NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
बालेन झापा जाने भएपछि आत्तिए ओली, भने लुसिफरले धाक नदिनु शुक्रबार माघ २ , २०८२
अशान्ति मच्चाइरहेका ट्रम्पको हातमा नोबेल शान्ति पुरस्कारको मेडल शुक्रबार माघ २ , २०८२
अब भावी प्रधानमन्त्री रवि कि बालेन ? शुक्रबार माघ २ , २०८२
फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ? बिहिबार माघ १ , २०८२
रविको मुद्या फिर्तापछि एमाले रिसायो, अब के हुन्छ ? बिहिबार माघ १ , २०८२
Next
Prev

समाचार

अशान्ति मच्चाइरहेका ट्रम्पको हातमा नोबेल शान्ति पुरस्कारको मेडल

शुक्रबार माघ २ , २०८२
Reading Time: 1 min read
A A
अशान्ति मच्चाइरहेका ट्रम्पको हातमा नोबेल शान्ति पुरस्कारको मेडल
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२ माघ , काठमाण्डौ।

विश्वभर त्रास र अशान्तिको वातावरण सृजना गर्न उद्धत रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हातमा विश्वकै सम्मानिक नोबेल शान्ति पुरस्कार परेको छ। भेनेजुएलाकी विपक्षी नेता तथा नोबेल शान्ति पुरस्कार विजेता मारिया कोरिना माचाडोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आफ्नो नोबेल शान्ति पुरस्कारको पदक हस्तान्तरण गरेकी छन् ।

बिहीबार ह्वाइट हाउसमा भएको निजी भेटमा उनले पदक दिएको जनाएकी छन् । भेटपछि माचाडोले यो दिन भेनेजुएलाली जनताका लागि ऐतिहासिक भएको बताउँदै ट्रम्पलाई स्वतन्त्रताप्रतिको प्रतिबद्धताका लागि सम्मानस्वरूप पदक दिएको उल्लेख गरिन् ।

तर, नोबेल समितिले पुरस्कार हस्तान्तरण गर्न नमिल्ने स्पष्ट पारेको छ । लामो समय देखि नोबेल पुरस्कार मागिरहेका ट्रम्पले केही दिन अघि मात्रै मारियाले आफूलाई नोबेल शान्ति पुरस्कारदिने बताएका थिए ।

उनले आफूले ८ युद्ध रोकेको भन्दै नोबेल शान्ति पुरस्कार माग्दै आएका छन् । यद्यपि पछिल्लो समय उनी विश्वकै लागि त्रास बन्दै आएका छन् । उनी ग्रिनल्याण्ड कब्जा गर्ने अभियानमा छन् भने इरानमा सरकारविरुद्ध प्रर्दशन जारी राख्न उक्साइरहेका छन् ।

यसवर्षकै सुरुमा निकोलस मादुरोलाई अपरहण शैलीमा पक्राउ गरेर उनले मेक्सिको, क्युवा, कोलम्बियालाई कारबाहीको चेतावनी दिइसकेका छन् । मेडल दिनुको कारणबारे जानकारी दिँदै मचाडोले ल्याटिन अमेरिकाका महान् क्रान्तिकारी सिमोन बोलिभारको एउटा कथा सुनाइन्।

उनका अनुसार, दुई सय वर्षअघि जनरल (माक्र्विस डी) लाफायेटले सिमोन बोलिभारलाई एउटा मेडल दिएका थिए, जसमा जर्ज वाशिङ्टनको तस्बिर अंकित थियो। बोलिभारले त्यो मेडल आफ्नो बाँकी जीवनभर साथमा राखेका थिए। मचाडोले अगाडि भनिन्, “इतिहासमा दुई सय वर्षपछि, बोलिभारका जनता वाशिङ्टनका उत्तराधिकारीलाई एउटा मेडल फिर्ता दिइरहेका छन्। यसपटक नोबेल शान्ति पुरस्कारको मेडल, हाम्रो स्वतन्त्रताप्रति उहाँको अनौठो प्रतिबद्धताको सम्मानस्वरूप।”

