NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
एसिया आउँदा किमलाई भेट्न ट्रम्पको इच्छा सोमवार कार्तिक ३ , २०८२
सम्पत्ति छानविनपछि आत्तियो माओवादी,सुशीलालाई भेट्न दूत पुगे सोमवार कार्तिक ३ , २०८२
जब विमान रनवेबाट चिप्लिएर समुद्रमा खस्यो.. सोमवार कार्तिक ३ , २०८२
जेनजीका गृहमन्त्री अर्याल पनि हावादारी निस्किए सोमवार कार्तिक ३ , २०८२
यस्तो तिहार कहिल्यै नआओस् ! सोमवार कार्तिक ३ , २०८२
Next
Prev

समाचार

कफिनमा फर्किए विपिन, विमानस्थलमा आँशुको आहाल

सोमवार कार्तिक ३ , २०८२
Reading Time: 1 min read
A A
कफिनमा फर्किए विपिन, विमानस्थलमा आँशुको आहाल
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

३ कार्तिक , काठमाण्डौ ।

उ आउँछ नै भन्ने थियो ।

अबेर भएपनि फर्किन्छ नै भन्ने थियो ।।

हाल, खबर, ठेगान– केही बताएको त थिएन,

एकदिन टुप्लुक्क मेरै खबर सोध्न आईपुग्ला भन्ने थियो ।।

उ आयो…….. खबर बनेर

हाल, चाल…….. याद बनेर

अब उसले त देख्ला मेरो हाल ।

मेरो आँशु, मेरो सुस्केरा…… तारा बनेर ।।

म कसरी सोधुँ, कसरी भेटुँ, कसरी छोउँ

मेरो मुटुको टुक्रा, मेरो आँखाको नानी

तिमी खरानी हुँदा म कसरी बाँचु

यो पटकको दशैंमा दीर्घायु, चिरञ्जीवीको आशिषले छोरा विपिनको शिर शेचन गर्ने आमा पद्मा जोशी र बाबुको आश त पूरा भएन नै यो तिहारमा दाजुलाई दुबोले छेकेर यमराजको बाटो छेक्ने बहिनी पुष्पालाई पूर्ण विश्वास थियो ।

उज्यालो तिहारले विगतका सबै अध्यारा दिनहरुलाई बिर्सिदिने र यसपछि आउने सबै चाडपर्व, सुख–दुःख, यतिन्जेलका पीडादायी बिछोडलाईसमेत अंगालोको कसिलो न्यानोमा बिलिन गराउने जोशी परिवारमा आशाको संचार भएको थियो ।

यो परिवारलाई नेपाल सरकार, इजरायलको सरकारदेखि अमेरिका, कतार, इजिप्टसम्मका सरकारहरूले हौसला दिइरहेका थिए । महेन्द्रनगरको गाउँदेखि काठमाडौँ, तेल अभिवदेखि वासिङ्टनसम्मका सडकले बिपिनको रिहाइको माग गरिरहेको थियो ।

ईश्वर, अल्लाह, जिसससम्ममा प्रार्थना पु¥याइएको थियो । तर कसलाई थाहा थियो र, विपिनसँग हमासको लंकाले प्राण छिनिसकेको । थाहा थियो त, केवल उनको अज्ञात अवस्था ।

दुई वर्षभन्दा बढीको उनको फिर्तीको व्यग्र प्रतिक्षा पुनर्मिलनमा टुंगिने, खुसीका आँसुमा पखालिने, स्वागतका बाजा–गाजा, खादामाला, स्नेह, उपहारमा बदलिने आशा थियो । तर नियतिको खेल, कफिनमा बदलियो ।

कहिल्यै नभुल्ने दुःख, मुटुको नामेट घाउमा बदलियो । छोरो र दाजु लिन गएका पद्मा र पुष्पा अमेरिकाबाट रित्तो हात फर्किए । यता बिपिन बाकस भरिएर आए । आँखा भरिएर आए । मुटु सम्हालिनै नसक्ने गरी भक्कानिएर आयो ।

