NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
पूर्वएआइजी विश्वराज पोखरेल रास्वपामा प्रवेश शुक्रबार मंसिर १२ , २०८२
जकार्ता विश्वको सबैभन्दा धेरै जनसंख्या भएको सहर, शीर्ष १०सहित शुक्रबार मंसिर १२ , २०८२
कुलमानको उज्यालो नेपालले उम्मेद्वारी माग्यो,रास्वपासँग के हुँदैछ ? शुक्रबार मंसिर १२ , २०८२
जेल भित्रै हराए इमरान खान ?२४ दिनदेखि कसैले देखेका छैनन् शुक्रबार मंसिर १२ , २०८२
ईश्वरलाई महेशको चुनौती,ओलीलाई सहयोग गर्नु नभए बिदा लिनु शुक्रबार मंसिर १२ , २०८२
Next
Prev

समाचार

दशैँमा यात्रु बोक्ने पुराना सवारी अनुगमन गरिने

सोमवार अशोज २२ , २०७५
Reading Time: 1 min read
A A
२० वर्ष पुराना तीन सवारी नियन्त्रणमा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

काठमाडौँ, असोज २२
दशैँका लागि लामो दूरीका सडकमा सार्वजनिक यातायातको संख्यामा कमी हुन थालेपछि वर्षौंदेखि ग्यारेजमा थन्किएका सवारी बसपार्कमा निकालिएको छ ।

यातायात व्यवस्था विभागले असोज २४ गते बुधबारदेखि देशभर जुन सवारी जहाँसुकै जान पाउने गरी ‘रुट परमिट’ खारेज गर्ने घोषणा गरिसकेको छ ।

वर्ष दिनसम्म विभिन्न पेशा व्यवसायमा संलग्न भई राजधानीलगायत ठूला शहरमा बसेका मानिस राष्ट्रिय पर्व मनाउन घर जाने तयारीमा छन् । घर जाने तयारी गरेका यात्रुले सवारीको टिकट नपाएपछि विभागले ‘रुट परमिट’ खारेज गर्ने निर्णय गरेको हो ।

LS Auto

त्यसको खारेजीलाई पुराना सवारी निकालेर चलाउने अवसरका रुपमा व्यवसायीले उपयोग गर्न खोजेको सार्वजनिक यातायात सुधार अभियानमा लागेको रामबहादुर थापाले जानकारी दिए ।

“नयाँ र पुरानो बसपार्कमा गरिएको नागरिक अनुगमनका क्रममा झ्यालमा सिसा नभएका, हेर्दै थोत्रा देखिने सवारी बसपार्कमा राखिएका छन्, यी सवारी हेर्दा लाग्छ २० वर्ष नाघिसकेका हुन्, तर हामीलाई सवारीको कागजपत्र हेर्ने अधिकार छैन, यस्ता सवारीका कारण बडा दशैँका समयमा दुर्घटना नहोस् भन्ने हाम्रो चिन्ता हो”, उनले भने ।

दशैँको चापमा ‘रुट परमिट’ खारेजी मात्र नभई ट्राफिक प्रहरीले सवारीको अवस्थाका बारेमा पनि ध्यान दिँदैनन् । सवारी मर्मत तथा सम्भार केन्द्र समेत नभएकाले ती सवारी गुड्न लायक हुन होइनन् भन्ने थाहा पाउन सकिँदैन ।

विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्याय भने नियमित अनुगमन भइरहेकाले पुराना सवारी निकालिएको भए नियन्त्रणमा लिइ कारवाही गरिने बताउँछन् । विभागले आज बिहान कोटेश्वरमा गरेको अनुगमनमा रु ६०० भाडा तोकेको ठाउँमा रु ८०० लिने सवारीलाई कारवाही गरेको छ ।

अनुगमनका क्रममा बढी लिइएको भाडा फिर्ता गरिएको उनले जानकारी दिए । बिहानी अनुगमनका क्रममा बिपी राजमार्ग भएर पूर्व जाने सवारी स्थलगतरुपमै कारवाहीमा परेका छन् ।

बढी टिकट काट्ने काउन्टरलाई पनि कारवाहीको दायरामा ल्याउने तयारी भएको विभागले जनाएको छ । यो मार्गमा चल्ने माइक्रो बसले बढी भाडा असुलीरहेको गुनासो यात्रुको छ ।

बसपार्कमा पुराना सवारी निकालेको जानकारी महानगरीय ट्राफिक प्रहरी महाशाखामा पनि आएकाले नयाँ र पुरानो बसपार्कमा सतर्कता अपनाउन निर्देशन दिइएको सहप्रवक्ता दीपेश दाहालले जानकारी दिए ।

