NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
दशैँको दक्षिण ६ अर्ब ? साटियो सुकिला नोट बुधबार अशोज १५ , २०८२
सौर्यमण्डलबाट एलियन बाहिर आएको हो,के भन्छ नासा ? बुधबार अशोज १५ , २०८२
यात्रुको साथमा कुलमान, बढी भाडा असुल्नेलाई तत्काल कारबाही बुधबार अशोज १५ , २०८२
दशैंमा आएका ३ चलचित्रले कति कमाए ?कुन चलचित्र कस्ता छन् ? बुधबार अशोज १५ , २०८२
आज अधिकांश स्थानमा वर्षा, पहाडी क्षेत्रमा भारी वर्षा बुधबार अशोज १५ , २०८२
Next
Prev

समाचार

दशैंमा आएका ३ चलचित्रले कति कमाए ?कुन चलचित्र कस्ता छन् ?

बुधबार अशोज १५ , २०८२
Reading Time: 1 min read
A A
दशैंमा आएका ३ चलचित्रले कति कमाए ?कुन चलचित्र कस्ता छन् ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

१५ असोज , काठमाण्डौ ।

दशैंका अवसर पारेर तीन नेपाली चलचित्र प्रदर्शन भएका छन् ।फूलपातीदेखि चलचित्र ‘हरिबहादुरको जुत्ता’, ‘माइतीघर’ र ‘बलिदान’ नेपालभर प्रदर्शनमा आएका हुन् ।

तर दशैंको बिदामा दर्शक तान्ने अवसर भएपनि तीन वटै चलचित्रले घरेलु बजारमा अपेक्षाकृत व्यापार भने गर्न सकेका छैनन् । चलचित्र विकास बोर्डको ‘बक्सअफिस २ सिनेमा’ एपमा चलचित्र ‘बलिदान’ ले दुई दिनमा एक करोड पाँच लाख ६५ हजार रुपैयाँबराबरको व्यापार (ग्रस कलेक्सन) गरेको तथ्याङ्क छ ।

उक्त चलचित्रले पहिलो दिन असोज १३ गते नेपालभर प्राप्त गरेको २४४ ‘शो’ बाट ५७ लाख १९ हजार ३४० र दोस्रो दिन दुई सय १३ शोबाट ४८ लाख ४६ हजार रुपैयाँको व्यापार गरेको छ ।

सन्तोष सेनको निर्देशनमा तयार भएको चलचित्र ‘बलिदान’ मा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मालगायत कलाकारले अभिनय गरेका छन् ।

यस्तै, अभिनेता हरिवंश आचार्यले शीर्ष भूमिका निर्वाह अभिनय गरेको चलचित्र ‘हरिबहादुरको जुत्ता’ ले प्रदर्शनको दुई दिनमा ५९ लाख ५८ हजार रुपैयाँको व्यापार (ग्रस कलेक्सन) गरेको छ ।

उक्त चलचित्रले असोज १३ गते १३४ शोबाट २४ लाख ८५ हजार ६४ र दोस्रो दिन ३४ लाख ७३ हजारको व्यापार (ग्रस कलेक्सन) गरेको छ । उक्त चलचित्रले पहिलो दिन र दोस्रो दिन समान ‘शो’ पाएको छ ।

दीपेन्द्रकुमार खनालको निर्देशनमा तयार भएको चलचित्र ‘हरिबहादुरको जुत्ता’ मा अभिनेता आचार्यसँगै स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियङ्का कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेललगायतका कलाकारले अभिनय गरेका छन।

अभिनेता आचार्यले टेलिशृङ्खला र रङ्गमञ्चमा निर्वाह गरेको चर्चित पात्र ‘हरिबहादुर’ लाई यसपटक चलचित्रमा ल्याइएको हो ।प्रदर्शनरत तेस्रो चलचित्र ‘माइतीघर’ ले प्रदर्शनको दुई दिनमा ३८ लाख ६३ हजारको व्यापार (ग्रस कलेक्सन) गरेको छ ।

उक्त चलचित्रले असोज १३ गते पहिलो दिन १४४ ‘शो’बाट १८ लाख ९६ हजार ४५५ र दोस्रो दिन १३० ‘शो’बाट १९ लाख ६७ हजार रुपैयाँको व्यापार (ग्रस कलेक्सन) गरेको तथ्याङ्क चलचत्र विकास बोर्डको ‘बक्सअफिस २ सिनेमा’ एपमा छ ।

रोहित अधिकारीले निर्माण तथा मिलन तामाङले निर्देशन गरेको यो चलचित्रमा केदार घिमिरे, उपासनासिंह ठकुरी, धीरज मगर, प्रकाश सपुतलगायत कलाकारले अभिनय गरेका छन ।

