NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
कुलमानको स्पष्ट अडानः बक्यौता नतिर्नेलाई कारबाही गर्ने शनिबार कार्तिक १५ , २०८२
युक्रेनलाई टोमहक दिन पेन्टागनको सिफारिस, ट्रम्प मान्लान् ? शनिबार कार्तिक १५ , २०८२
बालेन फेरि डोजर लिएर निस्किए ! कहाँ कहाँ चल्नेछ डोजर ? शुक्रबार कार्तिक १४ , २०८२
ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन शुक्रबार कार्तिक १४ , २०८२
एकताका लागि रास्वपाको आज निर्णायक संवाद शुक्रबार कार्तिक १४ , २०८२
Next
Prev

समाचार

युक्रेनलाई टोमहक दिन पेन्टागनको सिफारिस, ट्रम्प मान्लान् ?

शनिबार कार्तिक १५ , २०८२
Reading Time: 1 min read
A A
अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१५ कार्तिक , काठमाण्डौ ।

निकै समयदेखि शक्तिशाली हतियार मागिरहेको युक्रेनले अब भने बल्ल अमेरिकाबाट ग्रिन सिग्नल पाएको छ । तर अझै यसमा राष्ट्रपतिको तर्फबाट निर्णय लिन भने बाँकी छ । अर्थात अब युक्रेनले हतियार पाउने, नपाउने भन्ने कुरा केवल डोनाल्ड ट्रम्पको हातमा रहेको छ ।

किनभने पेन्टागनले युक्रेनलाई लामो दूरीका टोमहक मिसाइलहरू उपलब्ध गराउन ह्वाइट हाउसलाई ग्रिन सिग्नल दिएको छ । रक्षा मन्त्रालयको मूल्याङ्कनअनुसार यसो गर्दा अमेरिकाको आफ्नै हतियारको भण्डारमा नकारात्मक असर नपर्ने देखिएको छ ।

LS Auto

अब यससम्बन्धी अन्तिम राजनीतिक निर्णय राष्ट्रपति डोनाल्ड ट्रम्पको हातमा रहेको छ । यो मूल्याङ्कन ट्रम्प र युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की बिचको भेटघाटभन्दा ठीक अगाडि ह्वाइट हाउसलाई बुझाइएको थियो ।

१ हजार माइलसम्मको मार क्षमता भएका यी मिसाइलहरू युक्रेनले रुसभित्रका तेल र ऊर्जा केन्द्रहरूलाई लक्षित गर्नका लागि माग गर्दै आएको छ । मूल्याङ्कनले युरोपेली सहयोगीहरूलाई उत्साहित बनाएको छ ।

तर, ट्रम्पले जेलेन्स्कीसँगको भेटमा भने ‘हामीले हाम्रो देशको सुरक्षाको लागि आवश्यक पर्ने सामग्री दिन चाहँदैनौँ’ भन्दै मिसाइल उपलब्ध नगराउने इच्छा व्यक्त गरेका थिए । उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोनमा कुरा गरेको एक दिनपछि यो निर्णय आएको थियो ।

पुटिनले टोमहक मिसाइलले रुस–अमेरिका सम्बन्धलाई क्षति पु¥याउने बताएका थिए । यसैबिच डोनाल्ड ट्रम्पले आणविक हतियार परीक्षण सुरु गर्ने आकस्मिक निर्देशन जारी गरेपछि विश्वभर तीव्र प्रतिक्रिया र चिन्ता उत्पन्न भएको छ ।

यो निर्णयले नयाँ महाशक्ति प्रतिस्पर्धा र विश्व सुरक्षाको सन्तुलनमा गम्भीर असर पार्ने आशङ्का गरिएको छ । आफूलाई ‘शान्तिप्रिय राष्ट्रपति’ भएको दाबी गर्दै आएका ट्रम्पले दक्षिण कोरियामा चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको शिखर सम्मेलनमा सहभागी हुनुअघि नै सामाजिक सञ्जालमार्फत उक्त घोषणा गरेका थिए ।

तर उनको उक्त वक्तव्यले धेरै प्रश्नहरू खुला छोडेको छ– विशेष गरी, उनले केवल हतियार प्रणाली परीक्षणको आदेश दिएका हुन् वा वास्तविक आणविक विस्फोट परीक्षण गरिन थालेको हो भन्ने कुरा अस्पष्ट छ ।

संयुक्त राज्य अमेरिकाले सन् १९९२ यताका तीन दशकदेखि कुनै पनि आणविक विस्फोट परीक्षण गरेको छैन । ट्रम्पको आदेशपछि अमेरिकाका प्रमुख आलोचक इरानले कडा आपत्ति जनाउँदै यसलाई ‘अत्यन्तै प्रतिगामी र गैरजिम्मेवारपूर्ण कदम’ भनेको छ ।

