×

NEPAL TIMES UPDATES

Playing
इरानमा नयाँ नेतृत्व चयन ट्रम्प बेचेन, तेहरानको भविष्य के होला ? || Nepal Times
Mar 06, 2026
Playing
लामो यु*द्धकालागि Iran तयारः IRGCले दियो नयाँ ह*तिया*रको चेतावनी || Nepal Times
Mar 06, 2026
Playing
BALENको क्रेजले बदल्यो नेपालको राजनीति, देशभर आँधीबेहरी || Nepal Times
Mar 06, 2026
Playing
अहिलेसम्म कसको जित, कहाँ को अगाडि ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वापाको देशैभर अग्रताको संदेश के हो ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 06, 2026
Playing
World News: उड्दा उड्दै Indiaको शुखोई बेपत्ता, Iranले झार्यो अमेरिकी लडाकु विमान || Nepal Times
Mar 06, 2026
Playing
सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो || Nepal Times
Mar 06, 2026
Playing
Top 15 Afternoon News || Mar-06-2026 || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाले देशभर आँधी ल्यायो, जनताको अपार समर्थन || Nepal Times
Mar 06, 2026

ट्रम्प–नेतान्याहूले गरे गाजामा शान्तिको प्रस्ताव, हमास मान्ला ?

१४ आश्विन २०८२

१४ असोज , काठमाण्डौ ।

नेपालका विपिन जोशीसहित केही इजरायलीहरु अझै पनि गाजामा हमासको कब्जामा बन्धक रहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र गाजामा बमबारी जारी राखेका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूबीच ह्वाइट हाउसको ओभल अफिसमा पुनः भेटवार्ता भएको छ ।

यो भेटवार्तामा गाजामा युद्ध रोक्न नयाँ युद्धविराम प्रस्तावमा छलफल भएको छ । ट्रम्पले नेतान्याहूलाई ह्वाइट हाउसमा स्वागत गरिरहेको बेला, पत्रकारहरूले उनलाई केही प्रश्नहरू सोधेका थिए ।

‘के तपाईं गाजामा चाँडै शान्ति प्राप्त हुने कुरामा विश्वस्त हुनुहुन्छ ?’ एक पत्रकारले ट्रम्पलाई सोधेका थिए । ‘हो, म पूर्ण रूपमा विश्वस्त छु,’ यसको जवाफमा ट्रम्पले भनेका थिए ।

ट्रम्प र नेतान्याहूले नयाँ २१ बुँदे शान्ति प्रस्तावमा छलफल गरेको बताइएको छ । यो प्रस्तावले गाजामा युद्ध रोक्न मद्दत गर्ने आशा ट्रम्पले गरेका छन् । यता हमासले भने यो प्रस्ताव आधिकारिक रूपमा आफूहरूलाई नपठाइएको बताएका छन् ।

ट्रम्पसँग नेतान्याहूको भेटको बिचमा इजरायलले भने गाजामा आक्रमणहरू तीव्र पारेको छ । यता सीबीएस न्यूजले स्रोतहरूलाई उद्धृत गर्दै नयाँ शान्ति प्रस्ताव पनि रिपोर्ट गरेको छ ।

यस २१ बुँदे प्रस्तावमा जीवित रहेका बाँकी सबै बन्धकहरूको रिहाइ, गाजामा मानवीय सहायतामा बढी पहुँच, गाजा पट्टीबाट इजरायली सेनाको फिर्ती, वेष्ट बैंक कब्जा नगर्ने प्रतिज्ञा, गाजामा नयाँ बस्ती निर्माण गर्ने कुनै पनि प्रयासको अन्त्य, हमासबाट अलग नयाँ प्यालेस्टिनी सरकारको गठन, गाजावासीहरूलाई जबरजस्ती विस्थापन नगरिने वा द्वन्द्वबाट भागेकाहरूको फिर्ता रोक्ने प्रयास नगरिने लगायतका बुँदाहरू समावेश भएको बताइएको छ ।

यो प्रस्तावलाई हमासले स्वीकार गर्नुपर्ने चेतावनी पनि ट्रम्प र नेतन्याहुले दिएका छन् । यस योजनाले तत्कालै सैनिक कारबाही अन्त्य गर्ने प्रस्ताव गरेको छ ।

७२ घण्टाभित्र हमासले २० जना जीवित बन्दी र मृत भनिएका करिब दुई दर्जनभन्दा बढीको शव फिर्ता गर्नु पर्नेछ । यसको बदलामा सयौँजना गाजावासी कैदीहरूलाई छोडिनेछ ।

यसबीच युद्धविरामसम्बन्धी वार्ता सफलता निकट रहेको एक प्यालेस्टाइनी स्रोतले बीबीसीलाई जानकारी दिएको छ । ह्वाइट हाउसमा भएको वार्तापछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै ट्रम्पले यस योजनालाई शान्तिका लागि ऐतिहासिक दिन भनेका छन् ।

तर हमासले यस योजनालाई स्वीकार नगरेमा नेतान्याहुलाई हमासको अन्त्य गर्ने काम पूरा गर्नका लागि अमेरिकाले साथ दिने चेतावनी पनि ट्रम्पले बताए ।

