×

NEPAL TIMES UPDATES

Playing
World News: इरानलाई कतारको चेतावनी, आत्मसमर्पण गर्न IRGCलाई ट्रम्पको धम्की || Nepal Times
Mar 07, 2026
Playing
‘मधेसी छौरा पिएम वन्नेवाला एैला’ || Nepal Times
Mar 07, 2026
Playing
०८२ मा अहिलेसम्म धेरै मत ल्याउने उम्मेदवारहरू को हुन् ?|| Nepal Times
Mar 07, 2026
Playing
Top 15 Afternoon News || Mar-07-2026 || Nepal Times
Mar 07, 2026
Playing
पुराना दलको पराजय: जनताको धैर्यको अन्त्य र नयाँ राजनीतिक युगको सुरुवात || Nepal Times
Mar 07, 2026
Playing
५० हजार बढी मतान्तरले विजयी भए रास्वपाका डा. लेखजंग || Nepal Times
Mar 07, 2026
Playing
अन्य दलको अग्रता भएका क्षेत्रमा रास्वपाको अवस्था कस्तो? पासा पल्टेला ?|| Nepal Times
Mar 07, 2026
Playing
समानुपातिकको सिट कसरी बाँडिन्छ ? थ्रेस होल्ड के हो ? || Nepal Times
Mar 07, 2026
Playing
बालेनको मत ३९ हजार नाघ्दा ओलीको कति? || Nepal Times
Mar 07, 2026
Playing
२७ क्षेत्रको नतिजा आउँदा कसले कहाँ जिते ? को अगाडि ?|| Nepal Times
Mar 07, 2026

ट्रम्प भेटेर जेलेन्स्की खुसी, युरोपेली नेताहरुसंग पनि वार्ता, के भयो कुरा ?

