×

NEPAL TIMES UPDATES

Playing
इरानले यु*द्धविराम होइन, प्रत्याक्रमण गर्ने,एकैदिन १५५ विमान उडे|| Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी र पदाधिकारीको इन्धन सुविधामा ब्यापक कटौती, अब कति पाउँछन् ?|| Nepal Times
Apr 07, 2026
Playing
उत्तर कोरियामा ड्रोन पुगेपछि दक्षिणका राष्ट्रपतिले मागे माफी || Nepal Times
Apr 07, 2026
Playing
बालेन सरकारले ऋण काँढेपछि तातिए प्रतिपक्षी || Nepal Times
Apr 06, 2026
Playing
सर्वाेच्चले भन्यो ओली–लेखकलाई म्याद नथप्नु, बन्दी प्रत्यक्षीकरण रिट खारेज || Nepal Times
Apr 06, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-23-2082 || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गा अध्ययन गर्न बन्यो समिति,७ दिनभित्र प्रतिवेदन || Nepal Times
Apr 06, 2026
Playing
इरानी धम्कीपछि व्हाइट हाउसमा ट्रम्पकै अघि फा य रिंग, अलर्टमा सिक्रेट सर्भिस || Nepal Times
Apr 06, 2026
Playing
नेपाल–चीन सम्बन्धमा सरकारको सन्तुलनमाथि संसदमा प्रश्न || Nepal Times
Apr 06, 2026
Playing
सबै श्रमिकलाई न्यूनतम तलब दिलाउन जुट्यो बालेन सरकार, दियो यस्तो निर्देशन || Nepal Times
Apr 06, 2026

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

२४ चैत्र २०८२

२४ चैत , काठमाण्डौ ।

मध्यपूर्व युद्धको भीषण चपेटामा परेको छ। अमेरिका, इजरेल तथा इरान बीचको तनाव अहिले खुला द्वन्द्वमा बदलिँदै गएको छ, जहाँ कूटनीतिक प्रयासहरू कमजोर बन्दै गएका छन् भने आक्रमण र प्रत्याक्रमण तीव्र हुँदै गएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा चेतावनी र इरानको अडानबीच संभावित युद्धविरामको सम्भावना पनि टाढिँदै गएको देखिएको छ ।

Advertisement

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम प्रस्तावमा तेहरानको प्रतिक्रिया ‘पर्याप्त नभएको’ बताएका छन् । युद्धविराम अस्वीकार गर्ने इरानको भनाइले उसलाई राम्रो नगर्ने चेतावनी ट्रम्पले दिएको अलजजिराले लेखेको छ। नागरिक पूर्वाधारमा आक्रमणको जोखिम बढिरहेका बेला राष्ट्रपति ट्रम्पले सञ्चारकर्मीसँग कुरा गर्दै इरानको जवाफ अर्थपूर्ण भए पनि सन्तोषजनक नभएको टिप्पणी गरेका हुन् ।

पछिल्लो समय इरानमाथि अमेरिका र इजरायलले गरेका आक्रमणमा परी ६ बालबालिकासहित कम्तीमा ३४ जनाको मृत्यु भएको छ । इरानले होर्मुज स्ट्रेट नखोले मंगलबारसम्ममा इरानी पावर प्लान्ट र पुलमा आक्रमण गर्ने ट्रम्पको चेतावनीपछि इरानले पनि प्रत्याक्रमणको तयारी थालेको छ ।

इरानले इजरायलको हाइफास्थित एउटा आवासीय भवनमा क्षेप्यास्त्र प्रहार गरेको छ । उक्त आक्रमणमा परी कम्तीमा चार जनाको मृत्यु भएको स्वास्थ्यकर्मीले पुष्टि गरेका छन् । त्यसैगरी, इरानले खाडी क्षेत्रका अन्य मुलुकहरूमा पनि आफ्ना आक्रमण जारी राखेको छ । इरानी आक्रमणबाट कुवेतका विद्युत् गृह, खानेपानी शुद्धीकरण केन्द्र र तेल प्लान्टमा क्षति पुगेको छ भने बहराइनको एउटा तेल खानीलाई पनि निशाना बनाइएको छ ।

उता ट्रम्पले इरान युद्धबारे सोमबार राति पत्रकार सम्मेलन गरेर इरानविरुद्ध अमेरिकाको युद्ध राम्रोसँग चलिरहेको बताए। उनले भने, ’यदि अमेरिकाले चाह्यो एकै रातमा सिंगो इरानलाई ध्वस्त पार्न सक्छ। आवश्यक परेमा त्यो रात भोलि पनि हुन सक्छ।’ यदि अमेरिकाले चाहेमा एक रातमै सिंगो इरानलाई ध्वस्त पार्न सक्छ।

आवश्यक परेमा यस्तो कारबाही भोलिकै राति पनि हुन सक्छ, ट्रम्पले भनेका छन् । यस्तै इरानमा फसेका अमेरिकी सैनिकलाई उद्धार गर्न अमेरिकाले १५५ सैन्य विमानसहित उद्धार अभियान सञ्चालन गरेको र यसमा लडाकु जेट, बमवर्षक र उद्धार विमान सामेल रहेको उनले जानकारी दिए ।

