×

NEPAL TIMES UPDATES

Playing
इरान यु द्धको १२ औं दिनः चाडै यु द्ध अन्त्य हुने ट्रम्पको घोषण|| Nepal Times
Mar 12, 2026
Playing
शहबाज शरीफले पनि रवि र बालेनलाई दिए बधाई|| Nepal Times
Mar 12, 2026
Playing
२१ महिनाको आयात धान्ने विदेशी मुद्रा सरकारको ढिकुटीमा|| Nepal Times
Mar 12, 2026
Playing
ट्रम्पको अनुमतिपछि भारतले किन्यो रुसी तेल,अमेरिकाले हर्मुजमा सुरक्षा दिन नसक्ने || Nepal Times
Mar 11, 2026
Playing
इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ? || Nepal Times
Mar 11, 2026
Playing
बालेन सफल भए नयाँ युग, असफल भए फेरि विद्रोह! || Nepal Times
Mar 11, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-27-2082 || Nepal Times
Mar 11, 2026
Playing
मध्यपूर्वको रणमैदानको बाछिटा, मानवीय संकटदेखि इन्धन अभावसम्म || Nepal Times
Mar 11, 2026
Playing
हर्मुज घेरेर बस्यो इरान, अमेरिकाको प्याट्रियट सिस्टम ध्व स्त || Nepal Times
Mar 11, 2026
Playing
फेरि २८ सयमुनि झ¥यो सेयर बजार, ३८ प्रतिशत घट्यो कारोबार || Nepal Times
Mar 11, 2026

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

२८ फाल्गुन २०८२

२८ फागुन , काठमाण्डौ।

अमेरिका , इजरेल र इरानाबीच तनाव १२ औं दिन पुग्दा विश्व बजारमा इन्धनको संकट देखिएको छ । मध्यपूर्वको तनावका कारण विश्व बजारमा इन्धनको अभाव देखिएपछि अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) ले आपतकालीन भण्डारबाट ४० करोड ब्यारल तेल बजारमा उपलब्ध गराउने निर्णय गरेको छ । यसमा सबैभन्दा धेरै हिस्सा अमेरिकाको हुनेछ ।

अमेरिकाले कूल ४० करोडमध्ये १७ करोड २० लाख ब्यारेल तेल उपलब्ध गराउने छ । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) का ३२ सदस्य देशहरूले विश्व बजारमा तेल पठाउने निर्णयको पक्षमा सर्वसम्मत निर्णय गरेको बीबीसीले जनाएको छ । मध्यपूर्वको तनावको क्रममा इरान र खाडी देशको बीचमा पर्ने समुद्री मार्ग होर्मुज स्ट्रेटमा आक्रमण भएपछि विश्वभर तेल आपूर्ति प्रभावित भएको छ ।

तेल मूल्यको आकासिएको छ । आईईएका कार्यकारी निर्देशक फेथ बिरोलले तेल बजारले अहिले असाधारण चुनौतीको सामना गरिरहेको भन्दै यस्तो कदम आवश्यक भएको बताएका छन् । उनले भनेका छन्, ‘तेल बजारमा देखिएका चुनौतीहरू अभूतपूर्व छन्, त्यसैले सदस्य देशहरूले यस्तो कदम चाल्नु सकारात्मक कुरा हो ।’

आईईएले आपतकालीन भण्डारबाट निकालिने तेल प्रत्येक सदस्य देशको राष्ट्रिय परिस्थितिअनुसार उपयुक्त अवधिमा बजारमा उपलब्ध गराइने जनाएको छ । आईईएका सदस्य देशहरूसँग अहिले १ अर्ब २० करोड ब्यारेलभन्दा बढी आपतकालीन तेल भण्डार रहेको बताइन्छ ।

