NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ? मङ्लबार मंसिर ९ , २०८२
अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए मङ्लबार मंसिर ९ , २०८२
प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै मङ्लबार मंसिर ९ , २०८२
अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक मङ्लबार मंसिर ९ , २०८२
ओली अन्ततः चुनावमा भाग लिन तयार, दल दर्ता हुँदै, आयोग भने नमान्ने मङ्लबार मंसिर ९ , २०८२
Next
Prev

समाचार

शिवपुरीबाट ओलीले लेखेको भनिएको चिठी नक्कली

बुधबार अशोज १ , २०८२
Reading Time: 1 min read
A A
ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१ असोज , काठमाण्डौ ।

असोज ३ गते संविधान दिवसका दिन पारेर शक्ति प्रदर्शन गर्ने सोही मेसोमा केही दिनदेखि गुप्तवासमा रहेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि मैदानमा उतार्ने एमाले नेता महेश बस्नेतको दाबी झुटो रहेको पुष्टि भएको छ । साथै जेनजी आन्दोलनपछि शिवपुरीबाट ओलीले लेखेको भनिएको पत्रसमेत नक्कली रहेको खुलेको छ ।

यसको खुलासा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले गरेका हुन् । उनले निवर्तमान प्रधानमन्त्री ओलीले जेनजी आन्दोलनकारीका नाममा लेखेको भनिएको चिठी, उनलाई शिवपुरीको सैनिक घेरामा राखिएको र संविधान दिवसमा सार्वजनिक हुनेजस्ता कुरा अफवाहमात्रै भएको बताएका छन् ।

LS Auto

संचारमाध्यमसँग कुरा गर्दै ज्ञवालीले भने, ‘हिजो मेरो कुरा भएको थियोे, परिस्थिति अझै अनुकूल नभएको अवस्थामा सुरक्षित रहनु नै उपयुक्त हुने कुरा भयो ।’ उनका अनुसार कम्तिमा अझै पाँच–सात दिन बाहिर निस्कने कि ननिस्कने भन्ने कुराको टुंगो छैन ।

ओलीले आफू शिवपुरीस्थित सैनिक नियन्त्रणमा रहेको भन्दै जेनजी आन्दोलनकारीलाई सम्बोधन गरी केही दिनअघि सार्वजनिक चिठी आधिकारिक नभएको उनले बताए । ‘न उहाँ शिवपुरीमा हुनुहुन्छ, न त त्यो पत्र उहाँको हो’, उनले भने ।

‘संगठित राज्यसँग लड्न सकिन्छ, गैरराज्यसँग अर्थात माओवादीसंग लडेकै हौं, तर निरंकुशतासँग लड्न गाह्रो हुन्छ’, उनले भने, ‘नयाँ सरकार बनेको मात्र छ, पूर्णता पाएको छैन, यो सरकार कस्तो बन्छ, यसले के के गर्छ भन्ने कुराका आधारमा हामीले काम गर्नुपर्ने छ ।’

अहिलेका सबै घटनाक्रममा एमाले र त्यसका नेतामाथि प्रहार केन्द्रित भएको भन्दै उनले सबभन्दा बढी सचेत र सुरक्षित पनि एमालेकै नेता, कार्यकर्ता हुनुपर्ने बताए । ओली प्रतिकूल परिस्थितिका कारण सेनाको सुरक्षाभित्र रहेको ज्ञवालीले बताए ।

तर, उक्त सुरक्षा घेरालाई सैनिक नजरबन्द वा गिरफ्तारीका रुपमा चर्चा गर्नु आपत्तिजनक रहेको उनी बताउँछन् । यसैबीच एमाले केन्द्रीय कार्यालयले असोज ३ गते संविधान दिवस देशभर भव्यतापूर्वक मनाउन आफ्ना सबै प्रदेश र जिल्ला कमिटीलाई निर्देशन दिएको छ ।