बितेका ३७ दिनमा अमेरिकाले इरानमा १३ हजारभन्दा बढी निसानामा आक्रमण गरिसकेको छ र १० हजारभन्दा बढी लडाकु उडान गरिएको उनले बताए । यस्तै इरानमा फसेको दोस्रो पाइलटबारे मिडियालाई समाचार चुहाउने व्यक्तिलाई खोजिने र आवश्यक परेमा मिडिया कम्पनीविरुद्ध पनि कारबाही गर्न सकिने उनले चेतावनी दिएका छन् ।

इरानले अमेरिकी एफ–१५ विमान खसालेको उनले स्वीकारेका छन् । उनले भनेका छन्, तर यो शत्रुको भाग्य थियो अर्थात् यो केवल एक भाग्यशाली प्रहार थियो । उता अमेरिकासँग युद्धविराम सम्झौता हुने सम्भावनालाई इरानले खारेज गरेको छ। इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले भने, ’युद्धविराम भनेको विरोधीहरूलाई नयाँ अपराधका लागि शक्ति सञ्चय गर्ने मौका दिनु हो र कुनै पनि समझदार व्यक्तिले त्यसो गर्दैन।’

बीबीसी फारसी सेवाका अनुसार बघाईले आफ्नो साप्ताहिक पत्रकार सम्मेलनका क्रममा उक्त अभिव्यक्ति दिएका हुन्। उनले युद्धविराम वा युद्ध अन्त्यका लागि पहिले इरानका माग पूरा हुनुपर्ने बताएका छन्। अमेरिकासँग जारी वार्ताबारे उनले भने, ‘मध्यस्थकर्ताहरूले विचार आदानप्रदान गर्नु असामान्य होइन। यी मुद्दा सुरुदेखि नै मध्यस्थकर्ताहरूमार्फत उठाइएका थिए र सन्देश आदानप्रदान स्वाभाविक हो।’

उनले अगाडि भनेका छन्, ‘अल्टिमेटम र युद्ध अपराधको धम्कीका साथ वार्ता सम्भव छैन। जब हाम्रो शत्रुले आक्रमण बढाइरहेको छ भने सबै गुप्तचर जानकारी र ध्यान देशको रक्षामा केन्द्रित गरिनुपर्छ।’ यस क्रममा इस्माइल बघाईले यसअघि अमेरिकाले गरेको १५–बुँदे प्रस्ताव गरिएको पनि स्मरण गराए।

उनले भने, ‘हामीले भनेका थियौँ– त्यस्ता प्रस्ताव अत्यन्तै महत्वाकांक्षी, अव्यावहारिक र अतार्किक छन्, जुन कुनै पनि हिसाबले स्वीकार्य छैनन्।’ हिजो मात्रै अमेरिका र इजरायलको संयुक्त आक्रमणमा इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी) को गुप्तचर संगठनका प्रमुख माजिद खादेमी मारिएका छन्।

आक्रमण सुरुवातकै दिन फेब्रुअरी २८ मा इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीलगायत शीर्ष नेता तथा अधिकारी मारेको अमेरिका–इजरायलले यसबिच सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी, आईआरजीसीका प्रवक्ता तथा जनसम्पर्क अधिकारी अली मोहम्मद नैनी, नौसेना कमान्डर अलिरेजा ताङसिरी र नौसेना गुप्तचर निर्देशनालयका प्रमुख बहनाम रेजाईको पनि हत्या गरिसकेको छ।

बदलामा इरानले इजरायलका साथै अमेरिकी आधार÷अड्डा रहेका खाडीका देशहरूमा आक्रमण गरिरहेको छ। जसले गर्दा द्वन्द्व मध्यपूर्वभरि फैलिएको छ। जारी युद्धमा अहिलेसम्म विभिन्न देशमा गरी मारिएकाको संख्या ५ हजार नाघिसकेको छ। इरान युद्ध तीन देशबीच सीमित नरही खाडी क्षेत्रका अन्य मुलुकहरूलाई पनि प्रत्यक्ष असर पार्न थालेको छ।

हवाई आक्रमण, क्षेप्यास्त्र प्रहार र सैन्य गतिविधिका कारण नागरिक पूर्वाधारमा ठूलो क्षति पुगेको छ भने हजारौँ मानिसको ज्यान गइसकेको छ। दुवै पक्षबाट आक्रामक अभिव्यक्ति र सैन्य प्रदर्शन जारी रहँदा स्थिति झन् जटिल बन्दै गएको छ। विश्वभर इन्धनको चरम संकट देखिएको छ । युद्धविरामका प्रस्तावहरू अस्वीकार हुँदै जाँदा र वार्ताका ढोका बन्द हुँदै जाँदा अन्तर्राष्ट्रिय समुदायको चिन्ता बढिरहेको छ।

Advertisement

भर्खरको समाचार

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

सम्बन्धित खबरहरु

Scroll to Top