चाडबाडमा हुने गरेका दुर्घटनामा पुरानो सवारीका कारण हुनेको सङ्ख्या बढी नै रहेको यसअघि गठन भएको कार्यदल एवं जाँचबुझ समितिले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

दशैँका अवसरमा प्रत्येक वर्ष २५ लाखभन्दा बढी यात्रु उपत्यका बाहिर जाने गर्छन् । घटस्थापनादेखि नै उपत्यका बाहिरिने सवारीको सङ्ख्या बढ्ने गरेको महाशाखाले जनाएको छ ।
रासस

लोकप्रीय

पूर्वएआइजी विश्वराज पोखरेल रास्वपामा प्रवेश

पूर्वएआइजी विश्वराज पोखरेल रास्वपामा प्रवेश

शुक्रबार मंसिर १२ , २०८२
जकार्ता विश्वको सबैभन्दा धेरै जनसंख्या भएको सहर, शीर्ष १०सहित

जकार्ता विश्वको सबैभन्दा धेरै जनसंख्या भएको सहर, शीर्ष १०सहित

शुक्रबार मंसिर १२ , २०८२
‘नेपालमा मान्छे काट्नु भन्दा रुख काट्नु अप्ठ्यारो‘

कुलमानको उज्यालो नेपालले उम्मेद्वारी माग्यो,रास्वपासँग के हुँदैछ ?

शुक्रबार मंसिर १२ , २०८२

विचार

थप समाचार

पूर्वएआइजी विश्वराज पोखरेल रास्वपामा प्रवेश
ताजा समाचार

पूर्वएआइजी विश्वराज पोखरेल रास्वपामा प्रवेश

शुक्रबार मंसिर १२ , २०८२
जकार्ता विश्वको सबैभन्दा धेरै जनसंख्या भएको सहर, शीर्ष १०सहित
अन्तर्राष्ट्रिय

इमरान खानको भाषण प्रशारणमा रोक
अन्तर्राष्ट्रिय

जेल भित्रै हराए इमरान खान ?२४ दिनदेखि कसैले देखेका छैनन्

शुक्रबार मंसिर १२ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: सुन खानीमा ड्रोन आ*क्र*मण,इजरेलले गर्याे लेबनानमा ह*म*ला,आग*ला*नीमा १२८को मृ*त्यु

World News: सुन खानीमा ड्रोन आ*क्र*मण,इजरेलले गर्याे लेबनानमा ह*म*ला,आग*ला*नीमा १२८को मृ*त्यु

00:20:13

World News: टाइम म्यागेजिनमा ज*लेको सिंहदरबार,हङकङमा भीषण आग*ला*गी र रेल दु*र्घ*टना || Nepal Times

00:18:37

World News: ताइवानले अर्बौको अमेरिकी हति*यार किन्दै, तेजसको विक्री रोकियो,कोरियामा फ्लु

00:19:22

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

00:19:15

World News: दलाई लामालाई अमेरिकी तलब, भीसा नपाएपछि आ*त्म*ह*त्या || Nepal Times

00:17:08

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

रवि र छवि आज छुट्छन् ?

रवि–छविको मुद्दाको सुनुवाइ फेरि स्थगित, कारण के ?

बिहिबार मंसिर ११ , २०८२
बीपीएलको अक्सनमा सन्दीप सबैभन्दा माथि, को को सूचीकृत भए ?

बीपीएलको अक्सनमा सन्दीप सबैभन्दा माथि, को को सूचीकृत भए ?

बिहिबार मंसिर ११ , २०८२
ब्राजिलमा चक्रवात, ४४ जनाको मृत्यु

बंगालको खाडीमा चक्रवात, भारतमा चेतावनी, नेपाल आउला ?

बुधबार मंसिर १० , २०८२

हालका पोस्टहरू

पूर्वएआइजी विश्वराज पोखरेल रास्वपामा प्रवेश

पूर्वएआइजी विश्वराज पोखरेल रास्वपामा प्रवेश

शुक्रबार मंसिर १२ , २०८२
जकार्ता विश्वको सबैभन्दा धेरै जनसंख्या भएको सहर, शीर्ष १०सहित

जकार्ता विश्वको सबैभन्दा धेरै जनसंख्या भएको सहर, शीर्ष १०सहित

शुक्रबार मंसिर १२ , २०८२
‘नेपालमा मान्छे काट्नु भन्दा रुख काट्नु अप्ठ्यारो‘

कुलमानको उज्यालो नेपालले उम्मेद्वारी माग्यो,रास्वपासँग के हुँदैछ ?

शुक्रबार मंसिर १२ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.