×

NEPAL TIMES UPDATES

Playing
०८२ मा अहिलेसम्म धेरै मत ल्याउने उम्मेदवारहरू को हुन् ?|| Nepal Times
Mar 07, 2026
Playing
Top 15 Afternoon News || Mar-07-2026 || Nepal Times
Mar 07, 2026
Playing
पुराना दलको पराजय: जनताको धैर्यको अन्त्य र नयाँ राजनीतिक युगको सुरुवात || Nepal Times
Mar 07, 2026
Playing
५० हजार बढी मतान्तरले विजयी भए रास्वपाका डा. लेखजंग || Nepal Times
Mar 07, 2026
Playing
अन्य दलको अग्रता भएका क्षेत्रमा रास्वपाको अवस्था कस्तो? पासा पल्टेला ?|| Nepal Times
Mar 07, 2026
Playing
समानुपातिकको सिट कसरी बाँडिन्छ ? थ्रेस होल्ड के हो ? || Nepal Times
Mar 07, 2026
Playing
बालेनको मत ३९ हजार नाघ्दा ओलीको कति? || Nepal Times
Mar 07, 2026
Playing
२७ क्षेत्रको नतिजा आउँदा कसले कहाँ जिते ? को अगाडि ?|| Nepal Times
Mar 07, 2026
Playing
आन्दोलन, जनअपेक्षा र इतिहास दोहोरिने डर उतिकै || Nepal Times
Mar 07, 2026
Playing
रास्वपा बहुमत नजिक , कांग्रेस ५ मा सीमित , अन्य दल कहाँ ? || Nepal Times
Mar 07, 2026

ट्रम्पको परमाणु धम्की, ‘विश्वलाई १५० पटकसम्म नष्ट गर्न सक्ने’

१८ कार्तिक २०८२

१७ कार्तिक , काठमाण्डौ ।

अमेरिकामा हालै परमाणु हतियार परीक्षणलाई पुनः सुचारु गर्न आदेश दिएका राष्ट्रपति डोनाल्ड ट्रम्पले एक पटक फेरि विश्वलाई थर्काउँदै परमाणु धम्की दिएका छन् । केही दिनअघि उनले अमेरिकाले अब न्यूक्लियर टेस्ट पुनः शुरू गर्ने घोषणा गरेका थिए ।

ट्रंपले भनेका थिए कि जब रूस, चीन र उत्तर कोरियाहरुले आफ्नो परमाणु कार्यक्रममा निरन्तर काम गरिरहेका छन् भने अमेरिका पनि अब पछाडि पर्दैन । यसबीच ट्रम्पले दिएको एउटा नयाँ धम्कीले भने तरंग बढाएको छ ।

सीबीएस न्यूजमा दिएको एक इंटरभ्यूमा ट्रंपले भने, ‘हामीसंग यति परमाणु शक्ति छ कि हामीले विश्वलाई १५० पटक सम्म ध्वस्त पार्न सक्छौं । यहाँ हामी भनेर उनले सबै परमाणु सम्पन्न देशहरुलाई भनेका हुन् । उनले अगाडि भने, रूस–चीनसंग धेरै छ । र पनि हामी मात्रै एक्लो देश हौ जसले अहिलेसम्म परीक्षण रोकेर राखेको थियो । तर अब यस्तो चल्दैन’

ट्रंपले आफ्नो बयानमा भने, अमेरिकाले अब ‘खाली संयम देखाउने नीतिमात्रै बोक्दैन किनभने अन्य देशले यसलाई कमजोरी सम्झन थाले’ । उनले दाबी गरे कि रूस, चीन र उत्तर कोरियाले लगातार आफ्ना हतियार कार्यक्रमहरुमा काम गरिरहेका छन् । र अमेरिकाले यदी चुपचाप बस्ने हो भने त रणनीतिक संतुलन बिग्रने छ’ ।

इंटरभ्यूभन्दा अगाडि ट्रंपले आफ्नो सोशल मीडिया प्लेटफर्म ट्रुथ सोशलमा लेखेका थिए कि उनले रक्षा विभागलाई ‘तत्काल परमाणु परीक्षण शुरू गर्न आदेश दिएका छन् । यो आदेश उनको चिनियाँ राष्ट्रपति शी जिनपिंगसंग भएको बैठकभन्दा ठिक अघि आएको थियो ।

उनले लेखेका थिए, ‘हामी रूस र चीनसंग निरस्त्रीकरणमा कुरा गरिरहेका छौं तर जब उनीहरु स्वयं टेस्ट गरिरहेका छन् । यस्तोमा हामीमात्रै एक्लै किन रोकिनु ? नर्थ कोरियाले त हरेक महिनाजसो परीक्षण गर्दै आएको छ । यदी बाँकी सबै गरिरहेका छन् भने हामीले किन नगर्ने?’ उनले दाबी गरेका छन् कि रूसले हालै ‘अनलिमिटेड रेंज भएको’ बुरेवेस्तनिक मिसाइल परीक्षण गरेको छ र उत्तर कोरियाले पनि लगातार परमाणु गतिविधीहरु सक्रिय पारेको छ ।

