×

NEPAL TIMES UPDATES

Playing
इरानमा नयाँ नेतृत्व चयन ट्रम्प बेचेन, तेहरानको भविष्य के होला ? || Nepal Times
Mar 06, 2026
Playing
लामो यु*द्धकालागि Iran तयारः IRGCले दियो नयाँ ह*तिया*रको चेतावनी || Nepal Times
Mar 06, 2026
Playing
BALENको क्रेजले बदल्यो नेपालको राजनीति, देशभर आँधीबेहरी || Nepal Times
Mar 06, 2026
Playing
अहिलेसम्म कसको जित, कहाँ को अगाडि ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वापाको देशैभर अग्रताको संदेश के हो ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 06, 2026
Playing
World News: उड्दा उड्दै Indiaको शुखोई बेपत्ता, Iranले झार्यो अमेरिकी लडाकु विमान || Nepal Times
Mar 06, 2026
Playing
सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो || Nepal Times
Mar 06, 2026
Playing
Top 15 Afternoon News || Mar-06-2026 || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाले देशभर आँधी ल्यायो, जनताको अपार समर्थन || Nepal Times
Mar 06, 2026

‘ए’, ‘बी’, ‘ओ’ बिर्सनुहोस्! भारतमा भेटियो विश्वकै दुर्लभ रक्त समूह  

१९ श्रावण २०८२
१८ साउन , काठमाण्डौ ।
डाक्टर चकित! कसैको रगत नचल्ने, तर सबैलाई दिन मिल्ने?
हामीले सामान्यतया ‘ए’, ‘बी’, ‘एबी’ र ‘ओ’ रक्त समूहबारे सुनेका छौँ, तर चिकित्सा विज्ञानको क्षेत्रमा एक महत्त्वपूर्ण खोज अन्तर्गत भारतमा ‘सीआरआईबी’ नामक एक नयाँ र दुर्लभ रक्त समूह पत्ता लागेको छ।
यो खोजले मानव शरीरको जटिलता र आनुवंशिक विविधतामा नयाँ प्रकाश पारेको छ। ‘सीआरआईबी’ नामले नै यसको पहिचान बोकेको छ । जसमा  सी क्रोमर  हो ।
जुन ४७ वटा मान्य रक्त समूह प्रणालीमध्ये एक हो।  यस्तै आई इन्डिया  अर्थात् भारत।  बी बेंगलुरु जहाँ यो पत्ता लाग्यो। सरल शब्दमा बुझ्दा यो भारतको बेंगलुरुमा बसोबास गर्ने एक महिलामा पहिचान भएको क्रोमर प्रणालीको एक अद्वितीय रक्त समूह हो।
यो दुर्लभ रक्त समूहको खोज एक ३८ वर्षीया महिलाको मुटुको शल्यक्रियाको तयारीका क्रममा भएको हो। उनको रक्त समूह यति अनौठो थियो कि डाक्टरहरूले उनको समूह पहिचान गर्न सकेनन्।
शल्यक्रियामा रगत आवश्यक पर्न सक्ने जोखिम हुँदाहुँदै पनि, कुनै पनि रक्त समूह नमिल्ने भएपछि डाक्टरहरूले रगत सुरक्षित नराखी शल्यक्रिया गर्ने कठिन निर्णय लिए।
बेंगलुरुस्थित रोटरी–टीटीके ब्लड सेन्टरका अतिरिक्त चिकित्सा निर्देशक डा. अंकित माथुरका अनुसार, त्यो शल्यक्रिया बिना रगत चढाइ सफलतापूर्वक सम्पन्न भयो, जुन एक ठूलो राहतको विषय थियो।
कोलारको आरएल जलप्पा अस्पतालका डाक्टरहरूले महिलाको रक्त समूह कुनै पनि सामान्य समूहसँग मिलाउन सकेनन्। हरेक परीक्षणमा रगतले नकारात्मक प्रतिक्रिया देखायो।