इरानी विदेश मन्त्री अब्बास अराघचीले सामाजिक सञ्जालमा लेख्दै भने, ‘एक आणविक–सशस्त्र बदमाशीले आणविक हतियार परीक्षण पुनः सुरु गरेको छ, जबकि उही देशले इरानको शान्तिपूर्ण आणविक कार्यक्रममाथि दोषारोपण गर्दै आएको छ ।’

यसैबिच, जापानमा द्वितीय विश्वयुद्धका आणविक बम पीडितहरूको संस्था निहोन हिडान्क्योले टोकियोस्थित अमेरिकी दूतावासमा औपचारिक विरोध पत्र पठाएको छ । नोबेल शान्ति पुरस्कार विजेता उक्त समूहले एएफपीलाई पठाएको पत्रमा भनिएको छ, ‘राष्ट्रपति ट्रम्पको निर्णयले आणविक हतियाररहित शान्तिपूर्ण संसारको दिशामा विश्वभर चलिरहेका प्रयासहरूलाई प्रत्यक्ष चुनौती दिएको छ । यो कार्य पूर्ण रूपमा अस्वीकार्य छ ।’

चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको भेटपछि चीनको विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले अमेरिकालाई विश्वव्यापी आणविक परीक्षण प्रतिबन्ध सन्धिको ‘गम्भीरतापूर्वक पालना गर्न’ आग्रह गरे ।

चीन र संयुक्त राज्य अमेरिकाले पछिल्ला वर्षहरूमा आणविक परीक्षणमा रोक लगाए पनि रुस र अमेरिका दुवैले आणविक–सक्षम प्रणालीहरू समावेश गरी नियमित सैन्य अभ्यास जारी राख्दै आएका छन् ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आफ्ना उपप्रवक्तामार्फत वक्तव्य जारी गर्दै भने, ‘कुनै पनि परिस्थितिमा आणविक परीक्षणलाई अनुमति दिन सकिँदैन ।’ उनले यस कदमले विश्व शान्तिमा नयाँ सङ्कट उत्पन्न गर्ने चेतावनी दिए ।

संयुक्त राज्य अमेरिका सन् १९९६ देखि व्यापक आणविक–परीक्षण–प्रतिबन्ध सन्धिको हस्ताक्षरकर्ता राष्ट्र हो । उक्त सन्धिले नागरिक वा सैन्य उद्देश्यका सबै प्रकारका आणविक विस्फोट परीक्षणहरूलाई निषेध गर्दछ ।

यसबिच, अमेरिकी उपराष्ट्रपति जेडी भान्सले ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै भने, ‘राष्ट्रपति महोदयको वक्तव्यले आफ्नै लागि बोल्छ । हामीसँग रहेको आणविक शस्त्रागार वास्तवमै प्रभावकारी रूपमा कार्यरत छ भन्ने सुनिश्चित गर्नु हाम्रो राष्ट्रिय सुरक्षाको एक अत्यावश्यक अंश हो ।’

उनले परीक्षण आदेशबारे प्राविधिक विवरण खुलाउन अस्वीकार गरे । ट्रम्पको उक्त निर्देशन रुसले केही दिनअघि मात्र आणविक–सक्षम र आणविक–सञ्चालित क्रुज मिसाइल तथा समुद्री ड्रोनको परीक्षण गरेको घोषणा गरेपछि आएको हो ।

ट्रम्पले यसअघि ‘ट्रुथ सोसल’ मा लेखेका थिए, ‘अन्य देशहरूले परीक्षण कार्यक्रम सञ्चालन गरिरहेका कारण मैले युद्ध मन्त्रालयलाई हाम्रो आणविक हतियारहरूको समान आधारमा परीक्षण सुरु गर्न निर्देशन दिएको छु ।’

उनले दाबी गरे, ‘संयुक्त राज्य अमेरिकासँग विश्वमै सबैभन्दा ठुलो र शक्तिशाली आणविक भण्डार छ ।’ तर स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युट (एसआइपिआरआई) को ताजा तथ्याङ्क अनुसार रुससँग पाँच हजार ४८९, अमेरिकासँग पाँच हजार १७७ र चीनसँग करिब ६०० आणविक हतियार रहेका छन् ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले ट्रम्पको ज्ञान र सूचनाको स्रोतमाथि प्रश्न उठाउँदै भने, ‘रुसी सैन्य अभ्यासलाई कुनै पनि हिसाबले आणविक परीक्षणको रूपमा व्याख्या गर्न सकिँदैन । हामी आशा गर्छौं कि राष्ट्रपति ट्रम्पलाई सही जानकारी प्रदान गरिएको छ ।’

