NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
 जेलमा रहेका रविको प्रधानमन्त्री ओलीले ’जुँगा’ उखेले बुधबार साउन २८ , २०८२
लिङदेनले पनि रविलाई भेटे, भन्छन् तुरुन्तै जेल सार्नुपर्छ बुधबार साउन २८ , २०८२
आयो विष्णु माझीको नयाँ गीत, अब लाग्यो तिज बुधबार साउन २८ , २०८२
गृहमन्त्री र प्रधानन्यायाधीलाई रवि पत्नी निकिताको खुलापत्र बुधबार साउन २८ , २०८२
डोनारुम्माले पीएसजी छाड्ने, अब कहाँ जालान् ? बुधबार साउन २८ , २०८२
Next
Prev

समाचार

एयर इन्डियाको वासिङ्टन उडान बन्द, खाटु दर्शन गरि फर्किएकाको दुर्घटना

बुधबार साउन २८ , २०८२
Reading Time: 1 min read
A A
एयर इन्डियाको वासिङ्टन उडान बन्द, खाटु दर्शन गरि फर्किएकाको दुर्घटना
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२८ साउन , काठमाण्डौ ।

अमेरिकाको टेक्सास राज्यमा मंगलबार दिउँसो युनियन प्यासिफिक रेलका ३५ डिब्बा लिकबाट बाहिर खसेका छन् । फोर्ट वर्थबाट लगभग १०० किलोमिटर दक्षिणपश्चिममा रहेको गोर्डन सहरको पूर्वमा यो दुर्घटना भएको हो ।

यस घटनामा कोही पनि घाइते भएको रिपोर्ट आएको छैन । न त कुनै क्षेत्रलाई खाली गराइएको छ । स्थानीय मिडियाको फुटेजमा धेरै डिब्बाहरू एकअर्काको माथि रहेको र नजिकैको क्षेत्रको घाँसमा आगो लागेको देखिन्छ ।

आगोका कारण धुवाँ उडिरहेको पनि देखिन्छ । दुर्घटनालाई खतरनाक अवस्थाको रूपमा हेरिएको पेलो पिन्टो काउन्टी इमरजेन्सी सर्भिसेज डिष्ट्रिक्टले भनेको छ ।

तर, रेलका डिब्बाहरूमा के लोड गरिएको थियो भन्ने कुरा अझै स्पष्ट भएको छैन । अधिकारीहरूका अनुसार कुनै पनि डिब्बाबाट सामान चुहिएका छैनन् ।

युनियन प्यासिफिकका प्रवक्ता रोबिन तिस्वारका अनुसार स्थानीय समय अनुसार दिउँसो २ बजे दुर्घटना भएको थियो । दुर्घटनाको कारण अहिले थाहा हुन सकेको छैन ।

रेलवे र स्थानीय प्रशासनले संयुक्त अनुसन्धान सुरु गरेको छ । रेल यातायात पुनस्र्थापित गर्न रेलका कोचहरू हटाउने र ट्र्याक मर्मत गर्ने काम चाँडै सुरु हुने बताइएको छ ।

यसैबीच, अधिकारीहरूले मानिसहरूलाई दुर्घटना क्षेत्रबाट टाढा रहन अपिल गरेका छन् । यता एयर इन्डियाले दिल्लीबाट अमेरिकाको वासिङ्टन डीसी जाने उडान बन्द गर्ने निर्णय गरेको छ ।

यो सेवा १ सेप्टेम्बर २०२५ देखि बन्द हुने बताइएको छ । एयर इन्डियाका २६ बोइङ ७८७–८ विमानहरूको स्तरोन्नति (अपग्रेड) भइरहेका कारण धेरै विमानहरू लामो दूरीका उडानहरूका लागि उपलब्ध नहुने बताइएको छ ।

यो कार्य २०२६ को अन्त्यसम्म चल्नेछ । पाकिस्तानको हवाई क्षेत्र बन्द रहेकाले पनि लामो दूरीका उडानहरूमा समस्या भइरहेको बताइएको छ ।

एयर इन्डियाले सेप्टेम्बर १ पछिको बुकिङ गरेका यात्रुहरूसँग सम्पर्क गरी उनीहरूलाई वैकल्पिक उडानमा बुकिङ वा पूर्ण रकम फिर्ता लिने विकल्प प्रदान गर्ने बताएको छ ।

यद्यपि, यात्रुहरूले एयर इन्डियाका इन्टरलाइन साझेदारहरूमार्फत न्युयोर्क, सिकागो वा सान फ्रान्सिस्को हुँदै वासिङ्टन डीसी पुग्नसक्ने बताइएको छ ।

एयर इन्डियाले हाल उत्तर अमेरिकाका ६ वटा सहरहरूमा नन–स्टप उडानहरू सञ्चालन गरिरहेको छ । जसमा क्यानाडाको टोरन्टो र भ्यानकुभर पनि समावेश छन् ।

दुई महिनाअघि जुन १२ मा अहमदाबादमा एयर इन्डियाको एक विमान दुर्घटनाग्रस्त भएको घटनापछि विमानहरूको जाँच र स्तरोन्नतिको प्रक्रिया तीव्र रूपमा चलिरहेका कारण यो निर्णय आएको बताइएको छ ।