त्यसबाहेक उद्योग क्षेत्रमा सरकारी दायित्वअन्तर्गत अतिरिक्त ६० करोड ब्यारेल तेल भण्डार रहेको एजेन्सीले जनाएको छ ।यस निर्णयअन्तर्गत अमेरिकाले सबैभन्दा ठूलो योगदान गर्ने भएको छ । अमेरिकाले कुल ४० करोड ब्यारेलमध्ये १७ करोड २० लाख ब्यारेल तेल उपलब्ध गराउने जनाएको छ ।

अमेरिकाको स्ट्राटेजिक पेट्रोलियम रिजर्भ (एसपीआर) बाट तेल निकासी आगामी सातादेखि सुरु हुने र करिब १२० दिनभित्र बजारमा पठाइने अमेरिकाको ऊर्जा विभागले जनाएको छ । ऊर्जा विभागका अनुसार, अमेरिकाले आगामी एक वर्षभित्र २० करोड ब्यारेल तेल पुनः भण्डारमा भर्ने योजना बनाएको छ ।

सामान्यतया यस्तो भण्डार पुनः भर्ने खर्च करदाताले बहन गर्नुपर्ने भए पनि यसपटक करदातालाई अतिरिक्त भार नपर्ने दाबी गरिएको छ, यद्यपि त्यसको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन । अमेरिकी ऊर्जा विभागको तथ्यांकअनुसार ६ मार्चसम्म एसपीआरमा करिब ४१ करोड ५० लाख ब्यारेल तेल भण्डारण छ, जबकि यसको कुल क्षमता ७० करोड ब्यारेल रहेको छ ।

अमेरिकी ऊर्जा विभागको तथ्यांकअनुसार मार्च ६ सम्म एसपीआरमा करिब ४१ करोड ५० लाख ब्यारेल तेल भण्डारण रहेको छ, जबकि यसको कुल क्षमता करिब ७० करोड ब्यारेल रहेको छ । विश्लेषकहरूका अनुसार आईईएको यो कदमले विश्व बजारमा तेलको आपूर्ति बढाएर मूल्यवृद्धि केही हदसम्म नियन्त्रण गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

उता इरानसँगको युद्धकाबिच विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्ग होर्मुज जलडमरूनजिक बुधबार फेरि जहाजमाथि आक्रमण भएको छ । यससँगै बुधबार बिहान मात्रै तीन वटा जलयान प्रक्षेप्य हतियारको निशानामा परेका छन् । बेलायती समुद्री सुरक्षा निकाय संयुक्त अधिराज्य समुद्री व्यापार सञ्चालन (यूकेएमटीओ)का अनुसार एक बल्क क्यारियर जहाज दुबईबाट करिब ५० नटिकल माइल उत्तर–पश्चिम क्षेत्रमा रहँदा अज्ञात प्रक्षेप्य लागेको हो ।

आक्रमण भए पनि जहाजका सबै चालकदल सुरक्षित रहेको र कुनै पर्यावरणीय क्षति नभएको यूकेएमटीओले जनाएको छ । यसअघि बुधबार नै अर्काे मालवाहक जहाज ओमानको मुसन्दम प्रायद्वीपको उत्तरतर्फ करिब ११ नटिकल माइल क्षेत्रमा प्रहार भएपछि आगलागी भएको थियो । सो जहाजमा आगो लागेपछि चालकदललाई सुरक्षित स्थानमा सार्ने काम गरिएको बताइएको छ ।

त्यस्तै, संयुक्त अरब इमिरेट्सको तट नजिक रहेको अर्काे कार्गो जहाज बिहानै निशानामा परेर क्षतिग्रस्त भएको खबर आएको थियो । यूकेएमटीओका अनुसार अमेरिका–इजरायल र इरानबीच युद्ध सुरु भएयता कम्तीमा १३ वटा जहाजमाथि आक्रमण भइसकेको छ । विश्वको करिब २० प्रतिशत तेल ढुवानी हुने होर्मुज जलडमरू क्षेत्रमा बढ्दो असुरक्षाले अन्तर्राष्ट्रिय व्यापार र ऊर्जा आपूर्तिमा चिन्ता थपिएको छ ।