उनले चेतावनी स्वरमा थपे, ‘यदि ट्रम्प प्रशासनले प्रत्यक्ष आणविक वारहेड परीक्षण अघि बढायो भने, रुस पनि त्यसको जवाफी परीक्षण गर्न बाध्य हुनेछ ।’ ट्रम्पले भने पत्रकारहरूसँग पुनः दोहोर्याउँदै आफू रुस र चीनसँग आणविक हतियार घटाउने वार्तामा रुचि राख्ने दोहो¥याए ।

उनले भने, ‘आणविक निःशस्त्रीकरण विश्वका लागि एक महान् उपलब्धि हुनेछ ।’ संयुक्त राज्य अमेरिकाले सन् १९४५ जुलाई १६ देखि सन् १९९२ सम्म एक हजार ५४ आणविक परीक्षण गरिसकेको छ ।

 पहिलो परीक्षण न्यु मेक्सिकोमा गरिएको थियो । दोस्रो विश्वयुद्धको समयमा जापानमा भएका दुई आणविक आक्रमणका कारण अमेरिका अझै पनि लडाइँमा आणविक हतियार प्रयोग गर्ने एक मात्र देश बनेको छ ।

अन्तिम अमेरिकी परीक्षण सन् १९९२ को सेप्टेम्बरमा नेभाडा आणविक सुरक्षा स्थलमा २० किलोटन क्षमताको भूमिगत विस्फोटका रूपमा गरिएको थियो । तत्कालीन राष्ट्रपति जर्ज एच डब्लु बुसले सोही वर्ष अक्टोबरमा थप परीक्षणहरूमा रोक लगाएका थिए ।

यो निर्णयलाई पछिल्ला सबै अमेरिकी प्रशासनहरूले निरन्तरता दिएका छन् । तत्पश्चात्, आणविक परीक्षणका सट्टा उन्नत कम्प्युटर सिमुलेसन र महत्त्वपूर्ण प्रयोगहरूद्वारा हतियार प्रणालीहरूको
यता भेनेजुएलामा गर्दै आएको कारबाहीका बारेमा पनि अमेरिकाले प्रतिक्रिया दिएको छ ।

लागूऔषध तस्करीलाई लिएर अमेरिका र भेनेजुएलाबीच तनाव बढ्दै गएको छ । यस्तो अवस्थामा डोनाल्ड ट्रम्पले भेनेजुएलामा कुनै पनि सैन्य हमला गर्ने अमेरिकाको योजना नरहेको स्पष्ट पारेका छन् ।

ट्रम्पको यो भनाइ अमेरिकाले भेनेजुएलामा लागूऔषध तस्करी रोक्न हवाई हमला गर्ने योजना बनाइरहेको दाबी गरिएका रिपोर्टहरू सार्वजनिक भएपछि आएको हो । ट्रम्पले भने, “होइन, यो सत्य होइन ।”

हालसालै अमेरिकी रक्षा सचिव पिट हेगसेथले नौसेनाको सबैभन्दा आधुनिक एयरक्राफ्ट क्यारियर ‘यूएसएस जेराल्ड आर फोर्ड’लाई युरोपबाट क्यारिबियन क्षेत्रमा तैनाथ गर्न आदेश दिएका थिए ।

यसैबीच, सिनेटर लिन्डसे ग्राहमले पनि भेनेजुएलामा जमिनबाट हमलाहरू हुनसक्ने चेतावनी दिएका थिए, जसले ल्याटिन अमेरिकामा लागूऔषध सञ्जालमाथि अमेरिकाको कारबाही तीव्र भएको संकेत गर्छ ।

संयुक्त राष्ट्रसंघले यी कारबाहीहरूमाथि कडा आपत्ति जनाएको छ । संयुक्त राष्ट्रसंघका मानवअधिकार प्रमुख भोल्कर टुर्कले भने, “क्यारिबियन र प्रशान्त क्षेत्रमा डुंगाहरूमाथि भएका अमेरिकी हमलाहरूमा ६० भन्दा बढी मानिस मारिएका छन्, जुन अन्तर्राष्ट्रिय कानुनको उल्लंघन हो ।”

उनले अमेरिकालाई तत्काल यी हमलाहरू रोक्न र ‘न्यायिक प्रक्रियाबिना गरिएका हत्याहरू’ समाप्त गर्न माग गरेका छन् । अमेरिकाले हालैका हप्ताहरूमा क्यारिबियन र प्रशान्त महासागरमा लागूऔषध बोकेका डुंगाहरूमाथि हवाई हमलाहरू जारी राखेको छ । बुधबार भएको एक हमलामा चारजनाको मृत्यु भएको थियो ।

सेप्टेम्बरको सुरुदेखि अहिलेसम्मको १४औँ हमला हो । १५औँ डुंगा नष्ट भएको छ । यी हमलाहरूमा कुल मिलाएर ६१ भन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।

Tags: #भेनेजुएला माथिको हमला#हमलामा ट्रम्पको खण्डन

लोकप्रीय

काम नगर्ने ठेक्दारलाई कुलमानले नछोड्ने

कुलमानको स्पष्ट अडानः बक्यौता नतिर्नेलाई कारबाही गर्ने

शनिबार कार्तिक १५ , २०८२
अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

युक्रेनलाई टोमहक दिन पेन्टागनको सिफारिस, ट्रम्प मान्लान् ?

