NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ? मङ्लबार मंसिर ९ , २०८२
अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए मङ्लबार मंसिर ९ , २०८२
प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै मङ्लबार मंसिर ९ , २०८२
अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक मङ्लबार मंसिर ९ , २०८२
ओली अन्ततः चुनावमा भाग लिन तयार, दल दर्ता हुँदै, आयोग भने नमान्ने मङ्लबार मंसिर ९ , २०८२
Next
Prev

समाचार

‘ए’, ‘बी’, ‘ओ’ बिर्सनुहोस्! भारतमा भेटियो विश्वकै दुर्लभ रक्त समूह  

आइतवार साउन १८ , २०८२
Reading Time: 1 min read
A A
‘ए’, ‘बी’, ‘ओ’ बिर्सनुहोस्! भारतमा भेटियो विश्वकै दुर्लभ रक्त समूह  
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
१८ साउन , काठमाण्डौ ।
डाक्टर चकित! कसैको रगत नचल्ने, तर सबैलाई दिन मिल्ने?
हामीले सामान्यतया ‘ए’, ‘बी’, ‘एबी’ र ‘ओ’ रक्त समूहबारे सुनेका छौँ, तर चिकित्सा विज्ञानको क्षेत्रमा एक महत्त्वपूर्ण खोज अन्तर्गत भारतमा ‘सीआरआईबी’ नामक एक नयाँ र दुर्लभ रक्त समूह पत्ता लागेको छ।
यो खोजले मानव शरीरको जटिलता र आनुवंशिक विविधतामा नयाँ प्रकाश पारेको छ। ‘सीआरआईबी’ नामले नै यसको पहिचान बोकेको छ । जसमा  सी क्रोमर  हो ।
जुन ४७ वटा मान्य रक्त समूह प्रणालीमध्ये एक हो।  यस्तै आई इन्डिया  अर्थात् भारत।  बी बेंगलुरु जहाँ यो पत्ता लाग्यो। सरल शब्दमा बुझ्दा यो भारतको बेंगलुरुमा बसोबास गर्ने एक महिलामा पहिचान भएको क्रोमर प्रणालीको एक अद्वितीय रक्त समूह हो।
यो दुर्लभ रक्त समूहको खोज एक ३८ वर्षीया महिलाको मुटुको शल्यक्रियाको तयारीका क्रममा भएको हो। उनको रक्त समूह यति अनौठो थियो कि डाक्टरहरूले उनको समूह पहिचान गर्न सकेनन्।
शल्यक्रियामा रगत आवश्यक पर्न सक्ने जोखिम हुँदाहुँदै पनि, कुनै पनि रक्त समूह नमिल्ने भएपछि डाक्टरहरूले रगत सुरक्षित नराखी शल्यक्रिया गर्ने कठिन निर्णय लिए।
बेंगलुरुस्थित रोटरी–टीटीके ब्लड सेन्टरका अतिरिक्त चिकित्सा निर्देशक डा. अंकित माथुरका अनुसार, त्यो शल्यक्रिया बिना रगत चढाइ सफलतापूर्वक सम्पन्न भयो, जुन एक ठूलो राहतको विषय थियो।
कोलारको आरएल जलप्पा अस्पतालका डाक्टरहरूले महिलाको रक्त समूह कुनै पनि सामान्य समूहसँग मिलाउन सकेनन्। हरेक परीक्षणमा रगतले नकारात्मक प्रतिक्रिया देखायो।
डाक्टरहरूले महिलाका करिब २० जना आफन्तको रगत परीक्षण गरे, तर कसैको पनि रगत उनीसँग मेल खाएन।  अन्तिम विकल्पको रूपमा, रगतको नमुना बेलायतको ब्रिस्टलस्थित अन्तर्राष्ट्रिय ब्लड ग्रुप रिफरेन्स प्रयोगशाला पठाइयो।
यो प्रयोगशालाले विश्वभरबाट पठाइएका जटिल नमुनाहरूको परीक्षण गर्दछ।   करिब ११ महिनाको विस्तृत विश्लेषणपछि प्रयोगशालाले महिलाको रगतमा एक अद्वितीय एन्टिजेन रहेको पुष्टि ग¥यो।
यो जानकारी अन्तर्राष्ट्रिय रक्तक्षेपण समाजलाई पठाइयो, जसले यसलाई ‘सीआरआईबी’ नाम दिएर औपचारिक रूपमा मान्यता प्रदान ग¥यो।
कुनै पनि व्यक्तिको रक्त समूह उसको रातो रक्तकोषको सतहमा हुने एन्टिजेन नामक प्रोटिनले निर्धारण गर्छ, जुन बाबुआमाको जीनबाट प्राप्त हुन्छ।
डा. माथुरका अनुसार, “यस केसमा महिलाले आफ्ना बाबुआमाबाट आधा–अधुरो आनुवंशिक कोड मात्र प्राप्त गरिन्, जसकारण उनको शरीरमा बनेको एन्टिजेन पूर्ण रूपमा फरक भयो।“
