×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-06-2026 || Nepal Times
Apr 06, 2026
Playing
कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा || Nepal Times
Apr 06, 2026
Playing
सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द#nepal || Nepal Times
Apr 06, 2026
Playing
Iran–US ४५ दिन यु द्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा ह म ला || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री! कानुनी उपचारमा जाने || Nepal Times
Apr 06, 2026
Playing
कम्बोडिया पुगेका नेपाली स्क्याम जालमा, ७ जनाको उ*द्धार|| Nepal Times
Apr 06, 2026
Playing
३६ वर्षदेखि सुरक्षाकर्मीलाई ’हतक*डी’,बिचौलियाको हातमा शासन|| Nepal Times
Apr 06, 2026
Playing
संसद्को दुवै सदनको बैठक आज ःके छ कार्यसूची ? आजै सर्वदलीय बैठक|| Nepal Times
Apr 06, 2026
Playing
ट्रम्पको अल्टिमेटम सकियो, इरानको नयाँ सर्त, अमेरिकी पाइलटको उद्धार|| Nepal Times
Apr 06, 2026
Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026

पश्चिमी वायुको प्रभाव कायमै,२ प्रदेशमा वर्षाको संभावना

१८ कार्तिक २०८२

१७ कार्तिक , काठमाण्डौ ।

नेपालमा हाल पश्चिमी वायुको प्रभाव कायमै रहेकाले केही पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागकाअनुसार देशका पहाडी भू–भागमा आशिंक बदली रहनेछ ।

Advertisement

यसैगरी धेरै जसो स्थानमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । बंगालको खाडीमा विकसित ‘मोन्था चक्रवातका’ का कारण वर्षा हुँदा केही दिन जनजीवन प्रभावित भएको थियो ।

हिमाली क्षेत्रमा वर्षासँगै हिमपातसमेत भएको थियो । हिमपातका कारण मनाङ्को डिस्याङ गाउँपालिका– ९ स्थित तिलिचो तालको आधारशिविरमा आन्तरिक तथा बाह्य गरी १३ जना पर्यटक फसेका थिए ।

उनीहरूलाई सशस्त्र प्रहरीको पर्वतीय उद्धार तालिम केन्द्र शिक्षालय मनाङको टोलीले उद्धार गरेको थियो । राष्ट्रिय विपद् तथा जोखिम न्यूनीकरण तथा व्यववस्थापन प्राधिकरणका अनुसार यही १५–१६ कात्तिको बिहानदेखि देशभरका ३०१ वर्षा मापन केन्द्रमा वर्षाको विवरण मापन गरिएको थियो ।

त्यसमध्ये १८५ वटा वर्षा मापन केन्द्रले उल्लेख्य मात्रामा वर्षाको विवरण उपलब्ध गराएको छ । तीमध्ये सबैभन्दा बढी वर्षा लमजुङको बेंसीशहर केन्द्रमा ७१.१ मिलिमिटर वर्षा भएको थियो । वर्षा मापन गरिएका केन्द्रमध्ये चार वटा केन्द्रमा ५० मिलिमिटरभन्दा बढी वर्षा भएको थियो ।

देशका केही स्थानमा आज हल्का वर्षाको सम्भावना छ । कोशी प्रदेश र गण्डकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी प्रदेशमा मौसम मुख्यतया सफा रहनेछ ।

कोसी र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । विभागले नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । यसैबीच सुक्खा पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्गमा दुईतर्फी नै यातायात सेवा सञ्चालनमा आएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राजमार्ग अन्तर्गत इच्छाकामना ३ चुमखोलामा आइतबार राति ९ बजे पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको थियो । सडक विभागको उपकरणले पहिरो पन्छ्याएपछि गएरातिदेखि नै सडक दुईतर्फी सञ्चालनमा आएको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए ।

उता मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ स्थित नुन खानी खोंचमा पहिरो जाँदा नरसिंह खोला थुनिएको छ। स्थानीय प्रशासनले शनिबार रातिदेखि खोला थुनिएका् जानकारी दिएको हो। खोला थुनिएको स्थान भन्दा मुनि पानी सुकेको जानकारी स्थानीयले गराएका मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी बताए।

भुसालका अनुशार खोलाको पानी पुरै थुनिएको छ, अलिअलि मात्रै रसाएको देखिन्छ । नुन खानी नजिक दुईतर्फी पहिरो गएर खोलाको पानी ताल बनेको पाइएको छ । सेनाले खोला थुनिएर ताल बनेको स्थानको तत्काल विश्लेषण गर्दा सोमबारसम्म ताल नभरिने र नफुट्ने जानकारी प्राप्त गरेको प्रजिअ भुसालले बताए।

सेनाको ड्रोनमार्फत लिएको तस्बीर हेर्दा खासै ठुलो ताल बनेको जस्तो नदेखिएको उनको भनाइ छ। खोलाको पानी सुकेसँगै खोलातर्फको सडकबाट आउजाउ गर्ने सवारी साधन नचलाउन र मानिसलाई ओहोरदोहोर नगर्न जिल्ला प्रशासनले सूचना जारी गरेको छ।

वारागुङ–३ स्थित प्राचीन नुन खानी तेताङ गाउँको उत्तर÷पूर्वमा पर्छ। तेताङबाट पैदल एक घण्टा यात्रामा पुग्ने सकिने नुनखानी दुई अग्ला अग्ला विशाल पहाडको खोंचमा पर्छ। आज नुन खानीमा पुगेर थुनिएको स्थानलाई निकास दिने विकल्प खोज्ने भुसालले बताएका छन् । सो स्थान छुसाङबाट डेढ घण्टाको पैदल दुरीमा पर्छ।

Advertisement

भर्खरको समाचार

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सम्बन्धित खबरहरु

Scroll to Top