×

NEPAL TIMES UPDATES

Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026
Playing
World News: Cubaलाई कस्दै America, Indiaमा ‘कक्रोच जनता पार्टी’को तहल्का || Nepal Times
May 21, 2026
Playing
नेपालमा बाँदर आतंक, किन बन्यो राष्ट्रिय बहस?कसरी गर्ने समाधान ?|| Nepal Times
May 21, 2026
Playing
विश्वकप लिग–२ः भोलि अन्तिम खेलमा अमेरिकासँग भिड्दै नेपाल || Nepal Times
May 21, 2026
Playing
कक्रोच जनता पार्टी भारतमा कसरी जन्मियो ?ब्क्ष् ले कसरी चमत्कार ग¥यो?|| Nepal Times
May 21, 2026
Playing
Top 15 Afternoon News || May-21-2026 || Nepal Times
May 21, 2026
Playing
संसदमा आज पनि हर्कले प्लेकार्ड देखाए, बालेनको राजीनामा मागे || Nepal Times
May 21, 2026
Playing
अमेरिकी नीतिविरुद्ध चीन–रुस, ‘गोल्डेन डोम’को निन्दा || Nepal Times
May 21, 2026

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

२ बैशाख २०८३

२ वैशाख, काठमाण्डौ।

छिमेकी राष्ट्र भारतको बिहार राज्यको राजनीतिमा झण्डै दुई दशकसम्म प्रभाव जमाएका मुख्यमन्त्री नितिश कुमारले राजीनामा दिएका छन् । उनको राजीनामासँगै ‘नितिश युग’को औपचारिक अन्त्य भएको छ। नितिश कुमारको लामो शासनकालपछि अब सम्राट चौधरीले सपथ लिएका छन् ।

Advertisement
Advertisement

चौधरी विहारमा भाजपाका पहिलो मुख्यमन्त्री हुन् । सन् २००० देखि अधिकांश समय विहारको नेतृत्व गरेका नितिश कुमार राज्य सभामा गएपछि एनडीए गठबन्धनको सहमति बमोजिम जनता दल युनाइडेटले भाजपालाई मुख्यमन्त्री सुम्पेको हो । उनीसँगै जेडियुका बिजय चौधरी र विजेन्द्र प्रसाद यादवले मन्त्री पदको सपथ लिएका छन् ।

सपथग्रहणपछि मुख्यमन्त्री चौधरीले नितिशकुमारले अघि सारेको नीति र उनकै बाटोमा अघि बढ्ने बताएका छन् । नितिश कुमारले २१ वर्ष लामो विहार नेतृत्व छाडेका छन् । मुख्यमन्त्री सम्राट कुशवाह जातिका हुन् । जसको जनसंख्या यादवपछि दोस्रो छ ।

सन् २००० मा छोटो कार्यकालबाट सुरु भएको उनको नेतृत्वले २००५ पछि स्थायित्व पायो र त्यसपछि उनले बिहारलाई अपराध, अव्यवस्था र विकासहीनताको अवस्थाबाट क्रमशः बाहिर ल्याउँदै पूर्वाधार विकास, शिक्षा विस्तार र प्रशासनिक सुधारमार्फत नयाँ दिशा दिएका थिए।

जसका कारण उनलाई ‘सुशासन बाबु’को रूपमा परिचित गरियो। तर समयसँगै उनको राजनीतिक यात्रा जटिल बन्दै गयो । विशेषगरी जनता दल युनाईटेड र भारतिय जनता पार्टी बीच पटक–पटक गठबन्धन परिवर्तन गर्ने रणनीतिले उनलाई व्यावहारिक राजनीतिज्ञभन्दा बढी अवसरवादी नेताको रूपमा आलोचित गरायो, जसले उनको वैचारिक स्थिरता र जनविश्वासमा असर पा¥यो।

पछिल्ला वर्षहरूमा स्वास्थ्य अवस्था, उमेर जन्य थकान र नयाँ पुस्ताका नेताहरूको उदयसँगै उनको प्रभाव घट्दै गएको देखिन्थ्यो, र राज्यसभा सदस्यमा प्रवेशपछि उनले केन्द्रीय राजनीतितर्फ ध्यान केन्द्रित गर्ने संकेत पनि दिएका थिए।
यही परिवेशमा आएको राजीनामाले बिहारमा शक्ति सन्तुलनलाई पुनः परिभाषित गर्ने बाटो खोलेको छ, जहाँ भारतिय जनता पार्टी को नेतृत्वमा नयाँ सरकार बनेको छ ।

यसरी बिहारको राजनीतिमा झण्डै दुई दशकसम्म सत्ताको अविच्छिन्न केन्द्रविन्दुमा रहेका नितिश कुमारको हालैको राजीनामा केवल एउटा प्रादेशिक सरकारको परिवर्तन मात्र होइन, बरु यो भारतीय राजनीतिमा एउटा विशिष्ट र प्रभावकारी ’नितिश युग’ को औपचारिक अवसान पनि हो।

७५ वर्षीय यी चतुर राजनीतिज्ञले गभर्नर सइद अता हसैनलाई आफ्नो राजीनामा पत्र बुझाउँदै गर्दा बिहारको इतिहासको एउटा यस्तो पाना पल्टिएको छ। जसमा विकास, सुशासन, जातीय इन्जिनियरिङ र राजनीतिक अवसरवादका अनगिन्ती कथाहरू कोरिएका छन्।

