हिमाली तथा पहाडी भूभागमा आंशिक बदली

हिमाली तथा पहाडी भूभागमा आंशिक बदली

७ कार्तिक , काठमाण्डौ ।

हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहे पनि हिमाली तथा पहाडी भूभागमा आज हल्का वर्षा सहित हिमपातको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सबै प्रदेशका पहाडी भू भागमा आंशिक बदली तथा बाँकी भू भागमा मौसम मुख्यतया सफा रहने छ ।

आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू भागका एक दुई स्थानमा हल्का वर्षा हिमपातको सम्भावना रहेको छ ।

यसै गरी आज राती पनि कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू भागमा आंशिक बदली तथा बाँकी भू भागमा मौसम मुख्यतया सफा रहने छ ।

गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू९भागका एक९दुई स्थानमा हल्का वर्षा हिमपातको सम्भावना रहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.