×

NEPAL TIMES UPDATES

Playing
World News: शक्तिशाली मिसाइल हा*न्ने Iranको चेतावनी, Trumpसँग वार्ता अस्वीकार || Nepal Times
Mar 10, 2026
Playing
बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला || Nepal Times
Mar 10, 2026
Playing
यसरी अन्त्य भयो काँग्रेस–कम्युनिस्ट युग || Nepal Times
Mar 10, 2026
Playing
जनताले नपत्याएपछि कुलमानले लोडसेडिङ सम्झिए|| Nepal Times
Mar 10, 2026
Playing
Top 15 Afternoon News || Mar-10-2026 || Nepal Times
Mar 10, 2026
Playing
Balen प्रधानमन्त्री बन्न लागेकोमा भारतीय मिडियाहरु के भन्छन् ?|| Nepal Times
Mar 10, 2026
Playing
युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ|| Nepal Times
Mar 10, 2026
Playing
३५ वर्षभन्दा मुनिका को–को पुग्दैछन् संसद ? || Nepal Times
Mar 10, 2026
Playing
काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो || Nepal Times
Mar 10, 2026
Playing
कहिले बन्ला बालेन सरकार ? बालेन र रविलाई Modiको फोन || Nepal Times
Mar 10, 2026

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

२६ फाल्गुन २०८२

२६ फागुन , काठमाण्डौ।
नेपालमा जेन–जी आन्दोलनले संसदलाई युवामय बनाइदिएको छ । यसपटक पुष्पकमल दाहाल प्रचण्डबाहेक कुनै पनि पूर्वप्रधानमन्त्री संसदमा हुने छैनन् । यस चुनावमा नेपालमा धेरै कुराहरू पहिलोपटक हुन लागेका छन् । नेपालमा गणतन्त्र स्थापना यता कुनै पनि पार्टीले आफ्नै बहुमतमा सरकार बनाउन सकेको थिएन ।

तर, यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी बालेन शाहको नेतृत्वमा आफ्नै बहुमतमा सरकार बनाउन लागिरहेको छ । गणतन्त्र पछि पहिलो पटक नेपालको संविधानको धारा ७६ (१) अनुशार बालेन प्रधानमन्त्री बन्नेछन् । नेपालमा कुल २७५ सिट छन् र सरकार बनाउन १३८ सिट आवश्यक हुन्छ । तर रास्वपा दुई तिहाइ नजिक १८० भन्दा बढी सिट जित्ने दिशामा देखिएको छ ।

३५ वर्षे युवक, जो केही वर्षअघि दिनमा इन्जिनियरिङका नक्सा बनाउँथे र राति स्टेजमा ¥याप गाउँथे । त्यसपछि जनताले उनलाई काठमाडौंका मेयर बनाए, र अब उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट देशको प्रधानमन्त्री बन्दैछन् । बालेन शाहले नेपालमा यस्तो राजनीतिक भूकम्प ल्याए, जसले नयाँ दिल्ली, बेइजिङ र वासिङटन डिसीसम्मलाई चकित बनाएको छ।

किनकि अन्तराष्ट्रिय कुटनीतिका नजरमा नेपालको राजनीति कुनै जुरासिक पार्क जस्तो बनिसकेको थियो । जहाँ दशकौँदेखि उही पुराना राजनीतिक नेताहरू सत्तामा उटपुलट गर्दै शासन गरिरहेका थिए। तर ३५ वर्षका बालेनले ५० वर्षीय रवि लामिछानेसँग मिलेर तिनका सबैभन्दा बलिया किल्लाहरू भत्काइदिए ।

बालेन र रविले देशभर चलाएको रास्वपाको लहरबाट १२५ जनामा ४० वर्ष मुनिका मात्रै रास्वपाबाट ४७ जना युवा सांसद विजयी भएका छन् । यस्तै प्रत्यक्षमा निर्वाचित १४ महिला सांसदमा १३ जना रास्वपाबाटै निर्वाचित भएका छन् । यो निर्वाचनले वर्षाैपछि देशका ५ पूर्वप्रधानमन्त्रीको राजनीतिक यात्रामा लगभग विराम लगाएको छ ।

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड मात्रै यो पटक संसद्मा पुग्ने एक जना मात्रै पूर्वप्रधानमन्त्री हुने भएका छन् । उनी बाहेक यो निर्वाचनमा पूर्वप्रधानमन्त्रीहरु केपी ओली, शेरबहादुर देउवा, माधवकुमार नेपाल, डा बाबुराम भट्टराई र झलनाथ खनाल संसद बाहिरै परेका हुन् । खनाल र देउवा चुनावमा सहभागी भएनन् भने ओली र नेपाल पराजित भए ।

डा बाबुरामले अन्तिम समयमा उम्मेदवारी फिर्ता लिएका थिए । ओली २०४८ सालदेखि २०६४ को पहिलो संविधानसभा निर्वाचन बाहेक पछिल्ला हरेक निर्वाचनमा फराकिलो मतान्तर सहित झापा ५ बाट निर्वाचित हुँदै आएका थिए । तर यसपाली ओली यो निर्वाचनमा बालेनसँग ५० हजार मतान्तरले पराजित भए ।