सन् १९७० को दशकमा जयप्रकाश नारायणको समाजवादी आन्दोलनबाट उब्जिएका नितिश कुमारले सन् २००० मा पहिलो पटक केवल सात दिनका लागि मुख्यमन्त्रीको शपथ लिँदा कसैले सोचेको थिएन कि उनी भविष्यमा बिहारको भाग्य र भविष्य बदल्ने प्रमुख सूत्रधार बन्नेछन्।

सन् २००५ मा लालुप्रसाद यादवको १५ वर्ष लामो ’यादव शासन’ र कथित ’जङ्गलराज’ लाई विस्थापित गर्दै जब उनले पूर्ण बहुमतका साथ सत्ता सम्हाले, तब बिहार अस्तव्यस्त अवस्थामा थियो—सडकहरू भत्किएका थिए, अपहरण उद्योगका रूपमा फस्टाएको थियो र सरकारी संयन्त्र निकम्मा बनेको थियो।

तर, नितिशले आफ्नो शासनकालको पहिलो दशकमा प्रशासनमा कडा अनुशासन, विद्यालयमा बालिकाहरूको पहुँच बढाउन साइकल वितरण जस्ता नवीन योजना, र पञ्चायती व्यवस्थामा महिलालाई ५० प्रतिशत आरक्षण दिने जस्ता युगान्तकारी कदमहरू चालेर आफूलाई ’सुशासन बाबु’ का रूपमा स्थापित गरे।

उनले ’न्यायसहितको विकास’ को नारालाई सार्थक बनाउँदै बिहारको कुल गार्हस्थ्य उत्पादन लाई दोहोरो अङ्कमा पु¥याए, जसले गर्दा उनलाई एक समय प्रधानमन्त्री नरेन्द्र मोदीको सशक्त विकल्पका रूपमा समेत हेरिने गरिन्थ्यो। यद्यपि, नितिश कुमारको यो २१ वर्ष लामो यात्रा केवल विकासको गाथामा मात्र सीमित रहेन; यो वैचारिक अस्थिरता र सत्ता जोगाउने जटिल दाउपेचको चक्रव्यूहमा पनि नराम्ररी फस्यो।

उनले आफ्नो शासनकालमा पटक–पटक भाजपा र आरजेडी बीच गठबन्धन परिवर्तन गरिरहने ’पल्टुराम’ प्रवृत्तिका कारण आफ्नो नैतिक धरातल र जनविश्वास गुमाउँदै गए। सन् २०१३ मा नरेन्द्र मोदीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएको विरोधमा भाजपासँगको १७ वर्ष पुरानो नाता तोड्नु र पछि फेरि सत्ताकै लागि सोही दलसँग हात मिलाउनुले उनको ’सिद्दान्तवादी’ छविमा ठूलो धक्का पु¥याएको थियो। पछिल्ला वर्षहरूमा उनको दल जनता दल (युनाइटेड) को सिट संख्या निरन्तर घट्दै जानु र उनी ’जुनियर पार्टनर’ को भूमिकामा खुम्चिनुले उनको राजनीतिक शक्ति क्षयीकरण भइरहेको स्पष्ट संकेत गरेको थियो।

अहिले स्वास्थ्य अवस्था र राज्यसभा सदस्यका रूपमा केन्द्रीय राजनीतिमा सक्रिय हुने हेतुले उनले लिएको यो निर्णयलाई धेरैले एक ’सम्मानजनक बहिर्गमन’ का रूपमा लिएका छन्। नितिशको राजीनामासँगै बिहारमा अब पहिलो पटक भारतीय जनता पार्टी (भाजपा) को नेतृत्वमा ८९ सिटको बहुमतसहित सम्राट चौधरी मुख्यमन्त्री बन्नुले बिहारको राजनीति अब पूर्ण रूपमा ’मण्डल राजनीति’ बाट मुक्त भई ’कमल’ को वर्चस्व र हिन्दुत्वको एजेन्डामा समाहित हुने विश्लेषण गर्न थालिएको छ ।

नितिश कुमारको राजनीतिक यात्रा एक संक्रमणकालीन अध्यायको रूपमा देखिन्छ—जहाँ उनले बिहारलाई अराजकताबाट संस्थागत स्थायित्वतर्फ डो¥याए, तर अन्त्यतिरको राजनीतिक अस्थिरता र रणनीतिक लचकताले उनको विरासतलाई मिश्रित बनायो ।

त्यसैले ‘नितिश युग’को अन्त्य केवल एउटा नेताको प्रस्थान नभई, बिहारको भावी राजनीतिक दिशा र विकासको मोड निर्धारण गर्ने निर्णायक क्षण पनि हो।बिहारलाई जङ्गलराजबाट बाहिर निकालेर विकासको मार्गमा डोहो¥याउने ’सुशासन बाबु’ को राजनीतिक बिदाइले एउटा रिक्तता त सिर्जना गरेको छ, तर उनको अस्थिर राजनीतिक शैलीले छोडेका प्रश्नहरू भने बिहारको इतिहासमा सधैं जीवित रहनेछन्।

Advertisement
Advertisement

यसरी सन् २००५ मा आशाको ज्योति बनेर उदाएको ’नितिश युग’ २०२६ सम्म आइपुग्दा आफ्नो सबै चमक र विवादहरूका बीच इतिहासको पानामा दर्ज भएको छ। जसले बिहारलाई एउटा नयाँ, चुनौतीपूर्ण र सम्भावनायुक्त भविष्यको संघारमा उभ्याएको छ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top