Deprecated: Function WP_Dependencies->add_data() was called with an argument that is deprecated since version 6.9.0! IE conditional comments are ignored by all supported browsers. in /var/www/html/wp-includes/functions.php on line 6131 सुशीलाको कार्यालय सिंहदरबार भित्रै,प्रधानमन्त्री बनाउन आदेश जारी हुँदै - NepalTimes

NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Скачать 1xBet нате телефон и компьютер: безвозмездная выдержка а также детальная инструкция मङ्लबार माघ ६ , २०८२
1xBet Закачать Sqachat Mobi Rasmiy Kirish Havolasi Uz मङ्लबार माघ ६ , २०८२
1xbet должностной веб-журнал 1xbet Рабочее гелиостат январь 2026 मङ्लबार माघ ६ , २०८२
1xBet 1хБет регистрация в взаперти клик Бонус сотне USD Обзакониться во БК 1xbet मङ्लबार माघ ६ , २०८२
Должностной веб-журнал Ставки получите и распишитесь спорт диалоговый а также казино मङ्लबार माघ ६ , २०८२
Next
Prev

समाचार

सुशीलाको कार्यालय सिंहदरबार भित्रै,प्रधानमन्त्री बनाउन आदेश जारी हुँदै

शुक्रबार भदौ २७ , २०८२
Reading Time: 1 min read
A A
सुशीलाको कार्यालय सिंहदरबार भित्रै,प्रधानमन्त्री बनाउन आदेश जारी हुँदै
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२७ भदौ , काठमाण्डौ ।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गर्न समझदारी बने पनि प्रक्रियाको विषयलाई लिएर शीतलनिवास अलमलमा परेको छ । संसदको हैसियत के हुने भन्ने विषयमा गएर नियुक्ति प्रक्रिया पनि अड्किएको शीतलनिवास स्रोतले जनाएको छ।

जेनजीका तर्फबाट संसद विघटन गर्नुपर्ने दबाब छ। संसद विघटन नगरे अन्तरिम सरकार गठनको बाटो नखुल्ने यस पक्षको तर्क छ। बिहीबार राष्ट्रपतिले संविधानविद्, प्रमुख दलका नेता तथा सभामुखसँग परामर्शन गरेका थिए। संविधानविदहरूले ‘संविधानमा कमभन्दा कम क्षति हुने गरी राष्ट्रपतिले संविधानको पालक र संरक्षकको भूमिका खेल्न सक्ने’ र ‘राष्ट्रपति पदसँगै इमर्जेन्सी लाइन बाल्ने अधिकार अन्तरनिहित हुने’ परामर्श दिएका थिए।

LS Auto

हालको कामचलाउ सरकारले बाधा अड्काउ फुकाउने आदेश जारी गर्ने र त्यसै आदेशअनुसार आगामी प्रक्रिया अघि बढाउने तयारीमा शीतलनिवास लागेको थियो। तर, संसद विघटन गर्नैपर्ने जेनजीको अडान र विघटन गर्दा आउन सक्ने अवगालको राष्ट्रपतिमा देखिएको भयमा अहिलेको गाँठो कस्सिएको छ।

यही गाँठो फुक्न नसकेकै कारण नयाँ प्रधानमन्त्री नियुक्ति पर धकेलिएको छ। आज पनि राष्ट्रपतिले विभिन्न पक्षसँग परामर्श जारी राखेको शीतलनिवास स्रोतले जानकारी दिएको छ।यसैबीच जेनजी आन्दोलनका अगुवा सुदन गुरुङ पनि राष्ट्रपति भवन शीतल निवास पुगेका छन्।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई तत्कालै प्रधानमन्त्री नियुक्त गर्न जेनजीका विभिन्न समूहहरूको तर्फबाट गुरुङले दबाब दिँदै आएका छन्। अब नयाँ प्रधानमन्त्री नियुक्तिका सम्बन्धमा गुरुङसँग राष्ट्रपतिले छलफल गर्ने बताइएको छ।

हामी नेपालका अध्यक्षसमेत रहेका जेनजी अभियन्ता गुरुङले नेपाली जनताको भावनाअनुसार अबको अन्तरिम सरकार बन्नुपर्ने बताउँदै आएका छन्। उनले वर्तमान संविधान खारेज नगरी, यसैभित्र रहेर सरकार गठन गरिनुपर्नेमा पनि जोड दिँदै आएका छन्। गुरुङले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्व मान्न तयार रहेको पनि बताएका छन्।

