NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
कुलमानको नयाँ पार्टी,कुलमानलाई नै प्रधानमन्त्री बनाउन भोट माग्ने सोमवार कार्तिक १७ , २०८२
ट्रम्पको परमाणु धम्की, ‘विश्वलाई १५० पटकसम्म नष्ट गर्न सक्ने’ सोमवार कार्तिक १७ , २०८२
विश्वविजेता बनेका भारतीय महिला क्रिकेटरलाई धनवर्षा सोमवार कार्तिक १७ , २०८२
दैनिक एक हजार थान राहदानी उपलब्ध गराइने सोमवार कार्तिक १७ , २०८२
खगेन्द्र सुनारले दल खोल्दै, बालेन–कुलमान के गर्दैछन् ? सोमवार कार्तिक १७ , २०८२
Next
Prev

समाचार

ट्रम्पको परमाणु धम्की, ‘विश्वलाई १५० पटकसम्म नष्ट गर्न सक्ने’

सोमवार कार्तिक १७ , २०८२
Reading Time: 1 min read
A A
अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

१७ कार्तिक , काठमाण्डौ ।

अमेरिकामा हालै परमाणु हतियार परीक्षणलाई पुनः सुचारु गर्न आदेश दिएका राष्ट्रपति डोनाल्ड ट्रम्पले एक पटक फेरि विश्वलाई थर्काउँदै परमाणु धम्की दिएका छन् । केही दिनअघि उनले अमेरिकाले अब न्यूक्लियर टेस्ट पुनः शुरू गर्ने घोषणा गरेका थिए ।

ट्रंपले भनेका थिए कि जब रूस, चीन र उत्तर कोरियाहरुले आफ्नो परमाणु कार्यक्रममा निरन्तर काम गरिरहेका छन् भने अमेरिका पनि अब पछाडि पर्दैन । यसबीच ट्रम्पले दिएको एउटा नयाँ धम्कीले भने तरंग बढाएको छ ।

सीबीएस न्यूजमा दिएको एक इंटरभ्यूमा ट्रंपले भने, ‘हामीसंग यति परमाणु शक्ति छ कि हामीले विश्वलाई १५० पटक सम्म ध्वस्त पार्न सक्छौं । यहाँ हामी भनेर उनले सबै परमाणु सम्पन्न देशहरुलाई भनेका हुन् । उनले अगाडि भने, रूस–चीनसंग धेरै छ । र पनि हामी मात्रै एक्लो देश हौ जसले अहिलेसम्म परीक्षण रोकेर राखेको थियो । तर अब यस्तो चल्दैन’ ।

ट्रंपले आफ्नो बयानमा भने, अमेरिकाले अब ‘खाली संयम देखाउने नीतिमात्रै बोक्दैन किनभने अन्य देशले यसलाई कमजोरी सम्झन थाले’ । उनले दाबी गरे कि रूस, चीन र उत्तर कोरियाले लगातार आफ्ना हतियार कार्यक्रमहरुमा काम गरिरहेका छन् । र अमेरिकाले यदी चुपचाप बस्ने हो भने त रणनीतिक संतुलन बिग्रने छ’ ।

इंटरभ्यूभन्दा अगाडि ट्रंपले आफ्नो सोशल मीडिया प्लेटफर्म ट्रुथ सोशलमा लेखेका थिए कि उनले रक्षा विभागलाई ‘तत्काल परमाणु परीक्षण शुरू गर्न आदेश दिएका छन् । यो आदेश उनको चिनियाँ राष्ट्रपति शी जिनपिंगसंग भएको बैठकभन्दा ठिक अघि आएको थियो ।

उनले लेखेका थिए, ‘हामी रूस र चीनसंग निरस्त्रीकरणमा कुरा गरिरहेका छौं तर जब उनीहरु स्वयं टेस्ट गरिरहेका छन् । यस्तोमा हामीमात्रै एक्लै किन रोकिनु ? नर्थ कोरियाले त हरेक महिनाजसो परीक्षण गर्दै आएको छ । यदी बाँकी सबै गरिरहेका छन् भने हामीले किन नगर्ने?’ उनले दाबी गरेका छन् कि रूसले हालै ‘अनलिमिटेड रेंज भएको’ बुरेवेस्तनिक मिसाइल परीक्षण गरेको छ र उत्तर कोरियाले पनि लगातार परमाणु गतिविधीहरु सक्रिय पारेको छ ।

ट्रंपले अमेरिकाको नीति ‘खुला र पारदर्शी’ भएको पनि बताएका छन् । यसैकारण उनी यस मामिलामा खुलेर कुरा गरिरहेका छन् । उनले भने, ‘हामी एक खुला समाज हौं । बाँकी देशले लुकेर काम गर्छन, तर हामी आफ्ना जनतालाई सत्य कुरा बनाउँछौं ।