जारी तनावका बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार इरानसँगको युद्ध ‘चाँडै’ अन्त्य हुने बताएका छन् । ‘अपरेसन एपिक फ्युरी’ नाम दिइएको अमेरिकी–इजरायली संयुक्त सैन्य अभियानले इरानको मिसाइल क्षमता र नौसेनालाई नष्ट गर्न र आणविक हतियारको कुनै पनि मार्ग तोड्न आफ्नो युद्धको १२ औँ दिनमा प्रवेश गरिसकेपछि एक्सियोससँगको करिब पाँच मिनेट लामो संक्षिप्त फोन संवादमा ट्रम्पले उक्त टिप्पणी गरेका हुन् । “कुनै पनि बेला म यो अन्त्य गर्न चाहन्छु, यो छिट्टै अन्त्य हुनेछ,” ट्रम्पले भनेका छन् ।

एक्समा पोस्ट गरिएको एक भिडियोमा अमेरिकी केन्द्रीय कमान्डका नेता एडमिरल ब्राड कूपरले भने, “अमेरिकी सेनाले फेब्रुअरी २८ मा तेहरान विरुद्ध अभियान सुरु गरेदेखि इरानमा पाँच हजार ५०० भन्दा बढी लक्ष्यहरूमा आक्रमण गरेको छ, जसमा ६० भन्दा बढी जहाजहरू पनि रहेका छन् ।

अन्तर्वार्ताका क्रममा ट्रम्पले युद्ध ‘राम्रोसँग चलिरहेको’ बताएका थिए । उनले भने, “हामी समय तालिकाभन्दा धेरै अगाडि छौँ । सोचेको मूल छ हप्ताको अवधि भन्दा पनि छोटो समयमा भन्दा हामीले बढी क्षति गरेका छौँ ।” इरानले ४७ वर्षसम्मको मृत्यु र विनाशको मूल्य अहिले चुकाइरहेको पनि राष्ट्रपति ट्रम्पले बताए ।

“यो भुक्तानी हो। तिनीहरू त्यति सजिलै बाहिर निस्कने छैनन्,” उनले भनेका छन् । मध्यपूर्वको तनावको असर विश्वभर देखिएको छ । सबैभन्दा ठूलो असर इन्धनमा परेको छ । हाल इरानसँग सम्बन्धित तनाव, तेल पूर्वाधारमा भएका आक्रमण र ढुवानी मार्गमा बढेको सुरक्षा जोखिमका कारण अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य तीव्र उतारचढावमा पुगेको छ।

केही घटनापछि कच्चा तेलको मूल्य १०–१३ प्रतिशतसम्म बढेर करिब ८० डलर प्रति ब्यारेल नजिक पुगेको बताइएको छ। यदि द्वन्द्व अझ बढेमा तेल उत्पादन र निर्यातमा ठूलो अवरोध आउन सक्छ। विश्लेषकहरूका अनुसार सबैभन्दा खराब अवस्थामामा तेलको मूल्य १००–१३० डलर प्रति ब्यारेलसम्म पुग्न सक्ने चेतावनी दिइएको छ।

मध्यपूर्वबाट चीन, भारत, जापान र दक्षिण कोरिया जस्ता एसियाली देशहरूमा ठूलो मात्रामा तेल र ग्यास निर्यात हुने भएकाले संकटले विशेषगरी एशियाली अर्थतन्त्रमा असर पार्ने सम्भावना छ।यसका साथै ऊर्जा मूल्य बढेमा यातायात, उद्योग, खाद्य उत्पादन र अन्तर्राष्ट्रिय व्यापार लागत बढ्ने भएकाले विश्वव्यापी महँगी बढ्ने जोखिम पनि रहन्छ।

भर्खरको समाचार

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

समानुपातिकमा साढे ४ लाख मत बदर, आज दलहरुलाई पत्राचार गर्ने

adcc99e8-45af-49b9-9154-fa42976a3483

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

सम्बन्धित खबरहरु

Scroll to Top