर्टमा भारतीय अधिकारीहरूलाई उद्धृत गर्दै भनिएको छ कि नयाँ दिल्लीले अब यस्तो रक्षा साझेदारी खोजिरहेको छ, जसमा शतप्रतिशत प्रविधि हस्तान्तरण, भारतमै लडाकु विमानको उत्पादन र ’सोर्स कोड’   मा पहुँच जस्ता शर्तहरू समावेश हुन्।
रुसले भारतलाई यी सबै सुविधाहरू दिन तयार रहेको बताएको छ। रुसले स्पष्ट पारेको छ कि यदि भारतले उसको पाँचौँ पुस्ताको लडाकु विमान एयू –५७ खरिद गर्छ भने उसले प्रविधि हस्तान्तरण गर्ने, सोर्स कोड दिने र भारतमै उत्पादन सुरु गर्न समेत सहयोग गर्नेछ ।
हालै, भारतका रक्षा सचिवले एक मित्र देशबाट पाँचौँ पुस्ताको लडाकु विमान खरिद गर्नेबारे गम्भीरतापूर्वक विचार गरिरहेको बताएका थिए।
अमेरिकाको प्रस्ताव अस्वीकार गरिएपछि त्यो मित्र देश रुस र लडाकु विमान  एयू–५७ नै हुनसक्ने अनुमान बलियो बनेको छ। एफ–३५ लाई ’सेतो हात्ती’ जस्तै मानिन्छ, जसलाई सञ्चालनमा ल्याइरहन ठूलो खर्च लाग्छ।
यसको मर्मतसम्भारमै अर्बौं डलर खर्च हुन सक्छ। अमेरिका आफैं पनि एफ–३५ को मर्मत खर्च नियन्त्रण गर्न संघर्ष गरिरहेको छ। यसको एक घण्टाको उडान खर्च नै ३५ हजार डलरभन्दा बढी रहेको बताइन्छ।
यसबाहेक, यसका लागि चाहिने पूर्वाधारमा यति धेरै खर्च छ कि यो भारतका लागि अव्यावहारिक बन्न जाने विश्लेषण गरिएको छ ।  यस्तै अमेरिकाले एफ–३५ को कुनै पनि प्रविधि हस्तान्तरण गर्दैन, सोर्स कोड त परको कुरा भयो।
यसले भारतलाई विमान मर्मत र स्तरोन्नतिका लागि पूर्ण रूपमा अमेरिकामाथि निर्भर बनाउने गर्दछ ।   तर रुसी  एसयू –५७ विमानसँग त्यस्ता कुनै कडा शर्तहरू छैनन्।
रुसले भारतको  नासिक प्लान्टमा ६०% सम्म स्थानीयकरण सहित एसयू –५७ ई एसेम्बल गर्न सकिने प्रस्ताव गरेको छ। यसले भारतलाई फाइदा मिल्ने विश्लेषण गरिएको छ ।
भारतले यसमा आफ्ना स्वदेशी हतियारहरू जस्तै अस्त्र एयर–टु–एयर मिसाइल, रूद्रम एन्टी–रेडिएसन सिस्टम र आफ्नै राडार जडान गर्न सक्छ। भारतले अहिलेसम्म राफेल विमानमा समेत जडान गर्न नसकेको ब्रह्मोस मिसाइललाई  एसयू–५७ मा एकीकृत गर्न सक्नेछ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अनेकौं प्रयासका बाबजुद भारतले आफ्नो मित्र राष्ट्र रुसबाट तेल किन्न बन्द गरेको छैन र यही कारणले अमेरिका भारतसँग असन्तुष्ट बनेको छ।
अमेरिकी सिनेटर मार्को रुबियोको हालैको बयानले यो कुरा थप स्पष्ट पारेको छ। रुबियोले बिहीबार भनेका छन् कि भारतले रुसबाट तेल खरिद गर्नुले युक्रेनमा मस्कोलाई युद्ध जारी राख्न मद्दत पुगिरहेको छ।