यता फेरि परमाणु परीक्षण सुरु गर्ने ट्रम्पको यो नयाँ आदेशमा रुसले आश्चार्य व्यक्त गरेको छ । यदि अमेरिकाले वास्तविक विस्फोट परीक्षण गरेमा आफूले पनि उचित कदम चाल्ने रुसले बताएको छ । ट्रम्पको यो भनाइबाट रुस मात्र होइन, इरान र चीन पनि आक्रोशित भएका छन् ।

इरानले यसप्रति कुनै मतलब नभएको भनेको छ, जबकि चीनले मौनता साँधेको छ । तर, उसको आणविक भण्डार विस्तारको खबरहरूले तनाव बढाइरहेका छन् । अमेरिकी सिनेटर माजी हिरोनोले यसलाई अनियन्त्रित र खतरनाक बताएका छन् ।

उनले सन् १९९२ पछि अमेरिकाले परीक्षण नगर्ने निर्णय पर्यावरण, स्वास्थ्य र प्रसार रोक्नका लागि लिएको पनि बताए । आणविक परीक्षणको क्रम शीत युद्धको उपज थियो भन्ने इतिहास साक्षी छ। सन् १९४५ देखि १९९६ सम्म अमेरिकाले एक हजारभन्दा बढी परमाणु परीक्षण ग¥यो ।

तर, सन् १९९२ मा स्वैच्छिक रोक लगायो । व्यापक परमाणु परीक्षण प्रतिबन्ध सन्धि सन् १९९६ मा बन्यो, जसमा अमेरिकाले हस्ताक्षर त ग¥यो, तर सिनेटले अनुमोदन गरेन । उत्तर कोरियाबाहेक सन् १९९० को दशकपछि कुनै पनि देशले वास्तविक विस्फोट परीक्षण गर्न पाएका छैनन् ।

अब ट्रम्पको यो कदम प्राविधिक रूपमा जटिल छ । तर, उनको यो घोषणाले आणविक हतियारको होडलाई अझ बढाउन सक्ने बताइएको छ । यद्यपि, अमेरिकाको नेवादा परीक्षण स्थललाई फेरि तयार गर्न वर्षौं लाग्न सक्छ, तर यो कदम राजनीतिक रूपमा विस्फोटक छ ।

यो तत्काल सम्भव नभए पनि यसले हतियारको होडलाई अवश्य भड्काउने बताइएको छ । यदि, अमेरिकाले परमाणु परीक्षण गरेमा भने विश्वमा परमाणु युद्धको वास्तविक खतरा बढ्न सक्ने विश्लेषण गरिएको छ ।

स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युटको २०२५ को रिपोर्टले पनि कमजोर हतियार नियन्त्रण व्यवस्थाबीच आणविक हतियारको नयाँ होड सुरु भइरहेको चेतावनी दिएको छ । विश्वव्यापी आणविक हतियारहरूको संख्या शीत युद्धपछि ७० हजारबाट घटेर १२ हजार २४१ मा झरेको छ ।

अमेरिका र रुससँग विश्वको ९० प्रतिशत परमाणु हतियार छन् । यीमध्ये रुससँग पाँच हजार ५८० परमाणु बम र अमेरिकासँग पाँच हजार ४४ परमाणु बमको संख्या छ । यसैगरी, चीन सन् २०३० सम्ममा एक हजार आणविक हतियारको लक्ष्य लिएर अघि बढिरहेको छ ।

संयुक्त राष्ट्र संघको सेप्टेम्बर २०२५ को रिपोर्टमा युक्रेन युद्ध, ताइवान संकट र मध्यपूर्व तनावले यसको जोखिम बढाएको उल्लेख गरिएको छ । कार्नेगी इन्डोमेन्टको अप्रिल २०२५ को रिपोर्टले अमेरिका–चीन–रुस–उत्तर कोरिया तनावले परम्परागत युद्ध आणविक युद्धमा परिणत हुनसक्ने चेतावनी दिएको छ ।

भारतजस्ता देशहरूका लागि यो चिन्ताजनक छ, किनभने यहाँ ‘पहिले प्रयोग नगर्ने’ नीति छ । तर, छिमेकी पाकिस्तान र चीनको होडले भारतमाथि पनि दबाब बढिरहेको छ । विज्ञहरू एआई र हाइपरसोनिक मिसाइलजस्ता आधुनिक प्रविधिहरूले जोखिम दोब्बर बनाइरहेका बताउँछन् । ट्रम्पका सल्लाहकारहरूलाई पनि यो घोषणाले चकित पारेको बताइएको छ ।