ट्रंपले अमेरिकाको नीति ‘खुला र पारदर्शी’ भएको पनि बताएका छन् । यसैकारण उनी यस मामिलामा खुलेर कुरा गरिरहेका छन् । उनले भने, ‘हामी एक खुला समाज हौं । बाँकी देशले लुकेर काम गर्छन, तर हामी आफ्ना जनतालाई सत्य कुरा बनाउँछौं ।

यता फेरि परमाणु परीक्षण सुरु गर्ने ट्रम्पको यो नयाँ आदेशमा रुसले आश्चार्य व्यक्त गरेको छ । यदि अमेरिकाले वास्तविक विस्फोट परीक्षण गरेमा आफूले पनि उचित कदम चाल्ने रुसले बताएको छ । ट्रम्पको यो भनाइबाट रुस मात्र होइन, इरान र चीन पनि आक्रोशित भएका छन् ।

इरानले यसप्रति कुनै मतलब नभएको भनेको छ, जबकि चीनले मौनता साँधेको छ । तर, उसको आणविक भण्डार विस्तारको खबरहरूले तनाव बढाइरहेका छन् । अमेरिकी सिनेटर माजी हिरोनोले यसलाई अनियन्त्रित र खतरनाक बताएका छन् ।

उनले सन् १९९२ पछि अमेरिकाले परीक्षण नगर्ने निर्णय पर्यावरण, स्वास्थ्य र प्रसार रोक्नका लागि लिएको पनि बताए । आणविक परीक्षणको क्रम शीत युद्धको उपज थियो भन्ने इतिहास साक्षी छ। सन् १९४५ देखि १९९६ सम्म अमेरिकाले एक हजारभन्दा बढी परमाणु परीक्षण ग¥यो ।

तर, सन् १९९२ मा स्वैच्छिक रोक लगायो । व्यापक परमाणु परीक्षण प्रतिबन्ध सन्धि सन् १९९६ मा बन्यो, जसमा अमेरिकाले हस्ताक्षर त ग¥यो, तर सिनेटले अनुमोदन गरेन । उत्तर कोरियाबाहेक सन् १९९० को दशकपछि कुनै पनि देशले वास्तविक विस्फोट परीक्षण गर्न पाएका छैनन् ।

अब ट्रम्पको यो कदम प्राविधिक रूपमा जटिल छ । तर, उनको यो घोषणाले आणविक हतियारको होडलाई अझ बढाउन सक्ने बताइएको छ । यद्यपि, अमेरिकाको नेवादा परीक्षण स्थललाई फेरि तयार गर्न वर्षौं लाग्न सक्छ, तर यो कदम राजनीतिक रूपमा विस्फोटक छ ।

यो तत्काल सम्भव नभए पनि यसले हतियारको होडलाई अवश्य भड्काउने बताइएको छ । यदि, अमेरिकाले परमाणु परीक्षण गरेमा भने विश्वमा परमाणु युद्धको वास्तविक खतरा बढ्न सक्ने विश्लेषण गरिएको छ ।

स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युटको २०२५ को रिपोर्टले पनि कमजोर हतियार नियन्त्रण व्यवस्थाबीच आणविक हतियारको नयाँ होड सुरु भइरहेको चेतावनी दिएको छ । विश्वव्यापी आणविक हतियारहरूको संख्या शीत युद्धपछि ७० हजारबाट घटेर १२ हजार २४१ मा झरेको छ ।

अमेरिका र रुससँग विश्वको ९० प्रतिशत परमाणु हतियार छन् । यीमध्ये रुससँग पाँच हजार ५८० परमाणु बम र अमेरिकासँग पाँच हजार ४४ परमाणु बमको संख्या छ । यसैगरी, चीन सन् २०३० सम्ममा एक हजार आणविक हतियारको लक्ष्य लिएर अघि बढिरहेको छ ।

संयुक्त राष्ट्र संघको सेप्टेम्बर २०२५ को रिपोर्टमा युक्रेन युद्ध, ताइवान संकट र मध्यपूर्व तनावले यसको जोखिम बढाएको उल्लेख गरिएको छ । कार्नेगी इन्डोमेन्टको अप्रिल २०२५ को रिपोर्टले अमेरिका–चीन–रुस–उत्तर कोरिया तनावले परम्परागत युद्ध आणविक युद्धमा परिणत हुनसक्ने चेतावनी दिएको छ ।

भारतजस्ता देशहरूका लागि यो चिन्ताजनक छ, किनभने यहाँ ‘पहिले प्रयोग नगर्ने’ नीति छ । तर, छिमेकी पाकिस्तान र चीनको होडले भारतमाथि पनि दबाब बढिरहेको छ । विज्ञहरू एआई र हाइपरसोनिक मिसाइलजस्ता आधुनिक प्रविधिहरूले जोखिम दोब्बर बनाइरहेका बताउँछन् । ट्रम्पका सल्लाहकारहरूलाई पनि यो घोषणाले चकित पारेको बताइएको छ ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top