डाक्टरहरूले महिलाका करिब २० जना आफन्तको रगत परीक्षण गरे, तर कसैको पनि रगत उनीसँग मेल खाएन।  अन्तिम विकल्पको रूपमा, रगतको नमुना बेलायतको ब्रिस्टलस्थित अन्तर्राष्ट्रिय ब्लड ग्रुप रिफरेन्स प्रयोगशाला पठाइयो।
यो प्रयोगशालाले विश्वभरबाट पठाइएका जटिल नमुनाहरूको परीक्षण गर्दछ।   करिब ११ महिनाको विस्तृत विश्लेषणपछि प्रयोगशालाले महिलाको रगतमा एक अद्वितीय एन्टिजेन रहेको पुष्टि ग¥यो।
यो जानकारी अन्तर्राष्ट्रिय रक्तक्षेपण समाजलाई पठाइयो, जसले यसलाई ‘सीआरआईबी’ नाम दिएर औपचारिक रूपमा मान्यता प्रदान ग¥यो।
कुनै पनि व्यक्तिको रक्त समूह उसको रातो रक्तकोषको सतहमा हुने एन्टिजेन नामक प्रोटिनले निर्धारण गर्छ, जुन बाबुआमाको जीनबाट प्राप्त हुन्छ।
डा. माथुरका अनुसार, “यस केसमा महिलाले आफ्ना बाबुआमाबाट आधा–अधुरो आनुवंशिक कोड मात्र प्राप्त गरिन्, जसकारण उनको शरीरमा बनेको एन्टिजेन पूर्ण रूपमा फरक भयो।“
‘सीआरआईबी’ क्रोमर रक्त समूह प्रणालीमा पहिचान भएको २१औं एन्टिजेन हो। यस्ता दुर्लभ रक्त समूह भएका व्यक्तिहरूका लागि आपत्कालीन अवस्थामा रगत पाउनु निकै चुनौतीपूर्ण हुन्छ।
यदि उनीहरूलाई सामान्य रगत चढाइयो भने, शरीरले त्यसलाई बाहिरी तत्व मानेर नष्ट गर्न थाल्छ, जसले ज्यान जोखिममा पर्न सक्छ। यस्तो अवस्थामा दुई मात्र विकल्प हुन्छन् ।
यसमा पहिलो परिवारभित्रै खोजी गरी सोही रक्त समूह भएको अर्को व्यक्ति परिवार वा समुदायमा फेला पार्ने। र शल्यक्रिया वा अन्य योजनाबद्ध उपचारअघि बिरामीको आफ्नै रगत निकालेर भण्डारण गर्ने र आवश्यक परेमा त्यही रगत चढाउने।
‘सीआरआईबी’ को विशेषता सन् १९५२ मा भारतमै पत्ता लागेको ‘बम्बे ब्लड ग्रुप’ सँग मिल्दोजुल्दो छ।    यो समूह भएका व्यक्तिहरूमा ‘ए’ र ‘बी’ एन्टिजेन हुँदैन, तर उनीहरूले ‘ओ’ समूहको रगत पनि लिन सक्दैनन्।
उनीहरूले केवल बम्बे ब्लड ग्रुप भएका व्यक्तिबाटै रगत लिन सक्छन्।  कोलारकी महिलाको अवस्था पनि यस्तै छ। उनले अरू कसैबाट रगत लिन सक्दिनन्, तर आफ्नो रगत अरूलाई दिन सक्छिन्  भारतमा क्रोमर र बम्बे ब्लड ग्रुपका अलावा सन् १९७३ मा ‘इन्डियन ब्लड ग्रुप सिस्टम’ पनि पत्ता लागेको थियो।
यस्ता दुर्लभ केसहरूलाई सम्बोधन गर्न मुम्बईस्थित आइसीएमआर एनआइआइएचले ‘दुर्लभ रक्तदाता दर्ता ’ को विकास गरिरहेको छ। यो एक राष्ट्रिय डेटाबेस हुनेछ जसमा दुर्लभ रक्त समूह भएका दाताहरूको विवरण राखिनेछ, ताकि आपत्कालीन अवस्थामा बिरामीहरूलाई रगत उपलब्ध गराउन सहज होस्।
यो पहल विशेषगरी थालेसिमिया जस्ता रोगका बिरामीहरूका लागि बरदान साबित हुनेछ, जसलाई बारम्बार रगत चढाउनुपर्छ र जसको शरीरमा विभिन्न एन्टिबडीहरू विकसित भएका हुन्छन्।

भर्खरको समाचार

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

सम्बन्धित खबरहरु

Scroll to Top