पछिल्ला वर्षमा दशैंमा नेपाली चलचित्रको व्यापार राम्रो भएको पाइएको छ । सोही कारण यो दशैंमा तीन चलचित्रले प्रदर्शन मिति तय गरेका हुन् ।

बिदाको समयमा चलचित्रले राम्रो प्रतिक्रिया पाएमा त्यसको व्यापार बढ्ने अपेक्षाले चाडपर्व केन्द्रित प्रदर्शन हुनेक्रम बढेको चलचित्रकर्मीको भनाइ छ ।

समीर भट्ट अभिनित नेपाली चलचित्र बलिदानलाई दर्शक र समीक्षकहरूले निकै सकारात्मक रूपमा मूल्यांकन गरेका छन्। यो चलचित्र सामाजिक र देशभक्तिपूर्ण कथावस्तुलाई केन्द्रमा राखेर निर्माण गरिएको छ ।

जसले दर्शकलाई भावनात्मक रूपमा जोड्न सफल भएको छ।चलचित्रमा समीर भट्ट,ऋचा शर्माको अभिनय दमदार छ भने उनको एक्सन र संवादले दर्शकलाई प्रभावित पारेको छ।

फिल्ममा सौगात मल्ल, अर्पण थापा लगायतका कलाकारहरूको पनि प्रभावकारी अभिनय रहेको देखिएको छ। कथा र प्रस्तुतीकरण दुवै पक्षले मजबुती दिएको यो चलचित्रले नेपालमा नयाँ स्तरको मनोरञ्जन दिएको दर्शकहरुले प्रतिक्रिय दिएका छन्।

यसले दक्षिण भारतीय चलचित्रको स्वाद दिएको प्रतिक्रिया आइरहेको छ । दर्शकहरूले चलचित्रलाई गहिरो भावनात्मक असर गर्ने र देशप्रेमलाई जागृत गर्ने शैलीमा प्रस्तुत गरिएको बताएका छन्।

चलचित्रमा आमाबाबुको प्रेम र बलिदानको कथाले दर्शकको मन छोएको छ र केही दर्शकले आँसु थाम्न नसकेको प्रतिक्रिया समेत दिएका छन् ।

चलचित्रको दोस्रो भाग बन्नुपर्ने चाहना पनि केही दर्शकहरूले व्यक्त गरेका छन्। चलचित्रले देशभक्ति, व्यक्तित्वको संघर्ष र सामाजिक यथार्थलाई प्रभावकारी रूपमा प्रस्तुत गरेको छ ।

यस्तै चलचित्र हरिबहादुरको जुत्तामा हरिवंश आचार्यले मुख्य भूमिका निर्वाह गरेका छन् र यो चलचित्र कमेडी र राजनीतिक विषयवस्तुको मिश्रण हो।

चलचित्रको कथा आजको युवापुस्ताले उठाएका मुद्दाहरूसँग गहिरो सम्बन्धित छ र यो भ्रष्टाचार, नेतामन्त्रीहरूको राजनीतिसँग जोडिएको छ।

चलचित्रले नेपाली समाजको राजनीतिक परिदृश्यलाई कमेडियन तरिकाले प्रस्तुत गरेको छ तर यसमा केही गम्भीर सामाजिक सन्देश पनि समेटिएको छ।

चलचित्रमा हरिवंश आचार्यको अभिनयलाई विशेष प्रशंसा गरिएको छ र उनलाई दर्शक तथा समालोचकहरूले नैतिकता र व्यंग्यात्मक शैलीमा नयाँ उचाइँमा पुर्याएको उल्लेख गरेका छन्।

साथै, फिल्मको संगीत, निर्देशन र सम्पादनको पनि प्रशंसा गरिएको छ।अर्काे प्रर्दशनरत केदार घिमिरे अभिनित नेपाली चलचित्र माइतीघर सामाजिक र सांस्कृतिक विषयलाई केन्द्र बनाएर निर्माण गरिएको छ।

यो चलचित्र समुदायिक जीवनशैली, संस्कृतिलाई कथाको मूल धारामा राखेर प्रस्तुत गरिएको छ। फिल्मले प्रेम, विछोड, सांस्कृतिक द्वन्द्व र पारिवारिक सम्बन्धलाई समेटेको छ।

केदार घिमिरेको कमेडी र अभिनय विशेष प्रभावकारी रहेको छ र फिल्मले दर्शकलाई मनोरञ्जनका साथै भावनात्मक रूपमा पनि जोड्ने प्रयास गरेको छ

Tags: #दशैंमा आएका ३ चलचित्र#बलिदान

लोकप्रीय

दशैँको दक्षिण ६ अर्ब ? साटियो सुकिला नोट

दशैँको दक्षिण ६ अर्ब ? साटियो सुकिला नोट

बुधबार अशोज १५ , २०८२
सौर्यमण्डलबाट एलियन बाहिर आएको हो,के भन्छ नासा ?