शनिबार कार्तिक १५ , २०८२
बालेन फेरि डोजर लिएर निस्किए ! कहाँ कहाँ चल्नेछ डोजर ?

बालेन फेरि डोजर लिएर निस्किए ! कहाँ कहाँ चल्नेछ डोजर ?

शुक्रबार कार्तिक १४ , २०८२

विचार

काम नगर्ने ठेक्दारलाई कुलमानले नछोड्ने

कुलमानको स्पष्ट अडानः बक्यौता नतिर्नेलाई कारबाही गर्ने

शनिबार कार्तिक १५ , २०८२
अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

युक्रेनलाई टोमहक दिन पेन्टागनको सिफारिस, ट्रम्प मान्लान् ?

शनिबार कार्तिक १५ , २०८२
बालेन फेरि डोजर लिएर निस्किए ! कहाँ कहाँ चल्नेछ डोजर ?

बालेन फेरि डोजर लिएर निस्किए ! कहाँ कहाँ चल्नेछ डोजर ?

शुक्रबार कार्तिक १४ , २०८२

थप समाचार

काम नगर्ने ठेक्दारलाई कुलमानले नछोड्ने
ताजा समाचार

कुलमानको स्पष्ट अडानः बक्यौता नतिर्नेलाई कारबाही गर्ने

शनिबार कार्तिक १५ , २०८२
अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?
अन्तर्राष्ट्रिय

युक्रेनलाई टोमहक दिन पेन्टागनको सिफारिस, ट्रम्प मान्लान् ?

शनिबार कार्तिक १५ , २०८२
बालेन फेरि डोजर लिएर निस्किए ! कहाँ कहाँ चल्नेछ डोजर ?
ताजा समाचार

बालेन फेरि डोजर लिएर निस्किए ! कहाँ कहाँ चल्नेछ डोजर ?

शुक्रबार कार्तिक १४ , २०८२
ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन
ताजा समाचार

ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन

शुक्रबार कार्तिक १४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: अमेरिकाले साढे ७ हजार मात्रै शरणार्थी राख्ने,हरिकेनमा ३० मा*रिए || Nepal Times

World News: अमेरिकाले साढे ७ हजार मात्रै शरणार्थी राख्ने,हरिकेनमा ३० मा*रिए || Nepal Times

00:19:43

World News: रुसको पनडुब्बी ड्रोन, बधशाला बन्यो अस्पताल, युकेको घातक अपरेसन स्टर्लिङ || Nepal Times

00:18:20

World News: गिरोहलाई पैसा नदिदा ह*त्या, किमको मिसाइल, गाजामा फेरि भीषण ह*म*ला || Nepal Times

00:15:40

World News: जापानमा भालु आतंक, मस्कले पाएनन् तलब,म्याक्रों पत्नीलाई ‘पुरुष’ भन्दै अफवाह

00:18:48

World News: हिज्बुल्ला कमाण्डरको मृ*त्यु, अमेरिकी हेली र फाइटर जेट दु*र्घ*टना || Nepal Times

00:21:04

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

आजदेखि मौसममा बदली, भारतमा भारी वर्षा, नेपालमा के हुन्छ ?

सोमवार कार्तिक १० , २०८२
दुर्गा प्रसाँइको आन्दोलनसँग सरकार सशङ्कित

दुर्गा प्रसाईँ अब सुध्रिने, देश छाड्न तयार, निशानामा मारवाडी

आइतवार कार्तिक ९ , २०८२
जमैका पुग्दै छ वर्षकै शक्तिशाली आँधी ‘मेलिसा’

जमैका पुग्दै छ वर्षकै शक्तिशाली आँधी ‘मेलिसा’

मङ्लबार कार्तिक ११ , २०८२

हालका पोस्टहरू

काम नगर्ने ठेक्दारलाई कुलमानले नछोड्ने

कुलमानको स्पष्ट अडानः बक्यौता नतिर्नेलाई कारबाही गर्ने

शनिबार कार्तिक १५ , २०८२
अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

युक्रेनलाई टोमहक दिन पेन्टागनको सिफारिस, ट्रम्प मान्लान् ?

शनिबार कार्तिक १५ , २०८२
बालेन फेरि डोजर लिएर निस्किए ! कहाँ कहाँ चल्नेछ डोजर ?

बालेन फेरि डोजर लिएर निस्किए ! कहाँ कहाँ चल्नेछ डोजर ?

शुक्रबार कार्तिक १४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.