Tags: #अमेरिकाको रुस#ट्रम्पको परमाणु धम्की

लोकप्रीय

काम नगर्ने ठेक्दारलाई कुलमानले नछोड्ने

कुलमानको नयाँ पार्टी,कुलमानलाई नै प्रधानमन्त्री बनाउन भोट माग्ने

सोमवार कार्तिक १७ , २०८२
अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको परमाणु धम्की, ‘विश्वलाई १५० पटकसम्म नष्ट गर्न सक्ने’

सोमवार कार्तिक १७ , २०८२
विश्वविजेता बनेका भारतीय महिला क्रिकेटरलाई धनवर्षा

विश्वविजेता बनेका भारतीय महिला क्रिकेटरलाई धनवर्षा

सोमवार कार्तिक १७ , २०८२

विचार

काम नगर्ने ठेक्दारलाई कुलमानले नछोड्ने

कुलमानको नयाँ पार्टी,कुलमानलाई नै प्रधानमन्त्री बनाउन भोट माग्ने

सोमवार कार्तिक १७ , २०८२
अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको परमाणु धम्की, ‘विश्वलाई १५० पटकसम्म नष्ट गर्न सक्ने’

सोमवार कार्तिक १७ , २०८२
विश्वविजेता बनेका भारतीय महिला क्रिकेटरलाई धनवर्षा

विश्वविजेता बनेका भारतीय महिला क्रिकेटरलाई धनवर्षा

सोमवार कार्तिक १७ , २०८२

थप समाचार

काम नगर्ने ठेक्दारलाई कुलमानले नछोड्ने
ताजा समाचार

कुलमानको नयाँ पार्टी,कुलमानलाई नै प्रधानमन्त्री बनाउन भोट माग्ने

सोमवार कार्तिक १७ , २०८२
अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?
अन्तर्राष्ट्रिय

ट्रम्पको परमाणु धम्की, ‘विश्वलाई १५० पटकसम्म नष्ट गर्न सक्ने’

सोमवार कार्तिक १७ , २०८२
विश्वविजेता बनेका भारतीय महिला क्रिकेटरलाई धनवर्षा
खेलकुद

विश्वविजेता बनेका भारतीय महिला क्रिकेटरलाई धनवर्षा

सोमवार कार्तिक १७ , २०८२
दैनिक एक हजार थान राहदानी उपलब्ध गराइने
ताजा समाचार

दैनिक एक हजार थान राहदानी उपलब्ध गराइने

सोमवार कार्तिक १७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: अफगानिस्तान भूकम्पमा क्षति बढ्दै, तेहरानमा खानेपानी अभाव|| Nepal Times

World News: अफगानिस्तान भूकम्पमा क्षति बढ्दै, तेहरानमा खानेपानी अभाव|| Nepal Times

00:13:42

World News: सुपरमार्केट वि*ष्फो*टमा २३ को मृ*त्यु, नाइजेरियामा सैन्य का*र*बाही गर्ने Trumpको चेतावनी

00:13:33

World News:भार तीयलाई पाकि स्तानको भिसा, आग लागीमा ११ जनालाई जन्म*कैद || Nepal Times

00:21:11

World News: अमेरिकाले साढे ७ हजार मात्रै शरणार्थी राख्ने,हरिकेनमा ३० मा*रिए || Nepal Times

00:19:43

World News: रुसको पनडुब्बी ड्रोन, बधशाला बन्यो अस्पताल, युकेको घातक अपरेसन स्टर्लिङ || Nepal Times

00:18:20

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

बालेनको स्टाटसलाई अंग्रेजीमा होइन नेपालीमा बुझौं !

आइतवार कार्तिक १६ , २०८२
सीले कोरियाका राष्ट्रपतिलाई शाओमी फोन दिए, र ठट्टामै हाने झटारो

सीले कोरियाका राष्ट्रपतिलाई शाओमी फोन दिए, र ठट्टामै हाने झटारो

आइतवार कार्तिक १६ , २०८२
काम नगर्ने ठेक्दारलाई कुलमानले नछोड्ने

कुलमानको नयाँ पार्टी,कुलमानलाई नै प्रधानमन्त्री बनाउन भोट माग्ने

सोमवार कार्तिक १७ , २०८२

हालका पोस्टहरू

काम नगर्ने ठेक्दारलाई कुलमानले नछोड्ने

कुलमानको नयाँ पार्टी,कुलमानलाई नै प्रधानमन्त्री बनाउन भोट माग्ने

सोमवार कार्तिक १७ , २०८२
अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको परमाणु धम्की, ‘विश्वलाई १५० पटकसम्म नष्ट गर्न सक्ने’

सोमवार कार्तिक १७ , २०८२
विश्वविजेता बनेका भारतीय महिला क्रिकेटरलाई धनवर्षा

विश्वविजेता बनेका भारतीय महिला क्रिकेटरलाई धनवर्षा

सोमवार कार्तिक १७ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.