सौर्यमण्डलबाट एलियन बाहिर आएको हो,के भन्छ नासा ?

बुधबार अशोज १५ , २०८२
यात्रुको साथमा कुलमान, बढी भाडा असुल्नेलाई तत्काल कारबाही

यात्रुको साथमा कुलमान, बढी भाडा असुल्नेलाई तत्काल कारबाही

बुधबार अशोज १५ , २०८२

विचार

थप समाचार

दशैँको दक्षिण ६ अर्ब ? साटियो सुकिला नोट
आर्थिक

दशैँको दक्षिण ६ अर्ब ? साटियो सुकिला नोट

बुधबार अशोज १५ , २०८२
सौर्यमण्डलबाट एलियन बाहिर आएको हो,के भन्छ नासा ?
अन्तर्राष्ट्रिय

सौर्यमण्डलबाट एलियन बाहिर आएको हो,के भन्छ नासा ?

बुधबार अशोज १५ , २०८२
यात्रुको साथमा कुलमान, बढी भाडा असुल्नेलाई तत्काल कारबाही
ताजा समाचार

यात्रुको साथमा कुलमान, बढी भाडा असुल्नेलाई तत्काल कारबाही

बुधबार अशोज १५ , २०८२
दशैंमा आएका ३ चलचित्रले कति कमाए ?कुन चलचित्र कस्ता छन् ?
आर्थिक

दशैंमा आएका ३ चलचित्रले कति कमाए ?कुन चलचित्र कस्ता छन् ?

बुधबार अशोज १५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: इन्डोनेसियामा भवन ढ*ल्दा ९१ को मृ*त्यु, Pakistanको वि*स्फो*टमा भारतको हात || Nepal Times

World News: इन्डोनेसियामा भवन ढ*ल्दा ९१ को मृ*त्यु, Pakistanको वि*स्फो*टमा भारतको हात || Nepal Times

00:16:36

World News: Netanyahuले माफी मागे,Chinaमा एकै परिवारका 11 जनालाई मृ*त्यु*दण्ड || Nepal Times

00:16:26

World News: Ukraine खस्यो ५९५ ड्रोन–४८ मि*साइल, पोल्यान्डको वायुक्षेत्र बन्द || Nepal Times

00:15:30

World News: नेपाल नजान अमेरिकी एडभाइजरी, अवैध आप्रवासन रोक्न स्टारमरको प्रस्ताव || Nepal Times

00:17:22

World News: औषधिमा १०० प्रतिशत कर, रूसी तेल निर्यातमा प्रतिबन्ध || Nepal Times

00:19:39

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

प्रत्यक्ष कार्यकारीको निर्वाचन कसरी संभव छ ? यस्ता छन् पाँच उपायहरु

प्रत्यक्ष कार्यकारीको निर्वाचन कसरी संभव छ ? यस्ता छन् पाँच उपायहरु

आइतवार अशोज १२ , २०८२
ओली, देउवा र प्रचण्डको क्रेज शेयर बजारझैँ ओरालो

शीर्ष नेताको भ्रष्टाचारको प्रमाण भेटियो, कुनैपनि बेला पक्राउ पर्न सक्ने

शुक्रबार अशोज १० , २०८२
जेनजीमाथि गोली हान्न जसले आदेश दिए,काठमाडौंका सिडिओ हटाइए

अब कर्मचारीले दलनिकट संगठन खोल्न नपाउने !

शनिबार अशोज ११ , २०८२

हालका पोस्टहरू

दशैँको दक्षिण ६ अर्ब ? साटियो सुकिला नोट

दशैँको दक्षिण ६ अर्ब ? साटियो सुकिला नोट

बुधबार अशोज १५ , २०८२
सौर्यमण्डलबाट एलियन बाहिर आएको हो,के भन्छ नासा ?

सौर्यमण्डलबाट एलियन बाहिर आएको हो,के भन्छ नासा ?

बुधबार अशोज १५ , २०८२
यात्रुको साथमा कुलमान, बढी भाडा असुल्नेलाई तत्काल कारबाही

यात्रुको साथमा कुलमान, बढी भाडा असुल्नेलाई तत्काल कारबाही

बुधबार अशोज १५ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.