NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ? मङ्लबार मंसिर ९ , २०८२
अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए मङ्लबार मंसिर ९ , २०८२
प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै मङ्लबार मंसिर ९ , २०८२
अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक मङ्लबार मंसिर ९ , २०८२
ओली अन्ततः चुनावमा भाग लिन तयार, दल दर्ता हुँदै, आयोग भने नमान्ने मङ्लबार मंसिर ९ , २०८२
Next
Prev

समाचार

४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता

मङ्लबार भदौ ३१ , २०८२
Reading Time: 1 min read
A A
४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

३१ भदौ , काठमाण्डौ ।

जेनजी आन्दोलनका क्रममा देशभरका कारागारबाट भागेका चार हजार बढी कैदीबन्दी सम्पर्कमा आएका छन् । कारागार व्यवस्थापन विभागका अनुसार हालसम्म चार हजार ७७४ जना सम्पर्कमा आएका छन् । विभागका सूचना अधिकारी सन्देशप्रसाद जोशीले धेरैजसो कैदी स्वस्फूर्त रूपमा फर्किएको र केही लाई भने नियन्त्रणमा लिनुपरेको बताएका छन् ।

भदौ २४ गते जेन जी प्रदर्शनका कारण अवस्था तनावग्रस्त बनेपछि देशभरबाट १४ हजार बढी कैदीबन्दी फरार भएका थिए । त्यसमध्ये केन्द्रीय कारागार जगन्नाथ देवलबाट मात्र ३५ सय बढी कैदीबन्दी भागेका थिए, जसमा नक्कली भुुटानी शरणार्थी प्रकरणमा पूर्पक्षका लागि थुनामा रहेका एमाले नेता तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी पनि भागेका थिए ।

उनी अहिलेसम्म कारागार फर्किएका छैनन् । निस्कदा भने असुरक्षा बढेपछि निस्किएको र केही दिनमा फर्कने जानकारी दिएका दिए । उता नख्खु कारागारबाट रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने पनि भागेका थिए ।

तर, उनी भने कारागारमा हाजिर भइसकेका छन् । रवि आन्दोलनको मौका छोपेर आफ्ना कार्यकर्ताको दबावका भरमा निस्किएको भन्दै व्यापक विरोध पनि भएको छ । जेनजी समूहले समेत रविलाई जेलबाट निकाल्न आफूहरुको संलग्नता नभएको प्रष्ट पारिसकेको छ ।

आलोचना तिव्र भएपछि रविले पनि सामाजिक संजालबाटै यसको खण्डन गरेका थिए । तर जुन पत्रलाई आधार बनाएर उनले खण्डन गरेका थिए त्यसमै त्रुटी भेटिएपछि र कारागार प्रशासनले पनि उनी आफै निस्किएको भनेपछि रविसहित उनका कार्यावाहक सभापति डीपी अर्यालसमेत आलोचनामा परेका छन् ।

यो प्रकरणपछि सुमना श्रेष्ठले पार्टी समेत छाडिसकेकी छन् । रविको तीव्र आलोचना र टोपबहादुर वेपत्ताजस्तै बनेको अवस्थामा डिल्लीबजार कारागारमा रहेका पूर्वप्रदेशमन्त्री दीपक मनाङेको भने यतिबेला प्रशंसासमेत गरिएको छ । चर्चित नेताहरुसहित हजारौं कैदीबन्दी भाग्दा मनाङे भने भागेका थिएनन् ।

रास्वपाको भर्चुवल मिटिंगमा रविभन्दा त मनाङे कानूनको पालक भन्दै चर्काचर्कीसमेत परेको थियो । कैदीहरु कारागार फर्किने संख्या बढिरहँदा उता सेनाको सुरक्षामा रहेका अधिकांश नेताहरू पनि फर्किएका छन् । जेनजी प्रदर्शन उग्र बनेपछि सुरक्षाका लागि सेनाको ब्यारेकमा रहेका नेताहरू अहिले भने फर्किएका हुन् ।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र केही नेता बाहेक अधिकांश नेताहरूलाई ब्यारेकबाट पठाइसकिएको छ । केही नेताहरूको भने सुरक्षा र बस्ने प्रबन्ध मिल्नै बाँकी रहेकाले सेनाको सुरक्षामा रहेको बताइएको छ । शिवपुरीस्थित सेनाको तालिमकेन्द्रबाट फर्के पनि उनीहरू घर जान पाएका छैनन्।

सबैजसो पूर्वमन्त्री र शीर्ष नेताका घरमा आगजनी र तोडफोड गरिएकाले बस्न सक्ने अवस्था छैन। त्यसैले उनीहरू शिवपुरीबाट फर्केर आफ्ना आफन्त वा साथीभाइका घरमा आश्रय लिएर बसेको पाइएको छ। सेनाको सुरक्षामा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज मंगलबार पार्टी कार्यालय पेरिसडाँडा पुगेर निरीक्षण समेत गरेका छन् ।