सिमोन बोलिभारको नाम दक्षिण अमेरिकी महादेशमा निकै सम्मानका साथ लिइन्छ। सन् १७८३ मा भेनेजुएलाको काराकसमा जन्मिएका बोलिभारले धेरै ल्याटिन अमेरिकी देशहरूलाई स्वतन्त्रता दिलाएका थिए।

उनको सम्मानमा भेनेजुएलाको आधिकारिक नाम “बोलिभेरियन रिपब्लिक अफ भेनेजुएला” राखिएको छ। साथै बोलिभिया देशको नाम पनि उनको सम्मानमा राखिएको हो। ट्रम्प लामो समयदेखि नोबेल पुरस्कार पाउने इच्छा खुलेआम व्यक्त गर्दै आएका छन्।

उनले आफूलाई पुरस्कार नदिएको भन्दै नोबेल कमिटी र नर्वे सरकारको आलोचना पनि गर्दै आएका छन्। ट्रम्पको निरन्तर बयानबाजीका बाबजुद गत वर्ष नोबेल कमिटीले शान्ति पुरस्कारका लागि मचाडोको नाम घोषणा गरेको थियो।

पुरस्कार जितेपछि मचाडोले यसलाई ट्रम्पलाई समर्पित गरेकी थिइन्। यसैबीच, नोबेल कमिटीले फेरि एकपटक स्पष्ट पारेको छ कि नोबेल शान्ति पुरस्कारको मेडल कसैलाई दिन सकिन्छ, तर पुरस्कार आफैं ट्रान्सफर गर्न सकिँदैन।

नोबेल पीस सेन्टरले एक्समा गरेको पोस्टमा मेडल बेच्न वा कसैलाई दिन सकिने उल्लेख गरेको छ। पोस्टमा भनिएको छ, “नर्वेजियन नोबेल कमिटीका अनुसार, एक पटक नोबेल पुरस्कारको घोषणा भइसकेपछि त्यसलाई रद्द गर्न, बाँड्न वा अरूलाई ट्रान्सफर गर्न सकिँदैन। यो निर्णय अन्तिम हुन्छ र सधैंका लागि मान्य रहन्छ।”

अन्त्यमा यो पनि स्पष्ट गरिएको छ कि मेडलको मालिक बदलिन सक्छ, तर नोबेल शान्ति पुरस्कार विजेताको उपाधि परिवर्तन हुँदैन। उता अमेरिकाले राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरेपछि पनि ट्रम्प प्रशासनले माचाडोको नेतृत्वलाई समर्थन नगरी अन्तरिम सरकार प्रमुख डेल्सी रोड्रिगेजसँग सहकार्य गरिरहेको छ ।

यसैबीच, माचाडोले वासिङ्टन भ्रमणका क्रममा अमेरिकी सांसदहरूसँग भेटघाट पनि गरिन् । ट्रम्प प्रशासनले भेनेजुएलाको तेल क्षेत्र पुनर्संरचनामा तीव्र कदम चाल्दै पहिलोपटक ५० करोड डलर बराबरको तेल बिक्री सम्पन्न गरेको जनाएको छ ।

उता, रोड्रिगेजले अमेरिकासँग कूटनीतिक सम्बन्ध विस्तार गर्न आफू तयार रहेको संकेत दिएकी छन् ।

Tags: #ट्रम्पलाई नोबेल शान्ति पुरस्कार#अशान्ति मच्चाइरहेका ट्रम्प

लोकप्रीय

बालेन झापा जाने भएपछि आत्तिए ओली, भने लुसिफरले धाक नदिनु

बालेन झापा जाने भएपछि आत्तिए ओली, भने लुसिफरले धाक नदिनु

शुक्रबार माघ २ , २०८२
अशान्ति मच्चाइरहेका ट्रम्पको हातमा नोबेल शान्ति पुरस्कारको मेडल

अशान्ति मच्चाइरहेका ट्रम्पको हातमा नोबेल शान्ति पुरस्कारको मेडल

शुक्रबार माघ २ , २०८२
बालेन रास्वपाबीच ऐतिहासिक एकता,रवि–बालेन ७ बुँदे सम्झौतामा के छ ?