पढ्दै–कमाउँदै कार्यक्रम अन्तर्गत इजरायलको किबुज पुगेका थिए, विपिन, उनी त्यहाँ सीप सिक्दै थिए । जीवन बुझ्दै थिए । दुनियाँ नियाल्दै थिए । एकै महिना त पूरा भएको थियो प्रवास गएको ।

नयाँ नयाँ अनुभवमा रमाउँदै थिए । साथीहरू सँगै थिए । अचानक कुनै साइनो, लेनादेना नभएको बैरी वायुले सबै तहसनहस बनायो । रक्तपात, बमबारी, विध्वंश मच्चायो । विपिनका १० नेपाली साथीहरूको ज्यान लियो ।

इजरायल र अन्य देशका होनहारहरुको पनि प्राण खोस्यो । विपिनसहित कैयौँलाई हमासरुपी रावणले हरेर लग्यो । दश नेपाली युवाको शोकमा आज पनि देश रोएकै छ। विपिनको दुई वर्षभन्दा बढीको अज्ञात अवस्थाले सिङ्गो देश र जोशी परिवारलाई कैयौं पटक ब्युँझ्यायो, कैयौँ पटक मुर्छा पार्यो ।

त्यही अवस्थामा पनि विपिनको ढुकढुकीले पर्खिरहेको विश्वासले पद्मा र पुष्पालाई दरो खुट्टा टेक्न हौसायो । देशले कति सकेको गर्यो, कति गरेन । आमा र बहिनीको विपिन खोजी अभियानले विश्व हल्लायो ।

तर टसको मस भएन हमास नामको कंश । मृत विपिन दुई वर्षसम्म बोकेर लासको सौदा गरिरह्यो । अन्ततः सम्झौता भयो अनि बास बसेको देशलाई उसले विपिनको सब बुझायो । त्यो पनि परीक्षण गर्नुपर्ने अवस्थामा ।

परीक्षणले अहिलेसम्म फर्केर आउने आशा गरिएका विपिन मृत रहेको पुष्टि ग¥यो । इजरायली सेनाको घोषणालाई सत्य साबित गर्यो । जुन कहिल्यै नहोस् भनेर पुष्पाले जहिले प्रार्थना गरिरहेकी थिइन् ।

अन्ततः त्यसै क्षण उनीहरूको विपिन खोजी अभियान रोकियो । पैताला मुनिको धर्ती धस्यो, आकाश खस्यो । यता विपिनको सबलाई आइडीएफले नेपालीको जिम्मा लगायो । आँशु, श्रद्धाञ्जली र सम्मानमा विपिनको कफिन सजियो ।

कफिन भित्रको शान्तिले चारैतिर सुनसान, स्तब्ध पार्दै आज विपिन फर्किए सहिद भएर । यस्ता वीर युवा सहिद जसले आफ्नो ज्यानको पर्वाह नगरी साथीहरूको ज्यान बचाएका थिए ।

आफ्नो समूहतिर आएको हमासको ग्रेनेडलाई उसैतिर फ्यालेर गोर्खाली वीर सपुतको परिचय दिएका थिए । विपिनले दानवको क्रुरताबाट आफ्नो त ज्यान बचाउन सकेनन् तर कैयौं साथीहरुलाई जीवनदान दिएर गए ।

बाँच्नेहरूका मुटुमा उनी अमर बने । वीर सहिद बने । जोशी परिवारको कुलदीपक निभ्यो तर नेपाल र नेपालीका लागि उनी सधैं तारा बनेर आकाशमा चम्किरहनेछन् । विपिनको आजै अन्त्येष्टि गरिँदैछ ।

विमानस्थल पुगेर सिंगो सरकारका तर्फबाट श्रद्धाञ्जली दिइएको छ । उनको शवलाई नेपाली सेनाको विमानमार्फत धनगढी लगेर त्यसपछि एयर एम्बुलेन्समार्फत महेन्द्रनगर लैजाने तयारी छ ।