उनले अगाडि थपे, “वाशिङ्गटन र नयाँ दिल्लीबीचको सम्बन्धमा यो निश्चित रूपमा एउटा तनाव र चिढको विषय हो, तर यो एक मात्र कारण भने होइन।“
फक्स रेडियोलाई दिएको एक अन्तर्वार्तामा रुबियोले भने, “राष्ट्रपति ट्रम्प भारतले रुसबाट तेल खरिद जारी राखेकोमा निराश हुनुहुन्छ, जबकि नयाँ दिल्लीसँग तेल खरिदका लागि अन्य धेरै विकल्पहरू उपलब्ध छन्।
उनीहरू युक्रेनविरुद्ध रुसको युद्ध प्रयासलाई आर्थिक सहयोग (फन्ड) गरिरहेका छन्।“ यसअघि स्वयं राष्ट्रपति ट्रम्पले पनि भारतले रुसबाट तेल किनिरहेको विषय उठाएका थिए।
भारतमाथि २५ प्रतिशत भन्सार शुल्क (ट्यारिफ) घोषणा गर्ने क्रममा उनले भारतको रुसी तेल खरिदप्रति आफ्नो गहिरो असन्तुष्टि व्यक्त गरेका थिए।
रुबियोले यो पनि स्वीकार गरे कि भारतले रुसबाट सस्तो पाइने भएकाले नै तेल किनिरहेको हो। उनले भने, “भारतको ऊर्जा आवश्यकता धेरै ठूलो छ। हरेक देशले जस्तै उसले पनि आफ्नो अर्थव्यवस्थालाई बलियो बनाउन आवश्यक पर्ने तेल, कोइला र ग्यास जस्ता वस्तुहरू किन्नु स्वाभाविक हो। र उसले यी वस्तुहरू रुसबाट किनिरहेको छ, किनभने रुसी तेलमाथि प्रतिबन्ध लागेको छ र यो सस्तोमा उपलब्ध छ।“
रुबियोले थपे कि विभिन्न प्रतिबन्धहरूका कारण रुसले आफ्नो तेल अन्तर्राष्ट्रिय बजार मूल्यभन्दा निकै कममा बेचिरहेको छ, जसको फाइदा भारतले उठाइरहेको छ।
आर्थिक वर्ष २०२३–२४ अनुसार, भारत र अमेरिकाबीचको कुल द्विपक्षीय व्यापार लगभग १९० दशमलव ५४ अर्ब अमेरिकी डलर रहेको छ। यो तथ्याङ्कले अमेरिकालाई भारतको सबैभन्दा ठूलो व्यापारिक साझेदार बनाएको छ।
यो कुल व्यापारमा वस्तु र सेवा  दुवै समावेश छन्। यसमा भारतको निर्यात  लगभग ४७७.५ अर्ब र   आयात लगभग ४४३.४ अर्ब रहेको छ।
भारत अमेरिकासँग व्यापार बचतको स्थितिमा छ, जसको अर्थ भारतले अमेरिकाबाट आयात गर्नेभन्दा बढी मूल्यको वस्तु तथा सेवा निर्यात गर्दछ।
वस्तु व्यापारमा मात्रै भारतको व्यापार बचत लगभग ४३४.१ अर्ब रहेको छ। भारतबाट अमेरिका निर्यात हुने प्रमुख वस्तुहरूमा औषधि  , हिरा तथा गरगहना, मेसिनरी र इलेक्ट्रोनिक उपकरणहरू, कपडा र तयारी पोशाक, रसायनिक पदार्थहरू, अटोमोबाइल पार्टपुर्जाहरू रहेका छन् ।
यस्तै अमेरिकाबाट भारत आयात हुने प्रमुख वस्तुहरूमा कच्चा तेल, बहुमूल्य पत्थर नकाटिएको हिरा, जसलाई भारतमा प्रशोधन गरिन्छ ।
यसबाहेक तरल प्राकृतिक ग्यास, हवाईजहाज र त्यसका पार्टपुर्जा, मेसिनरी र मेडिकल उपकरण, फलफूल र नट्स भारतले आयत गर्ने गरेको छ।

भर्खरको समाचार

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

सम्बन्धित खबरहरु

Scroll to Top