हमासले यो योजना अस्वीकार गरे वा कार्यान्वयन नगरे इजरायलले आफ्नो काम पूरा गर्ने नेतान्याहुको भनाइ छ । अब यो २० बुँदे योजना कार्यान्वयन भएमा गाजामा बन्दी बनाइएका नेपालका विपिन जोशीसहित सबै बन्दीहरूको अवस्था सार्वजनिक हुने भएको छ ।

ट्रम्पको युद्धविराम योजनाको तेस्रो बुँदामा स्पष्ट भनिएको छ, ‘हमासले ७२ घण्टाभित्र सबै इजरायली बन्दी (जिउँदा वा मृत) छोड्नुपर्नेछ ।’

यस सहमतिको अर्थ, यदि हमासले ट्रम्पको योजनालाई स्वीकार गरेमा गाजामा रहेका सबै बन्दीहरूको अवस्था तीन दिनभित्र ‘जिउँदा वा मृत’ जुन अवस्थामा भए पनि सार्वजनिक गरिनुपर्नेछ ।

यी बन्दीहरूमा नेपालका विपिन जोशी पनि रहेका छन् । उनलाई २०२३ अक्टोबर ७ को आक्रमणपछि हमासले बन्दी बनाएको थियो ।

यसको बदलामा, इजरायलले २५० आजीवन कारावासी र १७०० अन्य कैदीहरूलाई मुक्त गर्नेछ । साथै, प्रत्येक मृत इजरायली बन्दीको सट्टा १५ गाजावासीको शव फिर्ता दिइने पाँचौँ बुँदामा उल्लेख छ ।

गत असोज ४ गते हमासको सशस्त्र शाखाले गाजामा बन्दी बनाइएका ४८ जना इजरायली बन्दीहरूको ‘बिदाइ तस्वीर’ सार्वजनिक गरेको थियो ।

उक्त संकलित तस्वीरमा नेपालका विपिन जोशीको तस्वीर पनि समावेश गरिएको थियो, जसले उनको अवस्थाबारे चिन्ता बढाएको थियो ।

हमासले उक्त तस्वीर सार्वजनिक गर्दा इजरायलले गरेको व्यापक स्थलगत र हवाई आक्रमणले बन्दीहरूको सुरक्षालाई खतरा पु¥याएको जिकिर गरेको थियो ।

‘बिदाइ तस्वीर’ ले तत्काल आक्रमण रोक्न इजरायली सरकारमाथि दबाब बढाएको मानिएको थियो । यस नयाँ युद्धविराम योजनाले हमासमाथि बन्दीहरूको तत्काल र पूर्ण जानकारी सार्वजनिक गर्न दबाब सिर्जना गर्नेछ ।

पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले २० बुँदे योजना सार्वजनिक गर्दै गाजामा युद्ध रोक्ने, हमासका सबै हतियार हटाउने र अस्थाई प्रशासनिक बोर्ड गठन गर्ने प्रस्ताव राखेका छन्।

ट्रम्पले यो बोर्डको अध्यक्षता स्वयं गर्नेछन् । यद्यपि, हमासले भने आफूहरूलाई औपचारिक प्रस्ताव प्राप्त नभएको र हतियार नछाड्ने स्पष्ट पारिसकेको छ ।

यसै सन्दर्भमा, ट्रम्पले कडा चेतावनी दिएका हुन्, ‘यदि हमासले यसलाई स्वीकार गर्दैन भने, इजरायलसँग उसलाई समाप्त गर्ने सम्पूर्ण अधिकार छ र त्यसमा अमेरिका साथ दिनेछ।’

ट्रम्पको यो योजनाले गाजामा जारी युद्धको अन्त्य गर्ने, बन्दीहरूलाई फर्काउने र क्षेत्रलाई आतंकमुक्त बनाउने लक्ष्य राखेको छ, तर हमासको अस्वीकारले गर्दा यसको भविष्य अझै अनिश्चित छ ।

यसअघि हमासका एक वरिष्ठ नेताले आफूहरू गाजामा युद्ध अन्त्य गर्न सघाउने सबै किसिमका प्रस्ताव अध्ययन गर्न तयार रहेको बताएका थिए ।

तर, सम्झौताले प्यालेस्टाइनी हितलाई सुनिश्चित गर्नुपर्ने, इजरायली फौज पूर्ण रूपमा गाजाबाट हट्नुपर्ने र युद्ध अन्त्य हुनुपर्नेमा उनले जोड दिए ।

हमाससँग रहेको हतियारबारे सोध्दा उनले गाजामा इजरायलको कब्जा रहुन्जेल प्रतिरोधका हतियार लक्ष्मणरेखाका रूपमा रहेको बताए ।

सन् १९६७ मा तय गरिएको सीमा कायम गर्ने गरी स्वतन्त्र प्यालेस्टाइनी राज्यको ग्यारेन्टी दिने राजनीतिक समाधानको ढाँचामा छलफल भएमा मात्र आफूहरूको हतियारको विषयको कुरा उठ्ने उनको भनाइ थियो ।

अक्टोबर २०२३ देखि गाजामा इजरायलले गरेको आक्रमणमा कम्तीमा ६६ हजार ५५ जना मारिएका छन् ।

भर्खरको समाचार

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

सम्बन्धित खबरहरु

Scroll to Top