विपक्षी दलहरूको बैठक सिंहदरबारमा डाकेका बेला प्रचण्ड, माधवकुमार नेपाललगायत नेताहरू सिंहदरबारमै थिए । उनीहरूलाई त्यहीँबाट सेनाले सुरक्षित ठाउँमा लगेको थियो । निवर्तमान मन्त्रीहरूलाई पनि सेनाको हेलिकप्टरमार्फत सुरक्षित स्थानमा लगिएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री निवास बालुवाटारबाटै सेनाको हेलिकप्टरबाट सुरक्षित स्थानमा लगिएको थियो । जेनजी आन्दोलन बिस्तारै मत्थर हुँदै गएको र अन्तरिम सरकार समेत गठन भएपछि सेनाले उनीहरूलाई धमाधम फिर्ता पठाएको हो ।

सेनाको ब्यारेकबाट फर्किएका नेताहरूको सुरक्षा चुस्त पारिएको बताइएको छ । भीआईपी सुरक्षा कार्यविधिअनुसार उनीहरूलाई सुरक्षा प्रदान गरिएको छ । बढी सुरक्षा थ्रेट हुनेहरूलाई सोही अनुसार सुरक्षाकर्मीहरू उपलब्ध गराइएको बताइएको छ ।

उच्च तहका नेताहरूको घरहरू आगजनीबाट नष्ट भएका छन् । अहिले उनीहरू आफन्त तथा साथीहरूकोमा बस्ने गरेको बताइएको छ । केहीले भने डेरा लिएर बस्न थालेको सुरक्षा स्रोतले बताएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पत्नी आरजु देउवा भने प्रदर्शनकारीको आक्रमणबाट घाइते भएका थिए ।

उनीहरूको अहिले पनि उपचार जारी छ । आजै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पनि पार्टीको काममा फर्किएका छन् । सेनाको सुरक्षाबाट फर्किएपछि आज कोटेश्वरमा आन्दोलनकारीले लगाएको घर हेर्न पुगे ।

प्रदर्शनकारीले भदौ २४ गते नेपालको घरमा समेत आगजनी गरिदिएका थिए । यस्तै नेपालले तोडफोड र आगजनीबाट क्षति पुगेको आफ्नो पार्टी कार्यालय र नेकपा (एमाले)का नेताहरूको निवास पनि निरीक्षण गरेका छन् । उनी एमाले महासचिव शंकर पोखरेलको निवास निरीक्षणमा पुगेका थिए ।

त्यसपछि उनी एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेको काठमाडौंस्थित घरमा पुगे । उनी रघुजी पन्तको निवासमा पनि पुगेका थिए । नेपालसहितको टोली एमाले नेता अग्नि खरेललाई पनि भेट्न पुगेको थियो । उनी सोमबार नै आफ्ना भाइहरूको निवासमा पनि पुगे ।

उनले एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, प्रेम आलेलगायत नेताका क्षतिग्रस्त निवासको पनि निरीक्षण गरे । सोमबारै उनले काठमाडौंको तीनकुनेस्थित क्षतिग्रस्त कान्तिपुर टेलिभिजन कार्यालयको समेत अवलोकन गरे ।

जेनजीको आन्दोलनपछि नेता नेपाल सोमबार मात्र सार्वजनिक भएका हुन् । निवास जलेका कारण उनी आफन्तको घरमा बसेका छन् । यसअघि शंकर पोखरेल, गगन थापा लगायतका नेताहरुले आआफ्नो पार्टी कार्यालयको अवलोकन गरेका थिए ।

Tags: #४ हजार बढी कैदीबन्दी#टोपबहादुर वेपत्ता

लोकप्रीय

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२

विचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२

थप समाचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?
ताजा समाचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन
अन्तर्राष्ट्रिय

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप
ताजा समाचार

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२
अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक
अन्तर्राष्ट्रिय

अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक

मङ्लबार मंसिर ९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

00:19:15

World News: दलाई लामालाई अमेरिकी तलब, भीसा नपाएपछि आ*त्म*ह*त्या || Nepal Times

00:17:08

World News: Australia मा नेपालीसहितको प्रमाणपत्र खारेज, २०० विद्यार्थी अपहरणमा || Nepal Times

00:17:12

World News: Dubai मा भारतको ल डाकु विमान दु र्घट ना, Modi अफ्रिकामा || Nepal Times

00:16:05

World News: बंगलादेशमा भूक*म्पमा ६ को मृ*त्यु, पाकिस्तानमा वि*स्फो*ट*मा १५ मा*रि*ए || Nepal Times

00:20:06

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले योगेश भट्टराईसँग लिए बदला

शुक्रबार मंसिर ५ , २०८२
राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय

दुर्गा प्रसाईं समूहको धम्की पत्र र चन्दा आतंक

शुक्रबार मंसिर ५ , २०८२

हालका पोस्टहरू

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.