केपी शर्मा ओली जो आफूलाई नेपालको राजनीतिका चाणक्य ठान्थे, बालेन शाहले झापाजस्तो उनको गढमै पसेर करिब ५० हजार मतअन्तरले उनलाई हारको स्वाद चखाएका छन् । भूमाफिया र अतिक्रमणकारीहरु विरुद्ध काठमाडौंमा बुलडोजर चलाएका बालेनले अहिले नेपालमा राजनीतिक डाइनोसर युगको अन्त्यतिर पु¥याएका छन् ।

रास्वपाको दुई तिहाइ नसजकको यो जित केवल चुनावी अंकगणितको खेल मात्र होइन। यो ती गल्लीहरूमा लुकेको पीडा हो जहाँ युवाहरूले राम्रो भविष्यको सपना देखेका थिए । भदौ २३ मा भएको जेनजी क्रान्ति जहाँ सडकमा हजारौँ युवा उत्रिए। गोली चल्यो , ७६ निर्दोष मानिसहरूको मृत्यु भयो । तर बालेन शाहको यात्रा यहीबाट सुरु भएको थिएन।

यसभन्दा पहिले पनि उनले आफ्नो ¥याप संगीतमार्फत युवामाझ बलियो पहिचान बनाइसकेका थिए। उनका गीतहरू केवल संगीत मात्र थिएनन्, ती नेपालका बिग्रँदै गएको राजनीतिक प्रणालीविरुद्धको वैचारिक आवाज थिए। उनले सामाजिक संजालबाटै युवाको आवाज शासक समक्ष पुर्याइरहेका थिए ।

जब पुराना राजनीतिक दलहरूले ठूला ¥याली र लाउडस्पिकर अभियानमा करोडौँ रुपैयाँ खर्च गरिरहेका थिए, बालेन शाह भने डिजिटल माध्यमबाट सीधै युवाहरूको मोबाइल स्क्रिनमा पुगिरहेका थिए। त्यसैले आज उनको जितलाई धेरैले ती जेनजी शहीदहरूमाथिको साँचो श्रद्धाञ्जली र नयाँ पुस्ताको आवाज मानिरहेका छन्।

नेपालको राजनीतिमा केपी शर्मा ओली निकै प्रभावशाली नेता मानिन्छन् । उनको गढमा उनलाई हराउनु लगभग असम्भव मानिन्थ्यो। तर परिवर्तन चाहने जनताको शक्तिले ठूलो राजनीतिक स्तम्भ पनि ढल्न सक्छ भन्ने कुरा बालेन शाहको उदयले देखाएको छ । उनको कार्यशैलीलाई लिएर धेरैले उनलाई युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीसँग दाज्ने गरेका छन् ।

एक कलाकार जो पछि राष्ट्रिय नेताको रूपमा उभिए । बालेन शाहको उदयले केवल नेपालका हिमाल, पहाड र तराई मधेसका गाउँ गाउँमामा मात्र होइन, भूराजनीतिक रुपमा दिल्ली, बेइजिङ वासिङनटन डिसी जस्ता शक्ति केन्द्रहरूमा पनि चर्चा पैदा गरेको भनिन्छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अन्तिम मत परिणाम सार्वजनिक नहुँदै रवि र बालेनलाई टेलिफोन गरी बधाई दिँदै सहकार्यमा जोड दिएका छन् भने चीन, जापान, अमेरिकासहितका देशहरुले शान्तिपूर्ण निर्वाचनपछि नेपाल सरकार र नेपाली जनतालाई बधाई दिएका छन् । बालेन शाह “नेपाल फस्र्ट” भन्ने सोचको कुरा गर्ने नेता मानिन्छन् ।

जसले भारत र चीन दुवैसँग सन्तुलित सम्बन्ध राख्ने नीति लिन सक्ने अनुमान गरिन्छ। बालेन शाहको भारतसँग पनि व्यक्तिगत सम्बन्ध रहेको भनिन्छ। उनले आफ्नो इन्जिनियरिङ अध्ययन भारतबाट पूरा गरेका थिए। त्यसैले उनले भारतीय समाज, संस्कृति र लोकतन्त्रलाई नजिकबाट बुझेको मानिन्छ। तर कूटनीतिमा भावना भन्दा राष्ट्रिय हित महत्त्वपूर्ण हुन्छ ।

बालेन शाह प्रधानमन्त्री बन्ने सम्भावनाको चर्चा नेपालका लागि ठूलो राजनीतिक परिवर्तनको संकेतका रूपमा हेरिएको छ । यो केवल एक व्यक्तिको जित होइन, त्यो नेपाली नागरिकको जित हो जो पुरानो व्यवस्थाबाट थाकिसकेको थियो र नयाँ भविष्य खोजिरहेको थियो। तर बालेनका अगाडि चुनौतीहरू पनि कम छैनन्, अर्थतन्त्र सुधार गर्नु, भूराजनीतिक हलचललाई चिर्दै शक्ति राष्ट्रहरु बीच सन्तुलन राख्नु, र युवाहरूका स्वर्णिम सपनालाई वास्तविकतामा बदल्नु ।

भर्खरको समाचार

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

ट्रम्पको धम्कीका बाबजुद इरानले खामेनीका छोरालाई बनायो सर्वोच्च नेता

262c84f0-1878-11f1-8f1d-d7bdb1ea156f

सम्बन्धित खबरहरु

Scroll to Top