×

NEPAL TIMES UPDATES

Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026
Playing
World News: Cubaलाई कस्दै America, Indiaमा ‘कक्रोच जनता पार्टी’को तहल्का || Nepal Times
May 21, 2026
Playing
नेपालमा बाँदर आतंक, किन बन्यो राष्ट्रिय बहस?कसरी गर्ने समाधान ?|| Nepal Times
May 21, 2026
Playing
विश्वकप लिग–२ः भोलि अन्तिम खेलमा अमेरिकासँग भिड्दै नेपाल || Nepal Times
May 21, 2026
Playing
कक्रोच जनता पार्टी भारतमा कसरी जन्मियो ?ब्क्ष् ले कसरी चमत्कार ग¥यो?|| Nepal Times
May 21, 2026
Playing
Top 15 Afternoon News || May-21-2026 || Nepal Times
May 21, 2026
Playing
संसदमा आज पनि हर्कले प्लेकार्ड देखाए, बालेनको राजीनामा मागे || Nepal Times
May 21, 2026
Playing
अमेरिकी नीतिविरुद्ध चीन–रुस, ‘गोल्डेन डोम’को निन्दा || Nepal Times
May 21, 2026

साथीकै पत्नीसँग विवाहेत्तर सम्बन्ध, हल्ला भएपछि हत्या

२३ बैशाख २०८३

२३ वैशाख , काठमाण्डौ।

काठमाडौंको तारकेश्वर ३, तीनपिप्लेबाट वैशाख १२ गतेदेखि हराएकी ४५ वर्षीया सरिता तिवारीको शव शिवपुरी जंगलमा फेला परेको छ । बजार जान्छु भनी गाडी चढेर ११ गते दिउँसोदेखि हराएकी सरिताको खोजीका लागि पतिसहित परिवारका सदस्यले १२ गते खोजतलास जाहेरी दिएका थिए ।

Advertisement
Advertisement

जिल्ला प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुशार खोजीका क्रममा मंगलबार दिउँसो टोखा १ स्थित शिवपुरी जंगलमा गाडेको ठाउँबाट उत्खनन गरिएको थियो । तिवारी विवाहेत्तर सम्बन्धका कारण मारिएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । उनको हत्यामा संलग्न टोखा नगरपालिका–२ का अनिल डङ्गोलसँग मृतक तिवारीको एक वर्षदेखि प्रेम सम्बन्ध देखिएको समेत प्रहरीले बताएको छ ।

प्रहरीसँगको बयानमा डङ्गोलले पनि उनीबीचको सम्बन्ध स्वीकार गरेका छन् । सरिता वैशाख ११ गते दिउँसो बजार जान्छु भन्दै घरबाट निस्किएकी थिइन्। त्यो सामान्य दिन जस्तै लागे पनि, वास्तवमा त्यो उनको जीवनको अन्तिम यात्रा बन्न पुग्यो। परिवारले भोलिपल्टदेखि नै खोजी सुरु ग¥यो र वैशाख १२ गते प्रहरीमा हराएको जाहेरी दर्ता गरियो। तर कसैले कल्पना पनि गरेको थिएन कि, उनी अब कहिल्यै फर्किने छैनन्।

दिनहरू बित्दै गए, आशा हराउँदै गयो। अन्ततः मंगलबार दिउँसो शिवपुरी जंगलको एक सुनसान ठाउँमा माटोमुनि गाडिएको अवस्थामा सरिताको शव फेला प¥यो। उत्खननपछि बाहिर आएको सत्य अझै भयावह थियो,यो सामान्य होइन, योजनाबद्ध हत्या थियो। प्रहरीको प्रारम्भिक अनुसन्धानले देखायो कि यो अपराधको जरो प्रेम र विश्वासघातमा गाँसिएको थियो।

सरिताको एक वर्षदेखि टोखा–२ का अनिल डङ्गोलसँग गहिरो सम्बन्ध रहेको खुलेको छ। विडम्बना के भने, डङ्गोल सरिताका पति शंकर तिवारीका नजिकका साथी थिए। वर्षौँदेखि चलिरहेको मित्रता, घर–आँगनमा आउने–जाने सम्बन्धले अन्ततः यस्तो मोड लियो, जहाँ विश्वासको हत्या नै भयो।

अनिल डङ्गोल, शंकरका मिलनसार साथी। हाँस्दै आउने, खाना खाने, आर्थिक लेनदेन गर्ने , घनिष्ठ मित्र थिए । सात–आठ वर्षको यो मित्रताले कसैले सोचेको थिएन यति ठूलो विश्वासघातको बीउ रोप्दैछ ।शंकर व्यस्त हुन्थे , कहिले सिरियलको सेट, कहिले खेतबारी। त्यही खाली समयमा अनिल र सरिताको भेट हुन थाल्यो।

एक भेट, दुई भेट र बन्यो गोप्य सम्बन्ध। शिवपुरीको घना जंगल उनीहरूको भेट्ने ठाउँ बन्यो। तर गोप्य कुरा कहिलेसम्म लुकिरहन्छ र? गत माघ–फागुनतिर शंकरले थाहा पाए कि, आफ्नै साथी र आफ्नै पत्नीको सम्बन्ध बारेमा । फागुन २१ को निर्वाचनमा सरिता प्रहरीमा भर्ना भएकी थिइन्।

कैयौं दिन घर नआउने, खोज्दा अनिलकै साथमा भेटिने। पतिको शंका विश्वासमा बदलियो र घर भित्र सुरु भयो अर्को द्वन्द्व। अब सरितामाथि दोहोरो दबाब थियो। एकातर्फ घर–परिवार र समाजको कुरा। अर्कोतर्फ मनको तान। उनले अनिललाई सिधै भनेकी थिइन अब जिम्मा लेऊ मेरो। समाजमा हल्ला चलिसक्यो।

तर त्यही माग उनका लागि घातक बन्यो। वैशाख ११ गते दिउँसो सरिताले भनिन् बजार जान्छु। उनी गाडी चढिन् तर फर्किइनन्। उनीहरू जितपुर फेदीका स्थायी बासिन्दा हुन् । पारिवारिकस्रोतका अनुसार मृतक तिवारीका पति शंकर तिवारी र डङ्गोल मिलनसार साथी हुन् ।

प्रहरीस्रोतका अनुसार डङ्गोल बसोबास गर्ने टोखा नगरपालिका–२ का जनप्रतिनिधिले प्रहरीलाई दिएको सूचनाका आधारमा उनी पक्राउ परेका हुन् । उनीहरू घटना हुनुअघि पनि शिवपुरी जंगल भेट्ने गर्थे । तर, आफ्नै पत्नीसँग लागेको कुरा ढिलो चाल पाए । सरिता हराएपछि डङ्गोलसँग प्रहरीले सोधपुछ पनि गरेको थियो ।

Advertisement
Advertisement

तर, थाहा नभएको भन्दै पन्छिएपछि जनप्रतिनिधिको सहयोगमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले नियन्त्रणमा लिएपछि नै उनले सरिताको शव गाडिएको स्थान बारे बताएका थिए । शंकरले जुन साथीलाई घरभित्र स्वागत गरे, आज उसैले साथीकै घर उजाड बनाइदिएको छ । प्रहरीका अनुशार आरोपी डङ्गोलले घटना स्वीकारेका छन् यद्यपि थप अनुसन्धान जारी रहेको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top