हिजो विपिनको शव नेपाल ल्याउनुपूर्व इजरायलमा श्रद्धाञ्जली सभा गरिएको थियो । इजरायलको राजधानी तेल अवीवस्थित खटिभा ८ को स्मारक, बेनगुरिएन विमास्थलमा जोशीलाई श्रद्धाञ्जली दिन नेपालीहरू भेला भेला भएका थिए ।

जोशीको शव राखिएको कफिनमा नेपाली झण्डा ओढाइएको थियो । श्रद्धाञ्जली दिन विमानस्थल पुगेका इजरायलमा रहेका नेपालीहरू भावविह्वल बनेका थिए । उनीहरूले पुष्पगुच्छा र खादा अर्पण गरेर जोशीलाई श्रद्धाञ्जली व्यक्त गरे ।

श्रद्धाञ्जली सभामा इजरायली प्रशासनका अधिकारी र इजरायली नागरिकहरू पनि सहभागी थिए । हमासले ७ अक्टोबर २०२३ मा इजरायलमा आकस्मिक आक्रमण गरेको थियो ।

त्यसबेला १० नेपाली विद्यार्थीसहित करिब १ हजार २ सयको मृत्यु भएको थियो । विपिनसहित २ सय ५१ जना हमासको नियन्त्रणमा परेका थिए । त्यो दिन बिहान साढे ६ बजेतिर एक्कासि मिसाइल आउन थालेपछि विपिनसहित उनका साथीहरु किबुज अलुमिमको बंकरमा बसेका थिए ।

त्यसको केही समयपछि स्थलमार्गबाट आएका हमासका लडाकुले आक्रमण गर्न थाले । नेपाली विद्यार्थीहरुले ‘वी आर नेपाली, वी आर नेपाली’ भनिरहँदा समेत उनीहरुले आक्रमण गरिरहे ।

पछि एउटा ग्रिनेड विपिनले टिपेर बाहिरतिरै फ्याँकिदिएका थिए । त्यहीबेला हमासले उनलाई अपहरण गरेको थियो । इजरायल र हमासबीच युद्धविराम सम्झौतापछि बन्दी साटासाट गर्ने क्रममा हमासले विपिनको भनेर इजरायली सेनालाई शव हस्तान्तरण गरेको थियो ।

उनको डीएनए परीक्षणबाट शव विपिनकै भएको पुष्टि भएको थियो भने फरेन्सिक जाँचमा अपहरण भएताका नै मृत्यु भएको पाइएको इजरायलस्थित नेपाली दूतावासका अधिकारीहरुले बताएका छन् ।
पढ्दै कमाउने सपना बोकेर इजरायल पुगेका जोशीको हालै मृत्यु पुष्टि भएपछि घटनाले समग्र नेपालीजनमा पीडा दिएको छ । वीरसहित विपिन जोशीप्रति हार्दिक श्रद्धाञ्जली । परिवारप्रति गहिरो समवेदना । ईश्वरले यो दुःख सहन शक्ति दिउन ।

Tags: #कफिनमा फर्किए विपिन#विमानस्थलमा आँशुको आहाल

लोकप्रीय

एसिया आउँदा किमलाई भेट्न ट्रम्पको इच्छा

एसिया आउँदा किमलाई भेट्न ट्रम्पको इच्छा

सोमवार कार्तिक ३ , २०८२
प्रचण्ड नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद् गठन

सम्पत्ति छानविनपछि आत्तियो माओवादी,सुशीलालाई भेट्न दूत पुगे

सोमवार कार्तिक ३ , २०८२
जब विमान रनवेबाट चिप्लिएर समुद्रमा खस्यो..

जब विमान रनवेबाट चिप्लिएर समुद्रमा खस्यो..