यसैबीच भारतमा तिर्थयात्रीहरु बोकेको एक सवारी साधन दुर्घटनामा पर्दा ठूलो मानविय हताहति भएको छ । राजस्थान राज्यको दौसामा भएको सडक दुर्घटनामा १० जनाको मृत्यु भएको छ ।

अन्य २० जना घाइते भएका छन् । मृतकमध्ये सात महिला र तीन बालबालिका छन् । गम्भीर घाइतेमध्ये आठ जनालाई जयपुरको एसएमएस अस्पतालमा पु¥याइएकामा तीमध्ये पाँच जनालाई आईसीयूमा भर्ना गरिएको छ ।

दुर्घटना खाटु श्याम मन्दिरबाट फर्कने क्रममा आझ बिहान करिब ३ बजे भएको हो । पिकअप र ट्रेलर ठोक्किएर दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

गम्भीर घाइते पनि रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । मृतकहरू भारतको उत्तर प्रदेशको एटाका बासिन्दा भएको बताइएको छ ।

Tags: #अमेरिकामा रेलका ३५ डिब्बा लिकबाट खसे#एयर इन्डिया#एयर इन्डिया दुर्घटना#वासिङ्टन उडान बन्द

लोकप्रीय

 जेलमा रहेका रविको प्रधानमन्त्री ओलीले ’जुँगा’ उखेले

 जेलमा रहेका रविको प्रधानमन्त्री ओलीले ’जुँगा’ उखेले

बुधबार साउन २८ , २०८२
लिङदेनले पनि रविलाई भेटे, भन्छन् तुरुन्तै जेल सार्नुपर्छ

लिङदेनले पनि रविलाई भेटे, भन्छन् तुरुन्तै जेल सार्नुपर्छ

बुधबार साउन २८ , २०८२
आयो विष्णु माझीको नयाँ गीत, अब लाग्यो तिज

आयो विष्णु माझीको नयाँ गीत, अब लाग्यो तिज

बुधबार साउन २८ , २०८२

विचार

थप समाचार

 जेलमा रहेका रविको प्रधानमन्त्री ओलीले ’जुँगा’ उखेले
ताजा समाचार

संगीत

आयो विष्णु माझीको नयाँ गीत, अब लाग्यो तिज

बुधबार साउन २८ , २०८२
गृहमन्त्री र प्रधानन्यायाधीलाई रवि पत्नी निकिताको खुलापत्र
Breaking news

गृहमन्त्री र प्रधानन्यायाधीलाई रवि पत्नी निकिताको खुलापत्र

बुधबार साउन २८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:चिनियाँ यु*द्धपोत आफ्नै जहाजसँग ठोक्कियो,वाशिंगटनमा आपत्तकाल || Nepal Times

World News:चिनियाँ यु*द्धपोत आफ्नै जहाजसँग ठोक्कियो,वाशिंगटनमा आपत्तकाल || Nepal Times

00:24:20

World News: Chinaमा उथलपुथल, सी निकट नेता प*क्राउ, भारतमाथि आणविक आ*क्र*मणको ध*म्की || Nepal Times

00:24:15

World News: ट्रम्पलाई युरोपेली नेताले घेरे,२५मलामी मा*रि*ए, उत्तराखण्डमा सय जना बेपत्ता

00:20:43

World News:चीनमा समुद्रबाटै रकेट प्रक्षेपण,जम्मू–कश्मीरमा गो*ली हा*ना*हान || Nepal Times

00:24:15

World News:स्पेनले अमेरिकी एफ ३५ नकिन्ने, पुटिनसंग वार्ता गर्न ट्रम्पको शर्त || Nepal Times

00:14:03

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

गृहमन्त्री र प्रधानन्यायाधीलाई रवि पत्नी निकिताको खुलापत्र

गृहमन्त्री र प्रधानन्यायाधीलाई रवि पत्नी निकिताको खुलापत्र

बुधबार साउन २८ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

कोशीमा अतिभारी वर्षा हुने,४६ जिल्लामा बाढी अलर्ट,सप्तकोशीमा रातो बत्ती

मङ्लबार साउन २७ , २०८२
एयर इन्डियाको वासिङ्टन उडान बन्द, खाटु दर्शन गरि फर्किएकाको दुर्घटना

एयर इन्डियाको वासिङ्टन उडान बन्द, खाटु दर्शन गरि फर्किएकाको दुर्घटना

बुधबार साउन २८ , २०८२

हालका पोस्टहरू

 जेलमा रहेका रविको प्रधानमन्त्री ओलीले ’जुँगा’ उखेले

 जेलमा रहेका रविको प्रधानमन्त्री ओलीले ’जुँगा’ उखेले

बुधबार साउन २८ , २०८२
लिङदेनले पनि रविलाई भेटे, भन्छन् तुरुन्तै जेल सार्नुपर्छ

लिङदेनले पनि रविलाई भेटे, भन्छन् तुरुन्तै जेल सार्नुपर्छ

बुधबार साउन २८ , २०८२
आयो विष्णु माझीको नयाँ गीत, अब लाग्यो तिज

आयो विष्णु माझीको नयाँ गीत, अब लाग्यो तिज

बुधबार साउन २८ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.