३ भाद्र २०८२
३ भदौ , काठमाण्डौ ।
विगतको तितो अनुभव, थुप्रै आशंका र डरका बीच भएको वासिंटन दौडाहा अन्ततः युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका लागि सन्तोषजनक भएको छ । उनी डोनाल्ड ट्रम्पलाई भेटेर खुसी नै भएका छन् ।
उनले अमेरिकी राष्ट्रपतिसँगको भेटवार्ता सकारात्मक भएको प्रतिक्रिया दिएका छन् । ट्रम्पसँग वार्ता पछि ह्वाइट हाउस बाहिर पत्रकारहरूसँग कुरा गर्दै जेलेन्स्कीले भने, “वार्ता राम्रो र सामान्य भयो।” उनका अनुसार, बैठकमा उनले ट्रम्प र युरोपेली नेताहरूसँग मिलेर युक्रेनका लागि सुरक्षा प्रत्याभूतिबारे छलफल गरेका थिए।जेलेन्स्कीले ट्रम्पबाट युक्रेन पनि यस्ता सुरक्षा प्रत्याभूतिमा समावेश हुने महत्त्वपूर्ण सङ्केत प्राप्त गरेको बताए।
उनले युद्ध अन्त्यका लागि पुटिनसँग जुनसुकै स्वरूपको बैठक गर्न युक्रेन तयार रहेको पनि स्पष्ट पारे।विश्वभरको ध्यान अहिले अमेरिका, रूस र युक्रेनमा केन्द्रित छ ।
यसको मुख्य कारण, रूस र युक्रेनबीच तीन वर्षदेखि चलिरहेको संघर्ष अन्त्य गर्ने उद्देश्यले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महत्त्वपूर्ण पहल गरिरहेका छन् ।
ट्रम्पले पहिले अलास्कामा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरे । त्यसपछि सोमबार युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग ह्वाइट हाउसमा बैठक गरेका हुन्  ।
यो बैठकपछि ट्रम्पले दुई देशको युद्ध अन्त्य गर्ने विषयलाई लिएर ठूलो घोषणा गरेका छन् । उनले रूसी राष्ट्रपति पुटिन र युक्रेनका राष्ट्रपति जेलेन्स्कीबीच शान्ति वार्ता गराउने तयारी सुरु भएको बताएका छन् ।
ट्रम्पले यो जानकारी ह्वाइट हाउसमा युरोपेली नेताहरू र जेलेन्स्कीसँगको बैठकपछि दिएका हुन् । ट्रम्पले आफूले पुटिनसँग फोनमा कुराकानी गरेको र त्यसपछि जेलेन्स्की र पुटिनबीच बैठकको योजना बनाउन सुरु गरेको जानकारी दिए ।
यद्यपि, अहिलेसम्म बैठकको स्थान तय भएको छैन । “तर हामी चाँडै यसका लागि स्थान तय गर्नेछौँ,” उनले भने । उनले त्यसपछि आफू दुवै नेताहरूसँग त्रिपक्षीय शिखर सम्मेलन गर्ने पनि बताए ।
ट्रम्पले सामाजिक सञ्जाल माध्यम ट्रुथ सोसलमा लख्दै रूस–युक्रेनमा शान्तिको सम्भावनालाई लिएर सबै निकै उत्साहित भएको बताएका छन् । वार्तासँग सम्बन्धित एक स्रोतले पुटिनले पनि जेलेन्स्कीसँग भेट्न सहमति जनाएको समाचारमा उल्लेख छ ।
ट्रम्पसँगको टेलिफोन कुराकानीमा पुटीन १५ दिन भित्र जेलेन्स्कीसँग प्रत्यक्ष भेटका लागि सहमत भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।अमेरिकी राष्ट्रपति र रुसी राष्ट्रपतिबीच ४० मिनेट टेलीफोन कुराकानी भएको हो ।
ट्रम्पले यसअघि नै आफूले यो सम्भावित शान्ति सम्झौताअन्तर्गत युक्रेनलाई सुरक्षा ग्यारेन्टी दिने विषयमा पनि छलफल गरेको बताएका थिए । यसमा युरोपेली देशहरूले मुख्य भूमिका निभाउनेछन् र अमेरिकासँग समन्वय गर्नेछन् ।
यद्यपि, उनले रूस अझै पनि युक्रेनलाई नेटोमा सामेल हुन दिने पक्षमा नभएको पनि स्पष्ट गरे । तर, पश्चिमी सुरक्षा ग्यारेन्टी दिन तयार हुनसक्ने उनको भनाइ छ ।
बैठकअघि ट्रम्पले सामाजिक सञ्जालमा जेलेन्स्की सम्झौताका लागि तयार भए युद्ध तुरुन्तै समाप्त गर्नसक्ने बताएका थिए । ट्रम्पले युक्रेनले क्रिमिया फिर्ता नपाउने र नेटोमा सामेल हुन नसक्ने स्पष्ट संकेत दिएका थिए ।
उनले केही कुराहरू कहिल्यै परिवर्तन नहुने दाबी गरेका थिए । यसमा जेलेन्स्कीले युद्धलाई चाँडै र स्थायी रूपमा समाप्त गर्ने सबैको इच्छा रहेको तर शान्ति अस्थायी नभएर टिकाउ हुनुपर्छ भन्ने जवाफ दिएका थिए ।
उनले क्रिमिया र डोनबासजस्तै रूसलाई फेरि आक्रमण गर्ने अवसर दिनु नहुने बताएका थिए । अहिले जेलेन्स्कीसँगको वार्ता सक्किएलगत्तै अमेरिकी राष्ट्रपति ट्रम्पले युरोपेली नेताहरूसँग वार्ता अघि बढाएका छन्।
नेताहरू ठूलो गोलमेच वरिपरि बसेर आ–आफ्नो धारणा राखेका छन् । अन्तराष्ट्रिय सञ्चारमाध्यम रोयटर्सका अनुसार बैठकमा सहभागी सबै नेताले युद्ध रोक्नुपर्नेमा जोड दिएका छन्।
नेटोका महासचिव मार्क रुट्टेले भने, ‘हामीले यो हत्या रोक्नुपर्छ। हामीले युक्रेनको पूर्वाधारमाथि भइरहेको विनाश रोक्नुपर्छ। यो भयानक युद्ध हो।’ उनले ट्रम्पलाई वार्ताका लागि धन्यवाद पनि दिएका छन्।
त्यस्तै युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले पनि युद्द रोक्नुपर्ने बताइन्।जर्मनीका चान्सलर फ्रेडरिक मर्जले पनि अर्को बैठकमा युद्धविरामको अपेक्षा गरेका छन्।
त्यस्तै इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले शान्तिको पूर्वसर्त सुरक्षा ग्यारेन्टी भएको उल्लेख गर्दै भनिन्, ‘यसरी युद्ध दोहोरिन नदिने सुनिश्चितता कसरी गर्ने भन्ने विषयमा हामी छलफल गर्नेछौं।’
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले त्रिपक्षीय बैठकलाई आवश्यक बताएका छन्।यता बेलायतका प्रधानमन्त्री कियर स्टार्मरले यो युद्धले ब्रिटेनमा पनि समस्या परेको भन्दै समाधानका लागि पहल गर्नुपर्ने मत राखे।
ट्रम र जेलेन्स्कीको वार्तापछि भएको युरोपेली नेताहरुसँगको वार्ताले केही आशा दिलाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
यता बैठकपछि जेलिन्स्कीले पत्रकार सम्मेलन गर्दै युरोपेली सहयोग मार्फत ९० अर्ब डलर बराबरका अमेरिकी हतियार खरिद गर्ने र आफ्नै ड्रोन उत्पादन गर्ने योजना सार्वजनिक गरेका छन् ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top