अब भावी प्रधानमन्त्री रवि कि बालेन ?

शुक्रबार माघ २ , २०८२

विचार

थप समाचार

बालेन झापा जाने भएपछि आत्तिए ओली, भने लुसिफरले धाक नदिनु
राजनीति

बालेन झापा जाने भएपछि आत्तिए ओली, भने लुसिफरले धाक नदिनु

शुक्रबार माघ २ , २०८२
अशान्ति मच्चाइरहेका ट्रम्पको हातमा नोबेल शान्ति पुरस्कारको मेडल
ताजा समाचार

अशान्ति मच्चाइरहेका ट्रम्पको हातमा नोबेल शान्ति पुरस्कारको मेडल

शुक्रबार माघ २ , २०८२
बालेन रास्वपाबीच ऐतिहासिक एकता,रवि–बालेन ७ बुँदे सम्झौतामा के छ ?
समाचार

अब भावी प्रधानमन्त्री रवि कि बालेन ?

शुक्रबार माघ २ , २०८२
फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?
समाचार

फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

बिहिबार माघ १ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: आ*न्दो*लनकारीलाई Iranले मृ*त्युदण्ड नदिने, Ukraineको ऊर्जामा आप*तकाल || Nepal Times

World News: आ*न्दो*लनकारीलाई Iranले मृ*त्युदण्ड नदिने, Ukraineको ऊर्जामा आप*तकाल || Nepal Times

00:23:31

इरानमा २० हजार जना मारिए,शेयर बजारको भविष्यवाणी गर्ने एआई चीनमा|| Nepal Times

00:27:27

World News: अमेरिकी संसदमा ग्रिनल्यान्डलाई ५१औँ राज्य बनाउने विधेयक, मुनाल उपग्रह हरायो

00:26:32

World News: ट्रम्प भेनेजुएलाका राष्ट्रपति, रुवियो क्युबाका नेता ! || Nepal Times

00:22:33

World News: भेनेजुएला छाड्न अमेरिकीलाई सुझाव, कोरियाली तनाव उत्कर्षमा || Nepal Times

00:26:55

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

गगनको नेतृत्वमा काँग्रेस,देउवाले अर्को पार्टी बनाउने

गगनको नेतृत्वमा काँग्रेस,देउवाले अर्को पार्टी बनाउने

सोमवार पुस २८ , २०८२
विशेष महाधिवेशनः देउवा नजाने, के गगन सभापति बन्छन् ?

काँग्रेस अब के हुन्छ ? दुई चिरा मात्र हुन्छ कि अर्काे पार्टी बन्छ ?

बुधबार पुस ३० , २०८२
काँग्रेस फुटाउन अन्तर्राष्ट्रिय शक्ति लागेको हो ? देउवाले कार्ड फ्याँके

काँग्रेस फुटाउन अन्तर्राष्ट्रिय शक्ति लागेको हो ? देउवाले कार्ड फ्याँके

मङ्लबार पुस २९ , २०८२

हालका पोस्टहरू

बालेन झापा जाने भएपछि आत्तिए ओली, भने लुसिफरले धाक नदिनु

बालेन झापा जाने भएपछि आत्तिए ओली, भने लुसिफरले धाक नदिनु

शुक्रबार माघ २ , २०८२
अशान्ति मच्चाइरहेका ट्रम्पको हातमा नोबेल शान्ति पुरस्कारको मेडल

अशान्ति मच्चाइरहेका ट्रम्पको हातमा नोबेल शान्ति पुरस्कारको मेडल

शुक्रबार माघ २ , २०८२
बालेन रास्वपाबीच ऐतिहासिक एकता,रवि–बालेन ७ बुँदे सम्झौतामा के छ ?

अब भावी प्रधानमन्त्री रवि कि बालेन ?

शुक्रबार माघ २ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.