सोमवार कार्तिक ३ , २०८२

विचार

एसिया आउँदा किमलाई भेट्न ट्रम्पको इच्छा

एसिया आउँदा किमलाई भेट्न ट्रम्पको इच्छा

सोमवार कार्तिक ३ , २०८२
प्रचण्ड नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद् गठन

सम्पत्ति छानविनपछि आत्तियो माओवादी,सुशीलालाई भेट्न दूत पुगे

सोमवार कार्तिक ३ , २०८२
जब विमान रनवेबाट चिप्लिएर समुद्रमा खस्यो..

जब विमान रनवेबाट चिप्लिएर समुद्रमा खस्यो..

सोमवार कार्तिक ३ , २०८२

थप समाचार

एसिया आउँदा किमलाई भेट्न ट्रम्पको इच्छा
अन्तर्राष्ट्रिय

एसिया आउँदा किमलाई भेट्न ट्रम्पको इच्छा

सोमवार कार्तिक ३ , २०८२
प्रचण्ड नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद् गठन
ताजा समाचार

सम्पत्ति छानविनपछि आत्तियो माओवादी,सुशीलालाई भेट्न दूत पुगे

सोमवार कार्तिक ३ , २०८२
जब विमान रनवेबाट चिप्लिएर समुद्रमा खस्यो..
अन्तर्राष्ट्रिय

जब विमान रनवेबाट चिप्लिएर समुद्रमा खस्यो..

सोमवार कार्तिक ३ , २०८२
ठूला नेता देश छाडेर भाग्ने दाउँमा, गृहमन्त्री रोक्ने उपाय खोज्दै
ताजा समाचार

जेनजीका गृहमन्त्री अर्याल पनि हावादारी निस्किए

सोमवार कार्तिक ३ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: मोरोक्कोको जेनजी आन्दोलन उग्र, गाजामा फेरि यु*द्ध || Nepal Times

World News: मोरोक्कोको जेनजी आन्दोलन उग्र, गाजामा फेरि यु*द्ध || Nepal Times

00:12:58

World News:एन्ड्रयूले त्यागे ’ड्यूक अफ योर्क’, चीनमा ९ शीर्ष जनरल निष्कासित

00:14:00

World News:हसिनालाई मृ त्युद ण्डको माग,ह मा सलाई समाप्तै गर्नुपर्ने|| Nepal Times

00:21:02

World News:Iranमाथि प्रतिबन्ध रुसद्वारा अस्वीकार, आफ्नै फोटोमा भड्किए ट्रम्प|| Nepal Times

00:19:54

स्टारशिपको ११औँ परीक्षण सफल, भारतमा गुगलको १५ अर्ब डलर लगानी|| Nepal Times

00:14:27

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

रास्वपामा कुलमान ल्याउने प्रस्तावले भाँडभैलो,सुमनापछि अब तोसिमा ?

रास्वपामा कुलमान ल्याउने प्रस्तावले भाँडभैलो,सुमनापछि अब तोसिमा ?

आइतवार कार्तिक २ , २०८२
पतनको बाटोमा ओली,प्रधानमन्त्री र गृहमन्त्रीलाई दिए धम्की, नेताले दिएनन् साथ

ओलीको राजीनामा माग्दै उषाकिरणले झाँको झारिन,गैरेले पनि मागे राजीनामा

शुक्रबार अशोज ३१ , २०८२
विश्वकपको ढोका खोल्दै नेपाल, विश्वभरबाट प्रशंसा

२०२६ टी २० विश्वकपमा नेपाल भर्सेस भारत ?

बिहिबार अशोज ३० , २०८२

हालका पोस्टहरू

एसिया आउँदा किमलाई भेट्न ट्रम्पको इच्छा

एसिया आउँदा किमलाई भेट्न ट्रम्पको इच्छा

सोमवार कार्तिक ३ , २०८२
प्रचण्ड नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद् गठन

सम्पत्ति छानविनपछि आत्तियो माओवादी,सुशीलालाई भेट्न दूत पुगे

सोमवार कार्तिक ३ , २०८२
जब विमान रनवेबाट चिप्लिएर समुद्रमा खस्यो..

जब विमान रनवेबाट चिप्लिएर समुद्रमा खस्यो..

सोमवार कार्तिक ३ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.