‘सीआरआईबी’ क्रोमर रक्त समूह प्रणालीमा पहिचान भएको २१औं एन्टिजेन हो। यस्ता दुर्लभ रक्त समूह भएका व्यक्तिहरूका लागि आपत्कालीन अवस्थामा रगत पाउनु निकै चुनौतीपूर्ण हुन्छ।
यदि उनीहरूलाई सामान्य रगत चढाइयो भने, शरीरले त्यसलाई बाहिरी तत्व मानेर नष्ट गर्न थाल्छ, जसले ज्यान जोखिममा पर्न सक्छ। यस्तो अवस्थामा दुई मात्र विकल्प हुन्छन् ।
यसमा पहिलो परिवारभित्रै खोजी गरी सोही रक्त समूह भएको अर्को व्यक्ति परिवार वा समुदायमा फेला पार्ने। र शल्यक्रिया वा अन्य योजनाबद्ध उपचारअघि बिरामीको आफ्नै रगत निकालेर भण्डारण गर्ने र आवश्यक परेमा त्यही रगत चढाउने।
‘सीआरआईबी’ को विशेषता सन् १९५२ मा भारतमै पत्ता लागेको ‘बम्बे ब्लड ग्रुप’ सँग मिल्दोजुल्दो छ।    यो समूह भएका व्यक्तिहरूमा ‘ए’ र ‘बी’ एन्टिजेन हुँदैन, तर उनीहरूले ‘ओ’ समूहको रगत पनि लिन सक्दैनन्।
उनीहरूले केवल बम्बे ब्लड ग्रुप भएका व्यक्तिबाटै रगत लिन सक्छन्।  कोलारकी महिलाको अवस्था पनि यस्तै छ। उनले अरू कसैबाट रगत लिन सक्दिनन्, तर आफ्नो रगत अरूलाई दिन सक्छिन्  भारतमा क्रोमर र बम्बे ब्लड ग्रुपका अलावा सन् १९७३ मा ‘इन्डियन ब्लड ग्रुप सिस्टम’ पनि पत्ता लागेको थियो।
यस्ता दुर्लभ केसहरूलाई सम्बोधन गर्न मुम्बईस्थित आइसीएमआर एनआइआइएचले ‘दुर्लभ रक्तदाता दर्ता ’ को विकास गरिरहेको छ। यो एक राष्ट्रिय डेटाबेस हुनेछ जसमा दुर्लभ रक्त समूह भएका दाताहरूको विवरण राखिनेछ, ताकि आपत्कालीन अवस्थामा बिरामीहरूलाई रगत उपलब्ध गराउन सहज होस्।
यो पहल विशेषगरी थालेसिमिया जस्ता रोगका बिरामीहरूका लागि बरदान साबित हुनेछ, जसलाई बारम्बार रगत चढाउनुपर्छ र जसको शरीरमा विभिन्न एन्टिबडीहरू विकसित भएका हुन्छन्।
LS Auto
Tags: # विश्वकै दुर्लभ रक्त समूह#दुर्लभ रक्त समूह

लोकप्रीय

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२

विचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२

थप समाचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?
ताजा समाचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन
अन्तर्राष्ट्रिय

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप
ताजा समाचार

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२
अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक
अन्तर्राष्ट्रिय

अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक

मङ्लबार मंसिर ९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

00:19:15

World News: दलाई लामालाई अमेरिकी तलब, भीसा नपाएपछि आ*त्म*ह*त्या || Nepal Times

00:17:08

World News: Australia मा नेपालीसहितको प्रमाणपत्र खारेज, २०० विद्यार्थी अपहरणमा || Nepal Times

00:17:12

World News: Dubai मा भारतको ल डाकु विमान दु र्घट ना, Modi अफ्रिकामा || Nepal Times

00:16:05

World News: बंगलादेशमा भूक*म्पमा ६ को मृ*त्यु, पाकिस्तानमा वि*स्फो*ट*मा १५ मा*रि*ए || Nepal Times

00:20:06

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले योगेश भट्टराईसँग लिए बदला

शुक्रबार मंसिर ५ , २०८२
राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय

दुर्गा प्रसाईं समूहको धम्की पत्र र चन्दा आतंक

शुक्रबार मंसिर ५ , २०८२

हालका पोस्टहरू

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.