यो अन्योलता बढ्दै गएपछि जवाफदेहिता निगरानी समितिले संवैधानिक संकटको वैध समाधान गरी जेनजी प्रदर्शनका उपलब्धिहरूलाई संस्थागत गर्न र परस्थितिको सामान्यीकरण गर्न १२ बुँदे सुझाव दिएको छ।

समितिका संयोजक राजु चापागाईँसहितका मानव अधिकारकर्मीहरूले विज्ञप्ति जारी गर्दै संविधानको धारा ६१ ले राष्ट्रपतिलाई सुम्पिएको राष्ट्राध्यक्षको हैसियतअनुसार संविधानको पालन र संरक्षण गर्ने अभिभावकीय कर्तव्यअन्तर्गत जेनजी आन्दोलनका प्रतिनिधि, नागरिक समाज, संसद्भित्र र बाहिरका विद्यमान राजनीतिक शक्तिहरूसँग व्यापक संवाद तथा छलफलको आधारमा राजनीतिक तथा संवैधानिक संकट व्यवस्थापनका लागि सहमति जुटाउने सुझाव दिएको हो।

त्यस्तै राजनीतिक शक्तिहरूबीचको सहमतिमा संसद्को सदस्य नरहेको व्यक्तिलाई पनि प्रधानमन्त्री नियुक्त गर्ने, चुनावको मिति तोक्ने, संसद् भंग गर्ने स्पष्ट अधिकार राष्ट्रपतिमा रहने गरी संसद्बाट धारा ७६ मा संशोधन गर्ने र त्यसका आधारमा जेनजीको समर्थन पाएको स्वतन्त्र व्यक्तिको नेतृत्वमा गठन हुने नागरिक सरकारको राजनीतिक साथै संवैधानिक वैधता सुनिश्चित गर्न पनि उनीहरूले सुझाव दिएका छन्।

यस्तो सुझाव दिनेहरुमा जवाफदेहिता निगरानी समितिको तर्फबाट मानवअधिकारकर्मिहरू राजुप्रसाद चापागाई (संयोजक), राजन कुइँकेल (सहसंयोजक), रुकमनी महर्जन (सहसंयोजक), सदस्यहरूस् चरण प्रसाई, डा. गौरीशंकरलाल दास, डा. मन्दिरा शर्मा, दिनेश त्रिपाठी, सुमन अधिकारी, देवी सुनुवार, बाबुराम गिरी, डा. विरेन्द्र थपलिया, जनकबहादुर राउत, इन्द्रप्रसाद अर्याल, महामुनिश्वर आचार्य, विकास बस्नेत, अनिता थपलिया, भक्त विश्वकर्मा, बद्रीप्रसाद भुसाल, निराजन थपलिया, काशीराम ढुंगाना, लक्ष्मी पोखरेल, पुष्पराज पौडेल, सन्तोषबाबु सिग्देल, मोहना अन्सारी, कमला पन्थी रहेका छन् ।

यता नयाँ नियुक्त हुने प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमै व्यवस्थापन गरिने भएको छ । संहदरबारभित्रैको कम क्षति भएको भवनमा कार्यालय स्थापना गरी पदबहाल गराउने योजना रहेको स्रोतले जानकारी दिएको छ । सिंहदरबारको रामशाहपथ तर्फको मूल प्रवेशद्वार पूर्णरुपमा क्षतिग्रस्त भएको छैन ।

प्रधानमन्त्री कार्यालयबाहेक अन्य मन्त्रालय सरसफाइ गरेर काम गर्न सकिने अवस्थामा छन् । मुख्य सचिवले केही सचिवहरुसहित सिंहदबारमा भएको क्षतिको अनुगमन गरेका छन् । प्रधानमन्त्रीलाई कहाँ राख्ने भन्नेबारे उनले गृहकार्य गरिरहेको स्रोतले बताएको छ ।

मुख्य सचिव नेतृत्वको टोलीले अहिले सिंहदरवारभित्रको क्षति निरीक्षण र मुल्यांकन गरेको छ । प्रधानमन्त्री कार्यालयसहित गृह र शिक्षा मन्त्रालय कामे नलाग्नेगरी ध्वस्त पारिएका छन् । परराष्ट्र र कानून मन्त्रालय सग्लै छन् भने अन्य कतिपय मन्त्रालयमा पनि कामचलाउ व्यवस्था गर्न सकिने अवस्था छ ।

यस्तै मुख्यसचिव एकनारायण अर्यालले अब बन्ने नागरिक सरकारसँग काम गर्न कर्मचारी प्रशासन तयार रहेको बताएका छन्। शुक्रबार सिंहदरबारस्थित भौतिक पूर्वाधारहरूको निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यसचिव अर्यालले जेनजीको मागअनुसार गठन हुने सरकारसँग काम गर्न ब्युरोक्रेसी तयार रहेको बताएका हुन्।