महासचिव शंकर पोखरेलले ३० भदौमा जारी गरेको परिपत्रमा संविधान २०७२ नेपालको सार्वभौमसत्ता सम्पन्न ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्दै यस दिवसलाई पार्टीस्तरबाट विशेष कार्यक्रमसहित मनाउन आग्रह गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘भदौ २३ र २४ का दुःखद् घटनापछि राजनीतिक परिस्थिति असहज बनेको छ । आन्दोलनका नाममा संवैधानिक व्यवस्थालाई कमजोर पार्ने षड्यन्त्र भइरहेका छन् । युवाहरूको मागविपरीत मुलुकलाई प्रतिगमनतर्फ धकेल्ने प्रयास भइरहेका बेला संविधानको रक्षा गर्न आवश्यक छ ।’

एमालेले काठमाडौं उपत्यकामा पार्टी केन्द्रीय कार्यालय, च्यासल, ललितपुरको प्राङ्गनमा विशेष कार्यक्रम आयोजना गर्ने जनाएको छ भने देशभरका जिल्लामा समेत समानान्तर कार्यक्रम गर्ने तयारी गर्न सबैलाई आह्वान गरेको छ ।

संविधान दिवस प्रत्येक वर्ष ३ असोजमा मनाइन्छ । यस दिन संविधानसभामार्फत २०७२ सालमा नेपालको संविधान जारी भएको स्मरण गरिन्छ । यसअघि भने एमाले स्थायी कमिटी सदस्य रहेका महेश बस्नेतले बुधबार–बिहीबारभित्रै काठमाडौंमा १० औं हजारको भिड उतार्ने उद्घोष गरेका थिए ।

मंगलबार जेन–जी आन्दोलनका क्रममा आगजनी गरेर जलाइएको एमाले केन्द्रीय कार्यालयमा आयोजित सभालाई सम्बोधन गर्दै यस्तो घोषणा गरेका थिए । यस्तै असोज ३ गते संविधान दिवसका अवसरमा एमालेले कार्यक्रम गर्ने र त्यही कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीलगायतका नेता उत्रिने पनि उनले बताएका थिए ।

तर त्यो अफवाह भएको उनकै उपमहासचिवले प्रष्ट पारेका छन् । यद्यपि जेन–जी आन्दोलनपछि सत्ताबाट बाहिरिएको एमालेले संविधान दिवसको अवसर पारेर पुनः सक्रिय हुने बाटो समाएको हो । यता प्रचण्ड, माधव नेपाल लगायतका प्राय नेताहरु नेपाली सेनाको सुरक्षा घेराबाट बाहिर निस्किएपनि ओली भने अहिलेसम्म सार्वजनिक भइसकेका छैनन् ।

Tags: #ओली असोज ३ गते सार्वजनिक नहुने#चिठी नक्कली#शिवपुरीबाट ओली

लोकप्रीय

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२

विचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२

थप समाचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?
ताजा समाचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन
अन्तर्राष्ट्रिय

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप
ताजा समाचार

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२
अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक
अन्तर्राष्ट्रिय

अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक

मङ्लबार मंसिर ९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

00:19:15

World News: दलाई लामालाई अमेरिकी तलब, भीसा नपाएपछि आ*त्म*ह*त्या || Nepal Times

00:17:08

World News: Australia मा नेपालीसहितको प्रमाणपत्र खारेज, २०० विद्यार्थी अपहरणमा || Nepal Times

00:17:12

World News: Dubai मा भारतको ल डाकु विमान दु र्घट ना, Modi अफ्रिकामा || Nepal Times

00:16:05

World News: बंगलादेशमा भूक*म्पमा ६ को मृ*त्यु, पाकिस्तानमा वि*स्फो*ट*मा १५ मा*रि*ए || Nepal Times

00:20:06

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले योगेश भट्टराईसँग लिए बदला

शुक्रबार मंसिर ५ , २०८२
राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय

दुर्गा प्रसाईं समूहको धम्की पत्र र चन्दा आतंक

शुक्रबार मंसिर ५ , २०८२

हालका पोस्टहरू

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.