अर्यालले मुलुकका अत्यावश्यक सेवाहरू सञ्चालन भइरहेको र सेवाप्रवाहलाई अझ प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिइएको समेत दाबी गरेका छन् । राहदानीदेखि वैदेशिक रोजगारसम्बन्धी सम्पूर्ण सेवा अनलाइनमार्फत सुरु भइसकेको उनको भनाइ छ।

उनले सुरक्षाको जिम्मा नेपाली सेनाले सम्हालिरहेको र अहिले सुरक्षा स्थिति सामान्यतर्फ उन्मुख रहेको जानकारी पनि दिए। प्रशासनिक अभिलेखमा अकल्पनीय क्षति पुगेको उल्लेख गर्दै उनले पूर्वाधार र सवारीसाधनको क्षतिबारे प्राविधिक मूल्यांकन गरिने बताए।

Tags: ##सुशीलाको कार्यालय सिंहदरबार भित्रैप्रधानमन्त्री बनाउन आदेश जारी हुँदै

लोकप्रीय

Скачать 1xBet нате телефон и компьютер: безвозмездная выдержка а также детальная инструкция

मङ्लबार माघ ६ , २०८२

1xBet Закачать Sqachat Mobi Rasmiy Kirish Havolasi Uz

मङ्लबार माघ ६ , २०८२

1xbet должностной веб-журнал 1xbet Рабочее гелиостат январь 2026

मङ्लबार माघ ६ , २०८२

विचार

Скачать 1xBet нате телефон и компьютер: безвозмездная выдержка а также детальная инструкция

मङ्लबार माघ ६ , २०८२

1xBet Закачать Sqachat Mobi Rasmiy Kirish Havolasi Uz

मङ्लबार माघ ६ , २०८२

1xbet должностной веб-журнал 1xbet Рабочее гелиостат январь 2026

मङ्लबार माघ ६ , २०८२

थप समाचार

ताजा समाचार

Скачать 1xBet нате телефон и компьютер: безвозмездная выдержка а также детальная инструкция

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

1xBet Закачать Sqachat Mobi Rasmiy Kirish Havolasi Uz

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

1xbet должностной веб-журнал 1xbet Рабочее гелиостат январь 2026

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

1xBet 1хБет регистрация в взаперти клик Бонус сотне USD Обзакониться во БК 1xbet

मङ्लबार माघ ६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Afghanistanमा चिनियाँलक्षित वि**स्फोट, गा*जा पिस बोर्डमा Putinलाई निम्ता || Nepal Times

World News: Afghanistanमा चिनियाँलक्षित वि**स्फोट, गा*जा पिस बोर्डमा Putinलाई निम्ता || Nepal Times

00:22:25

World News: सिरियाली गृह यु द्धको अन्त्य, इराकबाट अमेरिकी सेना फिर्ता || Nepal Times

00:23:36

World News: ‘ट्रम्प अप रा धी’, हजारौंको मृत्युमा खामेनीको स्वीकार, अमेरिका–युरोप आमनेसामने

00:22:49

World News: इरान र इजरेलका नेतासँग पुटिनको वार्ता, पाकिस्तानका १५२ सांसद निलम्बित || Nepal Times

00:19:07

World News: ग्रिनल्याण्ड नेटो सेनाले घेर्याे, रुस पनि एक्सनमा, गाजामा बन्यो सरकार || Nepal Times

00:32:43

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

शुक्रबार माघ २ , २०८२
विशेष महाधिवेशनः देउवा नजाने, के गगन सभापति बन्छन् ?

काँग्रेस अब के हुन्छ ? दुई चिरा मात्र हुन्छ कि अर्काे पार्टी बन्छ ?

बुधबार पुस ३० , २०८२
भेनेजुएला र क्यूबा भएको ’भिसा बन्ड’ सूचीमा नेपाललाई किन राखियो ?

अमेरिकाले नेपालसहित ७५ देशका लागि रोक्यो भिसा

बिहिबार माघ १ , २०८२

हालका पोस्टहरू

Скачать 1xBet нате телефон и компьютер: безвозмездная выдержка а также детальная инструкция

मङ्लबार माघ ६ , २०८२

1xBet Закачать Sqachat Mobi Rasmiy Kirish Havolasi Uz

मङ्लबार माघ ६ , २०८२

1xbet должностной веб-журнал 1xbet Рабочее гелиостат январь 2026

मङ्लबार माघ ६ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.